-सञ्जय मित्र
प्रकृति शब्दलाई सामान्
यतया दुई किसिमले अथ्र्याएको पाइन्छ। यस शब्दलाई सुन्ने बित्तिकै धर्तीको बाह्य स्वरूप बुझिन्छ, जसमा मानिसको हस्तक्षेप भएको हुँदैन वा भएपनि कम हुन्छ। कतै हस्तक्षेप गरेर अझ सुन्दर बनाउने प्रयास गरिएको हुन्छ। हस्तक्षेप गरेर सुन्दर बनाइएको वातावरण कालान्तरमा प्राकृतिक देखिने हुन्छ भने सबैले प्रशंसा गरेका हुन्छन् अन्यथा प्रकृतिप्रेमहरूको नजरमा प्रकृतिमाथि हस्तक्षेपलाई राम्रो मानिंदैन।
प्रकृतिको अर्को प्रचलित अर्थ हो– स्वाभाविक गुण, चरित्र वा स्वभाव। केही वा कोही कस्तो छ भन्नु उसको प्रकृतिवर्णन गर्नु हो। केही वस्तु वा कुनै व्यक्तिको पहिचानको कुरा प्रकृतिसित जोडिएको हुन्छ। वस्तुको प्रकृति बाह्य र आन्तरिक पहिचान दुवैमा निहित हुन्छ तर व्यक्तिको प्रकृति आन्तरिक हुन्छ। यस कारण कतिपयले प्रकृतिलाई अमूर्त पनि मान्दछन्।
प्रकृतिको अर्थ यतिमात्र हुन्छ भन्न खोजिएको होइन। अन्य अर्थ र विशेषता हुँदाहुँदै पनि प्रकृतिलाई यहाँ भौगोलिक प्रकृतिले मानवीय प्रकृतिमा पार्ने प्रभाव वा असरबारे सङ्क्षेपमा अध्ययन गरिने प्रयास गरिएको छ।
धर्तीको बाह्य आवरणले मानिसको प्रकृति पनि निर्धारण गर्दछ।
पहाड, जङ्गल, नदी, झरना तथा भौगोलिक दूरी, जमीनको ढाल, घामको ताप र राप, हावा चल्ने रीति आदिले मानिसको बसोबासको तरीका, पहिरन, रीतिस्थिति, संस्कृतिलाई प्रभावित पारेको हुन्छ। यसैगरी, मानिसको अनुहारको आकृति, छालाको रङ्ग, उसको चिन्तनपद्धति, बोलीको तरीकामा पनि प्रभाव पार्दछ।
संस्कृति भन्नु मानिसको समग्र जीवन पद्धति हो। मानिस वा मानिसको जीवनको समूहले समग्रमा जीवनभरि जे गर्दछ, त्यो नै उसको संस्कृति हो।

संस्कृति पनि मानिसको जीवनजस्तै गतिशील छ। गतिशील छ भन्दैमा यसले हरेक दिन आफूमा देखिने परिवर्तन ल्याउँछ भन्ने होइन र संस्कृति भनेपछि यो परिवर्तनै हुँदैन भन्ने पनि होइन। संस्कृति परिवर्तनशील रूढ हुन्छ र रूढ हुँदाहुँदै पनि परिवर्तनशील हुन्छ। यो नियमितरूपमा परिवर्तन भइरहन्छ।
नेपाल प्राकृतिक र भौगोलिक विविधतासँगै सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो। सांस्कृतिक विविधताको प्रयोगशाला पनि यसलाई भनिन्छ। सबैले बुझेका छन्, कुनै पनि काम नियमितरूपमा गर्दै जाने हो भने त्यो संस्कृति बन्ने रहेछ।
नेपालको भूगोलका मुख्य तीन क्षेत्र– हिमाल, पहाड र तराई हुन्। पहिलेदेखि यसलाई प्रदेश भनिन्थ्यो। हिमाल, पहाड र तराईको आआफ्नै संस्कृति छ। यी संस्कृतिमा कुनै मेलै छैन भन्ने होइन। माथि नै चर्चा गरिएका तथ्यले गर्दा पार्थक्य आउनु अस्वाभाविक पनि होइन।
मानिसको जन्मको मूलले पनि संस्कृति प्रभावित भएको हुन्छ। अन्य संस्कृतिको निकटताले पनि संस्कृतिमा हस्तक्षेप गरेको हुन्छ।
कतिपयको मान्यतामा नेपालमा दुई मूलका संस्कृति छन्– पहाडे र मधेसी।
पहाडमा प्रचलित सबै किसिमका संस्कृतिलाई समग्रमा पहाडे संस्कृति मानिएको पाइन्छ भने तराईमा प्रचलित सम्पूर्ण संस्कृतिको सगोललाई मधेसी संस्कृति मानिएको छ।
वास्तवमा मधेस भूगोल होइन भन्नेहरू पनि छन्। मधेस भन्नु चाहिं संस्कृति हो मान्नेहरू छन्। भूगोलले तराई तर संस्कृतिले मधेसी भनिएको पाइन्छ। पहाडमा बसोबास गर्नेलाई पहाडी वा पहाडे भनेजस्तै तराईमा बसोबास गर्नेलाई तराईली भन्ने गरिएको पाइन्न बरु मधेसी भन्ने गरिएको यथार्थ हो। मधेसी संस्कृतिको भूमिलाई मधेस भन्नु पनि अस्वाभाविक होइन।
पहाड र मधेसमा अनेक समानता छन्। पछिल्ला केही दशकमा यातायात, शिक्षा, सञ्चार तथा सामाजिक सञ्जाल आदिको तीव्र विकासले केही हदसम्म सांस्कृतिक सम्मिलन गराउँदै लगेको छ। पहाडका मानिस तराईमा र तराईका मानिस पहाडका विभिन्न शहरमा स्थायी बसोबास गर्ने प्रवृत्ति विस्तार भएको छ। पहाड र मधेसका भित्री गाउँहरूमा उत्ति धेरै प्रभाव परेको नहोला तर मुख्य र ठूला सांस्कृतिक परिचायकहरूप्रतिको बढ्दो चासो, मिलेर मनाउने प्रवृत्ति तथा सहकार्य गर्ने प्रवृत्तिले गर्दा कुनै पनि संस्कृति अगम रहेन।
पहाड र मधेसको संस्कृति एउटै होइन। सांस्कृतिक भिन्नता छ।
पहाड र मधेसको सांस्कृतिक भिन्नताले भूगोललाई मात्र सम्बोधन गरेको छैन। दुवै संस्कृतिमा रहेका सांस्कृतिक आधार पनि भिन्न छ। हुनत कतिपय संस्कृतिको मूल आधार हिन्दू शास्त्रहरू नै हुन्। विभिन्न शास्त्रीय देवदेवीहरू एकै भएका र शास्त्रीय पर्वहरू पनि एकै भएकाले कतिपय संस्कृति एउटै भएपनि विविध कारणले संस्कृति मान्ने तरीकामा भिन्नता आएको देखिन्छ।
मधेसमा आफ्नै किसिमका लोकदेवीदेवताहरू छन्। पहाडमा लोकदेवदेवीहरू आफ्नै छन्। भूगोल र मानव बसोबासको इतिहासले गर्दा लोकदेवदेवीहरूमा भिन्नता, सम्बन्धित लोकदेवदेवीहरूले समाजमा दिएको योगदानले तिनलाई गरिने पूजाको तरीकामा भिन्नता, लोकदेवदेवीहरूको तिथिमितिमा हुने भिन्नताहरूले यस्तै कुरालाई सम्बोधन गर्दछन्।
मानिसको प्रकृतिमा हिंसा तथा शान्ति आउने कारण उसले मान्ने संस्कृति पनि हो। यदि कुनै संस्कृतिमा हिंसा जति धेरै हुन्छ, त्यस संस्कृतिलाई मान्नेहरूमा पनि हिंसात्मक प्रवृत्ति बढी नै हुन्छ। यसैगरी, जुन संस्कृतिमा शान्तिले मुख्य स्थान पाएको हुन्छ, त्यस संस्कृतिलाई मान्नेहरूमा शान्तिको प्रवृत्ति बढी हुन्छ, सहनशील प्रकृतिका मानिस हुन्छन्। मधेसमा चर्को घाम लाग्ने भएकोले मधेसीको बोली अलि कडा र स्वभावमा पनि कडापन आएको हुनुपर्छ तथा पहाडमा घाम केही मधुरो तथा हावा पनि चिसो भएकाले बोली अलिक नरम र स्वभावमा पनि नरमपन आएको हुनुपर्छ।
मधेसीहरूले पहाडी जीवनको बारेमा रहस्यको जीवन मान्दछन्। पहाड र पहाडी लोकजीवनको बारेमा धेरै कुरा जान्न चाहन्छन्। पहाड आफैंमा प्राकृतिक सुन्दरता हो। प्राकृतिक सुन्दरतामा रमाउने को नहोला ? मधेसमा एकै किसिमको समथर भूगोल हुने भएकोले दृश्यको विविधता कम हुन्छ तर पहाडमा दृश्यको विविधता हुन्छ। दृश्यको विविधतालाई मधेसी समुदायले पनि हेरेर रमाउन चाहेको हुन्छ। पहाडमा हुने धरातलीय विविधता, प्राकृतिक दृश्यको विविधता तथा हरेक प्राकृतिक विविधताको आफ्नै प्रकृति आदिले मधेसी समुदायको मन तानेको हुन्छ।
मधेसमा बाक्लो बस्ती र कालो अनुहारको मानिस हुनुमा भूगोल र चर्को घाम हुनु हो। गर्मीमा तातो हावा चलेर छाला डढ्नु पनि हो। वंश परम्परा पनि हो। यस कारण पहाडी समुदायको गोरो अनुहारप्रति जहिले पनि आकर्षण हुन्छ। मधेसी समुदायको अनुहारप्रति पहाडे समुदायको खासै आकर्षण हुन्न। सामान्य मधेसीले पहाडी समुदायलाई आफ्नै देशको नागरिक मान्दछ तर मधेसीको अनुहार देखेर नेपाली नै होइनन् कि मान्नेहरू पहाडमा पाइने भएकाले कताकति मधेसीको मनोविज्ञानमा प्रभाव पारेको हुन्छ। अलिकति चिन्तनमा पार्थक्य देखिएको यहींनेर हो। यस मनोवैज्ञानिक पार्थक्यमा बिस्तारै परिवर्तन हुँदैछ। नयाँ नेपालका नवयुवाहरूले यस प्रकारका चिन्तनमा सुधार ल्याउँदैछन्। शिक्षित पहाडे युवाहरूमा यस प्रकारको सङ्कुचित सोचाइको मात्रा अत्यन्तै न्यून रहेको पाइन्छ। चिन्तनमा आउने परिपक्वताले झन् यस किसिमको विभेदपूर्ण चिन्तनलाई कम गर्दै लैजाने कुरामा नयाँ पुस्ता झन् विश्वस्त रहेको छ।
दुई पहिचानमा विश्वास र सम्मानसम्बन्धी वर्तमान दृष्टिकोणमा केही भिन्नता आउन थालेको देखिएको छ। बदलिंदो जमानाले मधेसी समुदायमा एकअर्काप्रति विश्वास गर्नुपर्ने वातावरणलाई कमजोर बनाउँदै लगेको पाइएको छ। पहाडी समुदायमा भने तुलनात्मकरूपमा पारस्परिक विश्वासको मात्रा अझै बढी छ। यसैगरी, मधेसी समुदायमा कसैमा प्रतिभा भएपनि सम्मान नगर्ने प्रवृत्ति छ। एकापसमा अहम्को भावनाले काम गरेको छ। असल काम गर्ने, समाजसेवा गर्ने तथा निस्स्वार्थ भावले भाषा, साहित्य, कला, संस्कृति, खेलकूद र अन्य प्रतिभाजन्य काम गर्नेले पनि उचित सम्मान पाउन सकेका छैनन् तर पहाडी समुदायमा भने यस प्रकारका सेवा गर्नेहरूलाई विभिन्न व्यक्ति तथा संस्थाहरूले सम्मान गरिरहेका हुन्छन्। प्रतिभा प्रस्फुटन र विस्तारका लागि वातावरणको निर्माण र सहयोग गरेको देखिन्छ।
एकापसका विवादलाई अदालतसम्म पु–याइहाल्ने, झूटो मुद्दा बनाउने, साक्षी पनि आफ्नो पक्षको मान्छे राख्ने र साक्षीले पनि हुँदै नभएको कुरा बोल्नेजस्तो झगडिया प्रवृत्ति मधेसी समाजको नकारात्मक पहिचान बन्न पुगेको छ। अनावश्यक शङ्का गर्ने, दोषारोपण गर्ने, बलजफ्ती आफ्नो तर्कलाई पुष्टि गर्ने, शास्त्रसम्मत तर्कलाई पनि म मान्दिनँ भन्ने र मुढेबलको आधारमा आफूलाई तार्किक एवं बुद्धिमान् ठान्ने, नैतिकता तथा कानूनभन्दा बाहुबलमा बढी विश्वास गर्ने मानवीय प्रकृति चाहिं मधेसको संस्कृति बन्दै गएको छ।
अध्ययन नै नगर्ने प्रवृत्ति बढ्दै गएको छ। नेता, शिक्षक, कर्मचारी, समाजका अगुवालगायत कुनै पनि पेशा तथा व्यवसायका मानिसमा अध्ययनको भोक छैन। अध्ययन गर्नुपर्दछ भन्ने मनोविज्ञान नै छैन, अध्ययनको संस्कार नै कमजोर भएको छ। यसले गर्दा प्राज्ञिकतामूलक कार्यमा मधेस झन् पछाडि पर्दै गएको अवस्था छ तर पहाडको शहरमा भने अध्ययन र अनुसन्धानमा नवयुवादेखि ज्येष्ठ नागरिकसम्म लागेका छन्।
यदि मसिनो तरीकाले अध्ययन गर्ने हो भने पहाड र मधेसमा प्रकृतिले संस्कृतिमा पारेको प्रभाव र दुवै समुदायमा आफ्नै कारणले उब्जेका सकारात्मक तथा नकारात्मक प्रवृत्तिहरू पर्याप्त रहेका छन्। सबल संस्कृतिको पक्षमा दुवै समुदायका प्रबुद्ध वर्ग रहेका छन् र संस्कृतिभित्रको सङ्कीर्णता तथा विकृति हटाउनु वर्तमानको कर्तव्य बन्न गएको छ। अस्तु।