दक्षिण भारतका हास्य कलाकार ब्रह्मानन्दम लोकप्रिय कलाकार हुन्। ब्रह्मानन्दमले एकै भाषामा सात सयभन्दा बढी चलचित्रमा काम गरेर रेकर्ड बनाइसकेका छन्। यसको लागि सन् २००७ मा उनको नाम गिनिज बूक अफ वल्र्ड रेकर्डमा पनि दर्ता भएको छ।
एकपटक कलेजमा भएको नाट्य प्रतियोगितामा उनले बेस्ट सपोर्टिङ आर्टिस्टको अवार्ड पाए। त्यसपछि नाटकप्रति उनको रुचि झनै बढ्यो। ब्रह्मानन्दम ‘मोद्दाबाई’ नामक एउटा नाटकमा अभिनय गरिरहेका थिए। त्यतिबेला तेलुगु चलचित्रका निर्देशक जन्धयालाको नजर उनीमाथि प–यो। जन्धयाला उनको अभिनयदेखि निकै प्रभावित भए र उनले ‘चन्ताबाबाई’ चलचित्रमा एउटा सानो भूमिका दिए। यहीबाट ब्रह्मानन्दमको चलचित्र यात्रा शुरू भयो।
त्यसपछि ब्रह्मानन्दमले जन्धयालाको दोस्रो चलचित्र ‘आहा न पेल्लानता’मा पनि काम गरे। यस चलचित्रमा ब्रह्मानन्दमको अभियनलाई धेरैले मन पराए। ब्रह्मानन्दमले यस चलचित्रबाट लोकप्रियता कमाए। उनले दक्षिणको एक हजारभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। ब्रह्मानन्दम दक्षिण चलचित्र उद्योगका सबैभन्दा लोकप्रिय हास्य कलाकार हुन्। उनले आफ्नो लोकप्रियतालाई देखेर शुल्क पनि बढाएका छन्। अब उनले एउटा चलचित्रमा काम गर्न भारु १ करोड लिने गर्छन्। ब्रह्मानन्दम दक्षिणको सबैभन्दा महँगा हास्य कलाकार पनि हुन्। – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)