प्रस, जनकपुरधाम, १५ असार/
सर्लाही जिल्लाको धनकौल गाउँपालिका वडा नं २ मा नेकपा र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित २१ जना घाइते भएका छन्।
आइतवार साँझ नेकपा र नेकाका कार्यकर्ताबीच दलगत झडप भएको र सो क्रममा दुवै पक्षका कार्यकर्तासमेत तीनजना प्रहरी पनि घाइते भएका छन्। प्रहरीका अनुसार सामान्य विषयमा भनाभन हुँदा झडप भएको हो। धनकौल–२ का १६ वर्षीय युवक राजीवकुमार साह ट्याक्टर लिएर नहरतर्फ जाँदा अर्को पक्षका युवकले बाटोमा मोटरसाइकल राखेको विषयमा विवाद शुरू भएको थियो। राजीव नेकपा पक्षधर हुन्। दिनभरि खेतीको काम गरेर नहरमा ट्याक्टर धुन गएका राजीवलाई नेका पक्षका ६/७ जनाले बाटो छेकी कुटपीट गरेका थिए। सोही झगडाले दलगत रूप लिएको प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी गराएका छन्।
दुवै पक्षका १५० जनाभन्दा बढीको सङ्ख्यामा भेला भएर ढुङ्गा हानाहान गर्न थालेपछि सोही क्रममा भरुवा बन्दूकबाट गोलीसमेत चलेको प्रहरीले जनाएको छ। झडपलाई नियन्त्रण गर्न घटनास्थल पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमध्ये तीनजना प्रहरीसहित २१ जना घाइते भएका हुन्।
घाइते हुनेमा सुरक्षाकर्मीतर्फ प्रहरी नायब निरीक्षक राजकुमार यादव, प्रहरी हवल्दार रामबाबू साह र प्रहरी जवान तिलक मगर छन्। त्यसैगरी, गोलीको छर्रा लागेर घाइते भएकाहरूमा नेकपा पक्षका सञ्जीव यादव, राकेशकुमार सिंह, रामविनय पासवान, सुनीलकुमार साह, नितेशकुमार सिंह, विजयकुमार साह, विलासी राय, रामचन्द्र हजरा, अरुणकुमार राय, मोहमद शेख, विजय सिंह, महबुब अन्सारी, सुरजकुमार सिंह, सुनील महतो र नागेश्वर सहनीसमेत १५ जना छन्।
काङ्ग्रेस समर्थकतर्फ घाइते हुनेमा लक्ष्मण साह, रणधीर राजन वर्मा र बैधनाथ सहनीसमेत तीनजना छन्। घाइतेहरूको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिए। रातिको बेला भएकोले गोली कसले चलायो भन्ने यकीन भएको छैन। शङ्काको आधारमा सोही स्थान निवासी २९ वर्षीय मुकेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी नेका पक्षधर भएको बताइएको छ। घटना गराउन उद्धत र कुटपीट गरेर फरार भएका केही व्यक्तिहरूको खोजतलाश भइरहेको प्रदेश प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरी र दुवै दलका बयान फरक–फरक आएका छन्। नेकपा पक्षको भनाइ अनुसार जिल्लाको रामनगर गाउँपालिकामा नेकपा कार्यकर्ताको हत्याविरुद्ध आइतवार साँझ नेकपाले मशाल जुलुस निकालेको थियो। जुलुसमा काङ्ग्रेस कार्यकर्ताले गोली चलाएको नेकपाका स्थानीय नेता अजय सिंहको आरोप छ। जुलुसमा सहभागी नेता तथा कार्यकर्तालाई गोलीको छर्रा लागेको र लाठी प्रहारबाट केही नेता, कार्यकर्ता घाइते भएको सिंहले बताए।
यता नेपाली काङ्ग्रेसले भने नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाएको छ। मशाल जुलुसमा सहभागी नेकपाका कार्यकर्ताले काङ्ग्रेस कार्यकर्ताको घरअगाडि आएर टायर बाल्नुका साथै नेका कार्यकर्तामाथि कुटपीट गरेपछि प्रतिकार गरिएको नेपाली काङ्ग्रेसका नेता तथा प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले बताएका छन्।