यसलाई एउटा आश्चर्यको विषय नै मान्नुपर्छ कि निद्रा जुन जीवनको मूलभूत आवश्यकता एवं मुख्य जरूरतमध्ये एउटा हो, यसको विषयमा जनसामान्यदेखि लिएर वैज्ञानिक समुदायको ज्ञान निकट वर्षसम्म अत्यन्त अल्प रह्यो। विगत दुई–तीन दशकमा नै यस सन्दर्भमा गम्भीर प्रयास वैज्ञानिक समुदायद्वारा प्रारम्भ गरिएको छ र उनीहरूद्वारा गरिएको शोधको जुन परिणाम निस्किएको छ, त्यसलाई अद्भुत एवं विलक्षण नै भन्न र मान्न सकिन्छ।
मानवीय शरीरका चार नैसर्गिक आवश्यकता भनिएको छ, जसलाई पूरा गर्ने प्रयास हरेक प्राणीले निरन्तर गर्छ। भोक लाग्नु, तिर्खा लाग्नु, प्रजनन गर्नु एवं सुत्नु– यी चारलाई वैज्ञानिकदेखि लिएर आत्मवेत्तासम्म प्राणीको मूलभूत गतिविधिमा मानिन्छ। पेट नभरिएको स्थितिमा, प्रजनन गर्न नपाउने स्थितिमा वा यी सबै भएपछिको स्थितिमा प्राणीमा के परिवर्तन घटित हुन्छ, यस सन्दर्भमा सामान्य व्यक्तिदेखि वैज्ञानिकसम्मले धेरै सोच–विचार गरे, लेखे–पढे र भनेका छन्।
यसलाई एउटा विचित्र संयोग नै मान्नुपर्छ कि निद्रा, जसलाई पूर्ण गर्नमा मनुष्य आफ्नो एक चौथाइ जीवनकाल लगाउँछ– त्यस विषयमा हाम्रो अहिलेसम्मको जानकारी धेरै रहेन। मात्र विगत केही दशकको प्रयास नै त्यसको मूल्य एवं महत्वतर्फ हाम्रो ध्यान आकर्षित गर्नमा समक्ष हुन सक्यौं।
जीवजगत्मा प्राणीले जति पनि खोजे, अहिलेसम्म यस धर्तीमा भएको छ, त्यसमध्ये प्रत्येक प्रजाति आफ्नो दैनिक दिनचर्याको एउटा महत्वपूर्ण अंश सुत्न वा निद्रा लिनमा गुजार्छन्। वैज्ञानिक अब यस सोचमा एकमत छन् कि निद्रा लिने कार्य, प्राणीले यस धर्तीमा जीवनको उत्पत्तिदेखि नै शुरू गरेका थिए। अर्को शब्दमा निद्रा क्रमिक विकासको प्रथम चरणमध्ये एउटा भन्न सकिन्छ।
विगत दिनमा वैज्ञानिकको शोधले भन्छ, निद्रा पूरा हुनु हाम्रो शारीरिक स्वास्थ्यको लागि अत्यन्त जरुरी छ। हाम्रो शरीरका यस्तो कुनै अङ्ग छैन र हाम्रो मस्तिष्कको यस्तो कुनै प्रक्रिया छैन, जसलाई निद्रा लिंदा आराम पाइँदैन र साथै निद्रा लिंदा त्यो स्फूर्तिवान् हुँदैन। जब हामी निद्रा लिइरहेका हुन्छौं, तब त्यतिबेरमा मस्तिष्कले हाम्रो सिक्ने क्षमता, स्मृति क्षमता, निर्णय लिने क्षमतालाई तरोताजा गर्छ।
यदि यसमध्ये कसैले पनि निद्राविना गर्ने प्रयत्न गर्छ भने उसको क्षमतामा ९० प्रतिशतसम्मको गिरावट आउँछ। निद्रा लिने समयमा जहाँ हाम्रो मस्तिष्क आफ्नो प्रणालीलाई चुस्त दुरुस्त गरिरहेको हुन्छ, त्यही शरीरका बाँकी अङ्ग जस्तै हाम्रो प्रतिरोधक तन्त्र (इम्युन सिस्टम) चयापचयको प्रणाली (मेटाबोलिज्म) इत्यादि पनि स्वयम्लाई पूर्णतया नवीन बनाउँछ। यदि नियमित निद्रा पाइरह्यो भने हृदयदेखि छालासम्मका सबै अङ्ग र तन्त्रले राम्ररी कार्य गर्छ अन्यथा हाम्रो स्वास्थ्यमा गम्भीर स्तरको गिरावट देख्न सकिन्छ।
यो त अनेकौं व्यक्तिगत अनुभव रहेको छ कि निद्रा हाम्रोलागि कति जरुरी क्रियाकलापमध्ये एउटा हो। यदि एक रात पनि ढङ्गले सुतेनौं भने हाम्रो शरीरदेखि मनको सुव्यवस्था लडखडाउन थाल्छ। प्रश्न उठ्छ, के निद्रा नपाएपछि मानिस मर्छ ? निकट अतीतमा भएको चिकित्सकीय खोजले यस प्रश्नको उत्तर ‘हो’मा दिएको छ। यस भनाइमा अब कुनै शङ्का रहेन कि जति कम निद्रा, त्यत्तिकै कम व्यक्तिको आयु पनि हुन्छ।
जबदेखि मानवीय जीवनको व्यस्तता बढ्यो, आहार लिने समय र तरीका बिग्रियो, शारीरिक श्रम कम भयो, जीवनशैली विकृत भयो तथा विषाद र तनावको कारणमा वृद्धि भयो, तबदेखि अनिद्राको बिमारीले हेर्दाहेर्दै महामारीको रूप लिएको छ। विश्व स्वास्थ्य सङ्गठनले सम्भवतः यसै कारण अनिद्रालाई एउटा महामारीको रूप घोषित गर्न बाध्य हुनुप–यो।
चिकित्सकीय परीक्ष्Fणले भन्छ कि व्यक्ति तीस वा चालीसको उमेरमा अनिद्राको शिकार हुन थाल्छ, बिस्तारै–बिस्तारै एक दिन उसलाई कुनै पनि औषधिबाट निद्रा आउन बन्द हुन्छ। यदि एक वर्षसम्म औषधि खाएर पनि निद्रा आउँदैन भने शरीरका लगभग सबै अङ्गले आफ्नो कार्यप्रणालीमा बाधा अनुभव गर्न थाल्छ र एक वा दुई वर्षभित्र व्यक्तिको मृत्यु पनि हुन सक्छ।
वर्तमान परिस्थितमा यसलाई एउटा सामूहिक दुर्भाग्यको रूपमा हेर्नुपर्छ कि आज विश्वको लगभग दुई तिहाइ जनसङ्ख्या अनिद्राको समस्यासँग लडिरहेको देखिन्छ। विश्व स्वास्थ्य सङ्गठनले शरीरलाई सम्यकरूपले हिंड्नको लागि प्रतिदिन आठ घण्टाको निद्रा प्रस्तावित गरेको छ, तर अनेक व्यक्ति त्यति निद्रा प्राप्त गर्नबाट वञ्चित रहन्छन्। यदि हरेक रात मात्र ६ वा सात घण्टा नै निद्रा लिन्छ भने यसबाट शरीरको रोग प्रतिरोधक क्षमता गम्भीररूपले घट्न थाल्छ र इन्फेक्शनदेखि क्यान्सर हुने सम्भावना दुईदेखि चार गुनासम्म बढ्छ। कम निद्रा पाउनु अल्जाइमरनामक स्मृतिलोपको बिमारी हुनुको प्रमुख कारणमध्ये एउटा हो।
यतिमात्र होइन यदि सातामा एक रात पनि निद्रा नियमितरूपले अव्यवस्थित रहन्छ भने हाम्रो रगतमा चिनीको स्तर बढ्न थाल्छ। केही महीनासम्म यस्तै चलिरह्यो भने मधुमेह हुनबाट कसैले रोक्न सक्दैन। निरन्तर निद्राको कमीले धमनीमा रक्तस्रावलाई घटाउँछ, जसबाट हृदयघातदेखि पक्षघात हुने सम्भावना रहन्छ। जुन व्यक्तिले नियमित निद्रा पाउँदैन, उसको रक्त परीक्षणबाट पत्ता लाग्छ कि कम निद्राले हाम्रो शरीरमा ती हार्मोन्समा बढोत्तरी गरिदिन्छ, जसले हाम्रFे भोक बढाउँछ तथा ती हार्मोन्सलाई घटाउँछ, जसले हाम्रो मस्तिष्कलाई क्षुधातृप्ति अर्थात् पेट भरिएको सन्देश पु–याउँछ। परिणाम यो हुन्छ कि व्यक्ति पेट भरेपछि पनि खाना खाने चाहना राख्छ। यसै कारण कम निद्रा हुनु– मोटोपन र ओबेसिटीको प्रमुख कारणमध्ये एउटा हो।
यसको अलावा यदि भरपूर निद्रा पाइएन भने दुर्घटनादेखि अनेकौं अन्य कारण हाम्रोलागि प्राणघातक बन्न पुग्छ। निद्रा नपुगेपछि गाडी चलाउँदा हुने दुर्घटना, रक्सी खाएर गाडी चलाउँदा हुने दुर्घटनाको तुलनामा कैयौं बढी हुन्छ। अमेरिकामा हरेक घण्टामा एकजनाको मृत्यु पर्याप्त निद्रा नपुगेको कारण दुर्घटनाबाट हुन्छ। यति धेरै समस्या एवं दृश्य दुष्परिणामको बावजूद मनुष्य मात्र यस्तो प्राणी हो, जुन जानीबुझीकन निद्रा रोक्ने कोशिश गर्छ। कफी पिउनु, तेज आवाजको सङ्गीत, एन्ड्रोइड फोनदेखि लिएर भडकिलो प्रकाशमा यस्ता अनेक तरीका आज मनुष्यले आविष्कार गरेका छन्, जसको सीधा एवं घोषित दुष्परिणाम हाम्रो निद्रामाथि पर्छ।
जबदेखि कृत्रिम प्रकाशको खोज भएको छ, तबदेखि यो दुष्परिणाम कैयौं गुना बढी भएको छ। जबसम्म हामीसँग प्रकाश उत्पन्न गर्ने कृत्रिम संसाधन थिएन, तबसम्म मनुष्यले आफ्नो निद्राको निर्धारण शरीरमा स्थित जैविक घडीबाट गर्दथ्यो, यसलाई चिकित्सकीय भाषामा बायोलोजिकल क्लक भनिन्छ। यसको अनुसार जसरी भगवान् सूर्यले आफ्ना रश्मिलाई समेट्थे र धमिलो छाता थियो, त्यस्तै हाम्रो मस्तिष्कमा रहेको सुप्राकिआज्मेटिक न्युक्लियस जुन कि मस्तिष्कको त्यो भाग हो, जुन निद्रा लिने हार्मोन्स अर्थात् पिनियल ग्लैन्डबाट निस्किने मेलेटोनिनलाई नियन्त्रण गर्छ– त्यसले यो सन्देश पाउँथ्यो कि अब रात हुँदैछ, अतः सुत्ने तयारी गर्नुपर्छ। यस्तो यस कारण हुन्थ्यो कि हाम्रो आँखाले मात्र ३८० नैनोमिटरदेखि लिएर ७ सय नैनोमिटरको वैबलेन्थलाई हेर्न सक्छ। तल्लो वेबलेन्थ हलुका नीलो वा बैंगनी किरणको लागि हुन्छ तथा माथिल्लो सुनौलो वा रूपौलो किरणको लागि। यसैले बिहानको प्रकाश सुनौलो र साँझको धमिलो हलुका बैंगनी वा नीलो आकाशको रूपमा देखिन्छ।
जबदेखि कृत्रिम प्रकाशको व्यवस्था भयो, तबदेखि शरीरको यो जैविक घडी नराम्ररी प्रभावित भएको छ। जबसम्म लालटेन इत्यादिको प्रकाश वा मशालको प्रकाश प्रयोग हुन्थ्यो, त्यतिबेला यति दुःख थिएन, किनभने त्यसबाट त्यति बढी प्रकाश निस्किंदैनथियो, जुन मेलेटोनिनको स्रावलाई प्रभावित गर्न सकोस्। तर अब जुन एलइडी प्रकाशको प्रयोग हुन्छ, यसले निद्रा ल्याउने हार्मोनको स्रावलाई चारदेखि ५ घण्टासम्मको लागि रोकिदिन्छ, किनभने मस्तिष्कले यो निर्धारण गर्न सक्दैन कि अहिले पनि दिन छ कि रात।
कृत्रिम प्रकाश बलिरहेको कारण मस्तिष्कले यही बुझ्छ कि अहिले पनि दिन नै छ। यसैले उसले त्यसै प्रकार कार्य गर्छ, जस्तै कि दिनको प्रकाशमा गर्छ। यसैले बढीजसो मानिस राति सुत्ने समयसम्म टेलिभिजन, फोन, आइपैड, ल्यापटप इत्यादिमा कार्य गर्छ, जसमा एलइडीको लागेको हुन्छ– यी सबैको दुष्प्रभाव यो हुन्छ कि बिस्तारै–बिस्तारै शरीर निद्रा आउने समयमा सुत्न अस्वीकार गर्छ। परिणाम स्पष्ट छ र हाम्रो आँखा अगाडि छ। लगभग सम्पूर्ण जनसङ्ख्या राति ११ वा १२ बजेभन्दा पहिले सुतेको देखिंदैन, जसको कारण प्रतिदिन पाइने निद्राको घण्टामा भयङ्कररूपले कमी आएको छ।
कारण जेसुकै होस्, परिणाम स्पष्ट छ र चेतावनी दिंदैछ। आज सम्पूर्ण मानवजाति अनिद्राको महामारीबाट ग्रस्त छ। यहाँसम्म कि १८–२० वर्षका युवा पनि यसबाट त्रस्त देखिन्छन्। यसको प्रभाव शारीरिक, मानसिक स्वास्थ्यमाथि पर्छ, हाम्रो सामूहिक प्रगतिमाथि पर्छ। वैज्ञानिक निष्कर्षले भन्छ, यदि हाम्रो निद्रा प्रत्येक सातामा दुई रात पनि बाधित भयो भने हाम्रो कार्यक्षमता एक चौथाइसम्म कम हुन्छ। यदि सम्पूर्ण मानवताको कार्यक्षमता एक चौथाइ कम देखियो भने यसलाई एउटा विश्व सङ्कटमा किन नगन्ने ? आजको विषम परिस्थितिले पनि यस्तै कथा बयान गरिरहेको देखिन्छ।
हामी दिन–प्रतिदिनको कार्यको दबाबमा पर्याप्त निद्रा लिने महत्वलाई बिर्सिंदै छौं। यस्तै गर्ने समय हामीले याद राख्नुपर्छ कि हामीले यस्तो गरेर सम्पूर्ण बिमारी, मानसिक अवसाद, यहाँसम्म कि अकाल मृत्युलाई आमन्त्रित गर्दैछौं। निद्रा हाम्रो मूलभूत आवश्यकतामध्ये एक हो। राति अबेरसम्म टिभी हेर्ने, फोन हेर्नु हाम्रो जीवनमा जरुरी हुन सक्दैन। यसैले प्रविधिलाई समझदारीपूर्वक प्रयोग गर्ने, स्वच्छ दिनचर्याको विकसित गर्ने, सही आहार र पर्याप्त श्रम गर्नुको साथसाथै समुचित विश्राम गर्ने, निद्रा लिनु पनि आवश्यक हुन्छ। प्रकृतिले प्राणी जन्मिनुभन्दा पहिले नै नौ महीना गर्भमा सुताएर सन्देश दिन्छ कि हरेक रात यस प्रक्रियालाई चालू राख। निद्रा रहन्छ भने जीवन पनि रहन्छ।