प्रस, वीरगंज, १६ साउन/
वीरगंजमा एकै दिन तीनजना सङ्क्रमितको मृत्यु भएको छ। बिहीवार नारायणी अस्थायी गण्डक कोभिड अस्पतालमा दुईजना र वीरगंज–२ छपकैयामा एकजना गरी तीनजनाको मृत्यु भएको हो।
वीरगंज–१६ नगवा निवासी ३५ वर्षीय युवकको साँझ पौने ५ बजे र भारतीय नागरिक जगदम्बा इन्टरप्राइजेजका सिइओको राति ११ बजे मृत्यु भएको हो।
मृतकमध्ये नगवा निवासी युवकलाई निमोनिया थियो। साउन १३ गते उनको स्वाब सङ्कलन गरिएको र रिपोर्ट पोजेटिभ आएको थियो। एक सातादेखि ती युवकलाई ज्वरो आउने लक्षण देखिएपछि विभिन्न क्लिनिकमा उपचार गराइएको र तराई अस्पतालबाट साउन १३ गते गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
यसैगरी, जगदम्बा इन्टरप्राइजेजका सिइओ भारतीय नागरिकको पनि मृत्यु भएको छ। उनी दीर्घ मुटुरोगी रहेको बुझिएको छ। हालै उनमा सङ्क्रमण देखिएपछि गण्डक अस्पतालमा भर्ना गरिएको र अवस्था बिग्रिएपछि आइसियूमा राखिएको थियो। उनको राति ११ बजे मृत्यु भएको हो।
अर्का सङ्क्रमित वीरगंज–२ छपकैया निवासी द टिम्बर कर्पोरेशन अफ नेपालका सेवानिवृत्त कर्मचारी हुन्।
वीरगंज–८ पानीटङ्की निवासी उनी पछिल्लो समय वीरगंज–२ छपकैयामा बस्दै आएका थिए। उनको मृत्यु बिहीवार साँझ ६ बजे भएको हो।