- सञ्जय मित्र
हो, गाउँभरका दौंतरीहरूले उनलाई सीता बाबा भन्दथे, अनुकरणमा म पनि त्यैं भन्दथें। बुबाले उनलाई फुफा भनेको सुनेपछि असमञ्जस रहेन।
सीता बाबाको आफ्नो गाउँ कुन थियो, अहिलेसम्म बुझ्न सकेको छैन। उनी आफ्नो ससुरालीमा थिए। ससुरालीको सम्पत्ति उनकै भएको थियो भन्ने सुनेको हुँ।
अलमल नहोओस्– सीता पुरुषकै नाम हो यहाँ। ससुरालीमा बसेपछि कतिपयले जिस्क्याउने पनि हुन्छ। कहिलेकाहीं जिस्क्याएको वा जिस्केको पनि सुनिन्थ्यो। हामी केटाकेटीले त्यत्ति धेरै कुरा बुझ्दैनथ्यौं।
सम्भवतः म सात कक्षामा पढ्दै गरेको हुनुपर्छ। २०४७ सालको संविधान आइसकेको थिएन, २०४६ को जनआन्दोलनभन्दा पनि केही पहिलेकै कुरा हो। २०४३/४४ तिरको कुरा हो यो। म १२/१३ वर्षको हुँदो हुँ।
असारको पन्ध्रदेखि साउनभरि गर्मी बिदा हुन्थ्यो। विद्यालय बन्द भएपछि हामी खुशी हुन्थ्यौं। सबैभन्दा लामो छुट्टी हुन्थ्यो। हामी खूब रमाइलो मान्दथ्यौं।
हो, गाउँभरका दौंतरीहरूले उनलाई सीता बाबा भन्दथे, अनुकरणमा म पनि त्यैं भन्दथें। बुबाले उनलाई फुफा भनेको सुनेपछि असमञ्जस रहेन।
सीता बाबाको आफ्नो गाउँ कुन थियो, अहिलेसम्म बुझ्न सकेको छैन। उनी आफ्नो ससुरालीमा थिए। ससुरालीको सम्पत्ति उनकै भएको थियो भन्ने सुनेको हुँ।
अलमल नहोओस्– सीता पुरुषकै नाम हो यहाँ। ससुरालीमा बसेपछि कतिपयले जिस्क्याउने पनि हुन्छ। कहिलेकाहीं जिस्क्याएको वा जिस्केको पनि सुनिन्थ्यो। हामी केटाकेटीले त्यत्ति धेरै कुरा बुझ्दैनथ्यौं।
सम्भवतः म सात कक्षामा पढ्दै गरेको हुनुपर्छ। २०४७ सालको संविधान आइसकेको थिएन, २०४६ को जनआन्दोलनभन्दा पनि केही पहिलेकै कुरा हो। २०४३/४४ तिरको कुरा हो यो। म १२/१३ वर्षको हुँदो हुँ।
असारको पन्ध्रदेखि साउनभरि गर्मी बिदा हुन्थ्यो। विद्यालय बन्द भएपछि हामी खुशी हुन्थ्यौं। सबैभन्दा लामो छुट्टी हुन्थ्यो। हामी खूब रमाइलो मान्दथ्यौं।
सीता बाबा उमेरले बूढो भइसकेका थिए। कपाल पूरै सेतो फुलिसकेको थियो। जुँगा र दा–ही धेरै बाक्लो नभए पनि सेतो फुलिसकेका थिए। अनुहार गहुँगोरो। अनुहारभरि चाउरी परिसकेको। एक्लै आफ्नो आँपको बगैंचासँगै रहेको खलियानमा बसिरहन्थे। गर्मी होओस् कि जाडो, दिनभरि सीता बाबा आफ्नो खलियानमा बसिरहन्थे। एक किसिमले आफ्नो खलियान, गोआसमा रहेका सामानका साथै आफ्नो बगैंचाको रखवारी गरिरहन्थे।
गाउँका गन्यमान्य व्यक्ति थिए, सीता बाबा। उमेरले मात्र होइन, बोलीवचन, बुद्धि तथा तर्कले उनी हजुरबुबा नै थिए। कतिपय अवस्थामा गाउँटोलका जातभाइको अन्तिम फैसला उनैले गर्दथे। सबैले उनलाई सम्मान गर्दथे। उनको निष्पक्षतामा दूरदर्शिता हुन्थ्यो।
त्यस दिन अत्यधिक गर्मी भएर मज्जैले पानी परेको थियो। बगैंचामा अझै पनि आँप छँदै थियो। सबै आँप टिपिएको थिएन। सीता बाबा आफ्नो खलियानमा चटैया बिछ्याएर बसिरहेका थिए एक्लै। एक घण्टा खूब जोडले पानी परेर झन्डै घाम लागिसकेको थियो। पूरै खलियान सुकिसकेको थियो मज्जाले।
नजीकै रहेको चानी खोलामा पानी बढ्दै आयो। खोलामा बाढीको पानी भरिएर खोलासँग जोडिएका तल्लो खेतमा भरिन थालेको थियो। सीता बाबा खलियानअगाडिको आफ्नो खाली खेतमा चानी नदीको बाढीको पानी पस्दै गरेको देखिरहेका थिए। आफ्नो गाउँ गेडहीगुठीको चानी नदीको बाढीमा पौडी खेल्न म आफ्नो उमेरका साथीहरूमा निकै जान्ने थिएँ। गर्मी लागेर खोलामा हाम फाल्न कोही साथीको खोजमा म सीता बाबाको खलियानमा गएको थिएँ।
मध्याह्नको समय थियो। सीता बाबानेर कोही पनि थिएनन्। एउटा आँप झरेको थियो, मैले टिपेर उनको हातमा थमाइदिएँ।
अहिले सम्झन्छु– मैले सबैभन्दा पहिले अन्तर्वार्ता सीता बाबाको नै लिएको रहेछु। त्यस अन्तर्वार्ताका केही प्रश्न र उत्तर अझै अहिले पनि मलाई सम्झना छन्। बादल, वर्षा र बाढीसम्बन्धी भएका केही सवाल र जवाफ अहिले पनि मलाई सान्दर्भिकझैं लाग्दछन्।
सीता बाबा ? तपाईंले सबैभन्दा ठूलो बाढी कस्तो देख्नुभएको छ ?
यस्तो ठूलो बाढी कि एक दिन झन्डै गाउँ बगाएको थियो ?
बाबा ? कुनै यस्तो दिन आकाशमा यस्तो देख्नुभएको छ आफ्नो जीवनमा कि अलिकति बादल होओस् र त्यसले पानी पानी पारिदिएको होओस् ?
त्यस्तो त मैले देखेको सम्झना छैन तर यतिसम्म देखेको छु कि एकै छिनको वर्षाले पानी नै पानी पारिदिएको छ।
आजको जस्तै ?
होइन। आज त दुई घडीसम्म वर्षा भएको थियो। वर्षा हुनुभन्दा पहिले गर्मी यतिधेरै थियो कि आज वर्षा हुने निश्चित नै थियो। आजको भन्दा निकै कम समयमा आजको भन्दा पनि धेरै वर्षा भएको र आजको भन्दा पनि ठूलो बाढी आएको मैले देखेको छु।
अनि बाढीले के के बगाएको देख्नुभएको छ ?
एक समय बाढी आउँदा आफ्नै आँखाले धानको बोझा बगाएको देखेको छु। बाढी कात्तिक महीनामा आएको थियो। गदर धानको कटनी भइरहेको थियो। यति ठूलो बाढी आयो कि कटनी गरेर सुकाउनको लागि राखेको पसही जति सबै बगायो। कसै कसैले धानको बोझा खेतमैं छाडेका थिए। सबै बगायो। खलियानमा ल्याएर राखेको धानको बोझा पनि बगायो। हाम्रो गाउँको धेरै घरमा पानी पसेको थियो। त्यस्तो बाढी मैले अहिलेसम्म देखेको छैन। एक त बेमौसममा बाढी आएको थियो र अर्को चाहिं धेरै क्षति भएको थियो।
बाढीमा मानिसको मृत्यु भएको थिएन ?
अहिलेको जस्तो पहिले मानिस धेरै थिएनन्। पहिले त बाढीमा खासै मानिस मर्दैनथे। बाढीबाट मानिस सतर्क हुन्थे। पहिले धेरै मानिसको मृत्यु हैजा रोग लागेर हुन्थ्यो। हैजाले मानिसको मृत्यु यसरी हुन्थ्यो कि मलामी जाने मानिस पनि पाइँदैनथ्यो। गरीबी धेरै हुन्थ्यो, कुनै उपचार थिएन। मानिसको मृत्यु धेरै हुन्थ्यो।
बाढीमा अरू के के बगेर आउँथ्यो ?
बाढीमा काठ आउँथ्यो। चानीमा पनि काठ आउँथ्यो। त्यो काठ धेरै चाहिं काम लाग्ने हुँदैनथ्यो तर दाउराको लागि सबै काम आउँथ्यो। लमहा नदीमा धेरै काठ आउँथ्यो काम लाग्ने। लमहाको बाढीमा ठूलो काठ पनि हुन्थ्यो। जसले छान्न सक्यो उसैको भयो। कोही कोहीले ज्यानको बाजी थापेर भएपनि बाढीबाट काठ ल्याउन सफल हुन्थे। धेरै मनिसले बाढीको काठ र दाउराले काम चलाउँथे।
अनि वर्षा नै नभईकन बाढी आएको देख्नुभएको छ ?
जङ्गल र पहाडतिर वर्षा भएको हुन्छ, हामीलाई थाहा हुँदैन। यस्तो अवस्थामा बाढी आउँछ। एकचोटि देखेको छु कि हामीलाई पानी परेको थाहै छैन तर खोला भरिइसक्यो। लमहाको पानी चानीमा ठेलेर उल्टो नदी बगेको थियो। चानी खोला भरिएर झन्डै खेतमा पनि बाढीको पानी पुगेको थियो। त्यस बाढीले गाउँमा हाहाकार मच्चाएको थियो। तर केही घडीमा फेरि पानी सुकेको थियो।
होइन, साफै कतै पानी नै नपरी बाढी आएको देख्नुभएको छ ?
यस्तो त हुँदैन। तर ठूलो भूकम्प (सम्भवतः १९९० सालको) आउँदा भने जमीनबाट कोइला र पानी निक्लेको मैले आफ्नै आँखाले देखेको छु। जाडोको महीना थियो र धर्ती हल्लिन थाल्यो। यति हल्लियो कि जमीनमा दरार (धाँजा) फाट्न थाल्यो। दरारबाट कोइला निस्क्यो। कतै जमीन भासियो। कतै पानी नै पानी निस्कियो। मेरो आफ्नै घरमा एउटा कोठीमा धान थियो र त्यो कोठी जमीनमा धस्यो। घरभित्र पानीको मूल फुटेर आँगनतिर बग्यो। त्यो समयमा त भूकम्प रोकिएपछि बल्ल बाँचियो भन्ने जस्तो भएको थियो। त्यही बेला हो मैले विनावर्षा पानी आएको देखेको।
दशकौं भइसक्यो, त्यस कुराकानीको। मैले सोधेका प्रश्न र पाएका उत्तरहरू हूबहू जस्ताको तस्तै नहोलान् तर मलाई अझै पनि सम्झना छ कि मैले सोधेको र पाएको यही हुन्। कहिलेकाहीं मलाई मेरै मनले प्रश्न गर्छ कि मेरो मनमा पत्रकारिताको बिजारोपण कहिलेदेखि भयो होला ? अनि उत्तरमा मैले अनजानमा लिएको सीता बाबाको अन्तर्वार्ताको सम्झना हुन्छ। वास्तवमा त्यति बेला त्यो जिज्ञासा थियो मेरो, नितान्त मेरो। साँच्चै, अहिले पनि त्यो दिन सम्झेर रोमाञ्चित हुने गर्छु।
अहिले सम्झिंदा ताजा घटनाजस्तै लाग्छ– आँपको रूख, हाँगा र पातलाई छेडेर सूर्यको प्रकाश तल भुइँसम्म आउँदैछ। छायामा सूर्यकिरणले एउटा कलात्मकता थपेको छ। कलामय सूर्यरश्मि छरिएको छ, यत्रतत्र।
त्यही सूर्यरश्मिका एक/दुई छिर्का सीता बाबाको अनुहारमा कहिलेकाहीं परिरहेको छ। सेतै फुलेको कपालमाथि प्रकाशको छिर्का पर्दा झन् उज्ज्वल देखिएको छ।