प्रस, निजगढ, १८ जेठ/
बाराको निजगढ–रतनपुरी–अमलेखगंज सडक अझैसम्म पनि निर्माण सम्पन्न भएको छैन ।
२०७६ पुस मसान्तभित्र काम सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय हेटौंडाबाट २०७४ असार ३० गते पप्पु– रञ्जन जेभी काठमाडौंले ठेक्का सकार सम्झौता गरेको हो ।
वन क्षेत्र हँुदै गएको सो सडकको ठाउँठाउँमा दायाँ/बायाँ एक्साभेटरले गहिरो खाल्डो बनाइ माटो निकालेर सडकमा भरेपछि स्थानीय सामुदायिक वन समूहको तारबार भत्किएको, बोटबिरूवा मासेको पशुपति सामुदायिक वन उपभोक्ता समूह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले बताएका छन् ।
हामीले क्षति भएको तारबार पुनः लगाइदिन, वन क्षेत्र र घरआँगनमा पारिएका खाडलहरू पुर्न आग्रह गर्दै आइरहे पनि ठेकेदारले बेवास्ता गरिरहेको ती दुवै वन समूहका अध्यक्षहरू धनबहादुर खुलाल र जगजीवन कुमरले बताए ।
शुरूमा नै सडक बनाउने नाउँमा वन क्षेत्र र चुरेको संवेदनशील क्षेत्रमा रहेको खोलाबाट अवैधरूपमा ग्रेभल उत्खनन गर्दै सडकमा हालेपछि सो ठेकेदार कम्पनी विवादमा पर्दै आएको हो ।
निर्माण गरिएको सडक ठाउँठाउँमा जताततै धस्न थालेको छ । ठाउँठाउँमा वर्षामा सडक भत्किएर त्यही खाल्डोमा खस्ने प्रबल सम्भावना पनि उत्तिकै छ । सडकको काम पूरा नगरी महीनौंदेखि सो सडक निर्माण कम्पनी बेपत्ता रहेको स्थानीयहरूको भनाइ छ ।
ठेकेदार कम्पनी पप्पु–रञ्जन जेभीले सडकको मापदण्ड पूरा नगरेपछि आफूहरूले १० महीनाअघि नै अख्तियार दुरूपयोग अनुसन्धान कार्यालय हेटौंडामा लिखित उजूरी दिएको तर अहिलेसम्म कुनै सुनुवाइ नभएको स्थानीय रतनपुरी सडक अनुगमन सरोकार समितिका संयोजक विष्णुप्रसाद ढुङ्गानाले बताए । ९.४ किलोमिटर लम्बाई ६ मिटर चौडाइको सो सडक निर्माण सम्पन्न गर्न उक्त निर्माण कम्पनीले ७ करोड ८४ लाख ५६७ रूपैयाँमा ठेक्का सकार गरेको हो ।
सो सडक निर्माणमा ढिलाइ भइरहेकोबारे बुझ्दा ठेकेदार कम्पनीका सिहासनी साहले शुरूमा केही समस्या आएको तर ती समस्याहरू समाधान गर्दै अब चाँडै नै सडक निर्माण कार्य अघि बढ्ने प्रतिक्रिया दिएका छन् ।