$type=ticker$count=12$cols=4$cate=0

जीवनको उद्गमलाई नबिर्सौं

SHARE:

    जीवनको उद्गम स्रोत नाभि (नाइटो) हो र जीवनको उद्गमको प्रक्रिया श्वास हो। नाभि हाम्रो जीवनको केन्द्र हो, धुरी हो। यसको विना जीवनको कल्पना पनि सम्भव छैन। नाभि छ भने जीवन छ र श्वास छ भने जीवनको प्रक्रिया सुचारुरूपले सञ्चालित एवं परिचालित भइरहन्छ। जीवनको आरम्भ, जीवनको सुरुआत हाम्रो नाभिबाट भएको हो। अतः जीवनको अन्तिम कुनासम्म पुग्नको लागि हामी आफ्नो नाभिसम्म पुग्नुपर्छ, जीवनका सबै वस्तुलाई, सबै स्मृतिलाई तत्वबाट जान्नको लागि नाभिसम्म पुग्नुपर्छ। जीवनको प्रक्रियालाई बुझ्न, जीवनको प्रकृति एवं विधानलाई बुझ्नको लागि श्वासलाई बुझ्नुपर्छ। दुर्भाग्यवश हामी अहिले यी दुईप्रति घोर लापर्बाह एवं बेहोस बनिरहेका छौं।
    जन्म लिएपछि जसलाई हामीले सबैभन्दा बढी याद राख्नुपर्छ, त्यसलाई नै बिर्सिन्छौं, त्यसको महत्वलाई बिर्सिन्छौं। जसलाई हामी बिर्सिन्छौं, त्यो नाभि हो। हामी सोच्छौं कि जीवनको लागि सर्वाधिक महत्वपूर्ण हृदय हो र यसपछि मस्तिष्क हो। हामी आफ्नो मिर्गौला, कलेजोलाई याद राख्छौं, स्पाइनल कर्डलाई पनि याद गर्छौं तर नाभिको पनि महत्व छ, यो बिर्सिन्छौं। जबकि नाभि नै जीवनको मूल हो, नाभि नै जीवनको आविर्भावको केन्द्रबिन्दु हो। यसको विना जीवनको विकासको परिकल्पना सम्भव छैन।
    बच्चा जब आमाको गर्भमा आउँछ, जब गर्भको निर्माण प्रारम्भ हुन्छ, तब पहिलो विखण्डन हुन्छ, पहिलो खाँचा बन्छ, त्यो नाभि हो। यस नाभिबाट बच्चा आमाको गर्भसँग जोडिएर रहन्छ र त्यसपछि उसको शरीरको रचना शुरू हुन्छ। जसरी माकुराले जाल बुन्छ, त्यसैगरी नाभिको वरपर एउटा जालको निर्माण हुन्छ र त्यस जाल बुनिएपछि लिङ्ग निर्धारण हुन्छ, त्यसलाई जाइगोट भनिन्छ र त्यसपछि विभाजन प्रारम्भ हुन्छ। यस अवस्थालाई ब्लास्टोसिड भनिन्छ। गर्भको पहिलो महीनामा नै प्लेसेन्टाको निर्माण हुन्छ। यही त्यो नाभि हो, जसबाट गर्भस्थ शिशुलाई माताद्वारा पोषण प्रदान हुन्छ। यसद्वारा शिशुले माताबाट पोषण पनि प्राप्त गर्छ र अवशिष्ट पदार्थहरू उत्सर्जन गर्छ।
    अंबिलिकस अर्थात् नाभिको निर्माणपछि नै शिशुको अनुहार बन्न थाल्छ, जसमा आँखाको निर्माण शुरू हुन्छ। त्यसपछि मुख, घाँटी इत्यादि बन्छ। प्रथम महीनामा नै रक्तकोशिका बन्छ र रक्तको परिसञ्चरण हुन थाल्छ। शिशुको हृदय बन्छ र यो सानो हृदय प्रतिमिनेट ६५ पटक धडकिन शुरू गर्छ। यस अवस्थामा यसको आकृति एउटा चामलको गेडासमान हुन्छ। दोस्रो महीनामा मस्तिष्क बन्न थाल्छ र यसैसाथ स्नायुतन्त्रको विकास हुन थाल्छ। हातखुट्टाको औंला बन्न थाल्छ। पाचन संस्थान एवं हाडको निर्माण पनि प्रारम्भ हुन्छ। आठौं सातासम्म यो एक इन्चको हुन पुग्छ।
    तेस्रो महीनामा शिशुले मुख खोल्न रबन्द गर्न शुरू गर्छ। मुखको निर्माण हुन थाल्छ। कलेजोबाट बाइल स्राव हुन थाल्छ। चौथो महीनामा बच्चाको हृदयको ढुकढुकी सुनिन्छ। प्रजनन तन्त्र पूर्णरूपले बन्छ र नाभि निर्माणपछि नै उसको लिङ्गको निर्धारण गर्न सकिन्छ। यस अवस्थामा यो ६ इन्चको हुन्छ र यसको वजन ४ औंसको हुन्छ। पाँचौं महीनामा यो १० इन्च लामो एवं एक पाउन्डको हुन्छ। छैटौं महीनामा शिशुले आँखा खोल्न र बन्द गर्न शुरू गर्छ। सातौं महीनामा सुन्न थाल्छ र आमाको कथा सुन्न थाल्छ। जन्मभन्दा पहिले उसले साँस लिन शुरू गर्छ।
    यस प्रकार आमाको गर्भमा सबैभन्दा पहिले नाभिको निर्माण हुन्छ र जन्मभन्दा पहिले श्वास लिन शुरू गर्छ। यस प्रकार गर्भमा यो प्रक्रिया स्वसञ्चालित हुन्छ। यस्तो होइन कि त्यहाँ कोही बसेर कार्य गर्न थाल्छ। त्यसको साथै बच्चामा मातापिताको शरीरको प्रतिकृति तयार हुन्छ। यो प्रतिकृति हाम्रो जीनले तयार गर्छ, हाम्रो डिएनए, आरएनए, जेनेटिक कोड तयार गर्छ। जेनेटिक कोडले आफ्नो काम गर्छ र हेर्दाहेर्दै बच्चामा आफ्नो मातापिताको गुण आइपुग्छ। यसै कारण बच्चामा आफ्नो मातापिताको लक्षण देखिन्छ। यसलाई आनुवांशिक गुण भनिन्छ, जुन पीढी–दर–पीढी जीनको माध्यमबाट प्रभावित भइरहन्छ, तर यो तयारी जहाँबाट शुरू हुन्छ, त्यो हाम्रो नाभि हो।
    अहिलेसम्म बच्चा जो जीवन जिउँछ, ऊ माताको गर्भमा जिउँछ, उसले जुन जीवन पाएको छ, जीवनको लागि जुन संसाधन उसले पायो, जीवनको जुन उपलब्धता उसले पायो त्यो गर्भनालद्वारा नै पाएको हो। त्यसपछि अब पुनः नयाँ कुरा हुन्छ। जब त्यो बाहिरी वातावरणमा आइपुग्छ, आमाको गर्भबाट बाहिर आउँछ, ऊसँग आमाद्वारा दिइने संसाधन हुँदैन। अब उसले दूध पिउनुपर्छ, श्वास पनि फेर्नुपर्छ, अब उसको जीवनको सबै क्रियाकलाप उसले स्वयम्ले नै गर्नुपर्छ। यस प्रकार साँस लिने प्रक्रियादेखि धर्तीको जीवन बाहिरी संसारको जीवन आरम्भ हुन्छ। यस प्रकार नाभि र श्वासको प्रक्रियाप्रति हामीलाई होस हुनुपर्छ र होसको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो कि संसारमा यस अभूतपूर्व दृश्यमा नहराउनेस किनभने जे देखिएको छ, त्यो त दृश्य हो र जसले देखिरहेको छ, त्यो द्रष्टा हो।
    द्रष्टा दृश्यमा हराउनुहुँदैन, विलीन हुनुहुँदैन। यस्तो स्थितिमा नै होस हुन्छ तर जहाँ होस हुनुपर्छ, त्यहाँ हामी सबैभन्दा बढी बेहोस हुन्छौं। हामीले सबैभन्दा बढी बेहोसी जहाँ राखेका छौं, त्यो नै नाभि हो। हामीलाई थाहा छैन कि नाभिमा के छ के छैन ? र दोस्रो कुरा जसप्रति हामी बेहोस छौं, त्यो हो हाम्रो श्वासप्रश्वासको प्रक्रिया। हामीले यी दुईलाई बिर्सिदिएका छौं। हामी जीवनको उद्गम केन्द्र नाभि एवं यसको प्रक्रिया श्वासप्रश्वासलाई बिर्सिदिएका छौं। हामी होसमा आउनुपर्छ। होसमा आउँदा एउटा नयाँ कुरा पैदा हुन्छ। हाम्रोभित्र एउटा नयाँ बुझाइ पैदा हुन्छ। श्वासप्रश्वास आउने–जाने क्रममा जब हामी सजगता अपनाउँछौं, होसमा आउँछौं, तब हाम्रो मन स्वाभाविकरूपले स्थिर हुन थाल्छ। यसलाई प्राणायामको सरल सिद्धान्त पनि भन्न सकिन्छ। श्वास जति अनियन्त्रित हुन्छ, मन त्यत्तिकै अस्थिर र चञ्चल हुन्छ र यसको विपरीत श्वासप्रति जति सजगता हुन्छ, मन त्यत्तिकै स्थिर एवं शान्त हुन्छ।
    तन स्थिर हुनेछ भने मन स्थिर हुनेछ र तनको एकमात्र सामान्य र अनवरत् प्रक्रिया हो– श्वासप्रश्वास। श्वासलाई सजगताले हेर्नुपर्छ कि यो छातीसम्म गइरहेको छ वा त्यसभन्दा पनि गहिरो नाभिसम्म पुगिरहेको छ। श्वासलाई नाभिसम्म लिनुपर्छ। यसबाट जीवनको अवरुद्ध ऊर्जा मुक्त हुन्छ, जीवनको अनगिन्ती बन्धन चुँडिन्छ र गाँठो फुक्छ। श्वासलाई जब नाभिसम्म पु–याइन्छ, मनको परत खुल्दै जान्छ।     श्वासप्रति यस सजगताले मनमाथि चढेको अँध्यारोको परत स्वतः हट्न थाल्छ, परत–दर–परत अँध्यारो हट्छ र मनमा, जीवनमा नयाँ ढोका उघ्रिन्छ। यसबाट नयाँ ऊर्जाको विकास हुन्छ, नयाँ चेतनाको विकास हुन्छ, जीवन सर्वथा निर्भार एवं निष्काम हुन्छ। अतः हामी आफ्नो नाभि र श्वासप्रति सजग र सचेत रहनुपर्छ र श्वासलाई सजगताका साथ नाभिकेन्द्रसम्म पु–याउनुपर्छ।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : जीवनको उद्गमलाई नबिर्सौं
जीवनको उद्गमलाई नबिर्सौं
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/06/blog-post_688.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/06/blog-post_688.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy