Posts

Showing posts from August, 2020

२०७७ भदौ १६ गते मंगलवारको प्रतीक दैनिक

Image
 

शिक्षा मन्त्रालयको निर्देशनको अवज्ञा, पर्साको सामुदायिक विद्यालयमा आइसोलेशन सञ्चालन

Image
प्रस, वीरगंज, १५ भदौ/     शिक्षा मन्त्रालयले विद्यालयमा आइसोलेशन नबनाउन र बनेका आइसोलेशन बन्द गर्न निर्देशन दिएपनि पर्सा जिल्लाको केही स्थानीय तहमा अहिलेपनि विद्यालयहरूमा आइसोलेशन सञ्चालन भइरहेको छ।     पर्सागढी नगरपालिकाले तयार गरेको पाँचवटा आइसोलेशन केन्द्रमध्ये तीनवटा आइसोलेशन अहिले पनि विद्यालयमा छ। नेपाल आधारभूत विद्यालय हरपुर, नेपाल राष्ट्रिय मावि बडेर्वा, नेपाल राष्ट्रिय मावि बर्वाछोटैली गरी तीनवटा विद्यालयमा आइसोलेशन बनाइएको छ।     नगरपालिकाले तयार गरेको होटल कुमु प्यालेसको आइसोलेशन भरिभराउ भएको र सङ्क्रमितहरू बढ्दै गएपछि नगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्रसहित तीनवटा विद्यालयमा भर्खरै आइसोलेशन तयार गरिएको हो। शिक्षा संयोजक प्रदीप चौरसियाले पाँचवटै आइसोलेशनमा ७२ जना सङ्क्रमित रहेको बताए। उनले कोरोना सङ्क्रमण शुरू भएलगत्तै नगरपालिकाले साना किसान सहकारी संस्थाको बन्द भवनमा ५० शय्याको आइसोलेशन तयार गर्दा स्थानीयले विरोध गरेपछि रोकिएको बताए। उनले खाली ठाउँमा आइसोलेशन केन्द्र बनाउन सकेको भए विद्यालय प्रयोग गर्नुपर्ने थिएन भनी प्रतिक्रिया दिए।     यसैगरी पटेर्वासुगौली गापामा

मल आयो तर किसान महँगोमा किन्न बाध्य

Image
प्रस, सेढवा, १५ भदौ/     लामो प्रतीक्षापछि सरकारी मल प्राप्त गरेका किसान खुशी हुनुभन्दा दुःखी भएका छन्। साल्ट टे«डिङले कृषि सहकारी संस्थाहरूलाई बिक्री गरेको मूल्यभन्दा दोब्बर मूल्य किसानाले बिक्रेता संस्थाहरूलाई तिर्नुपरेको छ।     किसानहरूलाई आवश्यक परेको बेला लामो प्रतीक्षापछि, साल्ट टे«डिङ कर्पोरेशनले बल्ल भित्र्याएको मल, कृषि सहकारी संस्थामार्फत उपलब्ध गराउँदा संस्थाहरूले किसानहरूसँग परल मूल्यभन्दा दुई गुना बढी लिएको किसानहरूले गुनासो गरेका छन्। पचास किलो युरिया मलको मूल्य रु ७५० हो तर कृषि सहकारी संस्थाले रु १२५० देखि रु १५ सयसम्म लिने गरेको किसानहरूले बताएका छन्।     जीराभवानी गापा–२ सेढवा र वडा नं. ३ नौकाटोलमा कृषि सहकारी संस्थाले प्रतिबोरा रु १२०० मा बिक्री गरेको किसानहरूले बताए।     यसैगरी सोही गापाको वडा नं. ४ सुपौलीमा भने रु ८ सय प्रतिबोरा युरिया मल बिक्री गरेको सुपौली सहकारी संस्थाका संयोजक दीपक चौधरीले बताए। पटेर्वासुगौली गापा–३ देकुली र ४ सुगौलीमा प्रतिबोरा रु १५ सयसम्म खरीद गरेको किसानहरूले गुनासो गरेका छन्। मल आवश्यक भएको र बढी मूल्य तिर्नुपरेको किसानहरूले बताए। उनीहरूले

बैंकमा भीडभाड, नियमकारी निकाय मौन

Image
प्रस, निजगढ, १५ भदौ/     पछिल्लो समय बारामा कोभिड १९ सङ्क्रमित बढिरहेका छन्। जिल्ला प्रशासन कार्यालय, बाराले साउन १८ गते निषेधाज्ञा जारी गर्दै पुनः साउन ३२ गते निषेधाज्ञा थप गरेपछि बैंक, सरकारी कार्यालय, पसललगायत बन्द थिए। सो निषेधाज्ञा अहिले पनि जारी छ।     तर दुई दिन अघि निजगढका बैंकिङ कार्यालयहरूले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिने निर्णय गरेका छन्। बैंकमा आउने सेवाग्रहीलाई कोरोना भाइरसबाट सुरक्षित हुन विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयद्वारा जारी निर्देशन पालना गर्ने–गराउने भनिएपनि राष्ट्रिय वाणिज्य बैंक, निजगढमा देखिएको भीडभाडले सङ्क्रमणको सन्त्रास बढाएको छ। यसरी बैंक सञ्चालन गर्ने निर्णय भएपनि भीडभाडको अनुगमनमा ध्यान पु–याइएको छैन।     निजगढस्थित राष्ट्रिय वाणिज्य बैंकमा आउने सेवाग्रहीहरूमा सामाजिक दूरी कायम नदेखिंदा महामारीको जोखिम उच्च हुन सक्ने देखिए पनि निजगढ नगरपालिकाद्वारा गठित कोरोना भाइरस विपत् जोखिम न्यूनीकरण समितिको अनुगमन प्रभावकारी देखिएको छैन। सो समितिका संयोजक निजगढ नगर प्रमुख नै रहेका छन्।     बारामा तीन दिन यता सङ्क्रमितहरू बढेर ८८३ जना पुगेको

काठसहित नामूद तस्कर पक्राउ

प्रस, पचगावाँ, १५ भदौ/     काठ तस्करीमा लामो समयदेखि सक्रिय एकजना तस्करलाई वन गश्ती टोलीले पक्राउ गरेको छ।     सखुवापरसौनी गाउँपालिका–५ महुवन बलुवा सडकखण्डबाट दुई थान सालको गोलियासहित पोखरिया नगरपालिका–९ सेमरबारी बर्वा बस्ने गब्बर सिंह भन्ने गबद देवानलाई वन कर्मचारीले पक्राउ गरेको हो।             सबडिभिजन वन कार्यालय, रङ्गपुर टाँडीका सुबेदार प्रदीप तिमल्सिनाले दुईवटा साइकलमा लोड गरिएको दुई थान सालको गोलियासहित देवानलाई पक्राउ गरेका हुन्।     राष्ट्रिय वन–जङ्गल फडानी गरी अवैधरूपमा सालको गोलिया सिद्धपुरमा चिरान गरी पोखरियातर्फ लगिरहेको अवस्थामा देवानलाई पक्राउ गरिएको सुबेदार तिमल्सिनाले बताए।

चिरञ्जीवीलाल सरावगीको मृत्यु

Image
राधेश्याम पटेल, वीरगंज, १५ भदौ/     वीरगंज महानगरका मेयर विजयकुमार सरावगीका पिता तथा व्यवसायी चिरञ्जीवीलाल सरावगीको ७७ वर्षको उमेरमा मृत्यु भएको छ। राति १२ः०५ बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।     साउन २२ गते उनमा कोरोना सङ्क्रमण देखिएपछि वीरगंजबाट काठमाडौं लगिएको थियो। उनलाई साउन २४ गते काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो। भदौ २ गते उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। मुटु र मिर्गौलामा जटिल समस्या देखिएपछि उनको अति सघन कक्ष (आइसियु)मा उपचार भइरहेको थियो। तर, अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएको मेयर सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीले जानकारी दिएका छन् । सोमवार बिहान १० बजे काठमाडौं पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। वीरगंजमा २००० सालमा जन्मेका सरावगी समाजसेवीका रूपमा स्थापित थिए। उनी वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष, मारवाडी परिषद्को केन्द्रीय अध्यक्ष, लायन्स क्लबको गभर्नरलगायत धेरै सामाजिक सङ्घ संस्थामा आबद्ध थिए। उनका मेयर सरावगीसहित दुई छोरा एक छोरी गरी तीन सन्तान छन्।

ट्याक्टर नियन्त्रण

प्रस, पचगावाँ, १५ भदौ/     इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले बालुवा लोड गरेको एउटा ट्याक्टर नियन्त्रणमा लिएको छ।     भलुवाही खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरी लगिरहेको सूचना पाएर प्रनि दीपक चोरवारले ना.६ त ३८८२ नं.को ट्याक्टर नियन्त्रणमा लिई कारबाईको लागि डिभिजन वन कार्यालय, पर्सामा बुझाएको जनाएका छन्।

वीरगंजमा शुरू भयो प्लाज्मा थेरापी

राधेश्याम पटेल, वीरगंज, १५ भदौ/     कोरोना सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको कन्भेलसेन्ट प्लाज्मा थेरापी प्रदेश २ मा पनि शुरू भएको छ। नारायणी अस्पताल वीरगंजबाट यो उपचार आरम्भ भएको छ। करीब एक महीनाको कसरतपछि भदौ १४ गते नारायणी अस्पतालको आइसियु कक्षमा उपचाररत एक सङ्क्रमितको उपचार प्लाज्मा थेरापीबाट शुरू गरिएको नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी गराए। सर्लाही, चकरघट्टा गाउँपालिका–३ सुन्दरपुर बस्ने ३५ वर्षीय युवकको उपचार यो विधिबाट शुरू गरिएको हो। ६–७ दिनदेखि सुक्खा खोकी र ५ दिनदेखि श्वासप्रश्वासमा समस्या भएपछि भदौ १२ गते नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका ती युवकमा भदौ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि सोही दिन आइसियुमा सिफ्ट गरिएको थियो। प्रदेश २ मा पहिलोचोटी प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गर्न नारायणी अस्पतालका स्टोर–कीपर दामोदर अधिकारीले आफ्नो ‘ए पोजेटिभ’ समूहको रगत दान गरेका छन्। नारायणी अस्पतालका चिकित्सकले कोरोनामुक्त भएको तथा १४ दिन बिताएका स्वस्थ युवकले अर्जेन्ट रक्तदान गर्न फेसबूकमा आह्वान गरेको देखेपछि स्टोर–कीपर अधिकारी रक्तदान गर्न तयार

१६५ किलो गाँजा बरामद

Image
प्रस, निजगढ, १५ भदौ/     सशस्त्र प्रहरी बेस क्याम्प कोल्हवीको टोलीले कारबाट १६५ किलो गाँजा बरामद गरेको छ।     सोमवार बिहान ४ बजे सशस्त्र प्रहरीले कोल्हवी नगरपालिका–९ श्रीपुर नजीक रोकिराखेको एउटा कार चेकजाँच गर्दा १६५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी कोल्हवी बेसका प्रमुख शुकबहादुर रानाभाटले बताए। उनले सशस्त्रको टोलीले सूचना पाएर सो क्षेत्रमा गश्ती गर्दा तस्कर समूह कार छाडेर भागेको र गाडी चेकजाँच गर्दा १६५ किलो गाँजा बरामद भएको उनले बताए।     बरामद गाँजा र गाडी आवश्यक कारबाईको लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको प्रमुख रानाभाटले जानकारी गराएका छन्।

राहत सामग्री वितरण

Image
प्रस, पचगावाँ, १५ भदौ/     नेपाल राष्ट्रिय आधारभूत विद्यालय सखुवापरसौनी गाउँपालिका–२ जमुनिया विद्यालय प्राङ्गणमा राहत सामग्री वितरण गरिएको छ।     पासवान युवा क्लब सखुवापरसौनी गापा–२ जमुनियाका युवाहरूले सङ्कलन गरेको खाद्यान्न सामग्री सोही टोलका अति विपन्न, गरीब, जेहेन्दारलाई वितरण गरिएको थियो।     २७ परिवारलाई प्रतिपरिवार चामल ८ किलो, दाल १ किलो, नून १ किलो र मास्क एक पिस गरी २७ जनालाई राहत सामग्री वितरण गरिएको थियो। क्लबका अध्यक्ष उपेन्द्र पासवानको अध्यक्षतामा भएको कार्यक्रममा सखुवापरसौनी गापा–२ का वडाध्यक्ष नियाज अहमद, सञ्जय पासवान, इप्रका एकटाँगाका प्रनानि तिलधारी साह, पत्रकार प्रमोद यादवको उपस्थितिमा राहत वितरण गरिएको थियो।

हनुमान मन्दिर पुजारीको स्मरणमा मन्दिर शिलान्यास

Image
प्रस, रौतहट, १५ भदौ/     माधवनारायण नगरपालिका–२ खेसरहिया नजीक हनुमान मन्दिरको सोमवार मौलापुर नगरपालिकाकी मेयर रिना साह तथा माधवनारायण नगरपालिकाकका उपमेयर सिमल कुमारी शाहले संयुक्त शिलान्यास गरेका छन्।     श्रीराम शाहको आज १२ औं पुण्य तिथिको अवसरमा हनुमान मन्दिरलाई उनको स्मृतिमा भव्य बनाउने उद्देश्यका साथ शिलान्यास भएको बताइएको छ।      रौतहट क्षेत्र न ३ का सांसद प्रभु साहको निर्देशनमा हनुमान मन्दिरको शिलान्यास भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का सदस्य उपेन्द्र शाहले बताएका छन्। मन्दिर निर्माणको इस्टिमेट नभए पनि मन्दिर भव्य निर्माण हुने सदस्य शाहले बताएका छन्।     आज बिहान करीब ११ बजेको समयमा टोलका भद्रभलाद्मी तथा समाजसेवी, वडा अध्यक्ष, सदस्य तथा बुद्धिजीवी र स्थानीय नेता–कार्यकर्ताको उपस्थितिमा हनुमान मन्दिरको शिलान्यास भएको छ।     हनुमान मन्दिरका पुजारी श्रीराम शाहको भाद्र ३ गतेका दिन राति ९ः१५ बजे अज्ञात समूहद्वारा गोली हानी हत्या भएको थियो। आजै उनको भण्डारा सोही स्थानमा सम्पन्न भएको छ। विभिन्न मठ–मन्दिरका पुजारी, साधु–सन्तले भण्डारामा सहभागिता जनाएका थिए।

वीरगंजमा ४३९ स्वाब परीक्षणमा ४१ जनामा कोरोना सङ्क्रमण

राधेश्याम पटेल, वीरगंज, १५ भदौ/     वीरगंजमा भएको ४ सय ३९ वटा स्वाब परीक्षणबाट ८ महिला र ३३ पुरुष गरी ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। आइतवार अबेर राति नारायणी अस्पतालले सार्वजनिक गरेको नतीजा अनुसार पिसिआरतर्फ पर्साका ३२, बाराका चार र सर्लाहीका एकजना र जिन एक्सपर्ट परीक्षणतर्फ पर्साका थप तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि कुल ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।     नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार सङ्क्रमितहरूको उमेर ६ वर्षदेखि ७० वर्ष छ। सर्लाही रामनगर गाउँपालिकाका एकजना, बारा केल्हवी नगरपालिकाका तीनजना, महागढीमाई नगरपालिकाका एकजना गरी चारजना रहेका छन् भने पर्साका ३२ जनामा वीरगंज ११ नम्बर वडाका १२ जना, २० का दुईजना, २ का तीनजना, १५ का एकजना, १३ र ५ नम्बर वडाका एकएकजना रहेका छन्। त्यसैगरी जिन एक्सपर्टमा पोजेटिभ देखिएका तीनजना पनि पर्साकै बासिन्दा भएको नारायणी अस्पतालकी प्रमुख प्याथोलोजिस्ट डा. नीरा पाठकले जानकारी गराइन्।

प्रदेश सरकारप्रदत्त स्रोत साधनको उपयोग गर्न मुख्यमन्त्रीको आग्रह

Image
प्रस, वीरगंज, १४ भदौ/     मुख्यमन्त्री लालबाबूराउत गद्दीले प्रदेश सरकारले जिल्लाहरूमा उपलब्ध गराएको स्रोत साधनको उपयोग गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन्।     आइतवार सिरहा, लहानमा कोरोना महामारी नियन्त्रणको लागि आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री गद्दीले निर्देशन दिएका हुन्। उनले महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सबै जिल्लालाई स्वास्थ्य सामग्रीसहित आवश्यक रकम पठाएको बताए। उनले विगतमा पठाएको रकम जिम्मेवार व्यक्तिले सदुपयोग गर्न नसकेको आरोप लगाए। मुख्यमन्त्री गद्दीले सबै जिल्लामा पिसिआर ल्याबसहितको अन्य सुविधा एक महीनाभित्र परिपूर्ति हुने आश्वासन दिए।     कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले कोरोना महामारी नियन्त्रणको लागि परीक्षण र उपचारका साथै जनचेतना फैलाउन आवश्यक रहेको बताए। उनले महामारीको निदान उपचारले मात्र सम्भव नभएको बताउँदै नागरिक सचेत हुनुपर्ने बताए।     कार्यक्रममा पूर्व सङ्घीय स्वास्थ्य राज्यमन्त्री एवं विज्ञ समूहका सदस्य डा. सुरेन्द्र यादवले कोरोना महामारीको उपचार अनावश्यकरूपले जटिल बनाउन खोजिएको बताए। उनले चिकित्सक एवं स्वास्थ्यकर्मीहरूले अन्तराष्ट्

उम्मेदवार छनोटमा चलखेल हुने भन्दै उजूरी

प्रस, निजगढ, १५ भदौ/     निजगढ नगरपालिकाले माग गरेको फिल्ड सहायक कर्मचारी छनोटप्रति असन्तुष्टि जनाउँदै अन्य उम्मेदवारहरूले छानबीनको माग गरेका छन्।     एकजना फिल्ड सहायक कर्मचारीको आवश्यकता रहेको भन्दै साउन १६ गते निजगढ नगरपालिकाले विज्ञापन गरेको थियो। सो पदका लागि २८ जनाले उम्मेदवारी दिएका थिए र भदौ १० गते छनोट समितिद्वारा निर्धारित परीक्षामा सामेल भएका थिए। तीमध्ये ८ जनालाई छनोट प्रक्रियामा सामेल गर्ने निजगढ नगरपालिका छनोट समितिले अवसर दिएको थियो।     चारजना उम्मेदवारले छनोट प्रक्रियामा कमी कमजोरी भएको जनाउँदै छानबीनका लागि जिल्ला प्रशासन कार्यालय, बारामा लिखित उजूरी दिएका छन्।     जिप्रका बारामा सो उजूरी परेसँगै निजगढ नगरपालिकाको कार्यालयलाई जिप्रका बाराले पत्राचार गरेको र जवाफ आइतवार जिल्ला प्रशासन कार्यालय बारामा पठाएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीले बताए।     नियमको परिधिमा रहेर छनोट समितिले उम्मेदवार छनोट गरेको प्रमुख प्रशासकीय अधिकृत कार्कीले प्रतिक्रिया दिए।     छनोटमा दलगतलगायत भित्री चलखेल हुन सक्ने आशङ्का रहेको भन्दै शुरूदेखि अन्तिमसम्म प्रक्रिय

भर्चुअल तेक्वान्दोमा मूलपानी च्याम्पियन

काठमाडौं, १५ भदौ/रासस     मूलपानी तेक्वान्दो डोजाङ ‘प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगिता’को च्याम्पियन बनेको छ। तीन स्वर्ण, तीन रजत तथा पाँच कांस्य पदकसहित मूलपानी च्याम्पियन बनेको हो। काठमाडौं जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा एक स्वर्ण, दुर्ई  रजत र एक कांस्य पदकका साथ चितवन दोस्रो तथा एक स्वर्ण, एक रजत र एक कांस्य पदकका साथ कैलाली तेस्रो भएको छ। प्रतियोगितामा कुल ११ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।     यस्तै प्रतियोगितामा स्युचाटार, सैनिक महाविद्यालय, विजेश्वरी मावि, नेपाल प्रहरी, नेपाली सेना र रूपन्देहीले एकएक स्वर्ण पदक प्राप्त गरेको आयोजक सङ्घका अध्यक्ष अशोक खड्काले जानकारी दिए। प्रतियोगितामा यु–१८ पुरुष एकलतर्फ १३औं दक्षिण एशियाली खेलकूद (साग) का कांस्य पदक विजेता अस्मिन राउतले स्वर्ण जिते। उनले ६.५३ अङ्क प्राप्त गरे। चितवनका अब्बास खानले ५.९६ अङ्कका साथ रजत तथा चितवनकै सागर बरालले ५.८३ अङ्क र कैलालीका लक्ष्मण श्रेष्ठले ५.६३ अङ्क प्राप्त गर्दै कांस्य पदक प्राप्त गरे।     यस्तै यु–१८ महिला एकलतर्फ नेपाली सेनाकी रोशनी श्रे

स्व रामको परिवारलाई सहयोग

प्रस, रौतहट, १५ भदौ/     प्रहरीको यातनाबाट हिरासतमा मृत्यु भएका विजय रामको परिवारलाई गरुडा नगरपालिकाका नगरप्रमुख, उपप्रमुखले नगद १ लाखसहित खाद्यान्न सहयोग गरेका छन्।     नगरप्रमुख इनुराय यादव, उपप्रमुख रङ्गिला जयसवाल, कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जसपाका नेता बृजकिशोर यादव, दलित प्रतिनिधि बिगु पासवान, नेकपाका नेता शेख कलिमुल्लाहको टोली स्व रामको घरमा पुगेर उनको परिवारलाई १ लाखको चेक र १२५ किलो चामल, १०/१० किलो नून, तेल, दाल र फलफूल सहयोग गरेको हो। प्रहरी हिरासतमा कुटाइबाट मृत्यु भएका रामलाई न्याय दिलाउने आश्वासन सो टोलीले दिएको छ।     दोषीलाई कुनैपनि हालतमा उम्कन नदिने भन्दै उनीहरूले हाल हिरासतमा रहेका छजनामध्ये चारजना निर्दोष देखिएका र उनीहरूलाई २४ घण्टाभित्र रिहा गराउने प्रतिबद्धता पनि जाहेर गरे।

सबै थाक्दैछन्

    कोरोनाको त्रासले देशलाई बन्दाबन्दीमा राखेको पाँच महीना पनि नाघिसकेको छ। मानिस थाक्न थालेका छन्। यसै थकाइको परिणाम हो कि हिजो बन्दाबन्दी अलिकति के खुकुलो पारिएको थियो, मानिस हुलका हुल बाहिर निस्कन थाले, महामारीले मौका पायो र समुदायमा छि–यो। पाँच महीना घरमा कोच्चिएर बस्नु भनेको निरीक्ष्Fणविनाको कैद काट्नुजस्तै हो। जेलमा बस्ने कैदी र सामान्य मानिसमा केही अन्तर देखिएन। जो रचनात्मक छन्, तिनले आफूलाई कैदी महसूस नहुने उपाय गरे। पढ्नेले पढे, लेख्नेले लेखे, गीत गाउनेले गाए, नजान्नेले टिकटकको प्रयोग गरे। कोही व्यायाम गर्छन्, कोही चित्र कोर्छन्। तर प्रायः सबै थाकेको अनुभव भइरहेको छ। बन्दाबन्दी एक प्रकारको कैद भएपनि यसमा नागरिक स्वयम्को समेत इच्छा र अनुमति थियो। केही हदसम्म बन्दी अवस्थाको नियास्रोपनलाई त्यसले भरथेग ग–यो। तर नथाक्ने मानिस पनि यस बेला हाम्रासामु छन्। जो आफ्नो स्वाभाविक काम गरिरहेका छन्, ती थाकेका छैनन्। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, सफाइकर्मीहरू थाकेको अनुभूति भएको छैन।     जो काम गर्छ, ऊ थाक्दैन। काम नगर्ने मानिस जहिले पनि थकित देखिन्छ। नगरमा दैनिक जीवनमा आवश्यक पर

वीरगंजमा कोरोनाको कहरको कारण र आगामी भूमिका

Image
- अधिवक्ता वीरेन्द्रप्रसाद यादव     साउन ७ गतेदेखि लकडाउन खुलेयता पर्सा जिल्लाका ग्रामीण भेगदेखि महानगरसम्म कोरोनाको कहर अनियन्त्रितरूपमा फैलिएको छ। सबैलाई जानकारी भएकै कुरा हो, पर्सामा कोरोनाको रोकथाममा अहोरात्र खटेका चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, सेना सञ्चारकर्मी, जनप्रतिनिधिलगायत आमजनताको घर–घरमा कोरोना फैलिएको छ। ४१ दिनभित्रमा ३६ जनाको ज्यान लिएको अवस्था छ भने लगभग दुई हजार दुई सयजना मानिस सङ्क्रमित भइसकेका छन्। वीरगंजको श्रीपुर, माईस्थान, गहवा, राधेमाई, नगवा, छपकैया, बिर्ता, खल्वाटोला, श्रीसिया, भवानीपुर, गहवालगायतका प्रायः टोलमा सङ्क्रमण देखिएको छ।     दैनिक सङ्क्रमित थपिंदै जानु र अहिलेको बिरामी केही जटिलतातर्फ उन्मुख हुुनुले पर्साको अवस्था वास्तवमा नियन्त्रण बाहिर छ। पर्सावासीको जीवनरक्षाको कडी एकदमै कमजोर बन्दै गएकोले तीन तहका सरकारसँग अझ सशक्त भूमिकाको अपरिहार्यता भएको छ। केही जनप्रतिनिधि राजधानीमा बसी फेसबूक तथा सञ्चारमाध्यमबाट मात्र आफ्नो भूमिका देखाइरहेका भएपनि अब वास्तविक जनप्रतिनिधिको रूपमा पर्सावासीलाई तत्काल राहतको लागि तीनवटै तहका सरकारलाई घचघचाउनुपर्ने आवश्यक छ। 

खस, आर्य र मधेस

Image
- कुमार रुपाखेती     हिमाल, पहाड, तराई नेपालको तीन महत्वपूर्ण क्ष्Fेत्र हो। विगतका खस शासकहरूको इतिहास पल्टाउँदा यिनीहरूले नेपालको तराई–मधेसको विकासमा विशेष ध्यान दिएको देखिन्छ। उतिबेला राणाकालमा विराटनगरमा रघुपति जुट मिल, वीरगंजमा कटन मिल, दि जुद्ध मैच फैक्ट्री, वीरगंज चुरोट फ्याक्ट्री आदि सञ्चालनमा ल्याएका थिए। पछिका खस शासकहरूले जनकपुर चुरोट कारखाना, बुटवल धागोे, वीरगंज चिनी मिल र कृषि औजार कारखाना जस्ता रोजगारमूलक र नाफामूलक उद्योग स्थापना गरे। तराईको विकासकै खातिर पूर्व–पश्चिम राजमार्ग र तराईका अन्य थुप्रै सडक निर्माण गरिए। खसहरूले मधेसमा स्थापना गरेका कतिपय मठ, मन्दिर, विद्यालय र कलेजहरू तराईका थुप्रै जिल्लाहरूमा अझै सञ्चालनमा छन् र खसहरूको विकासको कहानी सुनाइरहेका छन्। ठूला कलकारखाना, सडक, मन्दिर, स्कूल, कलेज, खेलमैदान अझैसम्म पहाड र हिमाली क्षेत्रमा बिरलै देख्न पाइन्छ। बिजुली नपुगेको पहाडी क्ष्Fेत्रमा त अझै अन्न कुटाइ–पिसाई पानीघट्टबाट गरिन्छ। तराईमा ससाना नदीमा समेत विगतका खस शासकहरूले पुल, पुलेसा निर्माण गरे तर पहाडी भेगको सहारा अझै तुइन नै हो। कतैकतै झोलुङ्गे पुल देखिन्छ। अध

२०७७ भदौ १५ गते सोमवारको प्रतीक दैनिक

Image
 

श्रद्धाञ्जलिसभा सम्पन्न

Image
प्रस, वीरगंज, १४ भदौ/     नेपाल विद्यार्थी सङ्घ, ठाराब क्याम्पस एकाइले सहायक क्याम्पस प्रमुख प्रमोदकुमार गुप्ताको श्रद्धाञ्जलिसभा गरेको छ।     एकाइ अध्यक्ष मनोज साहको अध्यक्षतामा आइतवार १३औं दिनको पुण्यतिथिमा क्याम्पसमा आयोजित श्रद्धाञ्जलिसभामा नेपाली काङ्ग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलम, पूर्व क्याम्पस प्रमुख कृपासिन्धु चौधरी र ललन द्विवेदी, डा प्रमोद कुशवाहा, त्रिविवि प्राध्यापक सङ्घ क्याम्पस एकाइका सचिव कन्हैया झा, नेविसङ्घका पूर्वअध्यक्ष एवं स्ववियु सचिव राकेश यादव, नेविसङ्घका जिल्ला अध्यक्ष विकाश तिवारीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए।

पोखरियामा जति निको भए त्यत्तिकै थपिए

Image
प्रस, पोखरिया, १४ भदौ/     पोखरिया नगरपालिकामा रहेका सङ्क्रमितमध्ये आइतवार १२ जनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका छन्।     पोखरिया अस्पतालमा कार्यरत चारजना चिकित्सक, दुईजना स्वास्थ्यकर्मी, पोखरिया नगरपालिकाका चारजना वडाध्यक्ष र अन्य दुईजना गरी १२ जना घर फर्केका हुन्। शनिवार दुईजना वडाध्यक्षको रिपोर्ट नेगेटिभ आएपछि घर फर्केका थिए। उनीहरू होम आइसोलेशनमा थिए।     यसैगरी, शुक्रवार १० जना डिस्चार्ज भएका थिए। पोखरियामा  शुक्रवार र आइतवार गरी २२ जना सङ्क्रमित थपिएका छन् भने २४ जना निको भएर घर फर्केका छन्।

रोबोटबाट सङ्क्रमितलाई खाना र औषधि

Image
प्रस, वीरगंज, १४ भदौ/     वीरगंजका सङ्क्रमितहरूका लागि सिस्टर रोबोटले खाना र औषधि पु–याउने भएको छ।     सानो पाइला वीरगंजले राष्ट्रिय अनुसन्धान परिषद्ले तयार पारेको सिस्टर रोबोटद्वारा वीरगंजका कोभिड अस्पतालमा उपचार गराइरहेका सङ्क्रमितहरूलाई खाना, औषधि तथा अत्यावश्यक सामान पु–याउने भएको छ।     सानो पाइलाले नारायणी अस्पताल विकास समितिका पदाधिकारीहरूको रोहबरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरलाई एक थान विद्युतीय सिस्टर रोबोट प्रदान गरेको जनाएको छ।     संस्थाका कार्यकारी निर्देशक कञ्चन झाका अनुसार संस्थाका कर्मचारी तथा भौतिकशास्त्रका वैज्ञानिक विक्रम उपाध्यायले अस्पतालमा प्रयोग हुने स्टीलको टेबुललाई विद्युतीय सिस्टर रोबोट बनाएको बताए।     उनले भने, “सङ्क्रमितलाई खाना, नास्ता, पानी, औषधिलगायतका कामका लागि स्वास्थ्यकर्मीहरू अब सङ्क्रमित नजीक जानुपर्दैन। सिस्टर रोबोटमा सामान राखेर सङ्क्रमितकहाँ पठाउन सकिन्छ।”     सिस्टर रोबोटमा भएको ब्याट्री चार्ज गरेपछि दैनिकरूपमा त्यसले काम गर्छ। सिस्टर रोबोट उपलब्ध गराएकोमा नारायणी अस्पताल वीरगंजले सहयोगी संस्थालाई धन्यवाद दिएको छ।

निषेधाज्ञा हटेपछि चहलपहल बढ्यो

Image
प्रस, वीरगंज, १४ भदौ/     जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगरपालिकाबाहेक पर्सा जिल्लामा लगाएको निषेधाज्ञा हटाएपछि ग्रामीण क्षेत्रमा चहलपहल बढेको छ।     पर्सागढी नगरपालिकामा जिल्ला प्रशासन कार्यालय, पर्साले भदौ १४ गतेदेखि निषेधाज्ञा हटाए पनि शनिवारदेखि नै पसलहरू निर्बाध सञ्चालनमा आएका थिए। निषेधाज्ञा हटेको सूचना बाहिरिएपछि पर्सागढी नगरपालिकाका पसलहरू खुलेका थिए। आइतवार पनि यहाँका पसलहरू सञ्चालनमा छन्। सवारीसाधनहरू थोरै सङ्ख्यामा चलेका छन्। वीरगंज र जीतपुरमा निषेधाज्ञा जारी नै रहेकोले सवारीसाधनहरूको सङ्ख्या बढ्न नसकेको हो। नगर क्षेत्रमा मात्रै सञ्चालन हुने साइकल, मोटरसाइकल र एकाध टेम्पो, ईरिक्शा सञ्चालित छन्।     निषेधाज्ञा हटेपछि मानिसहरूको चहलपहल बढेको छ। पटेर्वासुगौली, सखुवाप्रसौनी, जीराभवानी, जगरनाथपुर क्षेत्रमा पनि निषेधाज्ञा हटेपछि आजदेखि पसलहरू सञ्चालनमा आएका छन्। निषेधाज्ञाको कारण लुकीछिपी पसलहरू सञ्चालन हुने गरेकोमा आइतवारदेखि निर्बाध सञ्चालनमा आएका हुन्।     सवारीसाधनहरू हुलाकी सडकमा नगन्य अवस्थामा सञ्चालित छन्। बाराको जीतपुर र पर्साको वीरगंज महानगरपालिकामा निषेधाज्ञ

वयोधाले भिटिएम प्लास्टिकको झोलामा पठाउँछ

Image
राधेश्याम पटेल, वीरगंज, १४ भदौ/     नारायणी वयोधा अस्पताल वीरगंजले कोरोनाका शङ्कास्पद बिरामीका परिवारजनबाटै नारायणी अस्पतालको पिसिआर ल्याबबाट भिटिएम मगाउने र स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाउने गरेको घटना सार्वजनिक भएको छ।     नारायणी वयोधा अस्पतालको भेन्टिलेटरमा उपचाररत वीरगंज–१० आदर्शनगरका एकजना ७२ वर्षीय वृद्धको स्वाब सङ्कलन गर्न निजकै छोराबाट भिटिएम किट मगाएको र स्वाब सङ्कलन गरी प्लास्टिकको झोलामा राखी परीक्षणको लागि निजबाटै किट नारायणी प्रयोगशालामा पठाएको घटना सार्वजनिक भएको छ ।     कुनै पनि अस्पतालले भिटिएम आफ्नै स्वास्थ्यकर्मीको माध्यमले कोल्ड चेन मेन्टेन गरी मगाउने र पठाउनुपर्ने नियम रहे तापनि वयोधा अस्पतालले उक्त नियम पालना नगरी चरम लापर्बाही गरेको नारायणी अस्पताल प्रयोगशाला स्रोतले बताएको छ।     “कोल्ड चेन मेन्टेन नगरी लगिएको र पठाइएको स्वाब परीक्षण नगर्न निर्देशन छ, तर बिरामीका आफन्तजनले दुईपटक दुईवटा अस्पतालबीचको १० किलोमिटर दूरीको चक्कर लगाएपछि शनिवार उक्त स्वाब परीक्षण भएको नारायणी अस्पताल पिसिआर ल्याबका एकजना कर्मचारीले बताए। उनले भने, “सुविधासम्पन्न अस्पतालले यस्तो क

मोहर्रम मनाउँदै

Image
  सिम्रौनगढमा मुस्लिम समुदायले मोहर्रम पर्व मनाउने क्रममा गरेको प्रदर्शन। तस्वीरः रामेश्वर मेहता

ग्रामीण क्षेत्रमा खाद्य, औषधि, मलको अभाव हुँदै

प्रस, वीरगंज, १४ भदौ/     कोरोना सङ्क्रमणसँगै लकडाउन र निषेधाज्ञाले ग्रामीण क्षेत्रमा औषधि, कृषि सामग्री, खाद्यान्नको अभाव हुँदैछ।     लामो समयदेखि लकडाउन र निषेधाज्ञा झेल्दै आएको ग्रामीण क्षेत्रमा अहिले अत्यावश्यक औषधिको अभाव भएको छ भने मलको सङ्कट पहिलेदेखि नै छ। यसैगरी, खाद्यान्न सामग्रीको पनि अभाव हुँदैछ। सीमा सिल भएको कारण त्यहाँबाट हुने व्यापार लुकीछिपी मात्र भइरहेको छ। वीरगंजबाट ल्याइने औषधि, खाद्यान्नलगायतका सामानमा प्रहरीले कडाइ गर्दा ग्रामीण क्षेत्रका बासिन्दालाई समस्या भएको हो। जिल्लाभरि अहिले ज्वरोको औषधि छैन। कोरोना सङ्क्रमण र मौसममा आएको परिवर्तनसँगै ज्वरो, झाडापखाला, रूघाखोकी आदिको औषधि अभाव भएको छ।     औषधि उपलब्ध गराउनेतर्फ कसैले चासो लिएका छैनन्। ग्रामीण क्षेत्रका किसानहरू लामो समयदेखि युरिया, डिएपी मलको अभाव झेलिरहेका छन्। उनीहरूलाई मल उपलब्ध गराउनेतर्फ स्थानीय तह, प्रदेश सांसद र सङ्घीय सांसदहरू थोरै पनि जिम्मेवार देखिएका छैनन्। सङ्क्रमणको बेला सबैजना दुलोमा पसेका छन्। वीरगंजबाट अत्यावश्यक वस्तुहरू ग्रामीण क्ष्Fेत्रमा लैजाने क्रममा ठाउँ–ठाउँमा प्रहरीले छेकबार लगाएर चे

रिक्शा, ठेला मात्र अलपत्र अवस्थामा

Image
 वीरगंजको विपी उद्यानमा अहिले रिक्शा र ठेला मात्र छन्।  मोटरसाइकल, जीप, कार, भ्यान, ट्रक सोर्सफोर्स, सिफारिश र दण्ड जरिवाना तिरेर छुटेका छन् तर सोर्स, सिफारिश नभएका र दण्ड, जरिवाना पनि तिर्न नसकेर दैनिक ज्याला गरेर खाने रिक्शा, ठेला मात्र अलपत्र अवस्थामा राखिएको छ। तस्वीरः प्रतीक

७९ जनामा कोरोना सङ्क्रमण पुष्टि

प्रस, वीरगंज, १४ भदौ/     नारायणी अस्पताल पिसिआर प्रयोगशालाले शनिवार ४४२ जनाको पिसिआर परीक्षण गरेकोमा ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ।     शनिवार अबेर राति सार्वजनिक भएको रिपोर्ट अनुसार पर्साका ४७, बाराका ३०, मोरङ र काठमाडौंका १/१ जना गरी ७९ जनामा सङ्क्रमण पुष्टि भएको हो। वीरगंज महानगर–२४ रामगढवाका एकजना ७५ वर्षीय वृद्धमा जिन एक्सपर्ट प्रविधिबाट सङ्क्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।     ६ महीने बालकदेखि ९७ वर्षसम्मका ७९ जना सङ्क्रमितमा २५ जना महिला र ५४ जना पुरुष रहेका छन्। पर्साका सङ्क्रमितमध्ये पोखरिया नगरपालिकाका १२ जना, बाराका विश्रामपुर गापाका ३ जना, महागढीमाई नपा र जीतपुरसिमरा उमनपाका २/२ जना सङ्क्रमित रहेका छन्।

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, १४ भदौ/रासस     आइतवार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनुका साथै भारतको मध्यप्रदेश तथा आसपासका क्षेत्रमा न्यूनचापीय प्रणाली अवस्थित रहेकाले वर्षाको सम्भावना रहेको छ।     हाल गण्डकी, सुदूरपश्चिम, प्रदेश नं १ र २ का अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही अन्य भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, बागमती, गण्डकी, सुदूरपश्चिम र प्रदेश नं १ का एक/दुर्ई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

गरुडाका प्रनाउ प्रदेश प्रहरी कार्यालयमा तानिए, धर्ना जारी

प्रस, रौतहट, १४ भदौ/     कर्तव्यज्यान मुद्दामा पक्राउ परी हिरासतमा रहेको बेला उपचारको क्रममा मृत्यु भएका रौतहटका विजय रामको घटनामा आरोपित इलाका प्रहरी कार्यालय, गरुडाका प्रनाउ ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको छ।     गरुडा नगरपालिका–८ जिङ्गडियाका २० वर्षीय निरञ्जन रामको हत्या अभियोगमा पक्राउ परेका सातजनामध्ये विजय रामको नेशनल मेडिकल कलेज वीरगंजमा उपचारको क्रममा मृत्यु भएको थियो। उनको मृत्यु गरुडा प्रहरी कार्यालयमा चरम यातनाबाट भएको आरोप छ। सोही आरोपका कारण विजय रामको मृत्युपछि उनको शल्यपरीक्षण त्रिवि शिक्ष्Fण अस्पताल काठमाडौंमा गरिएको थियो। त्यहाँका चिकित्सकले प्रारम्भिक रिपोर्टमा यातनाबाट मिर्गौला फेल भएर मृत्यु भएको बताएको पिस फर नेपाल दलित फाउन्डेशन पर्साका अध्यक्ष मनोज रामले बताए। उनले मिर्गौलाको थप परीक्षण रिपोर्ट आउन बाँकी रहेको बताएका छन्।     विजय रामलाई यातना दिने कार्यमा आरोपी प्रनाउ महतोलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरमा तानिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादवले बताए। प्रनाउ महतोको ठाउँमा तत्कालका लागि जिप्रका, रौतहटका प्रनाउ भरत श्रेष्ठलाई जिम

रौतहटमा निषेधाज्ञा एक साता बढ्यो

प्रस, रौतहट, १४ भदौ/     रौतहटमा निषेधाज्ञाको समय थप गरिएको छ। भदौ २१ गतेसम्मका लागि निषेधाज्ञा अवधि थप गरिएको छ।     हिजो बसेको बैठकले भदौ २१ गतेसम्मको लागि थप एक साताको अवधि थप गरेको हो। यो अवधिमा जिल्ला प्रशासन कार्यालय, रौतहटले बिहान ७ देखि मध्याह्न १२ बजेसम्म खाद्यान्न, निर्माण सामग्री, बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनको अनुमति दिएको छ।

सानो पाइलामा २९ जना सङ्क्रमित

प्रस, वीरगंज, १३ भदौ/     कोरोना महामारीमा ५ महीनादेखि सामाजिक सेवामा खटेको सानो पाइलाको पुनस्र्थापना केन्द्रका २९ जना लागूऔषध प्रयोगकर्तामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।     लागूऔषध प्रयोगकर्ता र कर्मचारी गरी कुल ३३ जनाको शुक्रवार स्वाब सङ्कलन गरी नारायणी अस्पताल पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना पुष्टि भएको सानो पाइलाका कार्यकारी निर्देशक कञ्चन झाले जानकारी दिए।     ३३ जनामध्ये ४ जना नेगेटिभ नतीजा आएकोलाई छुट्टै ठाउँमा सिफ्ट गरिएको र पुनस्र्थापना केन्द्रलाई स्थानीय प्रशासनको सहकार्यमा समन्वय गरी चिकित्सकीय सुविधा अनुसार आइसोलेशन वार्ड बनाइएको उनले बताए।     वैशाखको दोस्रो सातादेखि करीब १० दिन सो केन्द्रमा खाना पकाएर गरीबलाई खाना खुवाइएको थियो। तर जेठदेखि पुनस्र्थापना केन्द्रका प्रयोगकर्ता र कर्मचारीहरूको मात्र खाना त्यहाँ पाक्ने गरेको कार्यकारी निर्देशक झाले स्पष्ट पारे।

सन्दीपको दुर्ई विकेटपछि जमैकालाई राहत

काठमाडौं, १४ भदौ/रासस     नेपाली खेलाडी सन्दीप लामिछानेले दुर्ई विकेट लिएपछि उनी आबद्ध जमैका तलावाजलाई राहत मिलेको छ। क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गत शनिवार राति ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित ग–यो।     शनिवारको खेलअघि जमैका र सेन्ट किट्स अङ्कतालिकाको पुछारमा थिए। जमैका अङ्कतालिकाको पाँचौं स्थानमा थियो भने सेन्ट किट्स अन्तिममा थियो। लिगको अन्तिम चारमा स्थान बनाइराख्नका लागि दुवै टोलीका लागि जीत आवश्यक थियो। सन्दीपको दुर्ई विकेटको मदतमा विजयी भएको जमैका जीतसँगै अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ। सेन्ट किट्स भने जमैकासितको हारसँगै अङ्कतालिकाको पुछारमैं सीमित बनेको छ। जमैकासितको हारले उसलाई अन्तिम चारमा रहनका लागि अब निकै सङ्घर्ष गर्नुपर्ने देखिन्छ। जमैकालाई भने सेन्ट किट्ससितको जीतले उपाधि होडमा रहिरहन सहज भएको छ।     शनिवार छैटौं खेल खेल्दै सन्दीपले सेन्ट किट्सविरुद्धको खेलमा दुर्ई विकेट लिंदै ट्रिनिडाडमा जारी प्रतियोगितामा टिममा आफ्नो स्थान सुरक्षित राखे। सन्दीपले अहिलेसम्म विकेटविहीन हुनुपरेको छैन। उत्कृष्ट खेल प्रदर

मृत्युको अनिवार्यता

    भनिन्छ, मृत्यु अटल छ। मृत्यु सत्य हो। यस चराचर जगत्मा जन्म लिएपछि मृत्यु अवश्यम्भावी हो। तर पनि मानिस मृत्युमा शोक प्रकट गर्दछ। शोक प्रकट केही भावनात्मक र केही औपचारिक प्रक्रिया हो। एउटा अटल सत्य घटित हुन्छ भने शोक किन मनाउनु ? यहाँसम्म कुरा सही हो। तर मानिसको जन्म हुनुको केही उद्देश्य हुन्छ। एउटा व्यक्तिको जन्मले सृष्टिको चक्रलाई अघि बढाएको हुन्छ, उसले सृष्टिचक्र मात्र होइन, आफूमा निर्भर सृष्टिको पालनपोषण पनि गर्नुपर्दछ। यति गर्न नपाएको व्यक्तिका लागि शोक प्रकट गर्नु सर्वथा उचित हुन्छ। तर जसले सम्पूर्ण सांसारिक दायित्व निर्वाह गरिसकेको छ, जो अब निरन्तर शिथिल बन्दै गएको छ, हिजो अरूलाई सहायता गर्ने व्यक्ति स्वयम् अरूको सहायतामा बाँच्नुपर्ने भएको छ, जो सम्पूर्ण अवयव शिथिल भएर अवश र लाशतुल्य भएको छ, त्यस्ता व्यक्तिको अवसान त हर्षको विषय हुनुपर्ने हो। किनकि हिजो सम्पूर्ण क्रियाकलापमा सक्रिय सहभागी व्यक्ति आज असहाय हुनु कम्तीमा उसका शुभचिन्तकहरूका लागि हर्षको विषय बन्नै सक्दैन। जसले सृष्टिको प्रत्येक चरणमा देय कर्तव्यको निर्वाह ग–यो, उसले पराभूत अनुभव गर्नुजस्तो दुःखदायी क्षण बैरीभाव रा

वर्तमान परिवेशमा शिक्षा

Image
- अनन्तकुमार लाल दास     “विद्या ददाति विनयं विनयाद् याति पात्रताम्/पात्रत्वात् धनमाप्नोति धनात् धर्म ततः सुखम्” अर्थात् विद्याबाट विनम्रता प्राप्त हुन्छ र विनम्रताबाट ज्ञान प्राप्त हुन्छ। ज्ञानबाट धन, धनबाट धर्म र धर्मबाट सुख हासिल हुन्छ। आजको यस प्रतिस्पर्धात्मक युगमा सबैको लागि शिक्षा अत्यन्त आवश्यक छ। शिक्षा भविष्यमा अघि बढ्नको लागि थुप्रै बाटोको निर्माण गर्छ। शिक्षाबाट मानिसको आत्मसम्मान बढ्नुको साथै उसको व्यक्तित्व निर्माणमा पनि सघाउ पु–याउँछ। शिक्षाबाट नै जीवनका ओकाली–ओराली बुझ्ने र समाधान खोज्ने कार्यमा सघाउ पुग्छ। शिक्षाबाट मानिस आत्मनिर्भरता हासिल गर्छ। एउटा अशिक्षित व्यक्तिको सबैभन्दा ठूलो समस्या परनिर्भता हो। एउटा अशिक्षित व्यक्ति पखेटाबेगरको चरा हो, जो कहिल्यै पनि खुला आकाशमा उड्न सक्दैन। एउटा अशिक्षित व्यक्ति त्यस धावक जस्तै हो जो दगुर्न चाहन्छ तर ऊसँग खुट्टा हुँदैन। शिक्षाले एउटा सुयोग्य नागरिकको निर्माण गर्छ। सुयोग्य नागरिकले राम्रो समाजको निर्माण गर्छ र राम्रो समाजबाट समृद्ध राष्ट्रको निर्माण हुन्छ। शिक्षाले हाम्रो मस्तिष्कलाई फराकिलो बनाउने काम पनि गर्दछ। यसले समाजका

युवा जागरणको खाँचो

Image
- श्रीमन्नारायण     सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेतृत्वबीच सहमति कायम भएपछि सत्ताधारी नेकपाभित्र विगत ६ महीनाभन्दा पनि लामो समयदेखि जारी अन्तरसङ्घर्षको पटाक्षेप भएको छ। दुई ठूला कम्युनिस्ट पार्टीबीच परिस्थितिजन्य बाध्यता र आवश्यकताका कारण एकीकरण भएकोले यस्ता खाले विवादहरूले निरन्तरता पाइनै रहनेछ। हाल सेलाएको विवादलाई अल्पविराम बुझ्नुपर्दछ, यो पूर्णविराम पक्कै पनि होइन। सानो हावाले पनि खरानीमुनिको आगोलाई प्रज्वल्लित गर्न सक्दछ। सत्ताधारी दलभित्रको अन्तरकलहको किनारा साक्षी बस्नु नेपाली जनताको न त आवश्यकता नै थियो, न त बाध्यता नै तर कहिलेकाहीं नचाहेर पनि टेलिभिजनका कार्टुन च्यानल र सामाजिक सिरियल हेर्नुपर्ने बाध्यता उत्पन्न भइहाल्छ। सम्भवतः नेपाली जनताले पनि सत्ताधारी नेकपाको अन्तरकलहप्रति रुचि राखिरहनु यस्तै प्रकृतिको बाध्यता थियो। सत्ताधारी नेकपाभित्रको सङ्घर्षको आडमा देशका अनेकौं जल्दाबल्दा र गम्भीर समस्याहरू ओझेलमा पर्न गए। जनताको प्रत्यक्ष हितसँग जोडिएका सवालमा देशका राजनीतिक दलहरू असंवेदनशील तथा गैरजिम्मेवार हुन सक्छन् तर देशका जागरूक नागरिक र आफ्नो र देशको सुनौलो भविष

२०७७ भदौ १४ गते आइतवारको प्रतीक दैनिक

Image
 

पर्सा/बारामा दुई महिलासहित १७५ जनाद्वारा रक्तदान

Image
प्रस, पंचगावाँ, १३ भदौ/     पर्सा र बारामा गरी दुई स्थानमा शनिवार भएको रक्तदान कार्यक्रममा दुईजना महिलासहित १७५ जनाले रक्तदान गरेका छन्।     पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरमा श्रीराम युवा क्लब लखनपुरले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित १८ जनाले रक्तदान गरेका थिए।     जसवन्त यादव, अर्जुन तेली, सुरेन्द्र साह, साहेब साहलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेले बताए।     कोभिड–१९ महामारीको कारण रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव नहोस् भनी रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष धर्मदेव साहले बताए। कार्यक्रम सखुवाप्रसौनी गापा–६ का समाजसेवी हरिन्द्र साह तेलीको प्रमुख आतिथ्यमा भएको थियो।     यसैगरी, बारा जिल्लाको प्रसौनी गाउँपालिकामा आयोजित रक्तदान कार्यक्रममा एकजना महिलासहित १५७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्।     जनता समाजवादी पार्टी नेपाल, प्रसौनीको आयोजना र न्यू स्टार नेशनल युवा क्लब प्रसौनीकोे सहकार्यमा भएको रक्तदान कार्यक्रमको उद्घाटन गापा अध्यक्ष भोलाप्रसाद गु

ठोरी गापा–१ एक साताको लागि सिल

Image
चिरञ्जीवी सापकोटा, ठोरी, १३ भदौ/     ठोरी गाउँपालिका–१ पुनः एक साताको लागि सिल गरिने भएको छ। शनिवार ठोरी गापा–१ का वडाध्यक्ष रामप्रकाश कुँवरको अध्यक्षतामा वडा कार्यालयमा बसेको सर्वपक्षीय बैठकले भदौ २० गतेसम्म वडा सिल गर्ने निर्णय गरेको छ।     यो अवधिमा खाद्यान्न पसलहरू बिहान ११ देखि २ बजेसम्म खोल्ने र बाँकी समय बन्द गर्नुपर्ने निर्णय गरिएको वडासदस्य रविन तिमल्सिनाले बताए।     यसअघि भदौ ७ देखि १३ गतेसम्म वडा सिल गर्ने निर्णय गरिएकोमा कोरोना सङ्क्रमण बढ्दै गएपछि शनिवारदेखि पुनः भदौ २० गतेसम्मका लागि वडा सिल गर्ने निर्णय गरिएको हो।

कङ्कालीमाई मन्दिरमा नाग दुलरुवाको पूजा

Image
प्रस, सिम्रौनगढ, १३ भदौ/     सिम्रौनगढ नगरपालिकामा रहेको कङ्कालीमाई मन्दिरमा शनिवार नाग दुलरुवाको पूजा महिलाहरूले धूमधामका साथ गरेका छन्।     लकडाउन र निषेधाज्ञाको कारण मठमन्दिरमा पूजा गर्न निषेध गरिएको बेला आज पहिलोचोटि महिलाहरूले कङ्कालीमाई मन्दिरमा भीड गरेर पूजा गरेका छन्। भगवानपुर, पटेर्वा रूपैलिया, टेढाकट्टी, च्यूटाहाँ, कोतवाली, पिपरपातीलगायतका ठाउँबाट आएका महिलाहरूले कङ्कालीमाई मन्दिरमा रहेको विष्णु, त्रिलोकीनाथ, पार्वती मन्दिर, सातो बहिन, भैरोनाथ, मांसाराम बाबालगायतका देवीदेवताहरूको पूजा गरेका थिए।     नाग दुलरुवा पूजाको लागि महिलाहरूले टोलटोलमा भीख मागेर मन्दिरमा पूजा गर्ने प्रचलन छ। भदौ महीनामा नाग दुलरुवाको पूजा गरिन्छ। महीनाभरि टोलटोलमा भीख माग्ने र सो भीखलाई मन्दिरमा लगेर चढाउने प्रचलन छ। खासगरी भैंसी, गाईको दूधमा नागजस्तो धर्सो देखिएपछि नाग दुलरुवाको पूजा गर्न पाँचवटा टोलमा भीख मागेर पूजा गर्ने प्रचलन रहेको स्थानीय बुधनी देवीले बताइन्।

वीरगंजमा तीनजना सङ्क्रमितको मृत्यु

प्रस, वीरगंज, १३ भदौ/     वीरगंजमा थप तीनजना सङ्क्रमितको मृत्यु भएको छ। वीरगंज महानगरपालिका–१२ मुर्लीका ४८ वर्षीय पुरुष, सोही वडाकी ६५ वर्षीया महिला र वीरगंज महानगर–२२ मनियारीका ३७ वर्षीय पुरुषको मृत्यु भएको हो।     मुर्लीका ४८ वर्षीय सङ्क्रमित भदौ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज वीरगंजबाट कोभिड अस्पताल वीरगंज हेल्थकेयरमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको गएराति पौने १२ बजे मृत्यु भएको थियो। उनी हेपाटाइटिस बी र एचआइभी पीडित थिए।     यसैगरी, वीरगंज महानगर–२२ मनियारीका ३७ वर्षीय पुरुषको पनि गएराति पौने १२ बजे मृत्यु भएको छ। वीरगंज हेल्थकेयर अस्पतालबाट थप उपचारको लागि काठमाडौं लाने क्रममा चितवनमा निजको मृत्यु भएको हो।     तीन दिनअघि सङ्क्रमण पुष्टि भएपछि तराई अस्पतालबाट उनी वीरगंज हेल्थकेयरमा भर्ना भएका थिए।     यसैगरी, वीरगंज–१२ मुर्लीकी ६५ वर्षीया वृद्धाको पनि मृत्यु भएको छ। उनको मृत्युपछि स्वाब सङ्कलन गरी जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिएको प्रयोगशाला प्रमुख डा नीरा पाठकले बताइन्।

५० जना सङ्क्रमित थपिए

प्रस, वीरगंज, १३ भदौ/     शुक्रवार राति पर्सा, बारा, रौतहट, महोत्तरी, धनुषा, सर्लाहीका गरी ५० जना सङ्क्रमित थपिएका छन्।     नारायणी अस्पतालको प्रयोगशालामा ४४३ जनाको स्वाब परीक्षण गरिएकोमा ५० जनामा सङ्क्रमण पुष्टि भएको हो।     सङ्क्रमितहरूमा पर्सा जिल्लाका ३१, बाराका ८, धनुषाका ४, महोत्तरीका ३, सर्लाहीका २, रौतहट र काठमाडौंका १/१ जना छन्। पर्सा जिल्लाको पोखरिया नगरपालिकाका १० जना, कालिकामाई गापाका ३ जना र बाँकी वीरगंज महानगरपालिकाका विभिन्न वडाका १८ जना रहेको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए।

३५ दिनदेखिको निषेधाज्ञाले वीरगंजको जनजीवन कष्टकर

राधेश्याम पटेल, वीरगंज, १३ भदौ/     वीरगंज अहिले कोरोना महामारीको दोस्रो चरणसँग जुध्दैछ। चैत अन्तिम सातादेखि असार मध्यसम्म पहिलो चरण समाप्त  हुँदा वीरगंजमा कोरोना सङ्क्रमण नियन्त्रण भएको मानिएको थियो।     सोपछि निषेधाज्ञा हटाइ कार्यालय, बजार, व्यवसाय सहज पारिएको थियो। तर साउन पहिलो सातादेखि लक्षणसहितका सङ्क्रमित भेटिन थालेपछि पर्सा कोरोनाको दोस्रो चरणको चपेटामा फस्दै गयो। स्थानीय प्रशासनले साउन १० देखि २० गतेसम्म वीरगंज महानगर क्षेत्रमा मात्रै निषेधाज्ञा लगाएको थियो । दोस्रो चरणमा साउन ३२ गतेसम्म जिल्लाभरि निषेधाज्ञा विस्तार गरियो। जिल्लाका ग्रामीण भेगमा सङ्क्रमितको सङ्ख्या उल्लेखनीयरूपमा भेटिन थालेपछि साउन ३२ गतेसम्मको निषेधाज्ञा तेस्रोपटक भदौ १३ गतेसम्म लम्ब्याइयो।     पर्सामा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले कार्यभार समाल्दा जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिसकेको थियो। उनले भदौ १३ गतेसम्म निषेधाज्ञा बढाउन लगाए। त्यसपछि चौथोपटक शुक्रवार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र पर्साले आगामी भदौ १८ गतेसम्म वीरगंज महानगरका ३२ वडामा मात्र निषेधाज्ञा सीमित राख्ने गरी

प्रतीककर्मी सहनीलाई पितृशोक

Image
प्रस, वीरगंज, १३ भदौ/     प्रतीक दैनिकका बारा विशेष संवाददाता जीतपुरसिमरा उपमहानगरपालिका–७ निवासी गम्भीरा सहनीलाई पितृशोक परेको छ।     सहनीका पिता बाबुलाल सहनीको ७९ वर्षको उमेरमा शनिवार बिहान निधन भएको हो। उनको आजै अन्तिम संस्कार गरिएको छ।

निश्शुल्क भोजन सेवा शनिवारदेखि विस्तार

Image
प्रस, वीरगंज, १३ भदौ/     साहिब दरबार सेवा संस्थान र समर्पण सेवा संस्थाले निषेधाज्ञामा निश्शुल्क भोजन गराउँदै आएकोमा शनिवारदेखि सेवालाई विस्तार गरेको छ।     वीरगंज महानगरका विभिन्न वडामा अतिविपन्न, विपन्न, दैनिक ज्याला मजदूरी गर्नेहरूलाई निश्शुल्क भोजन गराउँदै आएको संस्थाले आजदेखि गण्डक र परवानीपुरमा पनि निश्शुल्क भोजन शुरू गरेको छ।     साहिब दरबार सेवा संस्थान वीरगंजका अध्यक्ष राजेशमान सिंहले निषेधाज्ञाको २५औं दिन आजदेखि गण्डक र परवानीपुर क्षेत्रमा पनि निश्शुल्क भोजन गराउँदै आएको बताए। यसअघि, तीन सयजनालाई भोजन गराउँदै आएको संस्थाले आजदेखि ४ सयजनालाई भोजन गराएको उनले बताए।     यसैगरी, संस्थाले शनिवार छाडा कुकुरलाई पनि भोजन गराएको छ। वीरगंज महानगरका विभिन्न वडामा छाडा कुकुरहरूलाई भोजन गराइएको हो। यसअघि संस्थाले चैत ११ गतेदेखि लकडाउन शुरू भएपछि ९० दिनसम्म निश्शुल्क भोजन गराएको थियो।

सालको गोलिया, साइकल बरामद

प्रस, पंचगावाँ, १३ भदौ/     पटेर्वासुगौली गाउँपालिका–२ बैजनाथपुरबाट दुई थान सालको गोलिया काठ बरामद भएको छ।     राष्ट्रिय जङ्गलबाट वन पँmडानी गरी साइकलमा गोलिया काठ भित्र्याउने क्रममा बरामद गरिएको सबडिभिजन वन कार्यालय रङ्गपुर टाँडीका सुबेदार प्रदीप तिमल्सिनाले बताए।     वन टोलीलाई देखेर तस्कर साइकल छाडेर भागेको र बरामद गोलिया, साइकललाई वन कार्यालयमा ल्याएर राखिएको सुबेदार तिमल्सिनाले बताए।

भारु ९० हजारसहित एकजना पक्राउ

Image
प्रस, पंचगावाँ, १३ भदौ/     सीमा प्रहरी चौकी श्रीसिया र सशस्त्र प्रहरी अलौंको टोलीले स्रोत नखुलेको भारु ९० हजारसहित एकजना युवकलाई पक्राउ गरेको छ।     वीरगंज महानगर–१७ अलौंबाट शनिवार बिहान ८ बजे भारत बेतिया निवासी ३५ वर्षीय उमेश साहलाई भारु ९० हजारसहित पक्राउ गरिएको सीमा प्रहरीका प्रनानि गजेन्द्र साहले बताए। पक्राउ परेका भारतीय युवकलाई रकमसहित जिप्रका, पर्सा चलान गरिएको छ।  

६ जना सङ्क्रमित निको भए

Image
प्रस, पंचगावाँ, १३ भदौ/     सखुवाप्रसौनी गाउँपालिका–२ मोहन आदर्श आधारभूत विद्यालय श्रीपुर पंचगावाँको आइसोलेशनमा शनिवार ६ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन्। सङ्क्रमित वडाध्यक्ष र स्वास्थ्यकर्मीहरूको भदौ ११ गते कोरोना रिपोर्ट नेगेटिभ आएपछि एक साता होम क्वारेन्टाइनमा बस्ने गरी उनीहरूलाई आइसोलेशनबाट घर फिर्ता गरिएको सखुवाप्रसौनी गापाका स्वास्थ्य संयोजक राजेश रौनियारले बताए।

आइसोलेशनको निरीक्षण

Image
प्रस, पर्सागढी, १३ भदौ/     पर्सागढी नगरपालिका–४ स्थित नेरामावि बर्वाछोटैलीको आइसोलेशनमा वडा सर्वदलीय समितिले शनिवार निरीक्षण गरेको छ।     उपप्रमुख अर्चना चौधरीको अगुवाइमा सो आइसोलेशनको अनुगमन गरिएको हो।     सो आइसोलेशनमा १५ जना सङ्क्रमित रहेका छन्। निरीक्षण टोलीमा नेकाका जङ्गबहादुर दास थारू, समाजवादीका शेख खुर्सेद, वडाध्यक्ष समसुद्दीन शाह, ओसियर मियाँलगायतको उपस्थिति थियो।

घरेलु मदिरा बरामद गरी नष्ट

Image
चिरञ्जीवी सापकोटा, ठोरी, १३ भदौ/     नेपालबाट अवैध तरीकाले भारततर्फ मदिरा पठाउने क्रममा प्रहरीले ५५ लिटर मदिरा बरामद गरेको छ। ठोरी गापा–३ रामनगरबाट जङ्गलको बाटो भारततर्फ लैजाने क्रममा मदिरा बरामद भएको हो।     प्रहरीलाई देखेर मदिरा ढुवानी गर्नेहरू फरार भएका र ५ लिटरको ११ वटा ग्यालेनमा मदिरा बरामद गरिएको सशस्त्र प्रहरी निरीक्ष्Fक दीपक दाहालले बताए। केही ग्यालेन मदिरा भारततर्फ लैजान तस्करहरू सफल भएको उनले बताएका छन्। सशस्त्र प्रहरीले गस्तीको क्रममा बरामद मदिरा स्थानीय वडासदस्य छलिमाया गुरुङलगायतको रोहबरमा नष्ट गरेको छ।

आफ्नै ठाउँमा पिसिआर परीक्षण हुन थालेपछि उत्साहित

महोत्तरी, १३ भदौ/रासस     आफ्नै नगरमा पिसिआर परीक्षण हुन थालेपछि बर्दिबास नगरपालिका क्षेत्रमा उत्साह छाएको छ। चारैतिर कोभिड–१९ सङ्क्रमणको सन्त्रास बढिरहँदा आफ्नै ठाउँमा स्वाब सङ्कलनदेखि परीक्षणसम्मका काम हुन थालेपछि आपत्कालमा पनि बर्दिबासवासीमा उत्साह छाएको हो।     “अब स्वाब सङ्कलनपछि नतीजा (रिपोर्ट) पाउन लामो समय कुर्नुपरेन,” बर्दिवास नगरपालिकाले शुक्रवार बर्दिबास अस्पतालमै स्वाब सङ्कलन र परीक्षण थालेपछि बर्दिवास–२ का सामाजिक, राजनीतिक कार्यकर्ता मकरलाल विश्वकर्माले भने, “महाव्याधिको आपत्कालीन समयमा हाम्रालागि यो निकै राहतको कुरा भयो।”     सेवा शुरू भएको पहिलो दिन नै १० जनाले स्वाब दिएका छन्। पहिलोपटक हुनाले आफ्नो प्रयोगशालाको परीक्षण नतीजा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पुष्ट्याइँ गरेपछि आइतवार सम्बन्धित व्यक्तिलाई दिइने नगर स्वास्थ्य शाखाले जनाएको छ। सोमवारदेखि भने दिनदिनै परीक्षण नतीजा आफ्नै प्रयोगशालाबाट पुष्टि गरिने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख वरिष्ठ जनस्वास्थ्य निरीक्षक सुरेन्द्रकुमार चौधरीले जानकारी दिए।     गत असार २६ गते उद्घाटन भएको नवनिर्मित बर्दिबास अ

सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या महोत्तरीमा ८ पुग्यो

प्रस, महोत्तरी, १३ भदौ/     महोत्तरीमा कोरोना भाइरसको सङ्क्रमणबाट शनिवार थप दुईजनाको मृत्यु भएको छ।     दुईजना पुरुषमा मृत्युपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको कोभिड–१९ विशेष अस्पताल जनकपुरका प्रमुख डा जामुनप्रसाद सिंहले जानकारी दिए। जिल्लाको भङ्गाहा नगरपालिका–१ का ३५ वर्षीय युवक र पिपरा गापा–७ का ७० वर्षीय वृद्धमा मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएको हो।     बर्दिबासमा प्रारम्भिक उपचार गरिएका पिपराका ७० वर्षीय वृद्धलाई थप उचपारको लागि शनिवार बिहान प्रादेशिक अस्पताल ल्याइएकोमा उनको बिहानै मृत्यु भएको अस्पतालले जनाएको छ।     त्यस्तै, भङ्गाहा नगरपालिकाका युवकको पनि उपचारकै क्रममा आज बिहान प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। थप दुईजनाको मृत्यु भएसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ। सङ्क्रमित वृद्धको मृत्यु प्रस, सिराहा/     एक हप्तादेखि अस्पतालमा उपचार गराइरहेका सिराहाका कोरोना सङ्क्रमित एक वृद्धको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ।  सिराहाको भदैया–६ का ८४ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रवार राति मृत्यु भएको हो। प्रतिष्ठानक

आगलागीले नेशनल अक्सिजनको उत्पादन बन्द

आरके पटेल, वीरगंज, १३ भदौ/     मुलुकभर अक्सिजनको माग बढेको बेला वीरगंजको नेशनल अक्सिजन इन्डस्ट्रिज प्रालिको उत्पादन भने आगलागीको कारण बन्द भएको छ।     वीरगंज–१४ गण्डक बहुअरीमा विगत ७ वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगको यही शुक्रवार रातिदेखि उत्पादन ठप्प भएको उद्योगका सञ्चालक डा अबुल हैस अन्सारीले जानकारी गराए।     राति अचानक विद्युत्को उतारचढावले उद्योगको साढे ७ सय केभिएको ट्रान्सफर्मरमा आगलागी हुँदा उत्पादन ठप्प भएको उनले बताए।     आगलागीले ट्रान्सफर्मर, डिजिटल मिटर तथा विद्युतीय प्यानल जलेर करीब ५० लाख रुपैयाँको क्षति भएको डा अन्सारीले दाबी गरेका छन्। जति सक्दो छिटो मरम्मत गरी उत्पादन थाल्ने डा अन्सारीले बताएका छन्।

लरीको ठक्करबाट टेम्पु चालकको मृत्यु

प्रस, महोत्तरी, १३ भदौ/     महोत्तरीको बर्दिबासमा शनिवार बिहान सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ।     बर्दिबास नगरपालिका वडा नं १ स्थित बर्दिबास चोकमा रोकेर राखेको ना.३स २३६१ नम्बरको टेम्पुलाई आरजे ०२ जिबि ३३४७ नम्बरको भारतीय लरीले ठक्कर दिंदा टेम्पु चालकको उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुने सोही स्थान निवासी ४० वर्षीय टेकनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।     गम्भीर घाइते श्रेष्ठको उपचारको क्रममा बर्दिबास जनसेवा हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रवक्ता सोनुकुमार साहले जानकारी दिए।     भारतीय लरी चालक अरबिन कुमार बलाइत र लरीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता साहले बताएका छन्।

मोबाइलका सामान बरामद

प्रस, पंचगावाँ, १३ भदौ/     सशस्त्र प्रहरीले भारतबाट अवैध तरीकाले भित्रिएको एक लाख मूल्य बराबरको मोबाइलका सामानहरू बरामद गरेको छ।     सशस्त्र प्रहरी अलौंका सप्रनि ईश्व र अधिकारीले वीरगंज महानगर–१७ कोन्हियाबाट मोबाइलको ब्याट्री, चार्जर, इयरफोन तथा अन्य सामान बरामद भएको बताए। उनले बरामद सामान भन्सार चलान गरिएको जानकारी गराएका छन्।  यसैगरी, सोही स्थानबाट भारतीय नं.को मोटरसाइकल नियन्त्रणमा लिएको उनले बताए। आवश्यक कागजात नभएको कारण भारतीय नं.को मोटरसाइकल नियन्त्रणमा लिइएको र वीरगंज भन्सार कार्यालय बुझाइएको सप्रनि अधिकारीले बताए।

१५ वटा राँगा लीलाम

प्रस, वीरगंज, १३ भदौ/     बारा जिल्ला, करैयामाई गाउँपालिका–३ बाट सशस्त्र प्रहरीले १५ वटा राँगा नियन्त्रणमा लिएको छ।     भारतबाट लुकीछिपी भित्र्याइएको राँगा बारा जिल्लाको जीतपुर लैजाने क्रममा सशस्त्र प्रहरी पोस्ट बरियारपुरको टोलीले बरामद गरेको हो। सशस्त्र प्रहरीलाई देखेर राँगा तस्करहरू भागेको बताइएको छ। बरामद गरिएको राँगालाई भन्सार कर्मचारीको रोहबरमा १ लाख ६९ हजार रुपैयाँमा लीलाम गरिएको सशस्त्र प्रहरी उपरीक्षक रवीनराज कर्णजितले बताए।

सो–ह कलाले परिपूर्ण कृष्णावतार

    ज्योतिषशास्त्रका अनुसार श्रीकृष्णको जन्म भदौ महीनाको कृष्णपक्ष्Fको अष्टमी तिथिमा महानिशीथकालमा वृष लग्नमा भएको थियो। त्यस बेला चन्द्रमा रोहिणी नक्षत्रमा थिए। रोहिणी नै चन्द्रमाको सर्वप्रिय नक्ष्Fत्र हो। राति ठीक १२ बजे क्षितिजमा वृष लग्न उदय भइरहेको थियो र त्यस बेला चन्द्रमा लग्नमा विराजमान थिए। पञ्चम भाव कन्यामा बुध विराजमान थिए। त्यस घडीमा छैटौं भाव तुलामा शुक्र र शनि विराजमान थिए। भाग्य भाव मकरमा मङ्गल विराजमान थिए भने लाभ स्थान मीनमा बृहस्पति स्थापित थिए। मूलतः श्रीकृष्ण चन्द्रमाप्रधान अवतार थिए, त्यसैले उनलाई कृष्णचन्द्र भनेर सम्बोधन गरिन्थ्यो तथा उनको वंशावली अनुसार पनि उनलाई चन्द्रवंशी नै भनिएको छ।     शास्त्र अनुसार जसरी चन्द्रमाको सो–ह कला हुन्छ, जसरी महिला सो–ह शृङ्गार गरेर सम्पूर्ण बन्दछन्, त्यसैगरी भगवान् श्रीकृष्णको अवतार पनि सो–ह कलाले परिपूर्ण थियो। ब्रह्म उपनिषद्हरूका अनुसार सो–ह कलाले युक्त व्यक्ति ईश्वरतुल्य हुन्छ। चन्द्रमाको सो–ह कला हुन्छ अर्थात् सो–ह तिथि–अमृता, मानदा, पृषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीतिरङ्गा, पूर