‘कार्य गर्नु’ हामी सबैको जीवनको एउटा अभिन्न भाग हो। यस कार्यको माध्यमबाट हामी आफ्नो जीवनमा नयाँ उपलब्धि हासिल गर्छौं। जीवनको आवश्यकतालाई पूरा गर्छौं, पैसा कमाउँछौं र यसको माध्यमबाट जीवनको आनन्द लिने कोशिश गर्छौं। तर जब हाम्रो जीवनमा विभिन्न प्रकारका दुःख, कैयौं प्रकारका दबाब आउँछन् र त्यसलाई हटाउन हामीले अतिरिक्त श्रम र कार्य गर्नुपर्ने हुन्छ, वा हाम्रो कामना आवश्यकताभन्दा बढी बढ्छ, जसलाई पूरा गर्न हामी आफ्नो निर्धारित समयसीमाभन्दा बढी कार्य गर्न थाल्छौं, यस्तो कार्य हाम्रोलागि प्रायः नोक्सानदेह हुन्छ र यसको भयावह परिणाम जीवनमा देख्न सकिन्छ।
जीवनको चमकदमकले सबैलाई आकर्षित गर्छ र यस आकर्षणको कारण बढीजसोको यो कामना हुन्छ कि मलाई पनि यस्तो काम पाओस्, जसबाट हामीले जीवनका सबै सुख–सुविधा उपभोग गर्न सकौं। हाम्रो समाजमा केही यस्ता मानिस पनि हुन्छन्, जसले विभिन्न प्रकारका सुख भोग्छन्। तर यस सुखभोग कमाउनुको विपरीत प्रभाव पनि जीवनमाथि परेको देखेका छौं। जस्तै– कामको अत्यधिक दबाब वा लगातार आवश्यकताभन्दा बढी घण्टासम्म काम गर्नुको फलस्वरूप उब्जिएको तनावको कारण मृत्युको खबर प्रतिदिन हेर्न र सुन्न पाइन्छ।
यसको एउटा उदाहरण छ, त्यो हो– जापानमा १५९ घण्टासम्म ओभरटाइम काम गर्ने एकजना रिपोर्टरको मृत्यु। जापानको राजधानी टोकियोको सार्वजनिक प्रसारक एनएचकेकी ३१ वर्षीया रिपोर्टर मिवा सादोको मृत्यु जुलाई, २०१३ मा भएको थियो, तर चार वर्षपछि अर्थात् सन् २०१७ मा यस कुराको स्वीकारोक्ति भयो कि उनको मृत्युको कारण १५९ घण्टासम्मको ओभरटाइम नै थियो। यसको साथै यो कुराको पनि चर्चा भयो कि उनी मृत पाउँदा हातमा मोबाइल थियो। मिवा सादोका मातापिताले यस्तो घटनाको पुनरावृत्तिलाई रोक्नको लागि यस घटनालाई पूर्णरूपले अनावृत्त गर्ने दबाब बनाए, तब गएर यस घटनाको पूर्ण सत्य सबैले थाहा पाए।
जापान पहिलेदेखि नै ओभरटाइम र अत्यधिक कामको लागि जगविख्यात छ। यसमा सुधारको लागि समय–समयमा आवाज पनि उठाइन्छ, कैयौं नियम पनि बदलिन्छ तर यहाँको नीतिमा अहिलेसम्म कुनै ठूलो सुधार देखिएको छैन। १५९ घण्टासम्म ओभरटाइम गर्नु आफैंमा आश्चर्यजनक कुरा हो, तर जसलाई हामी आजको विकसित अर्थव्यवस्था भन्छौं, त्यहाँको लागि यो सामान्य कुरा हो किनभने आज पूरै विश्व नै यस बाटोमा हिंडेको छ। यो चलनले सारा विश्वलाई त्रासदीपूर्ण बनाइरहेको छ र यसबाट कोही अछूतो छैन।
यससँग सम्बन्धित एउटा अर्को उदाहरण– भारत, भिवन्डीको एउटा क्रेप पेपर पुट्ठा बनाउने कम्पनीमा काम गर्नेक्रममा चक्कर लागेर एकजना मजदूरको मृत्यु भयो। कारण खोज्दा पत्ता लाग्यो कि त्यहाँ परिवारको बोझ उठाउने चाहनामा आवश्यकताभन्दा बढी काम गर्ने क्रममा थुप्रै मजदूरको मृत्यु हुन्छ। स्वाभाविक कुरा हो कि यो घटना पनि धेरै बेरसम्म काम गर्ने र काम गराउनसँग सम्बन्धित छ।
यस्ता कैयौं शोध भएका छन्, जसमा आधुनिक तरीकाले कामको दबाबका नाममा कैयौं प्रकारका मानसिक रोग बढ्ने कुरा प्रकाशमा आएको छ। उदाहरणको लागि यदि कुनै व्यक्तिको ड्युटी कल्स र इमेलको जवाफ दिनेछ, तब यो कार्य पनि कुनै ठूलो तनाव र दबाबभन्दा कम छैन किनभने सधैं इनबक्स चेक गरिरहने दबाबले मानसिक तनाव दिन्छ र यो तनाव लगातार बढ्छ।
आज मोबाइल हाम्रो कार्यको एउटा अभिन्न अङ्ग बनिसकेको छ। यसको माध्यमबाट मानिस घरमैं बसेर आफ्नो कार्य गर्न व्यस्त रहन्छ। एक प्रकारले मोबाइलले चौबीसैं घण्टा काम गर्न वा कामको बारेमा सोचिरहने प्रवृत्ति बढाएको छ। यस प्रकार कार्यालयले पनि यही आशा गर्छ कि उसको मजदूरले लगातार कार्य गर्ने र त्यसैबारे सोच्ने कोशिश गरोस्। यसको लागि मजदूरलाई कैयौं प्रकारका प्रलोभन पनि दिइन्छ। मानिसको अगाडि जति ठूलो लक्ष्य राखिन्छ, त्यसलाई पूरा गर्नको लागि त्यसै प्रकारको प्रलोभन पनि राखिन्छ।
पैसाको लोभ कहाँ जान्छ वा मान्छेको आवश्यकता, तर कार्य गर्ने यो शैलीले पहिले व्यक्तिको शरीरलाई मेशिन बनाउँछ र त्यसपछि जर्जर गरिदिन्छ। तात्पर्य यो हो कि यस कार्यशैलीको माध्यमबाट व्यक्ति मेशिनसरह आफ्नो शरीरबाट कार्य लिन्छ, उसले शरीरलाई चाहिने आराम–विश्राम र पोषणसम्मलाई बेवास्ता गरिदिन्छ। यसको कारण शरीरले एउटा सीमासम्म कार्य गर्छ तर त्यसपछि जवाफ दिन्छ, यानी रोगहरूबाट ग्रसित हुन थाल्छ।
वास्तवमा वर्तमान कार्यशैलीको दबाबले मनुष्यको शरीर र दिमागको स्वाभाविक विश्रामलाई प्रभावित गरेको छ। जर्मन सोसल एक्सिडेन्ट इन्स्योरेन्सको लागि काम गर्ने एक मनोचिकित्सकको दाबी छ कि कामको कारण मानसिक तनावमा व्यापक अनुसन्धान गर्न अहिले बाँकी छ। कामको यो अनौठो माहोलले आज मानिसलाई रोग दिइरहेको छ। यसको कारण मुटुसँग सम्बन्धित वा मानसिक रोग त हुँदैछ साथै यसको कारण दुर्घटनामा पनि वृद्धि भइरहेको छ। इच्छाशक्ति घट्नुको साथै हाम्रो शरीरको रोग प्रतिरोधी क्षमता पनि प्रभावित भइरहेको छ। मनोचिकित्सकका अनुसार काम पूरा गर्ने घट्दो समयसीमा र कार्यमाथि प्रतिदिन बढ्दो दबाबले जीवनमाथि आफ्नो भयावह असर पारिरहेको छ।
अत्यधिक कार्य गर्ने चाहना र व्यक्तिमाथि काम गर्ने लगातार बढ्दो दबाब–आधुनिक युगको देन हो, जुन कि जीवन र जगत्माथि एउटा ठूलो सङ्कट हो। महात्मा गाँधी यसै कारण पश्चिमी सभ्यताको आलोचना गर्दथे र भन्थे, यो सभ्यता मूलतः भोगमाथि टिकेको छ र यसले मनुष्यलाई मेशिन बनाइदिन्छ। एउटा यस्तो मेशिन, जसमा संवेदना शून्य हुन्छ, जसलाई समाज र आफन्तसँग कुनै मतलब हुँदैन, उसलाई सही ढङ्गले
आफ्नो पनि परवाह रहँदैन र यस्ता व्यक्ति एउटा यस्तो बाटोमा पाइला बढाउँछ, जहाँ उसले बिमारी, असन्तुष्टि र अशान्तिको अलावा केही पनि पाउँदैन। भौतिक दृष्टिले हेर्दा त्यो निकै समृद्ध देखिन्छ, तर आन्तरिक दृष्टिले त्यो अत्यन्त दीन हुन्छ।
कामको बढ्दो घण्टा र मेशिन हुँदै गएको जीवनको त्रासदीको यही वास्तविक ऐना हो, जसलाई हामीले बुझ्नुपर्छ। जीवनमा जति कार्य र श्रमको महत्व छ, त्यत्तिकै महत्व विश्राम र निद्राको पनि हुन्छ, किनभने विश्राम र निद्राले व्यक्तिलाई ऊर्जा प्रदान गर्छ, जसको माध्यमबाट उसले उचित प्रकारको श्रम गर्न सक्छ। यदि मनुष्यले आफ्नो जीवनको यस सन्तुलनलाई बिगार्छ अर्थात् कार्यको क्रममा विश्रामको महत्वलाई बेवास्ता गर्छ, तब कार्यबाट पाइने लाभको साथसाथै यसको विपरीत परिणाम पनि उसले भोग्नुपर्छ।