प्रस, सेढवा, १६ जेठ/
लकडाउन अवधि बढेसँगै भारतका विभिन्न स्थानमा रोजगारका लागि गएका स्थानीय युवकहरू अहिले गाउँमा आएपछि ज्याला–मजदूरी गर्नेहरूलाई समस्या भएको छ।
खासगरी खेतबारीको काममा संलग्न दैनिक ज्याला मजदूरी गर्नेहरूलाई भारतबाट आएका युवाहरूको कारण समस्या झेल्नुपरेको छ। धानको बीउ छर्ने बेला, खेतबारीमा सिंचाइ, मल र कुलोको सरसफाइ तथा आली निर्माणमा दैनिक ज्यालादारीमा खट्ने मजदूरहरूको रोजगार गुमेको छ।
भारतका विभिन्न स्थानमा काम गर्न गएका युवाहरू लकडाउनको कारण घर फर्केसँगै उनीहरूले खेतबारीलगायतका काममा सघाउन थालेका हुन्।
युवाहरू वैदेशिक रोजगारमा बाहिरिएसँगै गाउँमा खेतबारीको काममा समेत समस्या भएको थियो। घरपरिवारका सदस्यहरूबाट मात्र खेतबारीको काम सम्भव नभएपछि ज्याला मजदूरीमा मानिसहरू राख्ने गरिन्थ्यो। अहिले युवाहरू घरमा आएका कारण उनीहरू नै यी सब काममा खट्दै आएका छन्। यसअलावा भारतबाट आएका युवाहरूले गाउँटोलमा व्यवसाय शुरू गरेका छन्।
लकडाउनमा घरमा बसेर मात्र खान सक्ने अवस्था नभएपछि उनीहरूले भारतमा गर्ने कामलाई गाउँमैं शुरू गरेका हुन्। जीराभवानी गापा–२ का बिरजु चौधरीले कुखुरा बिक्री शुरू गरेका छन्। उनले भारतमा काम गर्दा लाज नहुने तर आफ्नै गाउँटोलमा काम गरेर खान के को लाज भन्दै बोइलर कुखुराको खरीद–बिक्रीमा लागेको बताए।
यसैगरी, तरकारी, फलफूल बिक्रीमा पनि युवाहरूको सक्रियता बढेको छ।
यसअघि गाउँटोलमा यस्ता व्यवसाय गर्न लाज मान्ने युवाहरू अहिले लकडाउनमा लामो समयसम्म बेरोजगारी बस्नुपरेपछि व्यवसाय गर्न अगाडि बढेका हुन्।