Posts

Showing posts from June, 2020

हुलाकी सडकसँग जोडिएको ठोरीको सडकको स्तरोन्नति

Image
माधव तिमिल्सिना, ठोरी, १६ असार/     ठोरी गाउँपालिका–३ मा चालू आव २०७६/०७७ मा ५८ लाख रुपैयाँको लागतमा हुलाकी सडकसँग जोडिएका शाखा सडकहरूलाई स्तरोन्नति गरेर पक्की सडक निर्माण गरिएको छ। गापा कार्यालयले चालू आवमा विनियोजन गरेको बजेटबाट वडा नं ३ का विभिन्न ठाउँमा शाखा सडकलाई पक्की सडकमा स्तरोन्नति गरिएको गापा अध्यक्ष पद्मलाल श्रेष्ठले बताए।     चालू आवमा वडा नं ३ को हुलाकी सडकबाट शुक्रतारा समूहको सार्वजनिक जग्गा जाने १०७ मिटर सडक स्तरोन्नति गरेर पक्की सडक बनाइएको छ। गापाको १० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो सडकको चौडाइ ४ मिटर रहेको वडा नं ३ का अध्यक्ष सूर्यबहादुर लामाले बताए।     सोही वडामा पर्ने हुलाकी सडकसँग जोडिएको मानेचोकबाट ओमशान्ति चोक जाने १०७ मिटर शाखा सडक पनि रु १० लाखको लागतमा निर्माण सम्पन्न भएको छ। उक्त सडकको चौडाइ पनि ४ मिटर नै रहेको वडाध्यक्ष लामाले बताए। यसैगरी, सोही वडाको ब्रह्मानगरको हुलाकी सडकसँग जोडिएको धर्मशालाबाट उत्तरतर्फ जङ्गल जाने शाखा सडकको स्तरोन्नति गरेर पक्की सडक बनाइएको छ।     १६७.५ मिटर लम्बाइ र ४ मिटर चौडाइको उक्त सडक निर्माणका लागि गापा कार्यालयले र

२०७७ असार १७ गते बुधवारको प्रतीक दैनिक

Image

नागरिकता विधेयकविरुद्ध जसपाको विरोध –याली

Image
प्रस, वीरगंज, १६ असार/     जनता समाजवादी पार्टी, पर्साले मङ्गलवार वीरगंजमा विरोध –याली प्रदर्शन गरेको छ।     राजपा पार्टी जसपामा समाहित भएपनि पर्सा जिल्लामा राजपाभित्र देखिएको गुटबन्दी आजको विरोध –यालीमा पनि देखियो। पूर्व राजपाको एक गुटले जसपाको ब्यानरमा स्विमिङपुलबाट –याली निकालेर घण्टाघरमा आमसभा ग–यो। आमसभामा वीरगंज महानगरका नगरप्रमुख विजयकुमार सरावगीले सरकारले विफलता ढाकछोप गर्न नागरिकता विधेयक ल्याएको दोषारोपण लगाए। उनले नेपाली बुहारीमाथि विधेयकले अन्याय गरेको दाबी गरे।     पूर्वमन्त्री करीमा बेगमले महिला र मधेसविरोधी विधेयक भएको आरोप लगाइन्। उनले राष्ट्रवादको नाममा विभेद लाद्न विधेयक ल्याइएको बताइन्। विधेयकले नेपाल–भारतबीचको सम्बन्ध बिगार्ने उनले आरोप लगाइन्।     जसपाका नेता राजेशमान सिंहको अध्यक्षतामा आयोजित विरोध –यालीमा शशिकपूर मियाँ, सुन्दर कुर्मी, उमेशलाल सहनी, खैरुद्दीन अन्सारीलगायतको सहभागिता थियो।     यसैगरी, जसपाको आयोजनामा घण्टाघरबाट विरोध –याली निस्किएर नगरपरिक्रमा गरी सोही ठाउँमा विरोधसभा गरेको थियो। विरोधसभामा सांसद लक्ष्मणलाल कर्णले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्

भारतीय बासमती र कतर्नीको विकल्पमा उन्नत जात सिफारिश

Image
राधेश्याम पटेल, वीरगंज, १६ असार/     नेपाल धान उत्पादनमा आत्मनिर्भर नभएकोले बर्सेनि भारतबाट करीब ३६ अर्ब मूल्य बराबरको धान आयात गरिन्छ। बर्सेनि अर्बौ रुपैयाँ बाहिरिंदा नेपाली अर्थतन्त्रमा नकारात्मक असर पर्छ। भारतबाट बासमती र कतर्नी धान अत्यधिक मात्रामा आयात हुन्छ। बासमतीभन्दा कतर्नी आयातको परिमाण ठूलो देखिन्छ। अहिले भारतबाट अर्बौंको धान आयात रोक्न नेपालमैं उन्नत जात सिफारिश भएको छ। कृषि अनुसन्धान परिषद्का वैज्ञानिकहरूले केही वर्षदेखि गरेको अनुसन्धानपछि बासमती र कतर्नी धानको विकल्पमा दुईवटा उन्नत जात सिफारिश भएको हो।     क्षेत्रीय कृषि अनुन्धान केन्द्र परवानीपुरका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठका अनुसार एक महीना पहिले कृषि अनुसन्धान परिषद्–नार्कले दुईवटा बासमती र कतर्नी जात सिफारिश गरेको छ भने हर्दिनाथकै दुईवटा हाइब्रिड जात पनि सिफारिश गरेको जानकारी दिए।     “केही दशकदेखि नेपालमा भारतबाट आयात दिन प्रतिदिन बढ्दै गएको छ, यसलाई रोक्न स्वदेशी उन्नत जातको बासमती र कतर्नी धान सिफारिश भएर आएको छ,” उनले भने, “यसले नेपाली किसानको मागलाई सम्बोधन गर्छ, अब भारतबाट आयातको सट्टा नेपालमैं पर्या

ओडार खोला पुल सञ्चालनको लागि छलफल

Image
प्रस, ठोरी, १६ असार/     वीरगंज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी गाउँपालिका–३ मा पर्ने ओडार खोला पुलको सञ्चालनको लागि जनप्रतिनिधि र स्थानीयबीच मङ्गलवार छलफल भएको छ।     ओडार पुल निर्माण भएको लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन नसकेपछि स्थानीय र जनप्रतिनिधिबीच पुल सञ्चालनका बारेमा छलफल भएको हो।     छलफलमा पुलको उचाइ होचो भएको र वर्षायाममा बाढी आउँदा पुल थुनिएर पानी बस्तीमा प्रवेश गर्न सक्ने जोखिम रहेको भन्दै स्थानीयले पुल सञ्चालनको विकल्प खोज्न सुझाव दिए। उनीहरूले नदी नियन्त्रणको विकल्प नखोजेर पुल सञ्चालनको लागि ड्याम बनाउँदा बाढीको पानीले बस्तीलाई हानि पु–याउने ब्रह्मनगरका विष्णु घिमिरेले बताए। उनले सके पुल सञ्चालन गर्न नहुने र गरिहाले पनि खोलालाई बस्ती प्रवेश गर्न नदिन संरचना निर्माण गर्नुपर्ने कुरामा जोड दिए।     ब्रह्मनगरवासीले छलफलमा बस्तीलाई उठीबास लगाउने गरी पुल सञ्चालन गर्न नहुने भन्दै बलियो बाँध बाँधेर खोलाको धार बस्तीमा प्रवेश गर्न नपाउने वातावरण बनाउनुपर्ने सुझाव दिए। गापा अध्यक्ष पद्मलाल श्रेष्ठले हुलाकी सडकका प्राविधिकसँग यसबारेमा आफूले छलफल गरेको बताए। उनले पुलको एप्रोच

बहुदरमाई नपाको पाँचौं नगरसभा सम्पन्न

Image
प्रस, पर्सागढी, १६ असार/     बहुदरमाई नगरपालिकाको पाँचौं नगरसभाबाट आगामी आवको बजेट र नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।     नपा कार्यालयमा आयोजित नगरसभाको उद्घाटन नगरप्रमुख नितेन्द्र साह र उपप्रमुख गायत्रीदेवी यादवले संयुक्तरूपमा गरेका थिए। उद्घाटनसत्रमा उपप्रमुख यादवको आदेशमा प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेलले बहुदरमाई नपाको आगामी आव २०७७/०७८ को लागि ४९ करोड ९४ लाख २१ हजारको बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

सेनाले काठ तस्कर समायो

प्रस, पर्सागढी, १६ असार/     सखुवाप्रसौनी गाउँपालिका–४ सखुवनिया टोल निवासी लक्ष्मी महतोलाई पर्सा राष्ट्रिय निकुञ्जको सेनाले सालको काठसहित पक्राउ गरेको छ।     मङ्गलवार बिहान वन पँmडानी गरेर साइकलमा सालको गोलिया काठ लाद्ने क्रममा सेनाले पक्राउ गरेको हो। सेनाले काठसहित पक्राउ गरेको लक्ष्मी महतो र गोलिया काठ आवश्यक कारबाईको लागि सबडिभिजन वन कार्यालय मधुवन मथवल बढनिहारमा बुझाएको सहायक वन अधिकृत फरमान मियाँले बताए।

लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस र सेन्ट्रल सिटीको पदस्थापन

Image
प्रस, वीरगंज, १६ असार/     लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पस र सेन्ट्रल सिटीको वर्ष २०२०– २१ का लागि निर्वाचित कार्यसमितिका पदाधिकारीहरूको संयुक्त पदस्थापन सोमवार एक कार्यक्रमबीच वीरगंज स्वीमिङ पुल परिसरमा सम्पन्न भएको छ। विश्वव्यापी कोरोना भाइरसको सङ्क्रमणलाई ध्यानमा राख्दै सामाजिक दूरी कायम गर्दै पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो।     कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर डा रामअवतार खेतानले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरूलाई खादा, अबीर र लायन्स क्लबको पिन लगाइ कार्यकालको सफलताको बधाई दिंदै शुभकामना दिएका थिए।     त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लबका सिनियर डिस्ट्रिक्ट एडभाइजर लायन देवकीनन्दन अग्रवालले ग्रीन क्याम्पस र सेन्ट्रल सिटीले वर्ष २०१९–२० मा गरेका सामाजिक गतिविधिको चर्चा गर्दै वर्तमान अवस्थामा विश्वलाई नै आक्रान्त पारेको कोरोना महामारीको समयमा सामाजिक दूरी पालना गर्दै कार्यक्रम सम्पन्न गरेकोमा प्रशंसा गरेका थिए।     लायन्स क्लब अफ वीरगंज ग्रीन क्याम्पसका अध्यक्ष विजय कुशवाहा एवं सेन्ट्रल सिटीकी अध्यक्ष सपना मित्तल अग्रव

राहत र स्वास्थ्य सामग्री वितरण

Image
प्रस, रौतहट, १६ असार/     सामाजिक संस्था छाया नेपालले रौतहटको परोहा नगरपालिका वडा नं ५, ६, ८ र ९ मा राहत सामग्री वितरण गरेको छ।     वडाका दलित, एकल महिला, अपाङ्ग परिवारलाई राहत वितरण गरिएको छाया नेपालका रौतहट प्रतिनिधि राजेश साहले बताएका छन्। १२७ परिवारलाई प्रदान गरेको राहतमा प्रतिपरिवारलाई २५ किलो चामल, २ किलो दाल, १ किलो खानेतेल, १ किलो नून, १ थान झुल रहेका छन्।     मङ्गलवार बिहान परोहा नगरपालिकाको वसन्तपाटी टोलमा सामाजिक दूरी कायम राख्दै राहत वितरण गरिएको रौतहट प्रतिनिधि साहले बताएका हुन्। कार्यक्रम नेपाल पत्रकार महासङ्घ रौतहटका सभापति रवीन्द्रप्रसाद साह र नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का सदस्य शैलेन्द्र झाले उद्घाटन गरेका थिए। सो अवसरमा सञ्चारकर्मी, स्थानीय भद्रभलादमीको उल्लेख्य सहभागिता थियो। यसैबीच, सो संस्थाले जिल्ला अस्पताल गौरलाई ४० थान पिपिई र एन–९५ मास्क प्रदान गरेको छ। त्यस्तै, भारत–नेपाल मैत्री सङ्घ अनाथालयलाई ५ बोरा चामल, दाल, खानेतेल, नून, साबुन र झुल प्रदान गरेको प्रतिनिधि साहले बताएका छन्। कोरोनाका कारण हात–मुख जोड्न अप्ठ्यारो भई राहतको माग भएकोले राहत वितरण थालनी

हात्तीले पाइप भत्काएपछि पानीको समस्या

Image
प्रस, ठोरी, १६ असार/     खानेपानीको मुहानमा रहेको पाइप जङ्गली हात्तीले भत्काएपछि ठोरी गाउँपालिका–४ मा खानेपानी बन्द भएको छ।     पर्सा राष्ट्रिय निकुञ्जभित्र रहेको पानीको मुहानबाट पानी ट्याङ्कीमा ल्याउन प्रयोग गरिएको पाइप आइतवार राति हात्तीले भत्काएको थियो। सोमवार निर्मलबस्ती खानेपानी उपभोक्ता समितिका पदाधिकारी र स्थानीयवासीले हात्तीले भत्काएको पाइप मर्मत गरेर पानी सञ्चालनमा ल्याएका थिए।     तर गएराति पुनः उक्त पाइप हात्तीले भत्काएपछि आज मङ्गलवार पनि वडा ४ मा पर्ने साबिकको निर्मलबस्ती गाविस अन्तर्गतको वडा ५ र ६ मा खानेपानी बन्द भएको हो। पर्सा राष्ट्रिय निकुञ्जभित्रको घना जङ्गलमा रहेको पानीको मुहानमा हात्तीले लगातार पाइप भत्काउन थालेपछि सो पानीबाट आश्रित स्थानीय मर्कामा परेका छन्।     दुई दिनदेखि धारामा पानी नआएका कारण घरायसी प्रयोजनका साथै पिउने पानीको पनि समस्या भएको स्थानीय कान्छा तामाङले बताए।

प्रदेश २ का ३ जिल्लामा ३७ जना सङ्क्रमित थपिए

प्रस, जनकपुरधाम, १६ असार/     मङ्गलवार प्रदेश २ मा थप ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।     प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा महोत्तरीका २९, रौतहटका ५ र धनुषाका ३ जनामा सङ्क्रमण देखिएको प्रयोगशालाका ल्याब निर्देशक रामविनय साहले जानकारी गराएका छन्। निर्देशक साहका अनुसार १६५ जनाको पिसिआर परीक्षण गरिएकोमा ३७ जनाको रिपोर्ट पोजेटिभ आएको  हो।     महोत्तरीमा सङ्क्रमण देखिएका २९ जनामध्ये सम्सी क्वारेन्टाइनका मात्रै २४ जनामा सङ्क्रमण पुष्टि भएको छ। जिल्लाको एकडर्वा र बेल्वा क्वारेन्टाइनमा २/२ जना सङ्क्रमित फेला परेका छन् भने महोत्तरी क्वारेन्टाइनका एकजना सङ्क्रमित छन्। त्यसैगरी, धनुषा जिल्लाको सबैला क्वारेन्टाइनका तीन जनामा र रौतहटको स्वास्थ्य कार्यालयमा लिइएको स्वाबमध्ये ५ जनामा कोरोना सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जानकारी गराएको छ।

नागरिकता विधेयकविरुद्ध जनकपुरमा प्रदर्शन

Image
प्रस, जनकपुरधाम, १६ असार/      सङ्घीय सरकारले ल्याएको नागरिकता विधेयकविरुद्ध जनता समाजवादी पार्टीको केन्द्रीय कार्यक्रम अनुसार मङ्गलवार जनकपुरमा विरोध प्रदर्शन भयो।      जनता समाजवादी पार्टी नेपाल, धनुषाको अगुवाइमा भएको विरोध प्रदर्शनको क्रममा जुलुस र सभा भएका थिए। सङ्घीय सरकारले ल्याउन लागेको ७ वर्षपछि वैवाहिक अङ्गीकृत नागरिकता दिने प्रावधान विभेदकारी भएको सो पार्टीको ठहर छ। प्रदर्शनकारीहरूले महिलाविरोधी नागरिकता विधेयक खारेज गर, मधेसी सांस्कृतिक सम्बन्धमाथि प्रहार बन्द गर, रोटीबेटीको सम्बन्ध तोड्न पाइँदैनलगायतका नारा लगाएका थिए।     नगरको विभिन्न क्षेत्र परिक्रमा गर्दै भएको प्रदर्शनपछि आयोजित कोणसभामा जसपाका नेता तथा सङ्घीय सांसद उमाशङ्कर अरगरिया, प्रदेश सांसद सरिता साह, परमेश्वर साह र रामाशीष यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।

वडाध्यक्ष्F वडाको विकासमा उदासीन भएको आरोप

Image
प्रस, परवानीपुर, १६ असार/     जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीका अध्यक्ष असलम देवान वडाको विकासमा उदासीन देखिएको वडावासीको आरोप छ।     उनले आफ्नै गाउँको सडक निर्माणमा समेत लापरवाही गर्दा अहिले सयौं जनता मारमा परेको गाउँलेको गुनासो छ। भलुहीको म्याग्नस फर्मास्यूटिकल्स प्रालिदेखि मुस्तकिम अन्सारीको घरसम्मको करीब साढे ४ सय मिटर लम्बाइको सडक खराब हँुदा अहिले गाउँलेहरू सास्ती खेप्न बाध्य भएको स्थानीय नेपाली काङ्ग्रेसका नेता ताहिर हुसैनले बताए।     वडा कार्यालयबाट हरेक वर्ष लाखौं रकम बजेट आएको जनताले सुन्ने गरेको तर वडाध्यक्षले केही काम गर्न नसकेकाले बालबालिका, महिला, पुरुष तथा सबैलाई सडक भएर आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको छ। यस विषयमा वडाध्यक्ष असलम देवानसँग बुभ्mदा उनले लकडाउनको कारण सडक निर्माण कार्य प्रभावित भएको स्वीकार गरे।     उनले गत वर्षदेखि चालू आवमा गरी कुल १ करोड २० लाख रुपैयाँको बजेट आए तापनि दुई वर्षमा मात्र ३० लाख रुपैयाँको काम मात्र हुने स्थिति रहेको बताए। उनले लकडाउनमा गिट्टी, बालुवालगायत निर्माण सामग्रीको पनि अभाव भएकोले समयमा सडक निर्माण कार्य गर्न नभ्याएको दा

दुई दिने शैक्षिक तालीम सम्पन्न

प्रस, परवानीपुर, १६ असार/     वीरगंज महानगरको आयोजनामा प्रधानाध्यपकहरूका लागि दुई दिने शैक्षिक तालीम मङ्गलवार सम्पन्न भएको छ।     नेपाल राष्ट्रिय विद्यापीठ माईस्थानको सभाहलमा आयोजित तालीममा वीरगंज महानगरका विभिन्न प्रावि, निमावि र माविसमेत ९५ वटा विद्यालयका प्रधानाध्यपाकहरूको सहभागिता थियो। नमूना विद्यालय अन्तर्गत सार्वजनिक शिक्षा तथा सबलीकरण विषय तालीममा सहभागीहरूलाई जानकारी गराइएको थियो। विद्यालयलाई नमूना विद्यालयको रूपमा विकास गर्नका लागि आवश्यक शैक्षिक, भौतिक, आर्थिक तथा सामाजिक योजनाबारेमा प्रशिक्षण दिइएको सहभागीहरूले बताएका छन्।     सहभागी प्रअहरूलाई देवनन्दन देवराज नमूना माध्यमिक विद्यालय रामनगरीका प्रधानाध्यापक मनोजकुमार श्रीवास्तव र शिक्षक तथा संस्कृतिकर्मी अनिलकुमार वर्माले विषयवस्तुका विविधि पक्षबारे प्रकाश पारेका थिए। समापन कार्यक्रममा महानगरका शैक्षिक महाशाखा प्रमुख अरबिन्दलाल कर्ण, महाशाखाका अधिकृत आनन्द तिमिल्सिना, पूर्व स्रोतव्यक्ति मीरा प्रधान, शोभा शर्मालगायतको उपस्थिति थियो।

छाडा चौपाया, सडक–फूटपाथ अतिक्रमणविरुद्ध अभियान शुरू

Image
प्रस, वीरगंज, १६ असार/     व्यवस्थित र सुरक्षित वीरगंजको लागि मङ्गलवारदेखि छाडा चौपाया, सफाइ र सडक–फूटपाथ अतिक्रमणविरुद्ध अभियान शुरू भएको छ।     जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले सडक, फूटपाथ अतिक्रमण हुने गरी निर्माण सामग्री नराख्न आह्वान गरेकी छन्। उनले महानगर र वडापालिकाको स्वीकृतिबेगर हुने यस्ता कार्यविरुद्ध कारबाई गर्ने चेतावनी दिइन्।     यसैगरी, महानगरले तोकेको समय र स्थानमा मात्र फोहर फाल्न आह्वान गरेकी छन्। शहरमा छाडा चौपायालाई पनि नियन्त्रण गरिने उनले बताइन्। यसै क्रममा आज नगरप्रहरीको सहयोगमा आठवटा गाईवस्तुलाई नियन्त्रणमा लिइएको छ। आदर्शनगर क्ष्Fेत्रमा निर्माण सामग्री सडक फूटपाथ छेकिने गरी खसालेको ट्याक्टरलाई पनि नियन्त्रणमा लिइएको थियो।     वीरगंजलाई व्यवस्थित र सुरक्षित गर्ने अभियान केही दिनदेखि जिल्ला प्रहरी कार्यालयको अगुवाइमा शुरू भएको हो। सामुदायिक सेवा केन्द्र, विभिन्न सामाजिक सङ्घसंस्थाहरूको सहभागितामा ट्राफिक नियम कानून पालना गराउन, बजार व्यवस्थित गर्नलगायतका कार्यहरू भइरहेका छन्।     यसै क्रममा वडा प्रहरी कार्यालय श्रीपुर र सामुदायिक सेवा क

आवश्यक युरिया मल किसानहरूले पाउन सकेनन्

Image
ओमप्रकाश चौधरी, सेढवा, १६ असार/     धानखेतीको बेलामा पर्सा जिल्लामा मलको अभाव भएको छ। थरुहट क्षेत्रमा अगहनी धान रोपनी भएको दुई साता हुन लाग्दा पनि धानखेतीको लागि आवश्यक युरिया मल किसानहरूले पाउन सकेका छैनन्।     धान रोपनीको २० दिनपछि युरिया मलको आवश्यकता पर्छ। यही बेलामा युरिया मलको अभाव भएको छ। किसानहरूलाई अहिले आवश्यक नभएको डिएपी र पोटास भने फालाफाल छ। थरुहट क्ष्Fेत्रमा अहिले युरिया मल पाइरहेको छैन। सहकारीहरूमा युरिया मलको अभाव छ। जसले गर्दा किसानहरू चिन्तित भएका छन्। साल्ट टे«डिङ कर्पोरेशनले युरिया मलको अभाव भएको र असार २६ गते मल आउने जानकारी गराएको छ। लकडाउनको कारण युरिया मलको आपूर्तिमा समस्या भएको सो कार्यालयले जनाएको छ।     यसैगरी, कृषि सामग्री संस्थानका प्रमुख गोरख केसीले पनि युरिया मल पर्याप्त नभएको बताए। उनले लकडाउनको कारण आयातमा ढिला भएकोले समस्या भएको बताए। उनले वर्षभरि किसानहरूलाई आवश्यक मलको सञ्चय गरिएको र आवश्यकता अनुसार सहकारीमार्फत् आपूर्ति पनि भइरहेको बताए। उनले अहिले युरिया मलको अभाव भएपनि सहकारीहरूलाई प्रतिसाता सय बोरा डिएपीसँगै १० बोरा युरिया मल उपलब्ध गराइएको बताए।

हतियारसहित शिकारी पक्राउ

Image
प्रमोद यादव, पंचगावाँ, १६ असार/     नेपाली सेना र वनगस्ती टोलीले एकजना शिकारीलाई हतियारसहित पक्राउ गरेको जनाएका छन्। राष्ट्रिय निकुञ्जको सुरक्षामा खटेका सेना र राष्ट्रिय वनको सुरक्षामा खटेका सबडिभिजन वन कार्यालय मधुवन मथवल, बढनिहारको टोलीले सखुवाप्रसौनी गाउँपालिका–१ राष्ट्रिय वनसँग जोडिएको औराहा टोल निवासी लछुमन माझी मुसहरलाई जङ्गली जनावरको शिकार गरेर भागबन्डा गरेको अवस्थामा पक्राउ गरेको वन कर्मचारीले बताए।     माझीसहित पाँचजनाको समूहमा शिकारी रहेको तर अन्य फरार भएका वन कर्मचारीले दाबी गरेका छन्। माझीबाट बा–ह बोरको एकनाले बन्दूक, खुकुरी, अचानो र केही अंश जनावरको मासु बरामद भएको छ। वन कर्मचारीले भागबन्डा लगाइसकेको कारण केही अंश मासु बरामद भएको दाबी गरेका छन्।     पक्राउ परेका माझीलाई सबडिभिजन वन कार्यालय मधुवन मथवल बढनिहारमा राखिएको र डिभिजन वन कार्यालय पर्सामा पठाउने बताइएको छ। पक्राउ परेका माझीले भने आफूलाई फसाएको बताए। उनले भाइ भरत माझीको घर कहाँ छ भनेर सेना र वन कर्मचारीले  सोधेको र आफूलाई उसको घर देखाउन सहयोग मागेकोमा पछि फसाएको आरोप लगाएका छन्।     घटना सम्बन्धमा डिभिजन वन कार्याल

साफ च्याम्पियनशिप अर्काे वर्ष

Image
काठमाडौं, १६ असार/रासस     बङ्गलादेशमा हुने भनिएको १३औं संस्करणको दक्षिण एशियाली फूटबल महासङ्घ च्याम्पियनशिप (साफ) प्रतियोगिता अर्काे वर्ष हुने भएको छ। कोरोना भाइरसका कारण साफ च्याम्पियनशिप एक वर्ष सारिएको हो।     साफको सोमवार बसेको बैठकले साफ च्याम्पियनशिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो। यसअघि साफ च्याम्पियनशिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो। बङ्गलादेशले लगातार दोस्रोपटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो। बा–हौं साफ सन् २०१८ मा बङ्गलादेशको ढाकामा आयोजना गरिएको थियो। बा–हौं साफको उपाधि माल्दिभ्सले जितेको थियो। सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो। यसैगरी, महिला र पुरुषतर्फ साफ यु–१५ च्याम्पियनशिप र साफ यु–१८ वुमन्स च्याम्पियनशिपबारे साफको अर्काे बैठकले टुङ्गो लगाउने बताइएको छ। 

कीटनाशक औषधि वितरण

Image
प्रस, पंचगावाँ, १६ असार/     पटेर्वासुगौली गाउँपालिकाले किसानहरूलाई कीटनाशक औषधि वितरण गरेको छ।     वडा कार्यालय–१ र ४ ले सो वडाका धान र तरकारी खेती गर्ने किसानहरूलाई कीटनाशक औषधि वितरण गरेको कृषि शाखा प्रमुख गोविन्दभैया थारूले बताए।     यसैगरी, गापाको वडा नं. १, ४ र ५ मा किसानहरूलाई आवश्यक जैविक मल निश्शुल्क वितरण गरिएको शाखा प्रमुख थारूले जानकारी गराएका छन्।

काठसहित तस्कर पक्राउ

Image
प्रस, पंचगावाँ, १६ असार/     सबडिभिजन वन कार्यालय रङ्गपुरटाँडीले राष्ट्रिय वन फँडानी गरेर सालको काठ ल्याउने क्रममा एकजनालाई पक्राउ गरेको छ।     सबडिभिजन वन कार्यालय रङ्गपुरटाँडीका सुबेदार प्रदीप तिमल्सिनाले पटेर्वासुगौली गापा–२ बङ्कुुलटोलबाट सालको गोलियासहित सखुवाप्रसौनी गापा–३ कौवावन निवासी भरत माझी पक्राउ परेको बताए।     वन फँडानी गरेर ५ क्युफिट काठको गोलिया ढुवानी गरेको क्रममा माझीलाई वनगस्ती टोलीले पक्राउ गरेको सुबेदार तिमल्सिनाले बताए।

एकै भाषाको सात सयभन्दा बढी चलचित्र गर्ने कलाकार

Image
    दक्षिण भारतका हास्य कलाकार ब्रह्मानन्दम लोकप्रिय कलाकार हुन्। ब्रह्मानन्दमले एकै भाषामा सात सयभन्दा बढी चलचित्रमा काम गरेर रेकर्ड बनाइसकेका छन्। यसको लागि सन् २००७ मा उनको नाम गिनिज बूक अफ वल्र्ड रेकर्डमा पनि दर्ता भएको छ।     एकपटक कलेजमा भएको नाट्य प्रतियोगितामा उनले बेस्ट सपोर्टिङ आर्टिस्टको अवार्ड पाए। त्यसपछि नाटकप्रति उनको रुचि झनै बढ्यो। ब्रह्मानन्दम ‘मोद्दाबाई’ नामक एउटा नाटकमा अभिनय गरिरहेका थिए। त्यतिबेला तेलुगु चलचित्रका निर्देशक जन्धयालाको नजर उनीमाथि प–यो। जन्धयाला उनको अभिनयदेखि निकै प्रभावित भए र उनले ‘चन्ताबाबाई’ चलचित्रमा एउटा सानो भूमिका दिए। यहीबाट ब्रह्मानन्दमको चलचित्र यात्रा शुरू भयो।     त्यसपछि ब्रह्मानन्दमले जन्धयालाको दोस्रो चलचित्र ‘आहा न पेल्लानता’मा पनि काम गरे। यस चलचित्रमा ब्रह्मानन्दमको अभियनलाई धेरैले मन पराए। ब्रह्मानन्दमले यस चलचित्रबाट लोकप्रियता कमाए। उनले दक्षिणको एक हजारभन्दा बढी चलचित्रमा काम गरिसकेका छन्। ब्रह्मानन्दम दक्षिण चलचित्र उद्योगका सबैभन्दा लोकप्रिय हास्य कलाकार हुन्। उनले आफ्नो लोकप्रियतालाई देखेर शुल्क पनि बढाएका छन्। अब उनले एउट

बाल्यकालमा लगाइएको खोपले कोरोनाबाट जोगाउँछ

Image
    दादुराजस्तो बिमारी रोक्न प्रयोग हुने खोपले कोभिड–१९ का कारण फोक्सोमा हुने गम्भीर सुजनलाई रोक्न सक्छ। एउटा अध्ययन अनुसार यस महामारीबाट मानिसलाई जोगाउने दिशामा यी खोप नयाँ रणनीति साबित हुन सक्छ। एमबायो नामक जर्नलमा प्रकाशित अध्ययन अनुसार कमजोर रोगजनक भएको खोप प्रतिरोधक तन्त्रले सेतो रक्त कोशिकालाई असम्बन्धित सङ्क्रमणविरुद्ध बढी प्रभावी बचाउको लागि प्रशिक्षित गर्ने प्रतिरोधी कोशिकालाई सक्रिय गर्न सक्छ। अमेरिकाको लुइसियाना स्टेट युनिभर्सिटीका सदस्यसमेत अनुसन्धानकर्ताले प्रयोगशालामा गरेको प्रयोगमा देखाइएको छ कि जीवित कमजोर कवक तनावको साथ खोपकरण सेप्सिसविरुद्ध जन्मजात प्रशिक्षित सुरक्षा प्रदान गर्छ, जुन बिमारी पैदा गर्ने कवक र ब्याक्टेरियाको संयोजन हो।     वैज्ञानिकका अनुसार असम्बन्धित जीवित कमजोर रोगजनक भएको खोपबाट पाइने सुरक्षा लामो समयसम्म जीवित रहने प्रतिरोधक कोशिका बन्छ, जुन पहिलेको कैयौं प्रयोगात्मक मोडेलमा विषाक्ततायुक्त सुजन र मृत्युदर रोक्नको लागि बताइएको थियो। वैज्ञानिकले भनेका छन्, जीवित कमजोर एमएमआर (दादुरा, गलगाड, हलुका दादुरा–रूबेला) खोपको परिकल्पनालाई कोभिड–१९ विरुद्ध प्रय

के रक्सी पिउँदा कोरोना भाइरस मर्छ ?

Image
    जबदेखि कोरोना भाइरस महामारी फैलिएको छ, हरेकले बचाउको लागि अल्कोहलमिश्रित सेनिटाइजरको प्रयोग गर्न सल्लाह दिंदैछन्। यस्तोमा यो प्रश्न उठ्नु स्वाभाविक हो, के अल्कोहल (रक्सी) पिउँदा कोरोना भाइरस मार्न सकिन्छ ? साथै यो पनि प्रश्न उठ्छ, अल्कोहल भएको सेनिटाइजर पिउँदा शरीरभित्रको कोरोना भाइरसलाई समाप्त गर्न सकिन्छ ?     सबैभन्दा पहिले अल्कोहलबारे जानकारी राखौंः  हाम्रो वरपर तीन प्रकारका अल्कोहल उपलब्ध छन्– आइसोप्रोपिल, इथाइल र मिथाइल। यी सबै अल्कोहलको प्रयोग बाहिरी कुनै पनि प्रकारका कीटाणुलाई मार्न गर्न सकिन्छ। यी कीटाणु र ब्याक्टेरियामध्ये कोरोना भाइरस पनि एउटा हो। बढीजसो हैन्ड सेनिटाइजरमा आइसोप्रोपिल र इथाइल (एथनोल) अल्कोहलको प्रयोग हुन्छ।     तसर्थ रक्सी पिउँदा शरीरभित्रको कोरोना भाइरसलाई मार्न सकिंदैन। इथाइल अल्कोहललाई रक्सी भनिन्छ। शरीरभित्र जाने बित्तिकै यस अल्कोहलले आफ्नो डाइजेस्टिभ प्रोसेस ससाना मोलेक्युलमा बदलिन्छ। यस कारण शरीरभित्र अल्कोहल कुनै पनि कीटाणु वा ब्याक्टेरियालाई मार्न सक्षम रहँदैन। हाम्रो शरीरमा अर्बौं ब्याक्टेरिया हुन्छन्, जुन शरीरभित्र आउने तरल र खानालाई पचाउँछन्।

व्यवस्थित वीरगंज अभियान

Image
विनोद गुप्ता     वीरगंज अब व्यवस्थित हुने भयो र त्यसमा नेपाल प्रहरी, वीरगंज उद्योग वाणिज्य सङ्घ र वीरगंज महानगरपालिकाको सक्रिय सहयोग रहने कुरा सुन्दा हर्षले विभोर नहुने कुरै भएन। वीरगंज उपमहानगर भएको लामो समयपछि महानगरको उपाधिले विभूषित भएको हो। नयाँ सङ्घीय कानूनले स्थानीय सरकारको अवधारणा आएपछि कर लगाउनेदेखि न्यायिक निर्णयसम्मको अधिकार प्राप्त भएपछि यसको शक्ति झन् बढेको छ। महानगरले वीरगंजलाई व्यवस्थित गर्न के–के गर्ने र प्रहरी र वीउवासङ्घले के सहयोग गर्ने भन्ने कुरा  अमूर्त राखिएपछि यसबारे चिन्तनमनन गर्ने स्थिति देखा परेको छ। सबैभन्दा पहिले कुरा गरौं महानगरपालिकाले व्यवस्थित गर्नुपर्ने दायित्वबारे।     वीरगंजवासीको सबैभन्दा ठूलो समस्या यहाँको मूल सडक फराकिलो नहुनु हो। यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकोले यसको व्यवस्थापन महानगरपालिकाबाट सम्भव छैन। त्यसो भए महानगरपालिकाले बजार व्यवस्थापनमा गर्न सक्ने भनेको तोकिएको ठाउँमा सशुल्क पार्किङ गर्नुस् भन्नेसम्म हो। बजार व्यवस्थापनको सन्दर्भमा आउने अर्को दायित्व हो, सरसफाइ र फोहोर–मैला व्यवस्थापन। सामान्यरूपमा ठेक्का प्रणाली लागू भ

तिलावे पुल, वीरबलको खिचडी

    झन्डै सात वर्ष भयो, तिलावे पुल निर्माण शुरू भएको। यसबीच देशमा तीनवटा सरकार परिवर्तन भइसक्यो, तर पुलको एउटा मात्र, त्यो पनि अधूरो, पाया तयार भएको छ। यो पुल नदी तर्नका लागि मात्र होइन, पर्सा जिल्लालाई सदरमुकामसँग जोड्ने एउटा मात्र माध्यम हो। पर्सा जिल्लाको सघन बस्तीहरू र लाखौं मानिसको आजीविकाका लागि सदरमुकामसम्म पहुँच दिने माध्यम पनि हो। विगतमा यस पुल भएर हुलका हुल मानिसहरूको आवागमन हुने गरेको दृश्य देशका शायद नै कुनै ठूला समाचारपत्रको पानामा नछापिएको होला। मिल–कारखानामा काम गर्ने मजदूर–कर्मचारी, निजी क्ष्Fेत्रमा काम गर्ने मानिस, दैनिक ज्यालादारीका लागि शहर पस्ने मानिसहरूको ठूलो जमात यस पुलमाथि निर्भर छ। किसानका लागि मल–बीउ, रसायन, कृषि उत्पादन बिक्रीका लागि पनि यही मात्र पुलले भरथेग गर्दै आएको छ। एक लेनको पुरानो पुल जर्जर भई कति बेला ढल्ने हो भन्न सकिन्न। तिलावे पुल पार गर्न बिहान मात्र होलो हुने र दिनको आरम्भदेखि रात नढल्दासम्म आधा घण्टा त लाग्छ नै।     पुल बन्न किन विलम्ब भइरहेको छ, त्यो रहस्य होइन। त्यहाँ न कुनै जटिल भौगोलिक अवस्था छ, न अन्य कुनै अवरोध। नयाँ बन्न लागेको पुल पुरान

धान दिवसः विदेशिने युवालाई आकर्षित गर्न सकिन्छ

Image
नरेश यादव, पर्सागढी, १५ असार/     पर्सागढी नगरपालिका–४ छोटैलीको जनचेतना कृषक समूहको आयोजनामा १७औं राष्ट्रिय धान दिवस ‘धान उत्पादनमा वृद्धि ः आत्मनिर्भरता र समृद्धि’ नाराका साथ मनाइएको छ। धान दिवसको अवसरमा नगरकी उपप्रमुख अर्चना चौधरीले पर्सा जिल्लामा कृषियोग्य जमीन पर्याप्त भएको बताइन्। उनले धानखेतीसँगै मौसम अनुसार अन्य बालीहरू पनि गरेर किसानले मनग्गे आम्दानी गर्न सक्ने वातावरण रहेको बताइन्। उनले उत्पादन वृद्धि गरेर आर्थिक आम्दानी बढाउने र युवाहरूलाई खेतीपातीतर्फ आकर्षित पारेर वैदेशिक रोजगारमा जाने क्रमलाई रोक्न सकिने तर्क गरिन्।     जनचेतना कृषक समूह पर्सागढीका अध्यक्ष चन्द्रभूषण दास थारूको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख खड्गबहादुर खड्का, नेपाली काङ्ग्रेसका बुथ सभापति जङ्गबहादुर दास थारू,  स्थानीय अगुवा किसान देवेन्द्र चौधरीलगायतको सहभागिता थियो। धान दिवसको अवसरमा रोपाइँ गरेर दही, चिउरा खाने प्रचलन पनि भएकोले कार्यक्रमका सहभागीहरूले दही, चिउरा खाएका थिए। बहुदरमाईमा धान दिवस मनाइयो प्रस, वीरगंज/     राष्ट्रिय धान दिवस बहुदरमाई नगरपालिका–२ मा कार्यक्रमको आयोजना

२०७७ असार १६ गते मंगलवारको प्रतीक दैनिक

Image

सिंचाइ सुविधा नभएका ठोरीका किसानहरू आकाशे पानीको पर्खाइमा निराश बन्दै

Image
चिरञ्जीवी सापकोटा,  ठोरी  १५ असार/     धानको बीउ राखेको एक महीनाभन्दा पनि बढी समय हुँदासमेत धान रोप्न नपाएपछि आकाशे पानीको भरमा धान रोप्नुपर्ने ठोरीका किसानहरू चिन्तित हुन थालेका छन्। सिंचाइ सुविधा भएको ठाउँका किसानहरूले धान रोपाइँ गरिसकेका र असारको मध्य हुँदासमेत पर्याप्त वर्षा नहुँदा सिचाइ नभएको ठाउँमा धान रोपाइँ हुन नसकेको हो।     ठोरी गापाको सिंचाइ सुविधा नभएका वडा ३ को नयाँबस्ती, वडा ४ को निर्मलबस्ती, आठघरे, विजयबस्ती, फायरलाइन, ठाडोलाइन, सुन्दरटोललगायतका ठाउँ र वडा नं ५ को ठूलो बाघमोर्चाका अधिकांश  किसानहरूको खेत असारको दोस्रो साता बितिसक्दा पनि बाँझो नै छ। सिंचाइ सुविधा नभएको ठाउँका कतिपय किसानले यसअघिको हल्का वर्षामा कोदो रोपेझैं सुक्खा खेतमा धान रोपाइँ गरेका भएपनि अधिकांश किसान धान रोप्न आकाशको पानी कुर्नुपर्ने बाध्यताको कारण रोपाइँमा ढिलाइ भएको दुःखेसो गर्छन्। अघिल्लो वर्ष यतिबेला रोपाइँ सकेका किसानहरूले यस वर्ष पनि असारको दोस्रो सातासम्म रोपाइँ सक्ने आशामा जेठको पहिलो साता धानको बीउ राखेका थिए। धानको बीउ बूढो भएर ब्याडमा नै फुल्न लाग्दा पर्याप्त  पानी नपरेपछि धान रोप्न नसकिए

रिपोर्ट आउन ढिला, आइसोलेशन खाली हुँदै

प्रस, वीरगंज, १५ असार/     नारायणी अस्पताल प्रयोगशालाकी प्रमुख डा नीरा पाठकले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको स्वाब नमूना परीक्ष्Fण रिपोर्ट आउन ढिला भएको बताएकी छन् ।     असार ४ देखि ७ गतेसम्मको १३ सय स्वाब नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र धुलिखेलमा पठाइएको र त्यसमध्ये ६ सयवटाको मात्र रिपोर्ट आएको तथा ७ सयवटाको रिपोर्ट आउन बाँकी रहेको जानकारी गराएकी छन् । नारायणी अस्पतालको प्रयोगशालामा जडित पिसिआर मेशिन सञ्चालनमा रहे पनि त्यस बखतको १३ सय नमूना काठमाडौं पठाइएको र आधाको मात्र रिपोर्ट आएकोले गुनासो बढेको बताइन् ।     नारायणी अस्पतालमा दुईवटा पिसिआर मेशिन सञ्चालनमा छन् । यी मेशिनमा पर्सा, बारा र रौतहटबाट आउने स्वाब नमूना परीक्ष्Fण भइरहेको छ । आज मात्र तीन सयवटा स्वाब नमूना आएको र रातिसम्म रिपोर्ट प्रकाशित हुने उनले बताइन् । नारायणी प्रयोगशालामा सञ्चालित पिसिआर मेशिनबाट परीक्ष्Fण द्रुत गतिमा भइरहेको उनले जानकारी गराइन् । आइसोलेशन खाली हुँदै     वीरगंज महानगरको सहयोगमा नारायणी अस्थायी कोभिड गण्डक अस्पतालमा सञ्चालित आइसोलेशन खाली हुँदैछ । सङ्क्रमितहरूको रिपोर्ट क्

डाइभर्सन कमजोर भएपछि तिलावेको पुरानो पुल सञ्चालन

Image
प्रस, पोखरिया, १५ असार/     ग्रामीण क्षेत्रलाई सदरमुकाम वीरगंजसँग जोड्ने हुलाकी सडक अन्तर्गतको तिलावे पुल निर्माणमा ढिला भएपछि बन्द गरिएको पुरानो पुल पुनः सञ्चालनमा ल्याइएको छ।     नयाँ पुल निर्माणका लागि ठेकेदारको आग्रहमा पुरानो पुलबाट सवारीसाधनको आवागमन बन्द गरिएको थियो। सात वर्षदेखि पप्पु–लुम्बिनी जेभीले निर्माण थालेको तिलावे पुलको काम अहिलेसम्म सम्पन्न हुन सकेको छैन।     नयाँ पुल निर्माणको लागि पिलर मात्र ठड्याइएको छ। पुरानो पुलबाट सवारी आवागमन सुचारु हुँदा नयाँ पुल निर्माणमा समस्या भएको भन्दै ठेकेदारले अडचन लगाएपछि गत वर्षदेखि डाइभर्सन बनाएर पुरानो पुलबाट आवागमन बन्द गरिएको थियो।     आवागमन बन्द हुँदा पनि पुल निर्माण कार्य शिथिल नै हुँदा वर्षायाम शुरू भएपछि बितेको असार १३ गतेदेखि पुरानो पुल सञ्चालनमा ल्याइएको हो। डाइभर्सनको अवस्था नाजुक भएको र पानीको बहाव बढेको खण्डमा डाइभर्सनबाट आवागमन रोकिन सक्ने सम्भावनालाई दृष्टिगत गरेर पुरानो पुल सञ्चालनमा ल्याइएको हो। अहिले पुरानै पुलबाट सबैखाले सवारीसाधन गुडिरहेका छन्।     नयाँ पुल बन्ने सम्भावना यस वर्ष पनि क्षीण छ। तीव्र गतिमा पनि पुल निर

नेकपा र नेका कार्यकर्ताबीच झडप तीनजना प्रहरीसहित २१ जना घाइते

प्रस, जनकपुरधाम, १५ असार/     सर्लाही जिल्लाको धनकौल गाउँपालिका वडा नं २ मा नेकपा र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित २१ जना घाइते भएका छन्।     आइतवार साँझ नेकपा र नेकाका कार्यकर्ताबीच दलगत झडप भएको र सो क्रममा दुवै पक्षका कार्यकर्तासमेत तीनजना प्रहरी पनि घाइते भएका छन्। प्रहरीका अनुसार सामान्य विषयमा भनाभन हुँदा झडप भएको हो। धनकौल–२ का १६ वर्षीय युवक राजीवकुमार साह ट्याक्टर लिएर नहरतर्फ जाँदा अर्को पक्षका युवकले बाटोमा मोटरसाइकल राखेको विषयमा विवाद शुरू भएको थियो। राजीव नेकपा पक्षधर हुन्। दिनभरि खेतीको काम गरेर नहरमा ट्याक्टर धुन गएका राजीवलाई नेका पक्षका ६/७ जनाले बाटो छेकी कुटपीट गरेका थिए। सोही झगडाले दलगत रूप लिएको प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी गराएका छन्।     दुवै पक्षका १५० जनाभन्दा बढीको सङ्ख्यामा भेला भएर ढुङ्गा हानाहान गर्न थालेपछि सोही क्रममा भरुवा बन्दूकबाट गोलीसमेत चलेको प्रहरीले जनाएको छ। झडपलाई नियन्त्रण गर्न घटनास्थल पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीमध्ये तीनजना प्रहरीसहित २१ जना घा

व्यवस्थित र सुरक्षित वीरगंज अभियानको बैठक सम्पन्न

Image
प्रस, वीरगंज, १५ असार/     व्यवस्थित र सुरक्षित वीरगंजका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा सोमवार सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ।     पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तको अध्यक्षतामा बसेको बैठकले ट्राफिक फर्निचरहरू तोकिएको स्थानमा व्यवस्थापन गर्ने र मीनाबजार क्षेत्रको अनधिकृत बजारलाई व्यवस्थित गर्ने जिम्मेवारी सामुदायिक सेवा केन्द्रलाई प्रदान गर्ने निर्णय गरेको छ।     जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई ट्राफिक फर्निचरहरू शहरका मुख्य सडकमा तोकिएको स्थानमा आजैदेखि नै व्यवस्थित गर्न सुझाव दिइएको छ। सोहीअनुरूप आज घण्टाघरदेखि माईस्थान चोकसम्म मुख्य सडकमा ट्राफिक फर्निचरहरूको प्रयोग पार्किङ व्यवस्थापनमा गरिएको छ। दुवैतर्फ सवारीसाधन चल्ने मुख्य सडकमा पार्किङ निषेध गरिएकोले सोहीअनुरूप ट्राफिक फर्निचर जडान गरेर पार्किङमा रोक लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रनि कमलराज पण्डितले बताए।     मङ्गलवार र बुधवार पनि शहरका मुख्य सडक र सहायक सडकहरूमा  पार्किङ निषेध गरिएको क्षेत्रमा ट्राफिक फर्निचर व्यवस्थापन गरिने र घण्टाघरदेखि माईस्थानसम्म डिभाइडर जडान गरिने प्रनि पण्डितले बताए।

१२ अर्बको केराउ, अढाई अर्बको मरिच र १ अर्बको छोहोडा आयात

Image
राधेश्याम पटेल, वीरगंज, १५ असार/     वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सारबाट पछिल्लो साढे १० महीनामा १२ अर्ब केराउ, अढाई अर्बको मरिच र एक अर्ब मूल्य बराबरको छोहोडा आयात भएको छ।     चालू आवको जेठ १४ गतेसम्मको तथ्याङ्क अनुसार १ अर्ब २ करोड ९२ लाख ७९ हजार ४३८ रुपैयाँ राजस्व तिरेर १२ अर्ब ४२ करोड १४ लाख ७३ हजार मूल्य बराबरको २९ करोड २० लाख ७ हजार ३ सय ३० किलो केराउ आयात भएको छ भने ८८ करोड ३७ लाख ९४ हजार ७ सय २९ राजस्व तिरेर २ अर्ब ६५ करोड ९४ लाख ६८ हजार मूल्य बराबरको ६२ लाख ६४ हजार ७८० किलो मरिच आयात भएको श्रीसिया सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी दिएका छन्।     त्यसैगरी, असार ६ गतेसम्मको तथ्याङ्क अनुसार ३१ करोड ६ लाख २४ हजार ४ सय ३७ राजस्व तिरेर १ अर्ब १७ करोड ९३ लाख ८४ हजार ६१ मूल्य बराबरको ७ करोड ४३ लाख ६७ हजार ९ सय ६० किलो छोहोडा आयात भएको छ। गत वर्षको तुलनामा छोहोडाको आयात झन्डै १ अर्ब ७ करोड मूल्य बढीको छोहोडा नेपाल भित्रिएको छ। गत वर्ष २ करोड ७७ लाख १२ हजार राजस्व तिरेर १० करोड ६० लाख ५९ हजार मूल्य बराबरको १३ लाख ५३ हजार ४ सय २५ किलो छोहोडा भित्रिए

नागरिकता विधेयकविरुद्ध धर्ना–सभा

Image
प्रस, वीरगंज, १५ असार/     वीरगंजमा नागरिकता विधेयकको विरोधमा नागरिक अभियान पर्साले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले विधेयक फिर्ता हुनुपर्ने माग राखेका छन्।     घण्टाघरमा आयोजित धर्ना र विरोधसभामा सांसद प्रदीप यादव, संविधानसभा सदस्य अनिल रूँगटा, रामेश्वर रौनियार, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, राजेश्वर साह, नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदी, नरेन्द्र साह, प्रकाश उपाध्याय, जसपाका रामनरेश यादव, शशिकपूर मियाँ, निजामुद्दीन समानी, प्राध्यापक डा हरेराम ठाकुर, डा प्रमोद कुशवाहा, डा दीपक शाक्य, पत्रकार दीपेन्द्र चौहान, धु्रव साह, विभिन्न सङ्घसंस्थाबाट प्रभुप्रसाद कलवार, विशेश्वर पटेल, हरिनारायण मिश्र, शम्भु चौरसिया, सुधा सिंह, जलेश्वर सर्राफलगायतले मन्तव्य व्यक्त गर्नेक्रममा सरकारले ल्याउन लागेको नागरिकता विधेयक विभेदकारी भएको भन्दै फिर्ता गर्न माग गरे।     उनीहरूले नागरिकता विधेयकले सम्बन्ध बिगार्ने काम हुने हुनाले सो विधेयक फिर्ता गर्नुपर्ने बताए। विधेयक फिर्ता नभए मुलुक अशान्त हुने उनीहरूले चेतावनी दिए। कुनै पनि दृष्टिकोणबाट विधेयक स्वीकार्य नहुने उनीहरूको भनाइ थियो। नागरिकता

रिपोर्ट ढिला भएपछि क्वारेन्टाइनमा होहल्ला

Image
प्रस, पंचगावाँ, १५ असार/     पटेर्वासुगौलीका क्वारेन्टाइनहरूमा बस्दै आएकाहरूको स्वाब नमूना परीक्षण गरेको लामो समय बित्दा पनि परीक्षण रिपोर्ट नआएकोले क्वारेन्टाइनमा बस्नेहरूले होहल्ला गर्न शुरू गरेका छन्।     जेठ २ गते भारतबाट आएका १७ जनामध्ये पटेर्वासुगौली गाउँपालिकाको नेपाल राष्ट्रिय विद्यालय फरहदवाको क्वारेन्टाइनमा दुईजना, निचुटा माविको क्वारेन्टाइनमा १२ जना र नेरा आधारभूत विद्यालय लक्ष्मीपुरको क्वारेन्टाइनमा तीनजना छन्। उनीहरूको असार ३ गते स्वाब नमूना सङ्कलन गरिएको थियो। स्वाब नमूना सङ्कलन गरिएको दुई साता बित्दा पनि रिपोर्ट नआएको कारण क्वारेन्टाइनमा बस्नेहरूले होहल्ला र विवाद गर्दै आएका गापा स्वास्थ्य संयोजक जगरनाथ साहले बताए।

२६ क्युफिट काठ बरामद

Image
प्रस, पर्सागढी, १५ असार/     सबैया साझेदारी र सबडिभिजन वन कार्यालय सबैयाको टोलीले वीरगंज महानगर–३२ दश बिघा रामवनमा रहेको एउटा घरमा छापामारी गरेर २६ क्युफिट काठ बरामद गरेको छ।     स्थानीय शिव श्रेष्ठको घरमा छापामारी गरेर त्यहाँ अवैध तरीकाले राखिएका ६ थान करीब २६ क्युफिट काठ बरामद भएको सबैया साझेदारी वनका लखनलाल साहले बताए। उनले सूचनाको आधारमा श्रेष्ठको घरमा छापामारी गरिएको र सो परिमाणको काठ बरामद भएको जानकारी गराएका छन्।     बरामद काठ सबडिभिजन वन कार्यालय सोलखपुरमा राखिएको र श्रेष्ठविरुद्ध आवश्यक कानूनी कारबाई शुरू गरिएको सहायक वन अधिकृत फरमान मियाँले बताए। छापामारी गर्ने क्रममा घरधनी श्रेष्ठ, वन कर्मचारी पुग्नुअगावै फरार भइसकेका थिए।

१० वटा चौपायासहित तीनजना पक्राउ

प्रस, वीरगंज, १५ असार/     प्रहरीले दशवटा भैंसी र पाडासहित तीनजना मानिसलाई नियन्त्रणमा लिएको छ।     धोबिनी गाउँपालिकाको जानकीटोलाबाट एउटा भैंसी र पाडासहित बहुदरमाई नगरपालिका–५ पटनी बस्ने रामाशङ्कर यादवलाई प्रहरीले पक्राउ गरेको छ।     यसैगरी, दुईवटा भैंसी र तीनवटा पाडासहित जगरनाथपुर गापा–१ पाँडेपुरबाट पोखरिया नपा–६ बस्ने युनिस अन्सारीलाई पक्राउ गरेको छ भने दुईवटा भैंसी र एउटा पाडासहित पकाहामैनपुर गापा–५ सबैठवाका देवीलाललाई पक्राउ गरिएको इप्रका पोखरियाका प्रनि चन्द्र सिंहले बताए।     उनीहरूलाई वीरगंज भन्सार कार्यालयले कोरोना परीक्षण नगरिएको कारण बुझ्न नमानेको उनले बताए। खुला सीमाको कारण अहिले भारतबाट भैंसी, पाडाहरू भित्रिने क्रम बढेको छ। भारतबाट भित्रिएको कारण उनीहरूको कोरोना परीक्षण नगर्दा समस्या हुने भएकोले वीरगंज भन्सार कार्यालयले बुझ्न नमानेको हो। भारतबाट भित्रिएकाहरूको हकमा क्वारेन्टाइनमा राखेर स्वाब नमूना परीक्षण गर्ने प्रावधान छ। तर प्रहरीले पक्राउ गरेकाहरूलाई सीधैं भन्सार कार्यालय बुझाउँदा भन्सारले बुझ्न नमानेको हो।

ठोरीमा पनि सलह, किसानहरू चिन्तित

Image
चिरञ्जीवी सापकोटा,  ठोरी  १५ असार/     ठोरीमा पनि सलह कीरा भित्रिएको छ। ठोरी गाउँपालिका–२ गौतमनगरमा सलह कीरा देखा परेको हो। ठोरीका किसानहरूले खेतबारीमा जाँदै गर्दा सलह कीरा देखेका हुन्। फट्याङ्ग्रा प्रजातिको सलह कीरा विभिन्न मुलुक हुँदै भारतको बिहारबाट नेपाल भित्रिएको हो।     सलह कीरा, कृषि बाली नष्ट गर्ने अहिलेसम्मकै खतरनाक कीरा हो। सलह कीरा एक वर्गकिलोमिटरभित्रको एउटै समूहमा डेढ लाखदेखि करोडसम्मको सङ्ख्यामा जम्मा भई बालीनाली एकैपटक नष्ट गर्ने गर्छ। अन्य कीराहरू बालीविशेषमा लाग्ने र आंशिक नष्ट गर्ने गरे तापनि सलह कीरा भने जुनसुकै हरियो बालीमा लाग्ने र सबै नष्ट गर्ने प्रकृतिको हुने भएकोले पनि कृषकहरूमा निराशपन छाएको छ।     सलह कीराले बालीनालीलाई सखाप पार्ने भएकोले छिटोभन्दा छिटो सलह कीरा नष्ट पार्ने अभियानमा सम्बन्धित निकाय लाग्नुपर्ने ठोरीका कृषकहरूको भनाइ छ।     सलह कीरा ठोरीका विभिन्न क्षेत्रमा लगाइएको धानबाली तथा मकैबारीमा भेटिन थालेकोले यसको उन्मूलनको लागि सम्बन्धित निकायले कदम नचाल्ने हो भने समग्र कृषि क्षेत्रमा ठूलो क्षति पुग्ने भन्दै सलह कीरा नष्ट पार्ने कार्यमा राज्यको अविलम्ब

रोटरीद्वारा पिपिई सेट प्रदान

Image
प्रस, वीरगंज, १५ असार/     रोटरी क्लब अफ वीरगंज र रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसले नारायणी अस्थायी कोभिड अस्पताल गण्डकलाई २० थान पिपिई सेट प्रदान गरेको छ।     अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री पिपिई सेटको अभाव रहेको जानकारीमा आएकोले सो सामग्री उपलब्ध गराइएको क्लबका पदाधिकारीहरूले बताएका छन्। गण्डक अस्पतालमा सोमवार आयोजित कार्यक्रममा रोटरी क्लब अफ वीरगंजका अध्यक्ष डा आनन्दकुमार झा र रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसका सचिव अनिल जयसवालले अस्पतालका संयोजक डा उदयनारायण सिंहलाई पिपिई सेट हस्तान्तरण गरेका थिए।     क्लबका सदस्य तथा पदाधिकारीहरूबाट सङ्कलित रकमले सो सामग्री खरीद गरी सहयोग गरिएको हो।

लाखौं मानिसको ज्यान जोगाउने रूख

Image
    दक्षिण–पश्चिमी पेरू जहाँ एन्डिज र अमेजनको सङ्गम हो, त्यहाँ मानु नेशनल पार्क छ। १५ लाख हेक्टरमा फैलिएको यो पार्क धर्तीको सबैभन्दा बढी जैव विविधताले भरिएकोमध्ये एउटा हो। यस पार्कमा सदैव कुहिरो लाग्छ र यहाँ मानिसको आउजाउ कम हुन्छ। नदी पार गरेर, जगुआर र प्युमासँग जोगिंदै जब तपाईं वर्षावनको घना जङ्गलमा पुग्नुहुन्छ, तब त्यहाँ सिनकोना अफिसिनैलिसको केही बचेका प्रजातिहरूलाई देख्न सक्नुहुन्छ।     जसलाई यी रूखको बारेमा थाहा छैन, उसको लागि वर्षावनको सघन भूलभुलैयामा १५ मिटर लामो सिनकोना रूखलाई चिह्न गा–हो हुन सक्छ। एन्डिजको तलहटीमा उम्रिने यी रूखले कैयौं मिथकलाई जन्म दिएको र सदिऔंदेखि मानव इतिहासलाई प्रभावित गरेको छ। पेरूको अमेजन क्षेत्र माद्रे डि डिओसमा हुर्किएकी नटाली कैनेल्स भन्छिन्, “धेरैजसोलाई यस रूखको बारेमा थाहा छैन तर यसबाट निकालिने एउटा औषधिले मानव इतिहासमा लाखौंको जीवन जोगाएको छ। कैनेल्स हाल डेनमार्कको नैचुरल हिस्ट्री म्युजियमकी जीव वैज्ञानिक हुन्, जुन सिनकोनाको आनुवंशिक इतिहास पत्ता लगाउँदै छिन्। यस दुर्लभ रूखको बोक्राबाट मलेरियाको पहिलो औषधि कुनैन बनाइएको थियो।     मलेरियाको औषधिः स

असार १५, धान दिवस

    असारको १५ हिजो बित्यो। यो दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ। किनकि धान नेपालीहरूको मुख्य खाद्यान्न हो। धानको खेती नेपालमात्र होइन, प्रायः सबै दक्षिणी र दक्ष्Fिणपूर्वी एशियामा मुख्य बालीका रूपमा गरिन्छ। हुनत विश्वमा धान मात्र मुख्य बाली होइन। गहुँ, मकै पनि मुख्य बाली हुन्। देशको भूगोल, हावापानी, माटो र वातावरण सुहाउँदो खाद्यान्न नै कुनै पनि देशको मुख्य बाली हुने गर्दछ। समशीतोष्ण जलवायु र भूगोल, उर्वर पानी लाग्ने माटो रहेको ठाउँ धानबालीका लागि उपयुक्त मानिन्छ। कुनै पनि बाली माटोको गुण अनुसार उत्पन्न हुन्छ। कुनै पनि खाद्यान्न खास भूगोलको हावापानी अनुसार रुचाइन्छ। र धानबालीका लागि एशियाका यी भूभागको माटो, मौसम उपयुक्त छ। मानिसको प्राथमिक आवश्यकतामा प्रमुख भोजन हो। भोजन सुपाच्य, शक्तिबद्र्धक र अनेक प्रकारका परिकार बनाउने योग्य हुनुपर्छ। स्वाद, प्रजातिमा विभिन्नता भएको बाली छ भने त्यसलाई सबै स्वादका मानिसले मन पराउँछन्।     धानमा यी सबै विशेषता छ। धान उत्पादन हुने भूगोलकै चर्चा गरौं। एशियाका नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, म्यान्मा, चीन, थाइल्यान्डलगायत मुलुकको हावापानीमा धान

बढ्दो चुनौती र असंवेदनशील सरकार

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     कानून, सिद्धान्त तथा राजनीतिसमेतले शासक जनताको लागि हुन्छ, शासकको लागि जनता होइन। शासकले कुनै पनि नागरिकसित व्यक्तिगत आग्रह–पूर्वाग्रह राख्नुहुँदैन। नागरिकको पीडालाई आफ्नो पीडा बुझेन भने ऊ शासक कहलिने योग्य हुँदैन। यसर्थ शासकको प्रमुख कर्तव्य र कार्य हो, जनता र देशको हित सोच्नु, राष्ट्रिय एकता र नागरिक सद्भाव कायम राख्नु हो। राष्ट्रिय एकता र सद्भाव कायम छ भने ठूलोभन्दा ठूलो शक्तिले पनि अवरोध पु–याउन सक्दैन। अहिले मुलुकमा चौतर्फी चुनौती देखिएको छ। यसले गर्दा जनसामान्यमा चिन्ता छ। जनताको चिन्ता र मुलुकको चुनौती हटाउने कर्तव्य सरकारको हो। अहिले तीन तहको सरकार भएको बखत यस्ता चुनFैती सहज तरीकाले समाधान हुनुपर्ने हो तर तीनै तहको सरकारबीच समन्वय अभाव छ। मुलुकको अहिलेको प्रमुख चुनौती जनताको जीवनरक्षा हो। कोरोना जस्तो ज्यानमारा महामारी मुलुकमा झाँगिदै गएको छ। दैनिक चार–पाँच सय कोरोेना सङ्क्रमित भेटिंदैछन् तर पनि आमनागरिक भीडभाडमा काम गर्न तथा बजार जान बाध्य छ। कोरोनाको औषधि उपलब्ध त छैन नै, प्रतिरोधका लागि उपयुक्त अस्पताल तथा सामाजिक दूरी कायम गर्ने माध्यम क्वा

सलहले क्षति गर्न नसक्ने विज्ञको ठहर

Image
राधेश्याम पटेल, परवानीपुर, १४ असार/     भयावह भनिएको सलह कीराले यस वर्ष खासै क्षति गर्न नसक्ने कृषि तथा कीरा विज्ञहरूले बताएका छन् ।     सलह नेपाल प्रवेश गरे पनि उसलाई बस्न र प्रजननका लागि उपयुक्त वातावरण नभएकोले छिट्टै भाग्ने हुँदा क्षति कम हुने भएको हो । मनसुन शुरू भएको, खेतीयोग्य भूमि अधिकांश क्षेत्रमा धान रोपाइँको समय भएको र वर्षे तरकारीबाहेक अन्य कलिलो बाली, बिरुवा खेतमा नरहेकाले खासै क्षति नहुने विज्ञहरूको ठहर छ ।     शनिवार बिहान आकाशै ढाकिने गरी आएको सलह कीराको बथान एकाएक कमजोर भएको छ । उनीहरू अन्यत्र गएको हुन सक्ने गाउँलेहरूले बताएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका विशेषज्ञहरूको टोलीले बाराको निजगढ र सिमरा विमानस्थलको पूर्व खरबुजा फार्मबाट सलह कीरा सङ्कलन गरी अनुसन्धान गरिरहेको केन्द्रका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठले बताए । उनले भने, "सलहले बारामा कतै पनि क्षति पु-याएको छैन, हाल फाट्टफुट मात्र भेटेका छौं, झुन्डमा यात्रा गर्ने कीरा बाराबाट माइग्रेट भई पूर्वी नेपालतर्फ गएको देखिएको छ ।"     यस वर्ष सलह कीरा पूर्वी अफ्रिकाबाट पाकिस्तान र भारतको राजस्थ

२०७७ असार १५ गते सोमवारको प्रतीक दैनिक

Image

पसल सञ्चालनको माग गर्दै नाई र ब्युटिसियनद्वारा प्रदर्शन

Image
प्रस, वीरगंज, १४ असार/     नेपाल नाई सङ्घ पर्सा र ब्युटिसियन सङ्घ पर्साले वीरगंजको घण्टाघरमा आइतवार व्यवसाय सञ्चालनको माग गर्दै प्रदर्शन गरेका छन् ।     घण्टाघरमा भेला भएका नेपाल नाई सङ्घ पर्सा र ब्युटिसियन सङ्घ पर्साका अध्यक्षहरू क्रमशः निसार अहमद र उर्मिला थापाले सरकारले व्यवसाय सञ्चालनको सूचीमा नाई र ब्युटिसियनलाई नराखेको कारण अहिले व्यवसाय सञ्चालनमा अप्ठेरो भएको बताए ।     उनीहरूले सरकारले व्यवसाय सञ्चालनमा रोक लगाउने हो भने घरभाडा, बैंकको ब्याजका साथै व्यवसायमा संलग्नहरूको घर सञ्चालन गर्ने व्यवस्थासहितको राहत दिनुपर्ने माग गरेका थिए । लकडाउन खुकुलो भएसँगै अन्य व्यवसायभैंm आपूmहरूको व्यवसायमा पनि कोरोना भाइरसबाट जोगिने सुरक्षाका उपायहरू अवलम्बन गरेर सञ्चालन अनुमति दिनुपर्ने उनीहरूले माग गरे ।     नाई सङ्घका अध्यक्ष अहमदले यसअघि पनि जिल्ला प्रशासन कार्यालय पर्सा र वीरगंज महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको तर नाईहरूको सन्दर्भमा कुनै निर्णय नभएको कारण अहिले व्यवसाय सञ्चालनमा निकै कठिनाइ भोग्नुपरेको बताए । तीन महीना अवधिको लकडाउनमा व्यवसाय बन्द हुँदा पर्सा जिल्लामा रहेका करीब पाँच सय न

रौतहटमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी सङ्क्रमित, दुईवटा नगरपालिका सिल

प्रस, रौतहट, १४ असार/     रौतहटका दुईवटा स्थानीय तहलाई सिल गरिएको छ । बौधीमाई र ईशनाथ नगरपालिकालाई आइतवारदेखि सिल गरिएको छ ।     क्वारेन्टाइनबाहिरका १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले दुईवटा नगरपालिकालाई सिल गर्ने निर्णय गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।     शनिवार अबेर प्राप्त पिसिआर रिपोर्ट अनुसार बौधीमाई नगरपालिकाका दुईजना वडाध्यक्ष, दुईजना कार्यपालिका सदस्य, दुईजना स्वास्थ्यकर्मी, एकजना सुरक्षाकर्मी र सातजना कर्मचारीसमेत १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएकाहरूलाई बौधीमाई नपाको आइसोलेशनमा पठाइएको छ ।     जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका जनप्रतिनिधि तथा कर्मचारीहरू सङ्क्रमित भएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरू सबैको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने नगरका बासिन्दाहरूले माग गरेका छन् । यसभन्दा पहिले भारतबाट आएका वा क्वारेन्टाइनमा बसेकाहरूमा मात्रै सङ्क्रमण देखिएको थियो । यसपटक क्वारेन्टाइनबाहिर तथा समुदायस्तरमा सङ्क्रमण देखिनु चिन्ताको विषय रहेको भन्दै जिल्ला सुरक्षा समि