$type=ticker$count=12$cols=4$cate=0

सयभन्दा बढी सङ्क्रमित भगवान् भरोसे

SHARE:


प्रस, वीरगंज, १५ साउन/
    नारायणी अस्थायी कोभिड गण्डक अस्पतालमा क्षमताभन्दा बढी सङ्क्रमित राखिएका छन् भने सोको दुई गुणा बढी सङ्क्रमित अहिले भगवान् भरोसे अवस्थामा छन्।
    पछिल्लो चरणमा वीरगंजमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएपछि अहिले गण्डक अस्पतालमा क्षमताभन्दा बढी सङ्क्रमित रहेको डा उदयनारायण सिंहले बताए। साउन १ गतेदेखि वीरगंजमा कोरोना सङ्क्रमित सङ्ख्या बढेको हो। असार ३१ गतेसम्म गण्डक अस्पतालमा एकजना मात्र सङ्क्रमित थिए। त्यसपछि बढ्दै गएर अहिले गण्डक अस्पतालमा ६२ जना छन् भने अस्पतालबाहिर सयभन्दा बढी सङ्क्रमित छन्।
    गण्डक अस्पतालको क्षमता ५० शøयाको हो। त्यहाँ १० शøयाको आइसियू छ। जसमा ५ जना छन्। ५० शøयाको अस्पतालमा अहिले कुल बिरामी ६२ जना रहेको र उनीहरूलाई जसोतसो व्यवस्थापन गरिएको डा सिंहले बताए। उनले मङ्गलवार र बुधवार भेटिएका सङ्क्रमितहरूलाई व्यवस्थापन गर्न नसकिएको बताएका छन्। साउन ८ गतेपछि सङ्क्रमित हुनेहरू आइसोलेशनको अभावमा सम्बन्धित क्वारेन्टाइन, कारागार, ब्यारेक, प्रहरी कार्यालय, घरमा बस्दै आएका छन्। उनीहरूलाई सचेत पनि गराइएको छैन। घर र सम्बन्धित ठाउँमा आइसोलेट हुनेहरूलाई सचेत गराउनुपर्नेमा त्यस्तो केही नगरिएको डा सिंहले बताए। उनले बाहिर रहेका सङ्क्रमितहरूलाई सचेत नगराएको खण्डमा जोखिमको बढ्दै जाने बताए। खासगरी घरपरिवारमा बस्नेहरूलाई सचेत नगराउने हो भने कोरोनाको कहर झनै बढ्ने खतरातर्फ उनले औंल्याएका छन्। उनले अहिले बाहिर रहेका सङ्क्रमितहरू भगवान् भरोसे अवस्थामा रहेका प्रतिक्रिया दिएका छन्।
    चैत २९ गतेदेखि वीरगंजमा सङ्क्रमित देखिएका हुन्। पहिलो चरणमा देखिएका सङ्क्रमितहरूलाई नारायणी अस्पतालको आइसोलेशनमा राखिएको र दुईपटक नेगेटिभ रिपोर्ट आएपछि एक साता घरमा आइसोलेट भएर बस्ने लिखित शर्तनामा गराएर मात्र छाड्ने गरिएको थियो। तर अहिले आइसोलेशनको पनि व्यवस्था गरिएको छैन र सचेत पनि गराइएको छैन। अहिले कोरोना सङ्क्रमण व्यापकरूपमा फैलिएको र सङ्क्रमितहरूमा लक्षण पनि देखिएको अवस्थामा सुरक्षाका कुनै पनि मापदण्ड अपनाउने कार्यतर्फ स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरू संवेदनशील देखिएका छैनन्। यसो नहुनुको कारण भने एकापसमा मतान्तर देखिएकोले हो।
    तीन तहको सरकार भएको बेलामा स्थानीय सरकार (वीरगंज महानगरपालिका)ले सङ्घ र प्रदेश सरकारलाई कोरोना सङ्क्रमणमा लापर्बाह भएको आरोप लगाउँदै आएको छ। वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले सङ्घ र प्रदेश सरकार कोरोना सन्दर्भमा गम्भीर नभएको आरोप लगाउँछन्। उनले महानगरपालिकाले आफ्नो खर्चमा आइसोलेशन शøया तयार गरेको, क्वारेन्टाइन बनाएको, प्रिआइसोलेशनको व्यवस्था गरेको, सङ्क्रमित र चिकित्सकहरूको लागि गाँस, बासको व्यवस्था गरेको, अस्पताललाई पिसिआर र आवश्यक किट, प्रयोगशालाको लागि सामग्री उपलब्ध गराएको बताए। उनले यो अवधिमा सङ्घ र प्रदेश सरकारले आइसोलेशन वार्डको व्यवस्थापन नगरेको र कोरोना रोकथाम नियन्त्रणका लागि गैरजिम्मेवार भएको आरोप लगाउँछन्।
    पहिलो चरणमा लकडाउन भएसँगै आइसोलेशन तयार गर्नुपर्ने थियो तर महानगरपालिकाले निजी अस्पताल तीन महीना भाडामा लिएर चलाउँदा पनि आइसोलेशन बनाइएन। आइसोलेशन बनाउनको लागि र सङ्क्रमणबाट जोगिनको लागि सङ्घ र प्रदेश सरकारले महानगरलाई गर्ने भनेको सहयोग गरेनन्। यो अवस्थामा महानगरले धान्नेसम्मको काम मात्र गरेको उनले बताए।
    कोरोनाको सम्बन्धमा वीरगंजमा सङ्क्रमित बढ्दै गएपछि मुख्यमन्त्री लालबाबू राउत गद्दी र सामाजिक विकासमन्त्री नवलकिशोर साहले वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा आएर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, नागरिक समाज, व्यापारीसँग छलफल गरेका थिए। नगरप्रमुख काठमाडौं गएका बेलामा मुख्यमन्त्रीले छलफल कार्यक्रम राख्नुले दुवैबीच मतान्तर रहेको कुरालाई पनि पुष्टि गर्छ। यही कारण हो स्थानीय र प्रदेशबीच सहकार्य हुन सकेको छैन। प्रदेश सरकारले कोरोना सङ्क्रमितहरूको लागि नारायणी अस्पताल, जिल्ला प्रशासन कार्यालयलाई सहयोग उपलब्ध गराएको र त्यो सहयोग सार्थक नभएको निष्कर्ष निकालेको थियो। अहिलेको अवस्थामा सङ्क्रमण फैलिन नदिनका लागि आइसोलेशन वार्ड तयारी गर्नु नितान्त जरुरी देखिन्छ। सङ्क्रमितमा लक्षण देखिएको र रोगले ग्रस्त भएका सङ्क्रमितहरूलाई मात्र आइसोलेशनमा राख्ने र लक्षण नदेखिएका सङ्क्रमितहरूलाई प्रिआइसोलेशन, क्वारेन्टाइन र होम क्वारेन्टाइनमा सशर्त राख्ने व्यवस्था गरिनुपर्ने हो तर यसतर्फ कसैले पनि पहल गरेको छैन। जसले गर्दा आइसोलेशनमा भएकाहरू आइसोलेशनमा छन्, क्वारेन्टाइनमा बसेकाहरू त्यही छन् र घरमा बसेकाहरू विनाकुनै स्वास्थ्य निर्देशन आइसोलेट भएर बस्नुपर्ने अवस्था छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सयभन्दा बढी सङ्क्रमित भगवान् भरोसे
सयभन्दा बढी सङ्क्रमित भगवान् भरोसे
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg4MD4rmtiVlGWGBKLg0R7XN5vOp3N3K4KKi2kyqQ7uPhE_EhAeCvEAnISkCnT5kDGwIUnvbSx30UlAzo7Yf-uDdktIVMW4P8n7n2cNnSv8WJwuhGIQumXw6Vc-fd9uMBo5BHKaIu9ffdSM/s640/sayou.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg4MD4rmtiVlGWGBKLg0R7XN5vOp3N3K4KKi2kyqQ7uPhE_EhAeCvEAnISkCnT5kDGwIUnvbSx30UlAzo7Yf-uDdktIVMW4P8n7n2cNnSv8WJwuhGIQumXw6Vc-fd9uMBo5BHKaIu9ffdSM/s72-c/sayou.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/07/blog-post_135.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/07/blog-post_135.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy