- कुमार रुपाखेती
पृथ्वी गोलो छ भनेर पछि प्रमाणित भयो। त्यसअघि त पृथ्वी चेप्टो छ भन्ने धारणा थियो। पृथ्वी चेप्टो छ भन्ने मान्यता यति विकराल थियो कि पृथ्वी गोलो छ भनी पत्ता लगाउनेको ज्यान नै जोखिममा थियो। बिचराले लुकेर ज्यान बचाउँदै पृथ्वीको गोलो रूप प्रमाणित गरे, जुन आजसम्म कायम छ। सत्य प्रमाणित गर्न त्यो बेला र अहिले पनि सङ्घर्ष गर्नुपर्छ। घुमिफिरी रूम्जाटार भनेझैं भानु जयन्तीमा हाम्रा प्रधानमन्त्रीले भगवान् राम नेपालको पूर्वी भाग वीरगंजदेखि अलि पर ठोरीतिर जन्मेको भनेर भारतको कान रातो पारिदिएका छन्। “भारतको अयोध्या कृत्रिम, राम नेपाली नागरिक” भन्ने सुन्नासाथ भारतका शासक अनि सन्तमहन्त एकैचोटि जागिहाले। रिसले आगबबुला भएका भारतीय नेता करण सिंहले ओलीको यस्तो दाबीले संसारभरिकै हिन्दूहरूको आस्थामा चोट पुगेको र नेपाल–भारतको सम्बन्धमा थप सङ्कट आउन सक्ने चेतावनी दिए। केही मठाधीश र जोगी बाबाहरूले करण सिंहलाई उछिन्दै ओलीले माफी माग्नुपर्ने, अन्यथा धार्मिक आन्दोलन गर्ने घुर्की लगाए।
पृथ्वी गोलो छ भनेर पछि प्रमाणित भयो। त्यसअघि त पृथ्वी चेप्टो छ भन्ने धारणा थियो। पृथ्वी चेप्टो छ भन्ने मान्यता यति विकराल थियो कि पृथ्वी गोलो छ भनी पत्ता लगाउनेको ज्यान नै जोखिममा थियो। बिचराले लुकेर ज्यान बचाउँदै पृथ्वीको गोलो रूप प्रमाणित गरे, जुन आजसम्म कायम छ। सत्य प्रमाणित गर्न त्यो बेला र अहिले पनि सङ्घर्ष गर्नुपर्छ। घुमिफिरी रूम्जाटार भनेझैं भानु जयन्तीमा हाम्रा प्रधानमन्त्रीले भगवान् राम नेपालको पूर्वी भाग वीरगंजदेखि अलि पर ठोरीतिर जन्मेको भनेर भारतको कान रातो पारिदिएका छन्। “भारतको अयोध्या कृत्रिम, राम नेपाली नागरिक” भन्ने सुन्नासाथ भारतका शासक अनि सन्तमहन्त एकैचोटि जागिहाले। रिसले आगबबुला भएका भारतीय नेता करण सिंहले ओलीको यस्तो दाबीले संसारभरिकै हिन्दूहरूको आस्थामा चोट पुगेको र नेपाल–भारतको सम्बन्धमा थप सङ्कट आउन सक्ने चेतावनी दिए। केही मठाधीश र जोगी बाबाहरूले करण सिंहलाई उछिन्दै ओलीले माफी माग्नुपर्ने, अन्यथा धार्मिक आन्दोलन गर्ने घुर्की लगाए।
नेपालको कपिलवस्तुमा जन्मिएका बुद्ध, राजा शुद्धोधनका छोरा भएको अकाट्य साँचो कुरा थाहा पाउँदा–पाउँदै जोरजबरजस्ती ‘सफेदझूट’स्वरूप बुद्धलाई भारतमा जन्मेको ढिंढोरा पिट्ने अनि खोजतलाश र ठोकपिट गरेर ओलीले रामलाई नेपाली घोषित गरेर के गुनाह गरे ? ‘छोटा बच्चा समझ के हमसे ना टकराना रे’ भन्ने सन्देश पनि हो यो। गोद लिएको भएपनि सुहाउँथ्यो, भारतले बुद्धलाई गोद लिएको इतिहास पनि छैन। म त भन्छु भारतले नेपालको गौतम बुद्धलाई अपहरण गरेको छ। इतिहास बिगार्ने अपहरणकारी हो भारत। ओलीले एकाएक राम नाम जप्नुले कम्युनिस्टहरूले भगवान्मा आस्था राख्छन् भन्ने पुख्ता प्रमाण पनि भेटिएको छ। थुप्रै भारतीय नेपाली नागरिकता लिएर भारुबाट नेरुमा परिणत हुँदा खुशी हुने अनि राम एकजनालाई नेपाली नागरिकता प्रदान गर्दा भारत किन आत्तिएको होला ?
गौतम बुद्धझैं रामलाई समेत भारतले मागीखाने भाँडो बनाएको प्रस्ट देखिन्छ। बरु गौतम बुद्धलाई भारतबाट कैदमुक्त गर्न हम्मेहम्मे परेको हामीलाई ओलीले अब रामको नैया पार लगाउने दोहोरो जिम्मेवारी थपिदिएका छन्। कालापानीबारे बहिरो बनेको भारत रामको नाम सुन्ने बित्तिकै कालोनीलो, रातोपीरो भएको छ, चोरको खुट्टा काट भन्दा चोरले खुट्टा ताने झैं। ओली अब माक्र्सवादी नेता मात्र नभएर आध्यात्मिक नेतासमेत भएका छन्। एउटा म्यानमा दुईवटा तलवार अट्दैन, एउटै महापुरुष दुई देशको धरोहर बन्न सक्दैन भन्ने कुरा भारतले किन नबुझेको होला ? ओलीको रामबाणलाई भारतले आधुनिक क्षेप्यास्त्रभन्दा खतरनाक महसूस गरेको छ। रामबाण मिसाइल हो यो। रामलाई स्मरण गर्दै नेपालीहरूले रामनवमी, दशैंमा दशमीको टीका लगाउने, सीताजयन्ती मनाउने अनि भारतले राम मेरो भन्न मिल्छ ? राम नेपाली भएकाले नै उतिबेला भानुभक्त आचार्यले नेपालीमा रामायणको उल्था गरे। शकुनिहरू भारतीय भएकाले उनले (भानुले) महाभारतबारे मौन बस्नु उचित ठाने।
कुनै बेला नेपाल संसारकै एकमात्र हिन्दू राष्ट्र थियो, यस हिसाबले पनि मर्यादापालक राम नेपालकै हुनुपर्छ। राम, गौतम बुद्ध, भानुभक्त आफ्ना समयका ऐतिहासिक धरोहर हुन्। हाम्रा ओलीको बोली पनि बन्दूकको गोली हो रे १ जय श्रीराम भन्नेहरूको जमात नेपालमा अनगिन्ती छ। लुम्बिनीमा राजा शुद्धोधनको दरबार उत्खनन गर्दा निस्किएका ऐतिहासिक शाक्यकालीन थुप्रै इँटा, पत्थर र अन्य सामग्री बटुलेर भारतले नक्कली लुम्बिनीसमेत निर्माण गर्ने दुष्प्रयास गर्दै आएको छ। बोधगयामा बुद्धलाई ज्ञान प्राप्त भएझैं भारतलाई कहिले ज्ञान प्राप्त हुने हो ? कहिले हामीले ‘मेरा पडोसी भारत महान्’ भन्न पाउने हो ? भारतले बुद्ध भन्छ तर सधैं युद्धको तयारी गर्छ। ‘उसै त बुहारी भटमास खाएकी’ भनेझैं राईको पहाड बनाउने भारतीयहरूलाई ओलीले झटकास्वरूप रामको गरममसाला हालेर रन्काइदिएका छन्। अब दाबी विरोध चलिरहन्छ, रामको खिंचडी धिमा आँचमा पाकिरहन्छ। सौतेनी आमा कैकेयीको कर्कस बोली, व्यवहार, छलकपटबारे त रामायणमा समेत उल्लेख छ। उनकै कारणले रामले चौध वर्ष वनवास भोगे। राजा दशरथसमेत कैकेयीका सामुन्ने निश्शब्द भएका थिए। त्यसैले पारिवारिक कलहका कारण सीता विवाहपछि नेपालमैं घरज्वाइँ बसे कि ?
किनकि रामको युवाकालमा भारतमैं भारतका राजा रजवाडाहरूका एक से एक राम्रा कन्याकुमारी राजकुमारीहरू हुँदाहुँदै नेपाल प्रेमका चल्ते टाढा आएर धनुष भाँच्ने जोखिम मोलेर सीतासँग विवाह रचाए। त्रिवेणी वाल्मीकि आश्रम नेपालतर्फ सीता बसेको कुटी, लवकुश खेलेको स्थान, घोडा बाँध्ने तबेला, सीताले मसाला पिस्ने सिलौटो आदि मैले २०३६ सालमा त्यता जाँदा आपंैmले देखेर आएको हो। अब पत्नी सीता, छोराहरू लव र कुश नेपालमा अनि पत्नीव्रता राम भारतमा बस्ने सवाल नै पैदा हुँदैन। सीताकै खातिर बिचरा रामले जरजण्ड रावण र लङ्कालाई मटियामेट गरेको रामायणले भन्छ। अब योभन्दा बलियो प्रमाण के चाहियो ? १४ वर्ष वनवासमा बसेका राम, त्यतिखेरको ‘हरियो वन नेपालको धन’ देखेर लोभिएर यतै बसाइँसराइ गर्न पनि सक्छन्।
ओलीको मुखमा सरस्वतीको बास छ रे ? ‘प्रधानमन्त्रीबाट हट्दिनँ’ भने, नहटेरै बसे, ‘पार्टी अध्यक्ष छोड्दिनँ’ भने त्यो पनि पूरा गरे, कालापानी हाम्रै हो भनेर नक्शा पास गरेरै छाडे। अब रामलाई नेपाली बनाउने तरखरमा छन्, बाँचिराखे भने यो वाचा पनि पूरा गर्छन् कि कसो ? तर मलाई डर छ कतै रामपछि ओलीले महाभारतका कृष्णलाई पनि दाबी नगरून् ? राम–रावण युद्धका समयमा पुष्पक विमान, पानीमा नडुब्ने पत्थर, हनुमानको पुच्छर, बाली, सुग्रीवको झगडा, कुम्भकर्णको निद्रा, रामलक्ष्मणको धनुषबाण, रावणको सय टाउको, बाँदर र दानवको युद्ध, हनुमानको लङ्का प्रवेश, लङ्काको तबाही, लक्ष्मणरेखा, लक्ष्मणबुटी, जटायुको वफादारी, विभीषणको गद्दारी, सीताको सकुशल वापसी आदि रोमाञ्चक घटना लाग्छन्। सुनमा सुहागा भनेझैं ओलीले यसमा सुगन्ध थप्दै– भारतको अयोध्या नक्कली, राम नेपाली भनिदिए। ओलीको नेतृत्वमा शायद हामी दोहोरो असम्भव युद्ध जित्दैछौं। एउटा कालापानी र अर्को रामको। तर स्मरणीय कुरा के छ भने– ‘राम नाम जपना, पराया माल अपना’ भन्ने भारतीय नीति हो, हाम्रो होइन। वाल्मीकि आश्रम नेपालमा छ। सरयू नदी भनेको माडी, नारायणी अथवा राप्ती नदी हो, माडीलाई पहिले अयोध्यापुरी भनिन्थ्यो, त्यहाँ एउटा गाविसको नाम नै अयोध्यापुरी थियो। विश्वास नलागे ठोरीतिरका भाइ प्रतीकका सम्पादक प्रतापजीलाई सोधे हुन्छ। रामजन्मभूमि नेपालको ठोरीमा अचेल खुशियालीको वातावरण छ। जय श्रीराम, जयराम, जयजय राम गुञ्जायमान छ।
सन् २००० मा भारतका प्रसिद्ध साहित्यकार, उपन्यासकार स्व कमलेश्वरले ‘कितने पाकिस्तान’ भन्ने आफ्नो ख्यातिप्राप्त उपन्यासमा अयोध्या रामको जन्मभूमि नभएको लेखेका छन्। नपत्याउनेहरूले स्व कमलेश्वरको ‘कितने पाकिस्तान’ भन्ने खोजमूलक किताब पढ्न सक्नुहुन्छ। भारतका अन्य ख्यातिप्राप्त लेखक, साहित्यकारहरू अमृता प्रीतम, हिमांशु जोशी, विष्णु प्रभाकर, नामवर सिंहहरूले यो कुराको जोडदार समर्थन गरेका थिए। त्यतिखेर पनि भारतीय मिडियाले यिनको खेदो खनेको थियो। मुसलमानहरूको आस्थाको केन्द्र बाबरी मस्जिदलाई काउन्टर दिन उतिबेलादेखि नै तानाबाना बुनेर अयोध्यालाई रामजन्मभूमि बनाउने चलखेल भएको इतिहासले बताउँछ। रामजन्मभूमि भन्दै त्यहाँ रहेको बाबरी मस्जिदको मदर्सा सबैलाई थाहा नै छ। सफेदझूट ओलीको कि मोदीको पर्दाफास हुँदैछ। रामजन्मभूमि ठोरी, माडीतिरै हो यकीन मान्नुस्। असम्भव र अज्ञात कुराहरूलाई अझै पनि ‘राम जाने’ भन्ने उखान नै छ। अब रामलाई लिएर नेपाल र भारतबीच कस्तो व्यवहार हुन्छ, राम जाने। भन्नेहरू त भन्छन्, न लक्ष्मणले रावणकी बहिनी सुपर्णखाको नाक काट्थे, न रावणले सीताहरण गथ्र्यो। त्यस्तै, न भारतले बुद्धको अपहरण गथ्र्यो, न ओलीले राम हाम्रो भन्ने प्रमाण सार्वजनिक गर्थे ? जैसाको तैसा जस्तै लाग्छ।
ओली र भारतलाई म यही भन्छु, ‘देखो ओ दिवाने तूम ये काम ना करो, रामका नाम बदनाम ना करो।’ सफेदझूट धेरै दिन टिक्दैन, भारतले जति तिकडम गरे पनि विश्वले बुद्धलाई नेपालमैं जन्मेको मानेको छ, नत्र लुम्बिनीको यत्रो ठूलो विकास सम्भव नै थिएन। राम नेपाली भन्ने कुरा अहिले यत्तिकै थाती राख्ने अनुमति चाहन्छु। हाम्रा ओली बा भारतको गुरुबा बन्न खोजेकोमा धन्यवाद दिन चाहन्छु। अस्तु।
केवल हाँसोको लागि मात्रः
वीरगंजको छपकैयामा भरत र शत्रुघ्न भन्ने दुई सहोदर दाजुभाइ रहेछन्। भारतको आचरणबाट तर्सेर चलाख यी दुई भाइले आफ्नो नामको पछाडि नेपाल जोडेर भरत नेपाल र शत्रुघ्न नेपालमा परिणत भएछन्। नेपाल भन्ने बित्तिकै भारतले वास्ता गर्दैन भन्ने यिनलाई ज्ञान रहेछ।