चिरञ्जीवी सापकोटा, ठोरी १५ असार/
धानको बीउ राखेको एक महीनाभन्दा पनि बढी समय हुँदासमेत धान रोप्न नपाएपछि आकाशे पानीको भरमा धान रोप्नुपर्ने ठोरीका किसानहरू चिन्तित हुन थालेका छन्। सिंचाइ सुविधा भएको ठाउँका किसानहरूले धान रोपाइँ गरिसकेका र असारको मध्य हुँदासमेत पर्याप्त वर्षा नहुँदा सिचाइ नभएको ठाउँमा धान रोपाइँ हुन नसकेको हो।
ठोरी गापाको सिंचाइ सुविधा नभएका वडा ३ को नयाँबस्ती, वडा ४ को निर्मलबस्ती, आठघरे, विजयबस्ती, फायरलाइन, ठाडोलाइन, सुन्दरटोललगायतका ठाउँ र वडा नं ५ को ठूलो बाघमोर्चाका अधिकांश किसानहरूको खेत असारको दोस्रो साता बितिसक्दा पनि बाँझो नै छ। सिंचाइ सुविधा नभएको ठाउँका कतिपय किसानले यसअघिको हल्का वर्षामा कोदो रोपेझैं सुक्खा खेतमा धान रोपाइँ गरेका भएपनि अधिकांश किसान धान रोप्न आकाशको पानी कुर्नुपर्ने बाध्यताको कारण रोपाइँमा ढिलाइ भएको दुःखेसो गर्छन्। अघिल्लो वर्ष यतिबेला रोपाइँ सकेका किसानहरूले यस वर्ष पनि असारको दोस्रो सातासम्म रोपाइँ सक्ने आशामा जेठको पहिलो साता धानको बीउ राखेका थिए। धानको बीउ बूढो भएर ब्याडमा नै फुल्न लाग्दा पर्याप्त पानी नपरेपछि धान रोप्न नसकिएको वडा नं ४ का किसान घनश्याम रिसालले बताए। उनले बितेको जेठ ४ गते धानको बीउ राखेका थिए। बीउ राखेको एक महीनाभन्दा लामो समय बितिसक्दा पनि रोपाइँ गर्न नपाएपछि उनले धान उत्पादनमा कमी हुन सक्ने बताए। रोपाइँका लागि धानको बीउ राखेको ब्याडमा नै बीउ हलक्क बढेकोले अब रोप्दा धान उत्पादन घट्ने सोही वडाका अर्का किसान रत्नबहादुर श्रेष्ठ बताउँछन्। अघिल्लो वर्ष असारको दोस्रो सातासम्म धान रोपेर हरियो देखिने खेतमा यो वर्ष झार फुलेको किसान श्रेष्ठ बताउँछन्। असार मसान्तसम्म रोपाइँ गर्दा पनि धान उत्पादन राम्रै हुने भएपनि बीउ छिप्पिएकोले उत्पादन घट्ने चिन्ताले सताएको उनी बताउँछन्।
“धानको बीउ छिप्पिसक्यो, रोपाइँ गर्न सकिएको छैन,” किसान श्रेष्ठले भने, “बीउ कलिलो भएको भए असार मसान्तसम्म रोप्दा पनि हुन्थ्यो।” पहिले राखेको धानको बीउ मासेर नयाँ बीउ राख्न पनि समय नभएको र रोपाइँ पनि गर्न नसकिएको वडा नं ३ का किसान सूर्य थिङले बताए।
आज देशभर राष्ट्रिय धान दिवस मनाइरहँदा झार फुलेको बाँझो खेत हेर्नुपर्दा दिक्क लागेको ठोरीका किसानहरू बताउँछन्। ब्याडमा बीउ तयार भएपनि पर्याप्त पानी नपर्दा धान रोप्न नपाएर चिन्तामा परेको वडा नं ४ की किसान पूजा तामाङ बताउँछिन्। बोरिङ र कुलो सञ्चालन भएका ठाउँका किसानको खेत रोपाइँ सकेर हरियो हुँदासमेत आफ्नो खेतमा झार फुलेको देख्दा मन नै कुडिएको उनले दुःखेसो पोखिन्।