प्रमोद यादव, पंचगावाँ, १६ असार/
नेपाली सेना र वनगस्ती टोलीले एकजना शिकारीलाई हतियारसहित पक्राउ गरेको जनाएका छन्। राष्ट्रिय निकुञ्जको सुरक्षामा खटेका सेना र राष्ट्रिय वनको सुरक्षामा खटेका सबडिभिजन वन कार्यालय मधुवन मथवल, बढनिहारको टोलीले सखुवाप्रसौनी गाउँपालिका–१ राष्ट्रिय वनसँग जोडिएको औराहा टोल निवासी लछुमन माझी मुसहरलाई जङ्गली जनावरको शिकार गरेर भागबन्डा गरेको अवस्थामा पक्राउ गरेको वन कर्मचारीले बताए।
माझीसहित पाँचजनाको समूहमा शिकारी रहेको तर अन्य फरार भएका वन कर्मचारीले दाबी गरेका छन्। माझीबाट बा–ह बोरको एकनाले बन्दूक, खुकुरी, अचानो र केही अंश जनावरको मासु बरामद भएको छ। वन कर्मचारीले भागबन्डा लगाइसकेको कारण केही अंश मासु बरामद भएको दाबी गरेका छन्।
पक्राउ परेका माझीलाई सबडिभिजन वन कार्यालय मधुवन मथवल बढनिहारमा राखिएको र डिभिजन वन कार्यालय पर्सामा पठाउने बताइएको छ। पक्राउ परेका माझीले भने आफूलाई फसाएको बताए। उनले भाइ भरत माझीको घर कहाँ छ भनेर सेना र वन कर्मचारीले सोधेको र आफूलाई उसको घर देखाउन सहयोग मागेकोमा पछि फसाएको आरोप लगाएका छन्।
घटना सम्बन्धमा डिभिजन वन कार्यालय पर्साका प्रमुख राजेश्वरमान श्रेष्ठसँग बुभ्mदा उनले छानबीनको जिम्मा सहायक वन अधिकृत फरमान मियाँलाई दिएको बताए। सहायक वन अधिकृत मियाँले भने भरत माझीसँगै लछुमन माझीले पनि शिकारको अंश बुझेको पाइएपछि पक्राउ गरेको दाबी गरे। उनले दुवैको घर टाँस्सिएको र शिकारमा लछुमन अंशियार भएको कारण पक्राउ गरिएको प्रस्ट्याएका छन्।