प्रस, रौतहट, १४ असार/
रौतहटका दुईवटा स्थानीय तहलाई सिल गरिएको छ । बौधीमाई र ईशनाथ नगरपालिकालाई आइतवारदेखि सिल गरिएको छ ।
क्वारेन्टाइनबाहिरका १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले दुईवटा नगरपालिकालाई सिल गर्ने निर्णय गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
शनिवार अबेर प्राप्त पिसिआर रिपोर्ट अनुसार बौधीमाई नगरपालिकाका दुईजना वडाध्यक्ष, दुईजना कार्यपालिका सदस्य, दुईजना स्वास्थ्यकर्मी, एकजना सुरक्षाकर्मी र सातजना कर्मचारीसमेत १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएकाहरूलाई बौधीमाई नपाको आइसोलेशनमा पठाइएको छ ।
जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि तथा कर्मचारीहरू सङ्क्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरू सबैको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने नगरका बासिन्दाहरूले माग गरेका छन् । यसभन्दा पहिले भारतबाट आएका वा क्वारेन्टाइनमा बसेकाहरूमा मात्रै सङ्क्रमण देखिएको थियो । यसपटक क्वारेन्टाइनबाहिर तथा समुदायस्तरमा सङ्क्रमण देखिनु चिन्ताको विषय रहेको भन्दै जिल्ला सुरक्षा समितिले नगरपालिकालाई सिल गर्ने निर्णय गरेको हो ।
सङ्क्रमणले महामारीको रूप लिन नदिनको लागि कन्ट्याक्ट ट्रेसिङ र पिसिआर परीक्षण अवधिसम्म बौधीमाई र सोसँगै जोडिएको ईशनाथ नगरपालिकालाई सिल गरिएको प्रजिअ घिमिरेले जानकारी गराएका छन् ।