-सञ्जय मित्र
साउन महीनाको शुक्ल पञ्चमी तिथिलाई नागपञ्चमीको रूपमा हिन्दू समाजमा लिइन्छ। यस दिनलाई सर्वसाधारणले ग्रामीण शब्दावलीमा लक्पाँचे भन्दछन्।
लक्पाँचेको दिन केही परिबन्दबाहेक सबै हिन्दू घरमा नागको पूजा गरिन्छ। नागको पूजा गर्ने चलन निकै पुरानो हो। आदिकालमा पनि नागको पूजा गरिन्थ्यो। र अहिलेसम्म नागदेवताको सामाजिक वा सामूहिक पूजा गर्ने चलन छँदैछ। गाउँटोलका महिलाहरू एकापसमा चन्दा उठाएर वा भीख मागेर भएपनि धेरै गाउँमा सामूहिक, सामाजिक, सार्वजनिक नागपूजा गर्ने गरिन्छ। यसलाई नाग दुलरुआको पूजा भनिन्छ। नाग दुलरुआको पूजा सबै गाउँमा एकै दिन हुन्छ भन्ने होइन। फरक–फरक दिनमा हुन सक्छ तर नागपञ्चमी भने एकै दिन सबैतिर मनाइन्छ।
सबैतिर एकै तिथिमा मनाइने भएकोले यसले एउटा पर्वको रूप लिएको छ।
नाचपञ्चमीको दिन सकेसम्म गाईको गोबरले घर लिपपोत गरिन्छ। कम्तीमा हरेक घरमा थोरै भएपनि गाईको गोबरको प्रयोग गर्नुपर्दछ भन्ने मान्यता छ। यसै कारण नागको तस्वीर आफ्नो घरमा टाँस्नको लागि भएपनि गाईको गोबरको प्रयोग गर्ने गरिन्छ। नागपञ्चमीको दिन सस्र्यूं र बालुवा पढाउने चलन छ। जान्नेले सस्र्यूं र बालुवामा मन्त्र फुकेपछि त्यसलाई घरमा यताउति छर्नुपर्दछ।

नागपूजा गरेपछि सर्पको मुख बन्द हुन्छ भन्ने लोकविश्वास रहेको छ। अझै पनि गाउँघरमा यो विश्वास छ कि नागपञ्चमीको दिन नागपूजा गरेपछि सर्पले टोक्दैन। यद्यपि यो अन्धविश्वास हो। नागपूजापछि पनि यस प्रकारका घटनाहरू भइरहन्छन्। सतर्कता जुनसुकै महीनामा पनि हुनु अनिवार्य छ। होला, कुनै जमाना थियो कि पर्यावरण प्रकृतिको अनुकूल थियो र मानिसमा यस प्रकारको विश्वास उत्पन्न भयो तर अहिले जमाना निकै अगाडि बढिसकेको छ।
‘आएल लक्पाँचे, सब पबनी नाचे’
गाउँघरमा प्रचलित यस उखानले यो भन्दछ कि अब चाडपर्वहरू आउन थालेका छन्। अब चाडपर्वको मौसम शुरू भएको छ। चाडपर्वको सुरुआत भएको छ। नभन्दै लक्पाँचे सकिएपछि विभिन्न चाडपर्व आउन थाल्छन्। अब एकपछि अर्को चाडपर्व आउन शुरू हुन्छ। यस अर्थमा लम्पाँचेलाई चाडपर्वहरूको आगमनको सङ्केत मानिन्छ। चाडपर्वहरू आउने दिनको आरम्भ भएको मानिन्छ।
लक्पाँचेलाई पँचई पनि भन्ने गरिन्छ। यस दिनदेखि जाडोको आगमन शुरू हुन्छ भन्ने लोकमान्यता रहेको छ। जाडोको बिजारोपण लक्पाँचेको दिन हुन्छ। यस दिनदेखि जाडो शुरू हुन्छ। यस सम्बन्धमा एउटा यस्तो मान्यता पनि रहेको छ– पँचईके पाँच भार। यसको अर्थ हो कि लक्पाँचेको दिन पाँच भार जाडो आउँछ, पृथ्वीमा। यहाँ पृथ्वीको अर्थ सम्भवतः आफ्नै परिवेश हुनुपर्छ। अलिअलि जाडो महसूस हुन शुरू हुन्छ। यसैले यो मान्यता बन्दछ कि जाडोको सुरुआतको दिन भनेकै लक्पाँचे हो।
लोकमान्यता यो पनि रहेको छ कि आजको दिनदेखि नै दिन सानो हुने गर्दछ। जसरी माघे सङ्क्रान्तिको दिनदेखि दिन ठूलो र रात सानो हुने गर्दछ, त्यसरी नै लक्पाँचेको दिनदेखि बिस्तारै रात ठूलो हुँदै जाने र दिन सानो हुँदै जाने हुन्छ। यद्यपि यो वैज्ञानिक सत्य होइन। विज्ञानले त केही दिन पहिलेदेखि नै बिस्तारै दिन सानो हुने र रात ठूलो हुने क्रम शुरू भएको प्रमाणित गरिसकेको छ। तर आम ग्रामीण मान्यता यही रहेको छ कि लक्पाँचेको दिनदेखि नै दिनको अवधि कम हुन शुरू हुन्छ। यो मान्यता यति बलियो छ कि अझै पनि सर्वसाधारणले यसैमाथि बढी विश्वास गर्दछन्। सूर्य दक्षिणायन हुने क्रम यसै दिनदेखि हुने एउटा बलियो विश्वास स्थापित भइसकेको छ।
आर्थिक सम्बन्ध नभएका चाडपर्वहरू आफैंमा फिक्का हुँदै गएका छन्। वास्तवमा चाडपर्वको अस्तित्वको लागि पनि त्यसको आर्थिक सम्बन्ध हुनुपर्ने रहेछ। लक्पाँचेको पनि आर्थिक सम्बन्ध निकै कमजोर रहेको छ। यसले गर्दा केही दशक पहिले र अहिलेको ग्रामीण लक्पाँचेको स्वरूपमा व्यापक भिन्नता आइसकेको छ। लक्पाँचे बिस्तारै अब औपचारिकतामा सीमित हुँदै गएको छ। नयाँ पुस्तामा न त लक्पाँचेप्रति आकर्षण छ र न त यसका मान्यताहरूप्रति विश्वास नै। बजारबाट एक/दुई वटा तस्वीर किनेर ल्याउने र घरमा टाँसिदिने औपचारिकतामा सीमित बन्दै गएको छ, लक्पाँचे। केही टेलिभिजन तथा अन्य मिडियाहरूले पनि लक्पाँचेभन्दा नागपञ्चमीलाई बढी महत्व र प्रचारप्रसार गर्ने गर्दछन्। स्थानीय मिडियाले पनि लक्पाँचेलाई भन्दा नागपञ्चमीलाई बढी महत्व दिने गरेका छन्। यसले गर्दा स्थानीयकरणको महत्वलाई कम गरेको छ।
हो, लक्पाँचेको वैज्ञानिक महत्व नहोला तर लोकमान्यतालाई कम्तीमा एक दिन स्मरण गराइनु आवश्यक छ। लोकमान्यताहरू लोप भएमा फेरि फर्केर आउँदैनन्। वैज्ञानिक महत्व नभए पनि सामाजिक तथा लोकमान्यतामूलक महत्व भएका यस्ता कुराहरूलाई पनि जोगाउनु आवश्यक छ। हाम्रा सामाजिक मान्यताभित्रको अन्धविश्वासलाई नमानौंला तर हाम्रा सामाजिक मान्यताहरूमा किन वा कसरी अन्धविश्वास रहेका छन् भन्ने बुझ्नु पनि आवश्यक हुन्छ। किन यो अन्धविश्वास छ भनेर पनि जान्नु आवश्यक हुन्छ। हाम्रो समाजका पुरातन मान्यताहरू कस्ता थिए भन्ने बुझ्न पनि आवश्यक छ।
लक्पाँचे सम्बन्धमा अन्य लोकमान्यताहरू पनि होलान्। विभिन्न मिथकहरू पनि विभिन्न भूगोल र समाजमा प्रचलित होलान्। तिनीहरूलाई पनि लोप हुन दिनुहुँदैन। लोकमान्यता तथा मिथकहरू फरक किसिमका हाम्रा सामाजिक सम्पत्ति हुन्। हाम्रो समाजको मौलिक पहिचानसित जोडिएका यस प्रकारका मिथक तथा सामाजिक लोकमान्यताहरूको क्षयीकरण र लोप हुनबाट संरक्षण र अभिलेखीकरण आवश्यक छ। सचेत समाजले यस प्रकारको काम गर्न थालिसकेको पाइन्छ तर हामीजस्तो पछाडि परेको समाजमा भने लोकमान्यताको अभिलेखीकरणका निम्ति खासै सचेत प्रयास भएको नपाइएकोले अब सचेत प्रयास गर्नुपर्ला कि ?