झन्डै सात वर्ष भयो, तिलावे पुल निर्माण शुरू भएको। यसबीच देशमा तीनवटा सरकार परिवर्तन भइसक्यो, तर पुलको एउटा मात्र, त्यो पनि अधूरो, पाया तयार भएको छ। यो पुल नदी तर्नका लागि मात्र होइन, पर्सा जिल्लालाई सदरमुकामसँग जोड्ने एउटा मात्र माध्यम हो। पर्सा जिल्लाको सघन बस्तीहरू र लाखौं मानिसको आजीविकाका लागि सदरमुकामसम्म पहुँच दिने माध्यम पनि हो। विगतमा यस पुल भएर हुलका हुल मानिसहरूको आवागमन हुने गरेको दृश्य देशका शायद नै कुनै ठूला समाचारपत्रको पानामा नछापिएको होला। मिल–कारखानामा काम गर्ने मजदूर–कर्मचारी, निजी क्ष्Fेत्रमा काम गर्ने मानिस, दैनिक ज्यालादारीका लागि शहर पस्ने मानिसहरूको ठूलो जमात यस पुलमाथि निर्भर छ। किसानका लागि मल–बीउ, रसायन, कृषि उत्पादन बिक्रीका लागि पनि यही मात्र पुलले भरथेग गर्दै आएको छ। एक लेनको पुरानो पुल जर्जर भई कति बेला ढल्ने हो भन्न सकिन्न। तिलावे पुल पार गर्न बिहान मात्र होलो हुने र दिनको आरम्भदेखि रात नढल्दासम्म आधा घण्टा त लाग्छ नै।
पुल बन्न किन विलम्ब भइरहेको छ, त्यो रहस्य होइन। त्यहाँ न कुनै जटिल भौगोलिक अवस्था छ, न अन्य कुनै अवरोध। नयाँ बन्न लागेको पुल पुरानोसँग टाँसिएर बन्न लागेकोले पायाका लागि गहिरो खन्दा पुरानोलाई धक्का पुग्छ भनेर डाइभर्सन बनेको एक वर्ष बढी भइसकेको छ। तर एक वर्षमा माटो काट्ने कामबाहेक केही हुन सकेन। एक वर्ष पहिले तत्कालीन प्रजिअले निकै प्रयत्न गरे– निर्माण कम्पनीलाई कारबाई गरे, उसका समस्त बाधा पन्छाइदिने काम गरे। डाइभर्सनका लागि व्यवस्था पनि आफैंले गरिदिए तर काम भने अगाडि बढ्न सकेन। न निर्माणकर्तालाई कुनै तातोछारो लाग्यो, न निर्माण पूरा गराउने जिम्मा लिएको सरकारी निकायलाई कुनै पिरलो भयो। सास्ती भोग्यो मात्र जनताले। सरकारका यस्तै सास्तीविरुद्ध जनताले २००७ सालदेखि आज ७० वर्षको अन्तरालमा कैयौं आन्दोलन गरिसकेको छ। तीनपटक सत्ताको ढाँचा नै परिवर्तन भइसकेको छ। तर समस्या भने ज्यूँका त्यूँ छ। सात वर्षमा एउटा जाबो पुल बन्दैन, २० वर्षमा एउटा खानेपानी आयोजना पूरा हुँदैन, हाय रे नेपाल सरकार १
शायद जनताले नै सरोकार नराखेको हुन सक्छ। सडक दुर्घटना हुँदा चक्काजाम हुन सक्छ, एक चिया पोखिएको निहुँमा यातायात बन्द हुन सक्छ, हिजोको परम्परा तोडियो भनेर दर्जनौं मानिसको हत्या हुन सक्छ तर सबैको सरोकारको कुरा, लाखौं पर्सेली नागरिकले भोगिरहेको सास्तीको कुरा न कुनै राजनीतिक दलको सरोकारको विषय बन्न सक्छ, न दुःख भोगिरहेको नागरिककै। खासगरी नेपाली काङ्ग्रेस र मधेसी दलहरूले यसमा चासो देखाउनुपर्ने हो। तर नेपाली काङ्ग्रेस कुनै पनि समस्यामा ज्ञापनपत्र बुझाएर आफ्नो दायित्व समाप्त भएको ठान्दछ र मधेसी दलहरूलाई मधेसका जनतासँग होइन, सत्तामा पुग्ने मुद्दाबाहेक अरूमा रुचि भएको देखिंदैन। अहिले वर्षाको बेला छ। नयाँ पुल निर्माण गर्न भनेर पुरानो पुलको सडकसँग सम्बन्ध विच्छेद गरिएको थियो, अहिले त्यसैमा पुनः माटो भरेर आवागमन भइरहेको छ। यसले अति सवारी चाप रहेको सो पुलमा कुनै दुर्घटना ननिम्तिएला भन्न सकिन्न। दुर्घटना भएपछि भने सबै दलले कोकोहोलो मच्याउनेछन्, दुर्घटना नै नहोस् भन्नेतिर कसैको ध्यान गएको छैन।