राधेश्याम पटेल, परवानीपुर, १४ असार/
भयावह भनिएको सलह कीराले यस वर्ष खासै क्षति गर्न नसक्ने कृषि तथा कीरा विज्ञहरूले बताएका छन् ।
सलह नेपाल प्रवेश गरे पनि उसलाई बस्न र प्रजननका लागि उपयुक्त वातावरण नभएकोले छिट्टै भाग्ने हुँदा क्षति कम हुने भएको हो । मनसुन शुरू भएको, खेतीयोग्य भूमि अधिकांश क्षेत्रमा धान रोपाइँको समय भएको र वर्षे तरकारीबाहेक अन्य कलिलो बाली, बिरुवा खेतमा नरहेकाले खासै क्षति नहुने विज्ञहरूको ठहर छ ।
शनिवार बिहान आकाशै ढाकिने गरी आएको सलह कीराको बथान एकाएक कमजोर भएको छ । उनीहरू अन्यत्र गएको हुन सक्ने गाउँलेहरूले बताएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका विशेषज्ञहरूको टोलीले बाराको निजगढ र सिमरा विमानस्थलको पूर्व खरबुजा फार्मबाट सलह कीरा सङ्कलन गरी अनुसन्धान गरिरहेको केन्द्रका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठले बताए । उनले भने, "सलहले बारामा कतै पनि क्षति पु-याएको छैन, हाल फाट्टफुट मात्र भेटेका छौं, झुन्डमा यात्रा गर्ने कीरा बाराबाट माइग्रेट भई पूर्वी नेपालतर्फ गएको देखिएको छ ।"
यस वर्ष सलह कीरा पूर्वी अफ्रिकाबाट पाकिस्तान र भारतको राजस्थान, महाराष्ट्र हुँदै नेपालमा प्रवेश गरेको विज्ञहरूले बताएका छन् । फट्याङ्ग्रा प्रजातिको यो कीरा एक दिनमा १५० किलोमिटरको दूरीसम्म उडेर यात्रा गर्न सक्छ । एक वर्ग किलोमिटरमा ८० लाखसम्मको सङ्ख्यामा समूह बनाएर उड्ने सलहको एक बथानले दैनिक १० वटा हात्ती वा २५ सय मानिसलाई खान पुग्ने बराबरको बालीनाली खाएर नष्ट गर्न सक्ने कृषि विज्ञहरूको भनाइ छ ।
यो कीरा बिहान सूर्य उदाएपछि दुई घण्टामा सक्रिय हुने र साँझ सूर्य अस्ताएपछि आराम गर्ने गर्छ । राति बाली तथा बोटबिरुवामा विश्राम गर्ने गरेको क्षेत्रीय कृषि अनुसन्धान केन्द परवानीपुरका कीराविज्ञ दीपनारायण महतो बताउँछन् । "बाराबाट भेटिएको सलह कीरा हातको बूढी औला आकारको पहेंलो रङ्गको भेटेका छौं, यो कीराले हरियो झारपात जे पनि खान्छ," उनले भने, "यसको प्रवेश कृषि क्षेत्रका लागि चिन्ताको विषय हो, तर यसपटक यसले खासै क्षति गरेको छैन ।"
कीराविज्ञ महतोले मरुभूमि क्षेत्रमा जीवनचक्र निर्वाह गर्ने सलहले यस वर्ष नेपालमा खासै असर नपार्नेमा आपूmहरू ढुक्क रहेको बताए । "४० डिग्रीभन्दा बढी तापक्रममा यो कीराले फूल पारेर लार्भाबाट कीरा जन्माउँछ, तर नेपालमा वर्षा लागेको हुँदा अब कीराले सङ्ख्या बढाउने वा तत्काल नष्ट गर्न खासै हरियो बाली पनि नभेटाउँदा क्षति गर्ने सम्भावना कम छ," उनले भने, "तापनि हामीले केही नमूना सङ्कलन गरी अध्ययनमा जुटेका छौं ।"
सलह बस्तीबाट चुरेततर्फ सर्दै
जीतलाल श्रेष्ठ/निजगढ
शनिवार बिहान बाराको निजगढका विभिन्न क्षेत्रमा प्रवेश गरेका सलह कीरा नजीकैको वन र चुरे क्षेत्रतर्फ सर्दै गएका छन् ।

हिजो बिहान बाराको सिमरा–निजगढ क्षेत्रमा देखिएको सलह साँझसम्म पूर्व– पश्चिम राजमार्गको उत्तरतर्फ को खेतबारीमा देखिएको थियो । आइतवार दिउँसोदेखि यस क्षेत्रमा सलह कीरा कम देखिएकाले चुरे क्षेत्रततर्फ सर्दै गएको हुन सक्ने राजमार्ग क्षेत्रका बासिन्दाको ठम्याइ छ । पहिलो दिनभन्दा दोस्रो दिन सलह कीरा निकै पातलिएकाले रातिको समयमा सलह कीरा वन चुरेततर्फ लागेको हुन सक्ने निजगढ रामथलीकी कान्छिमाया दोङले अनुमान लगाइन् ।
करीब ५७ वर्षपछि नेपालमा प्रवेश गरेको सलहको बथानले वनजङ्गलका बोटबिरुवाको पात खाएर नष्ट गर्न सक्ने सम्भावनासमेत देखिएको छ । निजगढ नगरपालिकाको चुरे फेद आसपासका बस्ती रतनपुरीको बङ्गजोर, रामथली, कुलिया, डम्बरपुरमा समेत आज फाट्टफुट्ट मात्रै देखा परेको निजगढ–१२ का अध्यक्ष ज्ञानबहादुर गोलेले बताए । सलह कीरा नजीकैको वनजङ्गल क्षेत्र र चुरे पहाडतर्फ गएको हुन सक्ने उनको अनुमान छ ।
अहिले नेपालमा प्रवेश गरेको सलह कीराको केही झुन्ड मात्रै भएको तर ठूलै सङ्ख्यामा प्रवेश गर्ने हो भने बालीनाली, रूखबिरुवाका पातहरू खाई वनजङ्गलै उजाड बनाइदिनसम्म सक्ने कृषि ज्ञान केन्द्र, कलैया, बाराका प्रमुख जितेन्द्र यादव बताउँछन् । सलहको प्रवेशले खेतीबाली वा मानवमा अन्य रोगहरू निम्तिने कुनै खतरा नहुने उनको भनाइ छ ।
सलह नियन्त्रणका लागि सलह बसेको ठाउँमा जाल थाप्ने र विषादी छर्केर नष्ट गर्नुका अलावा थाल वा टिन ठटाएर, आगो बालेर तथा होहल्ला गरेर भगाउन सकिने जानकारहरूको भनाइ छ ।
सलह प्रतिकिलोको रु पचास
जाल थापेर नियन्त्रणमा लिई सङ्कलन गरिएका सलहबापत प्रतिकिलो ५० रुपैयाँ दिने नेपाल एग्रो केमिकल प्रालि कोल्हवी बाराले जनाएको छ । कोल्हवी नगरपालिका वडा नं. २ र निजगढ नगरपालिका वडा नं. ८ बाट सङ्कलन गरिएको सलहबापत सो रकम दिने एग्रो केमिकलले घोषणा गरेको हो । यसरी सङ्कलित सलह सम्बन्धित वडापालिकामार्फत् बुझाउनुपर्ने एग्रो केमिकल बाराका व्यवस्थापक प्रदीप मैनालीले बताए ।

सङ्कलित सलह कीरालाई मासुजन्य परिकारमा प्रयोग गर्न सकिने भएपनि आफूहरूले सो नगरी यसलाई कुहाएर कम्पोस्ट मल बनाउने मैनालीको भनाइ छ ।