काम तत्वलाई हिन्दू संस्कृतिमा समग्ररूपमा प्रतिपादित गरिएको छ। एकातर्फ जहाँ यो सृष्टिको उत्पत्तिको कारण हो, नयाँ जीवनको प्रदाता हो, त्यस्तै अर्कोतर्फ आफ्नो अति एवं दुरुपयोगको कारण यो विध्वंस एवं जीवनको विनाशको पनि कारक मानिएको छ। परमपूज्य गुरुदेवले कामलाई ज्ञानबीज भनेका छन्, जसलाई यदि परिस्कार गर्दा त यो स्वयम्मा सबैथोक प्रदान गर्ने हुन्छ।
इन्द्रिय संयमको जब पनि कुरा हुन्छ, तब यसमा काम तत्वको नै प्रतिपादन हुन्छ, यद्यपि यसको स्वादसँग पनि सीधा सम्बन्ध छ, जसको बोध हामी स्वाद संयमको माध्यमबाट गर्छौं। स्वादपछि जीवन–साधनाको दृष्टिबाट काम तत्व नै त्यो हो, जसको संयम, साधना, सङ्घर्ष, पराभव एवं विजयी गाथाबाट हाम्रो शास्त्र भरिएको छ। आश्चर्य छैन कि जहाँ आधुनिक विज्ञानले आफ्नो बाल्यकालमा काम तत्वलाई आधा–अधूरो बुझाइको आधारमा अधकल्चो निष्कर्ष लिएको छ, ऋषिचिन्तनमा यसलाई लिएर कुनै प्रकारको भ्रमको स्थिति छैन।
आफ्नो शास्त्रचिन्तन एवं आध्यात्मिक विरासतबाट अनभिज्ञ पीढी, जुन आधुनिक वैज्ञानिक एवं भौतिक चिन्तनको कोखमा हुर्के–बढेको छ, उसको सोच आज पनि फ्रायडवादी मनोविज्ञानसँग प्रभावित छ। हरेक दिन प्रतिष्ठित पत्रिकामा जथाभावी विज्ञापन एवं लेख हेर्न सकिन्छ, जुन काम–हिलोमा लथपथ भएर यसबाट बाहिर निस्किने समाधान दिलाउँछ, जुन पूर्णतया सत्य होइन।
यसै सोचको कारण एउटा ठूलो वर्ग यसलाई आफ्नो नियति मान्छ, यसलाई संयमित, परिष्कृत गर्नुको सट्टा यसको हातको खेलौना बनेर जीवनको पतन–पराभव एवं दुर्गतिको पटकथा लेखिरहेको हुन्छ र जबसम्म कामको काया केही बुझिन्छ, तबसम्म अबेर भइसकेको हुन्छ। समय रहँदै इन्द्रिय संयम, काम–परिष्कारप्रति दृढ कदम उठाएको भए अर्कै कुरा हुन्थ्यो।
हिन्दू चिन्तनमा काम तत्व–नयाँ जीवन, नयाँ सृष्टिको रचनाशक्तिको रूपमा पावन एवं पूजनीय छ। जीवनका चार प्रमुख पुरुषार्थहरूमा यिनको नाम तथा धर्मको मर्यादालाई योसँगै जोडिएको छ, तब यो मोक्षको माध्यम बन्छ, अन्यथा यसको परिणति बन्धन हो। धर्महीन काम नागपाश बनेर त्यसैको उपभोक्तालाई जकडेर उसको रोग, शोक, पाप–सन्ताप एवं पतन–पराभवको गर्तमा धकेल्ने सम्पूर्ण सर्जाम लिएको हुन्छ, जसको लोमहर्षक परिणामको दिग्दर्शन समाचार एवं चारैतिर ब्रेकिङ न्यूजको साथ भइरहेको नित्यप्रतिको विस्फोटको रूपमा गर्न सकिन्छ।
श्रीमद्भगवद्गीतामा स्पष्टरूपले कामलाई कहिल्यै नअघाउने, धेरै खाने, महापापी एवं महाबैरी भएको संज्ञा दिइएको छ र यसलाई हरेक हालमा काबू गर्न र जित्न हिमायत गरिएको छ। हाम्रा शास्त्रहरूमा, लोकजीवनमा यस्ता अनगिन्ती उदाहरण छन्, जसले साबित गर्छ कि काममाथि विजय असम्भव छैन तथा देव संस्कृतिमा जितेन्द्रियतालाई जीवनको उच्चतम आदर्शमध्ये एक मानिएको छ र यस्ता व्यक्तिको लोकजीवनलाई आदर्श भनिएको छ। महावीर हनुमान, भीष्म पितामह, लक्ष्मण आदि शङ्कराचार्य, स्वामी दयानन्द, स्वामी विवेकानन्द जस्ता नैष्ठिक ब्रह्मचारीहरूको लामो शृङ्खला यहाँ संलग्न छ।
यसै प्रकार गृहस्थ जीवनमा रहेर पनि इन्द्रियजयको आदर्श हिन्दू संस्कृतिको एउटा विशिष्टता भन्न सकिन्छ। भगवान् शिव यसको मूर्तिमान् रूप हुन्, जसको तृतीय नेत्रले कामलाई भस्म गर्ने क्षमता राख्छ। यस पम्रपरामा भगवान् राम, श्रीकृष्ण, बुद्ध, महावीर, कबीर, तुलसीदास, रामकृष्ण परमहंश, अरविन्द, परमपूज्य गुरुदेवजस्ता महापुरुषको लामा शृङ्खला छन्, जुन यस आदर्शको जीवन्त प्रतिरूप हुन्।
हिन्दू संस्कृतिको विशेषता हो कि यसले क्रमिकरूपमा व्यक्तिको उत्कर्ष मार्ग प्रदर्शित गर्छ। ब्रह्मचर्यपछि गृहस्थ एवं वानप्रस्थ तथा अनन्तः संन्यास आश्रम यसको क्रमिक सोपान मानिएको छ। व्यक्तिले जीवनको बढ्दो पडावको साथ क्रमशः इन्द्रियहरूमाथि विजयको उच्चतर कक्षामा प्रवेश गर्नुपर्छ। कामको ज्ञान, भक्ति एवं प्रेममा रूपान्तरण जसको धर्म हो, जो न केवल सम्भव छ, बरु योगसाधक, संन्यासी एवं सद्गृहस्थको आदर्श पनि हुन्छ।
आश्चर्य छैन कि साधना पद्धतिमा ब्रह्मचर्यको विशेष महत्व मानिएको छ। शास्त्रमा स्पष्ट छ कि कामरूपी शक्तिको दमन सम्भव छैन, न यो स्वस्थ प्रक्रिया हो। यसको दमन सम्पूर्णरूपले मनोविकार एवं विकृतिलाई जन्म दिन्छ, साथै यसको असंयमित एवं अमर्यादित उपभोग पनि घातक हो। यसको सन्दर्भमा मध्यम मार्गको अनुसरण नै सर्वसाधारणको लागि उचित हुन्छ। जीवनको उच्च ध्येय, आध्यात्मिक जीवन–दृष्टि एवं जीवनशैलीको साथ यसको सृजनात्मक नियोजन गर्न सकिन्छ।
निस्सन्देह आजको वातावरणमा छाया वैचारिक प्रदूषण, मिडियामा निर्बाधरूपले पस्किएका अश्लीलताका बीच भारी विवेक एवं गहिरो बुझाइले नै कामको मायालाई पार लगाउन सक्छ र आध्यात्मिकरूपले प्रदीप्त आदर्शको सत्सङ्ग र त्यसबाट सृजित साहित्यको प्रकाशमा नै यो विवेक–दृष्टि विकसित हुन्छ र धारणा दृढ हुन्छ कि कामको परिमार्जन एवं रूपान्तरण सम्भव छ।
इन्द्रिय संयमको आभाबाट प्रदीप्त आदर्शको जीवन र उदाहरण त्यस वैचारिक आस्थालाई हुर्काउनमा सहायक हुन्छ कि इन्द्रिय संयम एवं आत्मजय कसरी जीवनमा अजस्र अनुदानको रूपमा फलित हुन्छ। आध्यात्मिक आदर्शबाट हीन रोलमोडेल यस्तो भाव जगाउनमा असमर्थ हुन्छ, बरु जीवनप्रति एउटा भ्रमित दृष्टि दिने हुन्छ। अतः कामको परिष्कार एवं रूपान्तरणको लागि सही आदर्शको चयन अभीष्ट छ। शिष्यको लागि समर्थ गुरु नै उसको आध्यात्मिक आदर्श हुन्छ, जसको स्वाध्याय, सत्सङ्ग, श्रवण, चिन्तन, मनन एवं ध्यान–इन्द्रिय संयमको पथ प्रदर्शित गर्छ।