मानव सभ्यताको ७० हजार वर्षको इतिहासमा डिसेम्बर, २०१९ मा चीनको वुहान शहरबाट फैलिएको कोरोना अर्थात् कोभिड–१९ ले स्वाइन फ्लू, विफर, महाभूकम्प, विश्वयुद्धभन्दा पनि खतरनाक हिसाबले मानवजातिलाई आतङ्कित बनाएको छ। सम्पूर्ण मानव समुदायलाई नै पिंजडाभित्र कैद गरेको अवस्थामा कोभिड–१९ ले सिकाएको पाठबाट ईष्र्यारहित सामाजिक सद्भाव, सकारात्मक सोच तथा सहिष्णुतासहितको नयाँ समाज निर्माण हुन सक्ला ? कोभिड–१९ ले स्वास्थ्य तथा आर्थिक गतिविधिलाई मात्र डमाडोल नबनाइ हाम्रो समाजको आधारभूत संरचनामैं परिवर्तन ल्याउने प्रायः निश्चित नै छन्।
यस कोभिड–१९ ले गरीब वर्गलाई झन् गरीबीको दलदलमा धकेल्ने छ। जुन कोभिड–१९ को त्राहिमामभन्दा पनि खतरनाक हुनेछ। संसारभर करोडौं मानिसले रोजगार गुमाएका छन्। घरवारविहीन हुने अवस्था सिर्जना भएको छ। यस महामारीले बालबालिका तथा युवाहरूको मनोविज्ञानमा नकारात्मक असर पारेको छ। समाजबाट पीडित दलितलगायत सीमान्तकृत समुदायमा कोभिड–१९ को त्रास लामो समयसम्म रहने निश्चित छ।
क्वारेन्टाइन र आइसोलेशनमा रहेका व्यक्तिबाट समाजमा घृणा, तनाव फैलिन देखिन्छ। जसले गर्दा मदिरासेवनमा वृद्धि भई घरेलु हिंसा वृद्धि हुन जान्छ। यस कोभिड–१९ ले समाजमा असमानतालगायत धार्मिक असहिष्णुता बढ्नेछ। त्यसको फलस्वरूप समाज अशान्ति, अनुशासनहीनतातिर अग्रसर हुने खतरा देखिन्छ। समाजमा विद्यमान ईष्र्या प्रवृत्तिले एकअर्को मानव समुदायबीच वैमनस्यता बढ्ने खतरा देखिन्छ। जब संसारमा मानवजातिमाथि महामारीलगायत अन्य सङ्कटहरू देखिन्छन्, तब प्रकृतिले समाज र युगलाई परिवर्तन गर्न चालेको एउटा सानो सन्देश नै हुन्छ।
कोभिड–१९ ले प्रभाव पारेको समाजलाई उकास्न आर्थिक तथा सामाजिक अवस्था सुदृढ हुनुपर्छ। कुनै पनि चीज आवश्यकताभन्दा बढी छ भने त्यो जहर हुन्छ, महाभारतमा भगवान् श्रीकृष्णले अर्जुनलाई भनेका थिए। समाजमा जब एक व्यक्तिले अर्को व्यक्तिलाई मदत गर्छ र सोको बदलामा त्यो व्यक्तिबाट केही पनि आश नगर्नु नै सही अर्थमा मानवता हो। हामीले आफ्नो अमूल्य समय सामाजिक सञ्जालमा लाइक, कमेन्ट, शेयरमैं व्यतीत गर्छाैं। थोरै समय मानव कल्याणका लागि खर्चिंदा समग्र समाजको संरचना नै परिवर्तन हुन सक्छ।
– ई रामाशङ्कर जयसवाल