$type=ticker$count=12$cols=4$cate=0

निषेधाज्ञा जारी गरेर पनि स्वाब सङ्कलन प्रभावकारी नभएपछि नगरप्रमुख सरावगी काठमाडौं गए

SHARE:


प्रस, वीरगंज, १४ साउन/
    कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले साउन १० गते शनिवारदेखि निषेधाज्ञा जारी गर्दै पिसिआर परीक्षणको दायरा बढाउने र एक घर–एक व्यक्ति परीक्षण गर्ने निर्णय गरे पनि निषेधाज्ञाको भएको ५ दिन बितिसक्दा पनि पिसिआर परीक्षणले गति लिन सकेको छैन।
    पछिल्लो चरणमा वीरगंजमा कोरोना सङ्क्रमण बढ्नुका साथै चार दिनमा ५ जनाको मृत्यु पनि भइसकेको छ। कोरोना सङ्क्रमण नियन्त्रण गर्नका लागि निषेधाज्ञा लागू गरिएको र यो अवधिमा स्वाब नमूना सङ्कलन गर्ने लक्ष्य थियो। वीरगंज महानगरपालिकाले महानगरमा रहेका ३२ वटै वडाका ४० हजार घरधुरी र अनुमानित १० हजार थप गरी ५० हजार व्यक्तिको स्वाब नमूना सङ्कलन गर्ने लक्ष्य लिएको थियो। तर तीन सातादेखि यो अभियान सफल हुन सकेको छैन।
    निषेधाज्ञा जारी भएपछि आइतवारदेखि महानगरपालिकाले रेलवे माविबाट एक घर–एक व्यक्ति परीक्षण अभियान शुरू गरेको थियो। तर दैनिक १५ सय व्यक्तिको स्वाब नमूना सङ्कलन गर्ने लक्ष्य रहेकोमा मुस्किलले १५० जनाको पनि स्वाब सङ्कलन भएन। महानगरपालिकाले रेलवे माविमा स्वाब सङ्कलन ग–यो भने कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले माईस्थान मन्दिर अगाडि स्वाब नमूना सङ्कलन गरेको थियो।
    आइतवारपछि दुवैतर्फको अभियान शिथिल भएको छ। महानगरपालिकाले कोभिड–१९ सङ्कट व्यवस्थापन समितिसँगको सहकार्यमा एक घर–एक व्यक्ति परीक्षणको नीति लिए पनि केही राजनीतिक दल, सांसद र प्रशासनिक निकायबीच तालमेल नमिल्दा अहिले यो अभियान शिथिल भएको छ।
    यसअघि पनि लकडाउन, निषेधाज्ञा र सिल गर्दा कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले कन्ट्याक्ट टे«सिङमा परेकाहरूसमेतको स्वाब नमूना सङ्कलन गर्न सकेको थिएन। त्यतिखेर पर्सा जिल्लामा सङ्क्रमितहरू देखिए पनि लक्षण भएका सङ्क्रमितहरू नदेखिएका कारण एक महीनामा सङ्क्रमित सङ्ख्या न्यून भएको थियो। असार ३२ गतेपछि १५ दिनको अवधिमा पर्सा जिल्ला र खासगरी वीरगंज महानगरपालिकामा कोरोना सङ्क्रमण अचाक्ली बढेको छ। सङ्क्रमितहरूमध्ये आधाभन्दा बढीमा कोरोनाको लक्षण देखिएको छ।
    आइसोलेशनमा सङ्क्रमित राख्ने ठाउँ छैन। दशवटा आइसियूमध्ये ५ वटा भरिएको छ। दैनिक सङ्क्रमित सङ्ख्या बढ्दैछ। अहिले परीक्षण कम गर्नुको कारण सङ्क्रमित सङ्ख्या बढ्ने अनुमान गरेर रोकिएको स्रोतले जनाएको छ। राजनीतिक दलहरूले एक घर–एक व्यक्ति स्वाब नमूना सङ्कलन गर्दा सङ्क्रमितहरू बढ्न सक्ने र उनीहरूको व्यवस्थापन हुन नसक्ने भन्दै समितिलाई परीक्षण नगर्न दबाब दिंदै आएका छन्। यसै कारणले निषेधाज्ञा जारी भएपछि ५ दिनमा कन्ट्याक्ट टे«सिङ र ठाउँ–ठाउँमा थोरै सङ्ख्यामा स्वाब नमूना सङ्कलन गरिएको।
    सङ्कलित स्वाबको रिपोर्ट आउन पनि निकै ढिलो भइरहेको छ। जबकि नारायणी अस्पतालमा भएका दुईवटा पिसिआर मेशिनबाट १२ घण्टामा १ हजार रिपोर्ट तयार हुन सक्ने मेसु डा मदन उपाध्याय बताउँछन्। १२ घण्टामा १ हजार रिपोर्ट तयार हुन सक्ने पिसिआरबाट अहिले दैनिक तीन सय पनि पिसिआर परीक्षण रिपोर्ट सार्वजनिक हुन सकेको छैन। साउन ११ गतेदेखि र त्यसपछिका रिपोर्टहरू पनि अहिले सार्वजनिक हुन सकेको छैन।
    वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी आफ्नै दलका सांसद, विपक्षी दलका नेता र प्रहरी प्रशासनबाट सहयोगी भूमिका नपाएपछि अहिले काठमाडौं गएर बसेका छन्। एक घर–एक व्यक्ति परीक्षणमा अवरोध गरिएपछि उनी आइतवार नै रेलवे माविमा आयोजित कार्यक्रमपछि काठमाडौं गएका हुन्। नगरप्रमुख सरावगीले परीक्षणको दायरा नबढाइएकोमा चिन्ता व्यक्त गरे। उनले समुदायमा सङ्क्रमण फैलिसकेको अवस्थामा कन्ट्याक्ट टे«सिङमा मात्र अडकिएर बस्नु र परीक्षणको दायरा नबढाउनु जोखिमलाई निम्त्याउनु प्रतिक्रिया दिएका छन्।
    नगरप्रमुख सरावगीले आफू काठमाडौं बसाइको कारण स्वास्थ्य समस्या भएको बताए। अबको दुई साता उनी त्यहीं बस्ने भएका छन्। यसको प्रमुख कारण कोरोना परीक्षणमा समिति र राजनीतिक दलसँग सहकार्य नहुनु नै भएको आशङ्का गरिंदैछ। आइतवारदेखि शुरू भएको कन्ट्याक्ट टे«सिङ र एक घर–एक व्यक्ति परीक्षण सोमवारदेखि बुधवारसम्म नाम मात्रको रह्यो।
    वीरगंज कारागार, वडा समिति कार्यालय बिर्ता, राधेमाई, श्रीसियालगायतका क्षेत्रमा गरिएको कन्ट्याक्ट टे«सिङ र केही व्यक्तिको परीक्षणमैं ३४ जना सङ्क्रमित देखिएका छन्। एक घर–एक व्यक्ति अभियान अन्तर्गत ५० हजारजनाको स्वाब नमूना सङ्कलन गरिएको खण्डमा कति व्यक्ति सङ्क्रमित हुने हुन् आकलन गर्न सकिंदैन।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : निषेधाज्ञा जारी गरेर पनि स्वाब सङ्कलन प्रभावकारी नभएपछि नगरप्रमुख सरावगी काठमाडौं गए
निषेधाज्ञा जारी गरेर पनि स्वाब सङ्कलन प्रभावकारी नभएपछि नगरप्रमुख सरावगी काठमाडौं गए
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1cu68-4HWNc2Qa4YCllUsoY3NtCWZT4elRn5dIU45ZWLr0u3BTzZ5RfwvwxXyDL9i4Grx051x360kHIip5Sth6qeE9RIonVPj7FfrZ9HR5unPurwW_20MnN_8OAQSzx6OQWLsnaZZ19Wd/s640/main+news.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEi1cu68-4HWNc2Qa4YCllUsoY3NtCWZT4elRn5dIU45ZWLr0u3BTzZ5RfwvwxXyDL9i4Grx051x360kHIip5Sth6qeE9RIonVPj7FfrZ9HR5unPurwW_20MnN_8OAQSzx6OQWLsnaZZ19Wd/s72-c/main+news.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/07/blog-post_531.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/07/blog-post_531.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy