राधेश्याम पटेल, वीरगंज, १६ असार/
नेपाल धान उत्पादनमा आत्मनिर्भर नभएकोले बर्सेनि भारतबाट करीब ३६ अर्ब मूल्य बराबरको धान आयात गरिन्छ। बर्सेनि अर्बौ रुपैयाँ बाहिरिंदा नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्छ। भारतबाट बासमती र कतर्नी धान अत्यधिक मात्रामा आयात हुन्छ। बासमतीभन्दा कतर्नी आयातको परिमाण ठूलो देखिन्छ। अहिले भारतबाट अर्बौंको धान आयात रोक्न नेपालमैं उन्नत जात सिफारिश भएको छ। कृषि अनुसन्धान परिषद्का वैज्ञानिकहरूले केही वर्षदेखि गरेको अनुसन्धानपछि बासमती र कतर्नी धानको विकल्पमा दुईवटा उन्नत जात सिफारिश भएको हो।
क्षेत्रीय कृषि अनुन्धान केन्द्र परवानीपुरका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठका अनुसार एक महीना पहिले कृषि अनुसन्धान परिषद्–नार्कले दुईवटा बासमती र कतर्नी जात सिफारिश गरेको छ भने हर्दिनाथकै दुईवटा हाइब्रिड जात पनि सिफारिश गरेको जानकारी दिए।
“केही दशकदेखि नेपालमा भारतबाट आयात दिन प्रतिदिन बढ्दै गएको छ, यसलाई रोक्न स्वदेशी उन्नत जातको बासमती र कतर्नी धान सिफारिश भएर आएको छ,” उनले भने, “यसले नेपाली किसानको मागलाई सम्बोधन गर्छ, अब भारतबाट आयातको सट्टा नेपालमैं पर्याप्त मात्रामा धान फलाउन बीउमा ध्यान दिनुप–यो, उत्पादन आफैं बढ्छ।” उनले प्रतिकट्ठामा १६६ किलो उत्पादन क्षमताको बासमती धान–‘शुद्धोधन कालानमक’ र प्रतिकट्ठा १३३ किलो उत्पादन हुने कतर्नी धान–‘हर्दिनाथ सभा’ सिफारिश भएर आएको चर्चा गर्दै हर्दिनाथ हाइब्रिड १ र हर्दिनाथ हाइब्रिड ३ पनि सिफारिश भएर आएको केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत एवं सूचना अधिकारी राजेन्द्रप्रसाद यादवले जानकारी दिए। उनका अनुसार उन्नत तथा गुणस्तरीय बीउको अभावमा नेपाली किसानले मेहनत गर्दा पनि सोचेअनुरूप धान उत्पादन गर्न नसकेको अवस्थामा बासमती, कतर्नी र सोना मन्सुली अर्थात् हर्दिनाथका दुईवटा वर्णशङ्कर (हाइब्रिड) धान सिफारिश भएकोले आगामी दिनमा धान उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरे।