राधेश्याम पटेल, वीरगंज, १५ साउन/
वीरगंजमा बुधवार राति १५ महिला र ३८ पुरुष गरी कुल ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नारायणी अस्पताल वीरगंजले अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ५३ जनामा कोराना सङ्क्रमण पुष्टि भएको जनाइएको छ। जसमा नारायणी अस्पतालका दुई र अन्य एक गरी तीनजना चिकित्सकसमेत सङ्क्रमित भएका छन्।
एक दर्जनभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमणको चपेटामा परेका छन्। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार ३ वर्षको बालकदेखि ६० वर्ष उमेर समूहका विभिन्न ठाउँका सङ्क्रमित रहेका छन्।
नारायणी अस्पतालका एम्बुलेन्स चालकसमेत सङ्क्रमित भएका छन्। नारायणी अस्पतालका सर्जिकल र आइसियूमा खटेका स्टाफ नर्स तथा अन्य स्वास्थ्यकर्मी तथा पहिलेका चिकित्सक तथा स्वास्थ्यकर्मीको संसर्गमा आएका स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भएका छन्। नारायणी अस्पतालको क्वाटरमा बस्ने एवं वीरगंज वडा नं १, २, ३, ४, ५, ६, ८, ९, ११, १२, १६, २५ गरी विभिन्न वडाका सङ्क्रमितहरू कन्ट्याक्ट ट्रेसिङमा आएका परिवारजनका सदस्य रहेका छन्।