$type=ticker$count=12$cols=4$cate=0

लकडाउन: उपाय कि मनोवैज्ञानिक त्रास ?

SHARE:


वैद्यनाथ ठाकुर
    मेरो पुरानो आत्मीय मित्र सुकदेव उपाध्यायले अस्ति बिहान प्रातः भ्रमणमा रहेकै अवस्थामा काठमाडौंबाट मैसेन्जरमा भिडियो चैट गर्नुभयो। कुराकानीबाट थाहा भयो– दुईजना नेपाली चिकित्सकले एउटा लेख कोरोना सम्बन्धमा लेख्नुभएको रहेछ, त्यो सा–है नै चर्चित भएको छ– एकचोटि अध्ययन गर्न उहाँले मलाई सल्लाह दिनुभयो। मैले पनि त्यो लेख पढें। वास्तवमा त्यहाँ उठाइएका कुराहरू र प्रस्तुत गरिएका तथ्याङ्कहरू विचार गर्नैपर्ने खालका रहेछन्।
    मानवजातिको ७० हजार वर्षको इतिहासमा कोरोना (कोभिड–१९)को बहानामा यति लामो समयसम्म लकडाउनको नाममा पहिलोपटक संसारलाई आफ्नै घरभित्र थुनिएको छ। यसभन्दा अगाडि २० करोड मान्छे मार्ने ब्ल्याक डेथ, १० करोड मान्छे मार्ने स्पेनिश फ्लू, ५ करोड मान्छे मार्ने प्लेग अफ जस्टियन, ५ करोड मान्छे मार्ने बिफरजस्ता महामारीमा पनि मानवजातिले यति धेरै आतङ्कित हुनुपरेको थिएन। मानिसहरू आफैंले शुरू गरेको पहिलो विश्वयुद्धमा ४ करोड र दोस्रो विश्वयुद्धमा ८ करोड मानिस मर्दासमेत मृत्युको यति ठूलो डरले मानिसलाई गाँजेको थिएन। जबकि कोरोनाबाट सङ्क्रमित हुनेहरूमध्ये केवल ०.१ प्रतिशत मानिस मात्रै मरिरहेको छ। यस्तोमा प्रश्न उठ्नु स्वाभाविक छ– आखिर किन कोरोनाको त्रासले संसार दिउँसै अँध्यारो हुन थालेको छ।
    चैत ११ गतेदेखि शुरू भएको लकडाउन आज जेठ १८ गते हँुदा नि जारी छ । जेठ २० गतेसम्मलाई लकडाउनको तिथिमिति तोकिए पनि २१ गतेबाट लकडाउन हट्ला भनेर आश गर्ने कुनै सङ्केत देखिएको छैन । जबकि पहिलेभन्दा लकडाउन निकै फितलो भइसकेको छ । लकडाउन वीरगंजको मुख्य सडकमा मात्रै सीमित भएको देखिन्छ । गल्ली तथा भित्री सडक र गाउँटोलमा मानिसहरूको हिंडाइ, बसाइ तथा घुमफिरले लकडाउन छ जस्तो लाग्दैन ।
    विवाह, पर्व जस्ता सामाजिक कामहरू पनि भए गरिएको देखिंदै छ। मानिसहरू लकडाउनबाट आजित भइसकेका छन्। वीरगंजमा अस्पतालमा भर्ना भएका सङ्क्रमितहरू पनि सामान्य अवस्थामा स्वस्थ भई डिस्चार्ज भइसकेका छन्। यस्तोमा आममानिसमा कोरोनाको त्रास उत्पन्न गरेर घरभित्रै अझै लकडाउनमा राख्ने वा बिस्तारै सावधानी र सतर्कता अपनाएर सबै क्षेत्रलाई खुला गर्ने भन्ने प्रश्नमाथि सरोकारवालाहरूले गम्भीरतापूर्वक छलफल गर्न जरुरी भइसकेको छ।
    हालसम्म कोभिड–१९ को कुनै औषधि आधुनिक चिकित्सा विज्ञानले विकास गर्न सकेको छैन। प्रयास जारी छ। केही न केही निकास अवश्य निस्किन्छ।
    जसरी नेपालमा प्रत्येक सत्तरीदेखि नब्बे वर्षको बीचमा एकचोटि ठूलो भुइँचालो आउँछ, ठीक त्यसैगरी संसारलाई नै आतङ्कित र त्रसित पार्ने गरी १०० देखि १२० वर्षको बीचमा एउटा ठूलो महामारी पनि आउँदो रहेछ र यसले मानवजातिलाई ठूलो धक्का तथा सङ्कट दिंदोरहेछ।
    समाजवादको सोभियत सङ्घीय
(रूस) घेरालाई तोड्दै माक्र्सवादी देशहरूलाई टुक्राटुक्रा गर्न सफल तथा आफूलाई मानव सभ्यताको अन्तिम र उत्कृष्ट सामाजिक व्यवस्था भनिराखेको भूमण्डलीकृत पूँजीवाद यतिबेला इन्तु न चिन्तुको अवस्थामा छ। कोभिड–१९ को आगमनपछि पछिल्लो पाँच महीनादेखि पूँजीवादको होश उडेको छ।  मानिसहरूमा देखा पर्ने सबैखालका रोगमा औषधि र खोपको अविष्कार गर्ने  पूँजीवादको स्वास्थ्य प्रणालीसँग कोभिड–१९ विरुद्ध न औषधि छ, न खोप छ। अहिलेसम्म कोभिड–१९ को बारेमा विस्तृत जानकारीसमेत दिन सकेको छैन, आधुनिक चिकित्सा विज्ञानले।
    यस्तोमा घरभित्रै लकडाउन भएर बस्नुबाहेकको अरू के नै विकल्प रहन्छ ? शिक्षा, स्वास्थ्य, कृषि, व्यवसाय, पर्यटन आदि सबै पूर्णतः ठप्प रहेको वर्तमान अवस्थाले एकातर्फ रोजगार खोसेर मानिसहरूलाई बेरोजगारी बनाएको छ भने अर्कोतर्फ भोक र कुपोषणले मानिसहरू कोरोना लाग्नु अगाडि नै मरिरहेका छन्।
    यतिबेला कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनद्वारा महामारी रोग घोषणा गरिएको छ। जबकि कुनै पनि रोगलाई महामारी या प्राणघातक भन्न मानवजातिसँग त्यो रोगलाई परास्त गर्ने औषधि या उपाय नहुनु हो। रोगको गुणात्मक सङ्क्रमण दर तीव्र हुनुपर्दछ र रोगको चरित्र प्राणघातक हुनुपर्ने हुन्छ। यी तीनवटै दृष्टिबाट हेर्दा कोरोना महामारी र प्राणघातक रोग होइन भन्न प्रशस्त तर्क र तथ्यहरू छलफलमा देखिएका छन्।  आजसम्म संसारमा ६० लाखभन्दा बढी कोरोना सङ्क्रमितमध्ये करीब २७ लाख सङ्क्रमित निको भएर घर फर्किसकेका छन्। कोरोना महामारी या प्राणघातक रोग होइन भन्न ती २७ लाख निको भएर फर्किएका मानिसहरू काफी छैनन् र ?
    कोरोनालाई प्राणघातक सरुवा रोग नै मानिदिंदा पनि ९० प्रतिशत मृत्युदर भएको भनिएको रेबिज, ८० प्रतिशत मृत्युदर भएको भनिएको एड्स, ८७ प्रतिशत मृत्युदर भएको भनिएको इबोला, ६५ प्रतिशत मृत्युदर भएको भनिएको बिफरदेखि, २.१ प्रतिशत मृत्युदर भएको भनिएको स्वाइन फ्लूलगायत सरुवा रोगमध्ये कोरोनाबाट हुने मृत्युदर सबैभन्दा न्यून अर्थात् ०.१ प्रतिशत मात्र छ। अर्थात् बाहिर कोरोनाको कारण देखाइएको त्रास र मृत्युको भयावह दृश्य आजसम्मका सबै सरुवा रोगमध्येको सबैभन्दा कमजोर अवस्थामा छ।
    कोभिड–१९ को आरडिटी र पिसिआर परीक्षण प्रणालीको आविष्कारक नोबेल पुरस्कार विजेता बायोकेमिस्ट केरी मुलस स्वयम्ले पिसिआर परीक्षण केवल अनुसन्धानको लागि हो, यसको आधारमा कुनै भाइरसको निर्धारण अनि उपचार या औषधिको सिफारिश गर्नु सही हुन्न भनेका छन्। आज ध्ज्इ त्यही केरी मुलसको अनुसन्धानको लागि बनाइएको पिसिआर प्रणालीबाट कोभिड–१९ नामको भाइरसको नामाकरण गर्ने र यसको प्राणघातक गुणको भ्mयाली पिट्ने काम गरिरहेको छ। त्यही पिसिआर परीक्षणको आधारमा सङ्क्रमित घोषणा गरेर मानिसले मानिसलाई छुन नहुने, नजीक जान नहुनेलगायतका सामाजिक अन्याय भइरहेको छ।
    कोरोना सङ्क्रमितमध्ये ८० प्रतिशतमा लक्षण नै देखा नपर्ने, १५ प्रतिशतमा सामान्य लक्षण देखिने र सहजै निको हुने अनि ३ देखि ५ प्रतिशतलाई मात्रै उपचारको प्रक्रियामा लैजानुपर्ने हुन्छ भनेर स्वयम् ध्ज्इ ले भनिराखेको छ। अर्थात् संसारमा करोडौं मानिसको शरीरमा कोभिड–१९ छिरेर भागेर पनि गइसक्यो होला। यसरी सजिलै सामान्य खानपानबाटै उत्पन्न हुने सामान्य प्रतिरोधक क्षमताबाटै भागेर जाने कोरोनालाई कसरी महामारी र प्राणघातक भन्ने ?
    कोभिड–१९ लाई महामारी प्रमाणित गर्न हरेक दिन मानिसहरूको मृत्युको अङ्कगणित अगाडि सारिन्छ र आजसम्म साढे ३ लाख मानिस कोरोनाबाट मरिसके भनेर प्रचार गरिन्छ। जबकि चीन, इटाली, अमेरिका, स्वीडेन, बेलायत, फ्रान्स, ब्राजील, जर्मनी लगायतमा कोरोनाबाट मृत्यु भएको भनिएका मानिसहरूको तीनवटा तथ्यलाई लुकाइएको छ।
    ध्ज्इ पूँजीवादी व्यवस्थाले एलोपेथी उपचार प्रणालीलाई मात्रै मानव स्वास्थ्य विज्ञानको पर्याय बनायो। आयुर्वेद, होमियोपेथिक, प्राकृतिक चिकित्सा योग, प्रणायाम, घरेलु उपचार विधि, युनानी उपचार र कैयौं नयाँ उपचारलाई वास्ता गरेको देखिंदैन।
    मानिसको शरीरमा ५० हजार थरीका भाइरस हुन्छन्। त्यसमा कोभिड–१९ थपिएर ५० हजार एक भयो होला। एउटा नाथे सिजनल फ्लू सरहको भाइरसको त्रासमा सिङ्गै मानवीयतालाई एकान्त बासमा राख्नु कसरी जायज मान्ने ?
    मानिसको मृत्यु श्वास रोकिएपछि र मुटु चल्न बन्द भएपछि हुन्छ। संसारमा श्वासप्रश्वासको रोगले मात्रै दैनिक सो–ह हजार मानिस मर्छन्। मुटुरोगले दैनिक पच्चीस हजार मानिसको मृत्यु हुन्छ। उनीहरू मर्दाको दृश्य निकै नै ह्दयविदारक हुन्छ। अहिले कोभिड–१९ बाट मान्छे मर्न थाले भनेर भेन्टिलेटरमा अन्तिम श्वास लिइरहेका मानिसहरूको श्रव्यदृश्य विश्वलाई किन देखाइयो ?
    कोरोना शुरू भएपछि विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक सेकेन्ड त्रास यसरी फैलायो कि मानिसहरू त्रास, स्तब्धता र आतङ्कको सुनामी आएको महसूस गर्न थाले। सबैलाई एकपटक मृत्युसँग आत्मसमर्पण गर्न लगाइयो। मनोवैज्ञानिक त्रासले मानिसलाई यति कमजोर बनाइयो कि तनाव, मनोरोग, त्रासदी र मृत्युबाहेक मानिसहरूले अरू देख्नै छाडे। उच्च  मनोबल, सामान्य सावधानी र स्वस्थ खानपानले ‘पुँm’ गर्दा ढल्ने कोरोनालाई हाउगुजी किन बनाइयो ?
    यतिबेला २१३ वटा देशमा कोरोनाको सङ्क्रमण छ। तर सबै देशले लकडाउन गरेका छैनन्। चीनसँगै टाँसिएको ताइवानले लकडाउन गरेन। सङ्क्रमण छिट्टै पुगिसकेको ताइवानमा कोरोनाको मृत्युदर शून्य प्रायः भयो। यता ध्ज्इ को २० मिलियन डलरको अफरलाई समेत अस्वीकार गरेर आफ्नै परम्परागत औषधिले कोरोना परास्त गर्ने अर्काे मुलुक मेडागस्कर हो। तान्जानियाले पनि ध्ज्इ को आदेश मानेन र शून्य मृत्युदर देखायो।
    भियतनाम, कम्बोडिया, क्युबा, उत्तर कोरिया, जापान, भूटान, बेलारूस, रूवान्डालगायत दर्जनौं देशले लकडाउन नै गरेनन्। तैपनि असाध्यै कम या शून्य मृत्युदर देखिएको छ। दक्षिण कोरियाले त यही बीचमा सङ्क्रमण व्यापक भयो भन्दाभन्दै संसदीय चुनाव नै गरिदियो। अस्ट्रेलियाले लकडाउनभन्दा सावधानीलाई जोड दियो। यसरी आफ्नो परम्परागत उपचार प्रणाली, आत्मविश्वास र सामान्य सावधानीले कोरोनालाई सजिलै परास्त गर्न सकेका छन्।
    आजसम्म कोरोना सङ्क्रमित मानिसहरू आफ्नो रोग प्रतिरोधक क्षमता र खानपानले मात्रै निको भएका छन्। हामीले असफल पूँजीवादी स्वास्थ्य प्रणालीको विकल्पमा नयाँ स्वास्थ्य प्रणाली र मानव स्वास्थ्यको बारेमा गम्भीर बहस गर्नैपर्ने हुन्छ। एलोपेथी उपचार विधिलाई कर्पाेरेटहरूको नाफाको मुख्य क्षेत्र बनाइएको आजको परिवेशबाट मुक्त गर्न सकिएन भने यसले मानव स्वास्थ्यलाई पैसा कमाउने क्षेत्र मात्रै बनाइरहेको छ। कुनै जमानामा चिकित्सक पृथ्वीमा ज्यूँदो भगवान् भन्ने उखान अहिले चिकित्सक लुटेरा जस्तै देखिन थालेका छन्। पैसाको लागि बिरामीको स्वास्थ्यसँग खेलवाड गर्नु चिकित्सकहरूको मुख्य धर्म नै हुन गएको परिप्रेक्ष्यमा लकडाउन अब बिस्तारै खुकुलो पार्दै लग्नुपर्छ। साथै जनताको जीउधन र वृत्ति विकासमा सरकारको ध्यान केन्द्रित हुन जरुरी छ न कि केवल करको भारी बोकाउने अनि कमिशन खाई दरबारमा रमाउने...!

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लकडाउन: उपाय कि मनोवैज्ञानिक त्रास ?
लकडाउन: उपाय कि मनोवैज्ञानिक त्रास ?
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3hAQUPqg_5nh7e-tujyocuibxWQhhxsaRifpRMO-suCaUpo2rJ5bZInSHm0fxoCgm4KnpNQfA2jOwCd_EfuKSXosyllz-D-WQ040MYWV5ebOtksIflJD8LrrmLIQSZ52JmokKX72I5y7p/s320/baidhnath.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3hAQUPqg_5nh7e-tujyocuibxWQhhxsaRifpRMO-suCaUpo2rJ5bZInSHm0fxoCgm4KnpNQfA2jOwCd_EfuKSXosyllz-D-WQ040MYWV5ebOtksIflJD8LrrmLIQSZ52JmokKX72I5y7p/s72-c/baidhnath.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/05/blog-post_969.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/05/blog-post_969.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy