$type=ticker$count=12$cols=4$cate=0

राजनीतिलाई थाती राखिएन भने वीरगंज डुब्छ

SHARE:

राधेश्याम पटेल, वीरगंज/
    डा. उदयनारायण सिंह नारायणी गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक हुन्। उनी विगत चार महीनादेखि कोभिड सङ्क्रमितहरूको उपचारमा संलग्न छन्। पछिल्लो १३ दिनमा वीरगंजको अवस्था भयावह बन्दा यसमा निकै लापरवाही भएको उनको गुनासो छ। जुन बेला व्यवस्थापन मिलाउनुपर्ने थियो, त्यस बेला तीन तहका सरकार तथा सरोकारवालाहरूले तदारूकताका साथ काम नगर्दा कोरोना तेस्रो चरणमा प्रवेश गरी चौथो चरणमा पनि पुग्न लागेको उनले बताएका छन्। उनका अनुसार सोमवारसम्म पर्सामा २६२ जना सङ्क्रमित भेटिएकोमा साउन १ गतेदेखि १०५ जना सङ्क्रमित थपिएको छ। जसमध्ये पाँचजनाको मृत्यु भइसकेको छ। तीनजना आरडिटीमा पोजेटिभ देखिएका शङ्कास्पद बिरामी पनि गण्डक अस्पतालमा उपचार सेवा लिइरहेका छन्। १२ दिनमा वीरगंजमा पाँचजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको देखिन्छ भने अझै १०० जनामा सङ्क्रमण छ। जसमध्ये ५८ जना गण्डक अस्पतालमा र ४२ जना आइसोलेशन वार्डको सुविधा नहुँदा घरमैं अलपत्र परेका छन्।
    शुरूमा चैतदेखि असारसम्म एक चरणको तीतो अनुभव सँगालेको अवस्थामा उनले यहाँका राजनीतिक दलका अगुवाहरूसँग पूर्वाग्रहपूर्ण राजनीति नगरी जनताको रक्षा गर्ने बेला आएको बताएका छन्।
    असार ३१ गते रौतहट निवासी ३६ वर्षीय युवकको मृत्युपश्चात्, लक्षण र ज्यान लिने कोरोना महामारी प्रदेश २ मैं आयो भन्ने खतराको घण्टी बजेको चिकित्सकहरूको विश्लेषण छ। विगत ११ दिनमा शून्यबाट ११२ सङ्क्रमित देखिनु, पाँचजनाको मृत्यु हुनु र अधिकांशमा लक्षण देखिनु खतरापूर्ण चेतावनी हो। यसबारे सरकार र सरोकारवाला निकाय निरन्तर गम्भीर हुनुपर्ने भन्दै उनले पहिल्याएका समस्या र समाधानको उपाय प्रस्तुत गरेका छन्।
समस्याः
  • १) कोभिडको तीव्र प्रसारबारे जानकारी हुँदा पनि ५० शøयाको कोभिड अस्पताल भरिने सङ्केत देख्दादेख्दै आवश्यक पहल नहुनु, आजसम्म ४२ जना सङ्क्रमित निश्चित आइसोलेशनमा न पुग्नु र कुनै ठोस व्यवस्था नहुनु,
  • २) तीनै तहका सरकार र सरोकारवाला निकायबीच समन्वय नहुनु,
  • ३) केन्द्रीय सरकारले स्थितिको गम्भीरता बुझ्ने चेष्टा नगर्नु,
  • ४) आवश्यक जनशक्ति र उपकरणको खाँचो,
  • ५) स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उच्च राख्ने कदमको खाँचो,
  • समाधान ः
  • १) द्रुत गतिमा वैकल्पिक कोभिड अस्पतालको व्यवस्था। अनुमानित ३०० शøया बराबर आइसोलशेनको व्यवस्था  र ३० शøयाको आइसियुसहित १० वटा भेनिटलेटर आवश्यक,
  • २) राजनीति र आपसी तिक्तता थाती राखेर मानवताको लागि तीनै तहको सरकारबीच आपसी सहकार्य हुनुपर्ने,
  • ३) केन्द्रीय सरकारद्वारा स्थितिको गम्भीरता मनन गरी आवश्यक कदम र सहयोग,
  • ४) सरकारी तथा निजी अस्पतालका आवश्यक जनशक्ति पहिचान गरी तदनुरूप परिचालन गरिनुपर्ने,
  • ५) स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मनोबल उच्च राख्न बीमा, भत्ता तथा अन्य सेवा उपलब्ध गराउनुपर्ने,
  • ६) तीव्रताका साथ टेस्टिङ एन्ड ट्र्याकिङ गरेर सङ्क्रमित पहिचान गरी क्वारेन्टाइन तथा आइसोलेट गर्ने र सङ्क्रमणको चेन ब्रेक गर्ने,
  • ६) नागरिकले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै निषेधाज्ञाको पालना गरेर कोभिड सङ्क्रमणको घेरा तोड्ने।
  • अन्त्यमा,
  • ७) अवस्था निकै चुनौतीपूर्ण र असामान्य छ, समस्त नागरिक समाजको काँधमा जिम्मेवारी थपिएको छ। सहकार्यको विकल्प छैन। कोरोना घरदैलोसम्म आइपुगेको अवस्था भएकोले ‘स्टे होम, स्टे सेफ’ को नीति अँगाल्ने।
    पर्सामा विगत ११ दिनमा १०५ जना सङ्क्रमित भेटिएका छन्। तीमध्ये पाँचजनाको मृत्यु भइसकेको छ भने ५८ जना सङ्क्रमित अस्थायी गण्डक कोभिड अस्पतालमा उपचाररत छन् भने ४२ जना आइसोलेशन वार्डसहितको अर्काे अस्पतालको व्यवस्थापन नहुँदा तीन दिनदेखि पर्साका विभिन्न पालिका र वीरगंजमैं घरमा अलपत्र र अन्योलपूर्ण अवस्थामा रहेको गण्डक अस्थायी कोभिड अस्पतालका चिकित्सक डा नीरजकुमार सिंहले जानकारी गराए। उनले तीनजना आरडिटीमा पोजेटिभ देखिएका शङ्कास्पद बिरामी पनि गण्डक अस्पतालमा उपचाररत रहेको स्पष्ट पारे। सङ्कट व्यवस्थापन केन्द्र, पर्साले तीन दिनअघि मन्त्रालयको निर्देशिका अनुसार लक्षण नभएका सङ्क्रमितलाई होम आइसोलेशनमा बस्न निर्णय र सिफारिश गरेको छ। त्यसैगरी, ७० शøया क्षमताको गण्डक अस्पतालबाहेक तीन सय शøया क्षमताको सिद्धार्थ माध्यमिक विद्यालयले लक्षण भएका सङ्क्रमितलाई राखेर व्यवस्थापन मिलाउने निर्णय भएपनि वीरगंज महानगर पूर्वतयारीमा सक्रिय देखिएको छैन। जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका प्रवक्ता सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार होम आइसोलेशनको लागि लक्षण नभएका सङ्क्रमितलाई स्वास्थ्यकर्मीहरूले निवेदन भर्न लगाउने र त्यसमा वडा कार्यालय र स्थानीय प्रहरीको निगरानीमा बसी मन्त्रालयले निर्देशन गरेको तपसील बमोजिमका नियम पालना गर्नुपर्ने व्यवस्था रहेको बताए।
यस्ता छन् होम आइसोलेशनका नियम
  • १. सकेसम्म छुट्टै कोठामा बस्ने, कोठा नभएमा अरू व्यक्तिसँग कम्तीमा २ मिटर टाढा बस्ने,
  • २. स्वास्थ्योपचारका लागि बाहेक अन्य बेला घरबाट बाहिर ननिस्कने। स्वास्थ्य संस्था जानुपरेमा सार्वजनिक यातायात प्रयोग नगर्ने। स्वास्थ्य संस्था जाँदा वा घरपरिवारसँग २ मिटर टाढा बस्दा अनिवार्य मास्कको प्रयोग गर्ने,
  • ३. आफूले प्रयोग गर्ने खाने भाँडा, मञ्जन, दन्त ब्रश, काइँयो, लुगा, रूमाल, तौलिया, तन्ना अरूसँग नसाट्ने। र प्रयोग गरिएका सामान आफैंले सफा गर्ने,
  • ४. बेलाबेला साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेन्ड हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने। सकभर हातले नाक, मुख, आँखा नछुने,
  • ५. खोक्दा हाच्छ्यूँ गर्दा कुहिना वा टिस्यु पेपरले नाक–मुख छोप्ने,
  • ६. प्रयोग गरेको टिस्यु, रूमाल, मास्क जस्ता सामग्री छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने र तुरुन्तै मिचिमिची साबुनपानीले हात धुने,
  • ७. रूमाल, लुगा, प्रयोग गरेको तन्ना आफैं साबुनपानीले धुने र राम्ररी घाममा सुकाएर मात्र प्रयोग गर्ने,
  • ८. छुट्टै शौचालय प्रयोग गर्ने। यदि छैन भने प्रयोग गरिसकेपछि राम्ररी विसङ्क्रमित गर्ने पदार्थ प्रयोग गरी सफा गर्ने,
  • ९. जथाभावी नथुक्ने,
  • १०. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पूर्णरूपमा पालना गर्ने,
  • ११. हरेक दिन शरीरको तापक्रम नाप्ने र मितिअनुरूप टिपेर राख्ने।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राजनीतिलाई थाती राखिएन भने वीरगंज डुब्छ
राजनीतिलाई थाती राखिएन भने वीरगंज डुब्छ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhSRjhabgaP3n0nDlfop70Lw0OYhaxN2IURfCkxgh87DEVP3E4VNVZSBRPif9X325W0nCLF6kCKv9qnR9scboRyo4441AW5rRVoOtw_mMf2DvSYu83-dQMKtYr4b-qQiH9mlmlvO7fzmfi1/s320/uday.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhSRjhabgaP3n0nDlfop70Lw0OYhaxN2IURfCkxgh87DEVP3E4VNVZSBRPif9X325W0nCLF6kCKv9qnR9scboRyo4441AW5rRVoOtw_mMf2DvSYu83-dQMKtYr4b-qQiH9mlmlvO7fzmfi1/s72-c/uday.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/07/blog-post_758.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/07/blog-post_758.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy