प्रस, वीरगंज, १४ साउन/
नारायणी अस्थायी कोभिड गण्डक अस्पतालमा बुधवार बिहान एकजना सङ्क्रमितको मृत्यु भएको छ। वीरगंज–५ रेशमकोठी निवासी ६८ वर्षीय सङ्क्रमितको मृत्यु भएको अस्पतालका संयोजक डा उदयनारायण सिंहले बताए।
सङ्क्रमित मुटुरोगी थिए, ५ दिनदेखि उनी गण्डक अस्पतालको आइसियूमा भर्ना भएको र आज बिहान पौने ११ बजे निधन भएको डा सिंहले बताए। अस्पतालको आइसियुमा अझै चारजना छन्।
वीरगंजमा मङ्गलवार रातिको रिपोर्ट अनुसार १० महिला र २४ पुरुषसहित ३४ जना कोरोना सङ्क्रमित थपिएका छन्। २७४ जनाको स्वाब सङ्कलन गरी परीक्षण गर्दा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार ३४ जनामा २ वर्षदेखि ६५ वर्ष उमेर समूहका सङ्क्रमित रहेका छन्। जसमा ५ जना बालबालिका छन्। ३४ जनामा एकजना चिकित्सक, एकजना सेना, तीनजना प्रहरी, छजना वीरगंज कारागारका कैदीबन्दी–कर्मचारी, बाँकी कन्ट्याक्ट ट्रेसिङ र स्वयम् परीक्षण गराएकाहरू छन्। सङ्क्रमित हुनेहरू वीरगंजका रोशमकोठी, रानीघाट, आदर्शनगर, श्रीपुर, पावरहाउस चोक, मुर्ली, राधेमाई, भिस्वा, श्रीसिया, बेल्वा र केही बाहिरका पनि छन्। महिलाहरूको उमेर २, २, ४, ७, ३२, ३२, ६०, ४०, ५ वर्ष का छन् भने पुरुषहरूको उमेर ४४, ६५, ४, २१, ५४, ३२, ६५, २५, ३६, २७, ३८, ४५, ५०, ४०, २२, ३६, ४२ वर्ष का छन्।