प्रस, वीरगंज, १५ असार/
प्रहरीले दशवटा भैंसी र पाडासहित तीनजना मानिसलाई नियन्त्रणमा लिएको छ।
धोबिनी गाउँपालिकाको जानकीटोलाबाट एउटा भैंसी र पाडासहित बहुदरमाई नगरपालिका–५ पटनी बस्ने रामाशङ्कर यादवलाई प्रहरीले पक्राउ गरेको छ।
यसैगरी, दुईवटा भैंसी र तीनवटा पाडासहित जगरनाथपुर गापा–१ पाँडेपुरबाट पोखरिया नपा–६ बस्ने युनिस अन्सारीलाई पक्राउ गरेको छ भने दुईवटा भैंसी र एउटा पाडासहित पकाहामैनपुर गापा–५ सबैठवाका देवीलाललाई पक्राउ गरिएको इप्रका पोखरियाका प्रनि चन्द्र सिंहले बताए।
उनीहरूलाई वीरगंज भन्सार कार्यालयले कोरोना परीक्षण नगरिएको कारण बुझ्न नमानेको उनले बताए। खुला सीमाको कारण अहिले भारतबाट भैंसी, पाडाहरू भित्रिने क्रम बढेको छ। भारतबाट भित्रिएको कारण उनीहरूको कोरोना परीक्षण नगर्दा समस्या हुने भएकोले वीरगंज भन्सार कार्यालयले बुझ्न नमानेको हो। भारतबाट भित्रिएकाहरूको हकमा क्वारेन्टाइनमा राखेर स्वाब नमूना परीक्षण गर्ने प्रावधान छ। तर प्रहरीले पक्राउ गरेकाहरूलाई सीधैं भन्सार कार्यालय बुझाउँदा भन्सारले बुझ्न नमानेको हो।