जबदेखि कोरोना भाइरस महामारी फैलिएको छ, हरेकले बचाउको लागि अल्कोहलमिश्रित सेनिटाइजरको प्रयोग गर्न सल्लाह दिंदैछन्। यस्तोमा यो प्रश्न उठ्नु स्वाभाविक हो, के अल्कोहल
(रक्सी) पिउँदा कोरोना भाइरस मार्न सकिन्छ ? साथै यो पनि प्रश्न उठ्छ, अल्कोहल भएको सेनिटाइजर पिउँदा शरीरभित्रको कोरोना भाइरसलाई समाप्त गर्न सकिन्छ ?
सबैभन्दा पहिले अल्कोहलबारे जानकारी राखौंः हाम्रो वरपर तीन प्रकारका अल्कोहल उपलब्ध छन्– आइसोप्रोपिल, इथाइल र मिथाइल। यी सबै अल्कोहलको प्रयोग बाहिरी कुनै पनि प्रकारका कीटाणुलाई मार्न गर्न सकिन्छ। यी कीटाणु र ब्याक्टेरियामध्ये कोरोना भाइरस पनि एउटा हो। बढीजसो हैन्ड सेनिटाइजरमा आइसोप्रोपिल र इथाइल (एथनोल) अल्कोहलको प्रयोग हुन्छ।
तसर्थ रक्सी पिउँदा शरीरभित्रको कोरोना भाइरसलाई मार्न सकिंदैन। इथाइल अल्कोहललाई रक्सी भनिन्छ। शरीरभित्र जाने बित्तिकै यस अल्कोहलले आफ्नो डाइजेस्टिभ प्रोसेस ससाना मोलेक्युलमा बदलिन्छ। यस कारण शरीरभित्र अल्कोहल कुनै पनि कीटाणु वा ब्याक्टेरियालाई मार्न सक्षम रहँदैन। हाम्रो शरीरमा अर्बौं ब्याक्टेरिया हुन्छन्, जुन शरीरभित्र आउने तरल र खानालाई पचाउँछन्। यस कारण शरीरभित्र रक्सीले भाइरसलाई मार्न सक्दैन।
तसर्थ दुई प्रकारका अल्कोहल गल्तीले पनि पिउनुहुँदैन। वैज्ञानिकका अनुसार आइसोप्रोपिल अल्कोहल र मिथाइल अल्कोहललाई गल्तीले पनि पिउने प्रयास गर्नुहुन्न। यी दुई अल्कोहल निकै खतरनाक हुन्छन् र यसलाई पिउँदा व्यक्तिको मृत्यु पनि हुन सक्छ। यस प्रकार हैन्ड सेनिटाइजरलाई पिउनु ज्यानलाई जोखिममा पार्नु हो। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)