प्रस, वीरगंज, १६ जेठ/
नारायणी अस्पतालका मेसु डा मदनप्रसाद उपाध्यायले तत्कालै नारायणी अस्पताललाई जनरल अस्पतालको रूपमा सबै सेवा सुचारु गर्न जनशक्तिको अभाव हुने बताएका छन्।
मेसु डा उपाध्यायले विज्ञप्ति प्रकाशित गरेर सबै सेवा सुचारु गर्न अस्पताल अग्रसर रहे पनि जनशक्तिको अभाव भएकोले क्रमिकरूपमा सेवाहरू सुचारु गर्ने बताएका छन्। नारायणी कोभिड अस्पतालमा रहेका कोरोना सङ्क्रमितहरू जेठ १२ गतेसम्म ७० जना डिस्चार्ज भएसँगै नारायणी अस्पताललाई जनरल अस्पतालमा परिणत गर्ने कार्य शुरू भएको थियो। पहिलो चरणमा सङ्क्रमितहरू बसेको आइसोलेशन वार्डलाई विसङ्क्रमित गरिएको थियो। आज शुक्रवारदेखि डायलोसिस सेवा शुरू गर्ने बताइएको छ।
मेसु डा उपाध्यायले बहिरङ्ग सेवा सञ्चालन गरिने बताएका छन्। उनले तत्काल २५ जना बिरामी हेर्ने गरी बहिरङ्ग सेवा सुचारु गर्ने बताए। उनले नारायणी अस्पतालका एक तिहाइ जनशक्ति क्वारेन्टाइन र अस्थायी कोभिड अस्पतालमा कार्यरत रहेका हुँदा सबै सेवा पूर्ववत्रूपमा सञ्चालन गर्न समस्या हुने बताए।
यसैगरी, पिसिआर प्रयोगशाला सञ्चालनमा रहेको र त्यसको लागि ल्याबको जनशक्ति परिचालित भएको हुनाले जनरल प्रयोगशाला सञ्चालनमा आउन केही दिन लाग्ने र सोको लागि पहल भइरहेको जनाएका छन्। मेसु डा उपाध्यायले अस्पतालका आकस्मिक सेवा आइसियू, एनआइसियू, शल्यक्रिया सेवाहरू पनि क्रमिकरूपमा सञ्चालन हुने बताएका छन्।
नारायणी अस्पतालमा रहेका सङ्क्रमितहरू जेठ १२ गते घर फर्केपछि वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले अस्पतालको पूर्ववत् जनरल सेवा ७२ घण्टाभित्र सञ्चालनमा ल्याउने उद्घोष गरेका थिए। सोहीअनुरूप जेठ १३ गतेदेखि अस्पताललाई विसङ्क्रमित गरिएको थियो।
अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले आकस्मिक सेवा अस्पतालमा जारी रहेको जानकारी गराएका छन्। उनले यसअघि आकस्मिक सेवामा फिभर क्लिनिक सञ्चालन भएको र त्यसमा सानातिना आकस्मिक बिरारीहरूको उपचार भइरहेको बताए। अहिले अस्पतालमा पर्याप्त जनशक्ति नभएको कारण आजदेखि डायलोसिस सेवा सञ्चालनमा आउने र त्यसपछि क्रमिकरूपमा सेवाहरू प्रवाह गर्नेतर्फ काम भइरहेको जानकारी गराएका छन्। कोरोना सङ्क्रमणकालमा अस्पतालको जनशक्ति अन्यत्र परिचालित गर्नुपर्ने भएकोले तत्काल सबै सेवा एकसाथ सुचारु गर्न समस्या भएको उनले बताए।
यसैबीच, नारायणी अस्पतालको जनरल सेवा सुचारु हुनुपर्ने माग राख्दै आन्दोलनरत पक्षधरहरूले आज मेसु डा उपाध्यायसँग छलफल गरेका छन्। २७ दिनदेखि अस्पताल सञ्चालनको माग गर्दै घरको मुख्यद्वारमा एक घण्टा धर्ना दिंदै आएका जसपाका नेताहरू निजामुद्दीन समानी, ओमप्रकाश सर्राफ, मोनिका सिंह र स्वतन्त्र मानव अधिकार सङ्गठनका हरेन्द्र पटेलले मेसु उपाध्यायलाई अस्पतालको सेवा सुचारु गर्न दबाब दिएका थिए। उनीहरूको जवाफमा मेसु डा उपाध्यायले आइतवारदेखि केही सेवा सञ्चालनमा आउने आश्वासन दिएका थिए। मेसुको आश्वासन भरपर्दो र विश्वसनीय नभएको र सोअनुरूपको अस्पतालमा तयारी पनि नभएको कारण आफूहरूले गरिरहेको आन्दोलनलाई जारी राख्ने जसपाका ओमप्रकाश सर्राफले प्रतीकलाई बताए।
उनले आममानिसको उपचार हुने नारायणी अस्पतालले सेवा नदिंदा गरीब, असहायहरू अहिलेको अवस्थामा आर्थिक शोषणको शिकार भइरहेका हुँदा पूर्ववत्रूपमा अस्पताल सञ्चालनमा नआउन्जेल आफ्नो आन्दोलन जारी रहने बताएका छन्। अस्पतालको सेवा सुचारु हुनुपर्ने माग राख्दै यी नेताहरूले २७ दिनदेखि घरको मुख्य ढोकामा बिहान १० देखि ११ बजेसम्म एक घण्टा धर्ना दिंदै आएका छन्।