$type=ticker$count=12$cols=4$cate=0

आख्यान निबन्धको दोसाँधमा जीवाश्म

SHARE:

    सञ्जय मित्र
    संस्कृति, साहित्य, भाषा र माटो जानेर– नजानेर, चाहेर–नचाहेर, बुझेर–नबुझेर बचाइराखेका लाखौं मुटुमा समर्पण गरिएको शीतल गिरीको ‘जीवाश्म’ ओरिएन्टल पब्लिकेशन, काठमाडौंले बजारमा ल्याएको छ । समर्पण पढ्दा नै यस कृतिको विषयवस्तुको आकलन गर्न सकिन्छ र कृतिको उद्देश्य बुझ्न सकिन्छ ।
    आख्यानको तुलनामा निबन्ध बढी स्वतन्त्र हुन्छ । आख्यानमा केही बन्धन कसिला हुन्छन् तर निबन्धमा स्वच्छन्दता बढी हुन्छ । निबन्धमा हुने आख्यानत्मकता र आख्यानमा हुने निबन्धात्मकतामा भिन्नता हुन्छ । यस कारण कतिपय अवस्थामा निबन्धात्मक तत्वव भएको आख्यान र आख्यानात्मक तत्व भएको निबन्ध कहिलेकाहीं निकटजस्तो भएर पनि निकट हुन सकेको हु“दैन । निबन्धको आयाम वृद्धि हु“दै जा“दा आख्यानकै स्वरूप ग्रहण गर्ने हुन्छ । यसकारण पनि लघु आयामका कतिपय आख्यान र निबन्धमा कहिलेकाहीं असमञ्जस उत्पन्न हुन्छ ।
    राष्ट्रियताको दृष्टिकोणले पनि ‘जीवाश्म’ महत्ववपूर्ण कृति हो । यसका करीब सम्पूर्ण निबन्धले ऐतिहासिक विषयवस्तुमा भौगोलिक राष्ट्रियतालाई वरण गरेका छन् । वर्तमानमा भूगोलसित राष्ट्रियता अत्यधिक घुलमिल देखिएको विश्व परिदृश्यको आलोकमा यो कृति निकै चहकिलो देखिन्छ । गर्विलो, दर्बिलो प्रागऐतिहासिक विषयवस्तुमा माटोको सुगन्ध पाइनु यस कृतिको विशेषता बनेको छ । इतिहासलाई पनि कतै आख्यान र कतै निबन्ध तथा कतै दुवैको स्वादमा प्रस्तुत गरेर गिरीले तथ्य र तर्कको मिश्रणमात्र गरेका छैनन्, अनुमानलाई पनि सही निकास दिएका छन् । कृतिको तौल निबन्धहरूको निष्कर्षले बढाएका छन् ।
    अधिकांश निबन्ध काठमाडौं केन्द्रित ऐतिहासिक तथा पुरातात्विक विषयवस्तुमा आधारित छन् । काठमाडौं उपत्यकाको सम्भवतः पहिलो बासिन्दा भेडापाल हुन् । उनीहरूको आफ्नै विशिष्ट संरचना र जीवनशैली थियो । भारतको विभिन्न ठाउ“सम्म समृद्ध बेपार थियो, आफ्नै सङ्गठन र संस्कृति थियो । महिषपाल शासकको विषयमा त नेपालको औपचारिक इतिहासले पनि धेरै कुरा भनेको छ । यद्यपि महिषपाल शासनको धेरै पक्षमाथि अझै प्रकाश पर्न बा“की छ, तर पनि यस वंशबारे कतिपय कुरा ज्ञात हुन्छ । काठमाडौं उपत्यकामा भेडापालभन्दा उन्नत र धेरै सङ्ख्यामा महिषपालको प्रवेशले पुरानो जाति नया“मा समाहित भयो भनिएको छ । यी दुवै जाति गणप्रधान र गणको प्रमुख महिला हुने किसिमका थिए ।
    विक्रमको ४५६० वर्ष पूर्वताका उपत्यका आसपास माछामार जातिको आगमन भएको मानिएको छ । सा“गाबाट सिन्धुली, रामेछाप आदि ठाउ“तिर माछामारहरू लागे । यिनीहरू उपत्यका छेउछाउमा बाक्लै सङ्ख्यामा रहेका थिए । कीर्तिपुर भेगमा मत्स्यगाउ“बाहेक अहिले कुनै प्रमाण छैन । यसो भन्नुको तात्पर्य यो पनि हो कि मत्स्यगाउ“ माछामार जातिले बसालेको गाउ“ हो जसले आज उनीहरूको परिचय खोजिरहेको छ ।
    उपत्यकामा गोपालहरूको पनि लामो समय शासन चलेको पाइन्छ । गोपालहरूको ठूलो समूहले यस क्षेत्रको वातावरणमा गरेको सिंचाइले उनीहरूलाई इतिहासको अमर पात्र बनाइदिएको छ । तथागतको उपत्यका आगमनपछि नै बौद्धधर्मको प्रचार भएको हो । तथागत र उनको धार्मिक यात्राको उनको जीवनमा व्यापक विस्तार भइसकेको थियो । अनेकन अनुयायी थिए । विरूपाक्षलाई नेपाल उपत्यकाको प्रथम उपासक भनिएको छ । कलिङ युद्धपछि सम्राट् अशोकमा आएको परिवर्तनको कथा इतिहासमात्र होइन । यसको महतत्वव अनेक कोणबाट केलाइएको पाइन्छ । सम्राट् अशोकले आप्mनो राज्य परित्याग गरे । भिक्षु बने । सिद्धार्थ गौतम युवराज भएर राज्यत्याग गरेका थिए र अशोक चाहिं सम्राट् भएर बुद्धपथगामी भएका थिए । उनी काठमाडौं आउ“दा छोरी चारुमतिलाई पनि लिएर आएका थिए । नेपालको इतिहासमा पनि सम्राट् अशोकको नाम श्रद्धाले लिइन्छ । चारुमतिले बसोवास गरेको क्षेत्र अचेलको चावहिल (चावेल) हो भन्दै एउटा सुन्दर चित्रण गरिएको छ यस विषयवस्तुलाई ।
    भौगोलिक परिवेश पटना (पाटलीपुत्र) को भए पनि सन्दर्भ नेपाल र नेपालीको छ । त्यहा“को अशोक वाटिकामा लाग्ने हाटमा नेपाली सामानको ठाट बेग्लै हुन्छ । र त सम्राट् चन्द्रगुप्त मौर्यले मुक्तकण्ठले सामानको प्रशंसा गर्दछन् र नेपालीको इमानदारीपनको बखान गर्दछन् ।
    सधैं बहस र चर्चामा आइरहने नेपालको राष्ट्रिय संवत् विक्रम संवत् हो । कतिपयले यसलाई नेपालको मौलिक संवत् मानेका छन् त कपियले बाहिरबाट आएको ठानेका छन् । ‘जीवाश्म’ले नेपालकै संवत् रहेको किटान गरेको छ । पुनर्जन्मा र प्रतिभा पढेपछि याज्ञवल्क्यप्रति पहिलेको धारणा नै बदलिन्छ । पुनर्जन्माको प्रतिभाको विषयमा यसले धेरै कुरा खोलेको छ । जनकको सभामा पनि कहिलेकाहीं अन्याय हुन्थ्यो भन्ने भाव यसले दिएको छ ।
    आभीरलाई मूलतः ग्वाला जाति भनिएको छ । समयक्रममा आभीरहरू पहाडका विभिन्न ठाउ“मा विभिन्न थरले चिनिएको आभीर निबन्धले मानेको छ । मातृभक्त मानदेवलाई इतिहासले असल राजाको रूपमा स्वीकार गरेको छ । यसैगरी भृकुटीबारे पनि नवीन किसिमले अन्वेषण गरिएको छ । भृकुटीमाथिका केही परम्परागत धारणामा यस कृतिले नवीन प्रकाश पारेको छ । लिच्छविकालीन एकजना कवि बुद्धकीर्तिको विषयमा सोधखोज गरिएको रचना हो कवि बुद्धकीर्तिको सत्य । पशुपति क्षेत्रमा एउटा शिलालेखमा प्राप्त कविताले बुद्धकीर्तिको कवित्वको परिचय दिएको र उनीबारे धेरै सोधखोज गर्नुपर्ने बताएको छ । काठमाडौंबाट एउटा निबन्ध डोटीतिर मोडिएको छ । स्वतन्त्र र शक्तिशाली राज्यको रूपमा रहेको सिंहपुरमा प्रतिभाको कदर हुन्थ्यो । निबन्धको आख्यानको प्रस्तुति रसिलो छ ।
    सकेसम्म अरनिकोमाथि न्याय गरिएको छ र अरनिकोमाथि प्रकाश पारिएको छ । नेपालदेखि चीनसम्मको यात्रा र सफलताको गाथालाई सम्मानपूर्वक प्रस्तुत गरिएको छ ‘अरनिको र आदर्श’ भन्ने निबन्धमा । अर्को निबन्ध मोडिएको छ सिञ्जातिर । क्राचल्लको उदारता र बुद्धिमानी तथा वीरताले गर्दा उनको यश सर्वत्र फैलिएको बताइएको छ–रुद्र सिंहको मुक्तिमा । रुद्र सिंहलाई पराजित गरी फेरि राजा बनाएको र रुद्र सिंहले पनि धर्मको निर्वाह गरेको आख्यानात्मक प्रस्तुतिमा मौलिकता देखिन्छ । देउसी भैलोको गीतमा आउने बलिराजको खोजी गरिएको निबन्ध हो ‘देउसी–भैलो, बलिराज र इतिहास’ । निबन्धकारले जुम्लाका राजा बलिराज भएको ठम्याएका छन् । रौतहटको राजदेवी मन्दिरको स्थापनाको सेरोफेरोमा केन्द्रित छ – ‘राजदेवी र नर्मदा’ । नर्मदा विलक्षण प्रतिभा भएकी नर्तकी हुन् । यी नृत्याङ्गनाले गर्दा तत्कालीन मकवानपुर र कान्तिपुर राज्यमा मनोमालिन्य भएको उद्घाटन गरिएको छ । टिस्टुङ कोटमा प्रचलित बा¥ह वर्षे नाचको इतिहास कोट्याइएको छ ।
    शुद्ध ऐतिहासिक विषयवस्तु हो  ‘लाचार महारानी’ । महारानी राजराजेश्वरीप्रति सहानुभूति राखेर मूल्याड्ढन गरिएको र उनी कसरी अन्यायमा पर्न विवश भइन् भन्ने बताइएको छ । ‘जोसमनी सम्प्रदाय र लखन थापा’मा राणा शासनका संस्थापक जङ्गबहादुर राणाविरुद्ध एक किसिमको आन्दोलन गर्ने पात्रको रूपमा लखन थापालाई चिनाइएको छ । उनलाई फँ“सी दिइएको थियो । विवाह र व्यक्तित्वभित्रको आख्यान बडो सुन्दर छ । दुई संस्कृतिका दुई पात्र भीमसेन र हिडिम्बाबीच भएको प्रेम र विवाहलाई रोचकतासाथ प्रस्तुत गरिएको छ । हिडिम्बपुर नेपालको कुनै ठाउ“ भएको बताइएको छ । यो ठाउ“ सम्भवतः वर्तमान हेटौंडा हो । यसैगरी साहित्य र शहीदमा मकैखेतीका सर्जक कृष्णलाल अधिकारीमाथि न्याय गरिएको छ । उनलाई प्रथम साहित्यिक शहीद मानिएको छ । पूर्वी नेपालको विद्रोहिणी योगमायाको चरित्र, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारिएको निबन्ध हो ‘योगमाया र जलसमाधि’ । उनको जलसमाधिप्रति सहानुभूति त छैन तर उनको जुनीलाई नै विद्रोहको पर्यायको रूपमा स्वीकार गरिएको छ । शहीद गङ्गालालको शहादतको इतिवृत्तमा केन्द्रित निबन्ध ‘मृत्युको वरदान’मा उनीप्रति सहानुभूति प्रकट गरिएको छ । श्रद्धा र सम्मान व्यक्त गरिएको छ । उनको त्यागप्रति गर्व भएको बताइएको छ । उनीप्रति श्रद्धाले शिर निहुराइएको छ । सलाम अर्पण गरिएको छ ।
    यसरी ऐतिहासिक भूगोल, ऐतिहासिक पात्र, संस्कृति आदिलाई विषयवस्तु बनाइएको पच्चीसवटा निबन्ध भएको ‘जीवाश्म’ महतत्ववपूर्ण छ । इतिहास, संस्कृति, दर्शनमा रुचि हुनेका लागि यसले धेरै खुराक दिनेमात्र होइन, अनुमानको तथ्यगत पुनर्सिर्जन र तथ्यको अनुमानगत पुनर्सिर्जन गर्नुपर्ने पनि यसले बताउ“छ । अन्धविश्वासभन्दा वैज्ञानिक चिन्तन र प्रामाणिक तर्कले कतिपय पुरातन रूढ चिन्तनमा पुनर्विचार गर्न विवश पार्ने विषय पनि यसको उपलब्धि हो ।
    साहित्यको एउटा विधा निबन्ध हो र यस कृतिको मूल्याड्ढन ऐतिहासिक आलोकमा नै गरिनुपर्दछ । प्रागऐतिहासिक विषयवस्तुको चिरफार गर्ने कला र क्षमतामा निपुणतातर्फको कृतिकार शीतल गिरीको यात्राको यो एउटा महतत्ववपूर्ण उपलब्धि हो ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : आख्यान निबन्धको दोसाँधमा जीवाश्म
आख्यान निबन्धको दोसाँधमा जीवाश्म
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiHQJ9vxOmQzdpfdeHDwABuazJoczRj6eGxZoTXVIVDLNrIUknvahKiQCBctA-mPa-4SbLAc6iFLlK6anUZZeg7-tKaLQL1RGlVQiaSg5zirOyYcCR-fpDGqmeM7gd8sMkC26pwR5O_GZHo/w236-h280/sanjay+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiHQJ9vxOmQzdpfdeHDwABuazJoczRj6eGxZoTXVIVDLNrIUknvahKiQCBctA-mPa-4SbLAc6iFLlK6anUZZeg7-tKaLQL1RGlVQiaSg5zirOyYcCR-fpDGqmeM7gd8sMkC26pwR5O_GZHo/s72-w236-c-h280/sanjay+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/06/blog-post_837.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/06/blog-post_837.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy