नेपाल नाई सङ्घ पर्सा र ब्युटिसियन सङ्घ पर्साले वीरगंजको घण्टाघरमा आइतवार व्यवसाय सञ्चालनको माग गर्दै प्रदर्शन गरेका छन् ।
घण्टाघरमा भेला भएका नेपाल नाई सङ्घ पर्सा र ब्युटिसियन सङ्घ पर्साका अध्यक्षहरू क्रमशः निसार अहमद र उर्मिला थापाले सरकारले व्यवसाय सञ्चालनको सूचीमा नाई र ब्युटिसियनलाई नराखेको कारण अहिले व्यवसाय सञ्चालनमा अप्ठेरो भएको बताए ।
उनीहरूले सरकारले व्यवसाय सञ्चालनमा रोक लगाउने हो भने घरभाडा, बैंकको ब्याजका साथै व्यवसायमा संलग्नहरूको घर सञ्चालन गर्ने व्यवस्थासहितको राहत दिनुपर्ने माग गरेका थिए । लकडाउन खुकुलो भएसँगै अन्य व्यवसायभैंm आपूmहरूको व्यवसायमा पनि कोरोना भाइरसबाट जोगिने सुरक्षाका उपायहरू अवलम्बन गरेर सञ्चालन अनुमति दिनुपर्ने उनीहरूले माग गरे ।
नाई सङ्घका अध्यक्ष अहमदले यसअघि पनि जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको तर नाईहरूको सन्दर्भमा कुनै निर्णय नभएको कारण अहिले व्यवसाय सञ्चालनमा निकै कठिनाइ भोग्नुपरेको बताए । तीन महीना अवधिको लकडाउनमा व्यवसाय बन्द हुँदा पर्सा जिल्लामा रहेका करीब पाँच सय नाई आर्थिक समस्यासँग जुधिरहेको उनले बताए ।
उनले वीरगंज महानगरपालिकामा मात्र तीन सयको सङ्ख्यामा नाईहरू पेशामा आबद्ध रहेका र अहिले उनीहरूलाई निकै समस्या भएको बताए । लुकीछिपी, डर, भय र त्रासमा कतिञ्जेल पेशा सञ्चालन गर्ने भन्दै अहमदले नाईहरूलाई निर्बाध पेशा सञ्चालनको अवसर प्रदान गर्न माग गरे ।
यसैगरी, ब्युटिसियन सङ्घ पर्साकी अध्यक्ष थापाले पर्सा जिल्लामा ३३० जना ब्युटिसियन रहेका र उनीहरूले चरम आर्थिक समस्या भोगिरहेको बताइन् । हामी पसल बन्द गर्न तयार छौं तर हाम्रो घरखर्च सरकारले धान्ने गरी आर्थिक प्याकेजको व्यवस्था गर्नुपर्ने माग गरिन् ।