प्रस, पोखरिया, १५ असार/
ग्रामीण क्षेत्रलाई सदरमुकाम वीरगंजसँग जोड्ने हुलाकी सडक अन्तर्गतको तिलावे पुल निर्माणमा ढिला भएपछि बन्द गरिएको पुरानो पुल पुनः सञ्चालनमा ल्याइएको छ।
नयाँ पुल निर्माणका लागि ठेकेदारको आग्रहमा पुरानो पुलबाट सवारीसाधनको आवागमन बन्द गरिएको थियो। सात वर्षदेखि पप्पु–लुम्बिनी जेभीले निर्माण थालेको तिलावे पुलको काम अहिलेसम्म सम्पन्न हुन सकेको छैन।
नयाँ पुल निर्माणको लागि पिलर मात्र ठड्याइएको छ। पुरानो पुलबाट सवारी आवागमन सुचारु हुँदा नयाँ पुल निर्माणमा समस्या भएको भन्दै ठेकेदारले अडचन लगाएपछि गत वर्षदेखि डाइभर्सन बनाएर पुरानो पुलबाट आवागमन बन्द गरिएको थियो।
आवागमन बन्द हुँदा पनि पुल निर्माण कार्य शिथिल नै हुँदा वर्षायाम शुरू भएपछि बितेको असार १३ गतेदेखि पुरानो पुल सञ्चालनमा ल्याइएको हो। डाइभर्सनको अवस्था नाजुक भएको र पानीको बहाव बढेको खण्डमा डाइभर्सनबाट आवागमन रोकिन सक्ने सम्भावनालाई दृष्टिगत गरेर पुरानो पुल सञ्चालनमा ल्याइएको हो। अहिले पुरानै पुलबाट सबैखाले सवारीसाधन गुडिरहेका छन्।
नयाँ पुल बन्ने सम्भावना यस वर्ष पनि क्षीण छ। तीव्र गतिमा पनि पुल निर्माण गर्दा थप एक वर्ष लाग्ने देखिन्छ। तर यही गतिमा पुल निर्माण गर्ने हो भने आगामी वर्ष पनि पुल बन्ने सम्भावना निकै कम छ।