दक्षिण–पश्चिमी पेरू जहाँ एन्डिज र अमेजनको सङ्गम हो, त्यहाँ मानु नेशनल पार्क छ। १५ लाख हेक्टरमा फैलिएको यो पार्क धर्तीको सबैभन्दा बढी जैव विविधताले भरिएकोमध्ये एउटा हो। यस पार्कमा सदैव कुहिरो लाग्छ र यहाँ मानिसको आउजाउ कम हुन्छ। नदी पार गरेर, जगुआर र प्युमासँग जोगिंदै जब तपाईं वर्षावनको घना जङ्गलमा पुग्नुहुन्छ, तब त्यहाँ सिनकोना अफिसिनैलिसको केही बचेका प्रजातिहरूलाई देख्न सक्नुहुन्छ।
जसलाई यी रूखको बारेमा थाहा छैन, उसको लागि वर्षावनको सघन भूलभुलैयामा १५ मिटर लामो सिनकोना रूखलाई चिह्न गा–हो हुन सक्छ। एन्डिजको तलहटीमा उम्रिने यी रूखले कैयौं मिथकलाई जन्म दिएको र सदिऔंदेखि मानव इतिहासलाई प्रभावित गरेको छ। पेरूको अमेजन क्षेत्र माद्रे डि डिओसमा हुर्किएकी नटाली कैनेल्स भन्छिन्, “धेरैजसोलाई यस रूखको बारेमा थाहा छैन तर यसबाट निकालिने एउटा औषधिले मानव इतिहासमा लाखौंको जीवन जोगाएको छ। कैनेल्स हाल डेनमार्कको नैचुरल हिस्ट्री म्युजियमकी जीव वैज्ञानिक हुन्, जुन सिनकोनाको आनुवंशिक इतिहास पत्ता लगाउँदै छिन्। यस दुर्लभ रूखको बोक्राबाट मलेरियाको पहिलो औषधि कुनैन बनाइएको थियो।
मलेरियाको औषधिः सयकडौं वर्ष पहिले कुनैनको खोज भएपछि दुनियाँले उत्साह र सन्देहका साथ स्वागत गरे। हाल यस औषधिमाथि पुनः बहस हुन थालेको छ। कुनैनको सिन्थेटिक संस्करणहरू– क्लोरोक्विन र हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोना भाइरसको सम्भावित उपचार बताइएको छ, जसमा निकै विवाद छ। लामखुट्टेको परजीवीबाट हुने मलेरिया बिमारी सदिऔंदेखि मनुष्यलाई त्रस्त गर्दै आइरहेको छ। यसले रोमन साम्राज्यलाई तबाह ग–यो र बीसौं सदीमा १५ देखि ३० करोड मानिस मलेरियाबाट मारिए। विश्व स्वास्थ्य सङ्गठन अनुसार अहिलेसम्म दुनियाँको आधा आबादी ती इलाकामा बस्छन्, जहाँ यस रोगको सङ्क्रमण हुन्छ।
मलेरियाको इटालियाली भाषामा अर्थ हुन्छ, खराब हावा। यस गलत धारणाको कारण मध्ययुगमा यसको उपचार पनि गलत तरीकाले गर्ने प्रयास भयो। शरीरको रगत निकालेर, अङ्गलाई काटेर, यहाँसम्म कि खप्परमा प्वाल बनाएर मलेरियाको उपचार गरिन्थ्यो। १७औं सदीमा एन्डिजको घना जङ्गलमा मलेरियाको पहिलो औषधि खोजिएको थियो। किंवदन्ती अनुसार कुनैनको खोज सन् १६३१ मा भएको थियो। स्पेनको एकजना धनी महिला, काउन्टेस अफ सिनकोनाको विवाह पेरूको वाइसरायसँग भएको थियो। उनी रोगी भइन्। तीव्र ज्वरोसँगै उनी काम्न थालिन्, जुन मलेरियाको लक्षण हो। पत्नीलाई ठीक गर्न वाइसरायले एउटा औषधि खुवाए, जुन जेसुइट पुजारीले तैयार गरेका थिए।
यस औषधिमा रूखको बोक्रा थियो, जसलाई ल्वाङ, गुलाफको पात र केही अन्य सुक्खा बिरुवालाई पिसेर बनाइएको थियो। काउन्टेस चाँडै निको भइन्। जुन रूखले उनलाई निको गरेको थियो, त्यसको नाम सिनकोना राखियो। आज यो पेरू र इक्वेडोरको राष्ट्रिय रूख हो। बढीजसो इतिहासकार यस कथालाई गलत बताउँछन् तर यसमा केही हदसम्म सत्यता छ।
कुनैन एउटा क्षारीय यौगिक हो, जुन सिनकोनाको बोक्रामा पाइन्छ। यसले मलेरिया फैलाउने परजीवीलाई मार्छ तर यसको खोज स्पेनको जेसुइट पुजारीले गरेका थिएनन्। कैनेल्स भन्छिन्, “स्पेनका मानिस आउनुभन्दा पहिले नै क्वेचुआ, केनरी र चिमु आदिवासीलाई कुनैनको बारेमा थाहा थियो। उनीहरूले नै स्पेनिश जेसुइटलाई बोक्राको बारेमा बताएका थिए। यी तीन आदिवासी समूह आजका समयमा पेरू, बोलिभिया र इक्वेडोरमा रहन्छन्। जेसुइट पुजारीले सिनकोनाको दालचिनी जस्तो बोक्रालाई पिसेर धूलो बनाए, जसलाई सजिलै पचाउन सकिन्थ्यो। यसलाई जेसुइट पाउडर भनिन्छ। केही दिनमैं मलेरियाको उपचार गर्ने जादुई औषधिको बारेमा युरोपमा चर्चा शुरू भयो।
सन् १६४० को दशकसम्म जेसुइटले सिनकोनाको बोक्रालाई युरोपसम्म पु–याउनको लागि व्यापारिक मार्ग बनाए। फ्रान्समा कुनैनबाट राजा लुई चौधौंको ज्वरोको उपचार गरिएको थियो। रोममा, पोपका निजी चिकित्सकले पाउडरको जाँच गरे र जेसुइट पुजारीले यसलाई सर्वसाधारणमा सित्तैमा बाँडे तर प्रोटेस्टेन्ट इङ्गल्यान्डमा यस औषधिलाई शङ्काको दृष्टिले हेर्न थालियो। केही चिकित्सकले यसलाई कैथोलिक षड्यन्त्र र पोपको विष पनि भने। ओलिभर क्रोमवेलको मृत्यु मलेरियाले गर्दा भयो। उनले कथितरूपमा जेसुइट पाउडर लिन मानेनन्।
तर सन् १६७७ सम्म रोयल कलेज अफ फिजिशियन्सले सिनकोनाको बोक्राको औषधिलाई आधिकारिक सूचीमा सामेल गरे। त्यसपछि पूरै इङ्गल्यान्डका चिकित्सकले यस औषधिबाट रोगीको उपचार गर्न थाले। सिनकोनाको माग बढ्दै गएपछि स्पेनले एन्डिजलाई दुनियाँको औषधिघर घोषित ग–यो। चाँडै सिनकोनाको रूख दुर्लभ हुन थाल्यो। १९औं सदीमा विदेशी कोलोनीमा तैनाथ युरोपेली सैनिकलाई मलेरियाको खतरा भएपछि सिनकोनाको मूल्य बढ्यो। मलेरियल सब्जेक्ट्सका लेखक डा रोहन देव रायका अनुसार कुनैनको पर्याप्त आपूर्ति सामरिक आवश्यकता बन्यो। औपनिवेशिक युद्धमा सामेल युरोपेली सैनिक प्रायः मलेरियाका कारण मर्दथे। कुनैनजस्ता औषधिले उनीहरूलाई जीवित रहन र युद्ध जित्न काबिल बनाउँथ्यो।
डच सैनिकले इन्डोनेसियामा, फ्रान्सले अल्जेरिया र अङ्ग्रेजले भारत, जमैका र पूरै दक्षिण–पूर्व एशिया र पश्चिमी अफ्रिकामा यसको प्रयोग गरे। इतिहासकारहरूले कुनैनलाई साम्राज्यवादको औजार भनेका छन्, जसले गर्दा ब्रिटिश साम्राज्य अगाडि बढ्यो। युनिभर्सिटीमा टै«वेल मेडिसिनका प्रोफेसर पेट्रिसिया स्लेगेनहाफ भन्छिन्– “जसरी आज सबै देश कोभिड–१९ को भ्याक्सिन बनाउने होडमा छन्, त्यसै प्रकार त्यतिबेला कुनैनको लागि भागदौड मचिएको थियो।”
हालै विश्व स्वास्थ्य सङ्गठनले सुरक्षा कारणलाई हवाला दिंदै भनेको छ, कोरोना भाइरसको सम्भावित उपचारको रूपमा कुनैनको सिन्थेटिक संस्करण हाइड्राक्सीक्लोरोक्विनको अध्ययनमाथि रोक लगाएको छ। तर यो औषधि अब रूखको बोक्राबाट नभई प्रयोगशालामा बनाइन्छ, त्यसपछि कैनल्सको भनाइ छ कि भविष्यमा नयाँ औषधिको खोजको लागि सिनकोना र दुनियाँको औषधिघरको संरक्षण जरुरी छ। स्लेगेनहाफलाई आशा छ कि एन्डिजको जैव विविधता बचाउने प्रयास हुनुपर्छ। उनले भनिन्– कुनैनको कथाले बताउँछ कि जैव विविधता र मानव स्वास्थ्य सँगसँगै हिंड्न सक्छ। मानिस रूखलाई वैकल्पिक चिकित्साको साधन बुझ्छन्, जबकि चिकित्सा इतिहासका केही प्रमुख औषधि हामीले रूखबाट नै पाएका थियौं।” –प्रतीक डेस्क (बिबिसी हिन्दीबाट अनुवाद)