प्रस, वीरगंज, १५ साउन/
नारायणी अस्पतालको प्रयोगशालामा दुईवटा पिसिआर मेशिन चालू भएपनि सोबाट आशाप्रदरूपमा समयमा रिपोर्ट नपाएको गुनासो बढ्दै छ।
नारायणी प्रयोगशालामा रहेको दुईवटा पिसिआर मेशिन बा–ह घण्टा सञ्चालन गर्दा एक हजार मानिसको रिपोर्ट निकाल्न सकिने मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए पनि अहिले सोअनुरूपको रिपोर्ट आउन सकेको छैन। वीरगंज महानगरपालिकाले एक घर–एक व्यक्ति पिसिआर परीक्ष्Fण अभियान शुरू गर्दा मेसु डा उपाध्यायले नारायणी प्रयोगशालाबाट १२ घण्टामा एक हजार परीक्षण रिपोर्ट तयार हुने जानकारी गराएका थिए।
अहिले यो अभियान सुस्त गतिमा छ। तर पनि दैनिक तीन सयभन्दा बढी स्वाब नमूना परीक्षण हुन सकेको छैन। हजारको सङ्ख्यामा स्वाब नमूना परीक्षण नहुनुको कारणमध्ये एक जनशक्तिको अभाव हो। लकडाउन शुरू भएर सङ्क्रमित बढेपछि प्रदेश सरकारबाट पिसिआर मेशिन प्राप्त भएको थियो। सो मेशिनको प्रयोग दैनिक तीन सिफ्टमा भयो। तीन सिफ्टमा काम गरेका प्रयोगशालाका कर्मचारीहरूले पाउनुपर्ने सुविधा उपलब्ध नगराइँदा अहिले उनीहरूले दुईवटा पिसिआर मेशिन सञ्चालनमा रहे पनि एक सिफ्ट मात्रै काम गर्दै आएका छन्। जसले गर्दा परीक्षण रिपोर्ट ढिलो आइरहेको छ।
वीरगंज महानगरपालिकाले पिसिआर मेशिन उपलब्ध गराएपछि अहिलेसम्म एक सिफ्टमा मात्र काम भइरहेको छ। जबकि साउन १ गतेदेखि वीरगंज क्ष्Fेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नुका साथै केहीको मृत्यु भएको छ। अहिले चिकित्सक, स्वास्थ्यकर्मी, सेना, प्रहरीसमेतमा कोरोना सङ्क्रमण देखिएको छ। कन्ट्याक्ट टे«सिड्ढो दायरा बढ्दै छ।
यसैगरी, पछिल्लो चरणमा देखिएको सङ्क्रमण समुदायस्तरमा फैलिएको पाइएको छ। यात्रा विवरण नभएका सङ्क्रमितहरू देखिएपछि समुदायमा सङ्क्रमण फैलिएको र यसको दायरा बढ्दै गएको छ। यो अवस्थामा प्रयोगशालामा कार्यरत १० जना कर्मचारीले एक सिफ्ट मात्रै काम गर्दा रिपोर्ट आउन ढिला भएको हो। अस्पताल प्रशासनको आग्रहमा प्रयोगशालाका कर्मचारीहरूले बुधवारदेखि पुनः दुई सिफ्टमा काम गर्न शुरू गरेका छन्। यसका साथै पिसिआर परीक्ष्Fणमा प्रयोग हुने स्वाब नमूनाका लागि अटोमेटिक आरएन स्ट्रक्चर मेशिनको प्रयोग शुरू भएको छ।
स्वाब सङ्कलनपछि प्रयोगशालामा सैम्पलिङ गर्ने कार्य मैनुअल हुँदा चार घण्टा समय लाग्थ्यो। बुधवारदेखि अटोमेटिक मेशिन जडान भएपछि एक घण्टामा रिपोर्ट आउन सक्ने बताइएको छ।