प्रस, वीरगंज, १८ जेठ/
विन्दवासिनी गाउँपालिकामा कार्यरत करार कर्मचारी, कार्यालय सहयोगी तथा सामाजिक परिचालकले ९ महीनादेखि तलबको माग गर्दै आइतवार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
आव २०७६/७७ मा नै उनीहरूलाई करार सेवा अन्तर्गत काममा खटाइएको थियो । गत वर्षको तलबभत्ता पाए पनि चालू आवको तलबभत्ता नपाएको बताउँदै कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेका वडा कार्यालय झौवागुठीका कार्यालय सहयोगी वीरेन्द्र साह तेलीले जानकारी गराए । चालू आवमा म्याद थप भएपनि कार्यालय सहयोगी तथा सामाजिक परिचालकहरूले तलब नपाएको गुनासो गरे । लकडाउनको क्रममा अहिले धेरै समस्यामा परेको तेलीको भनाइ थियो । पटक–पटक निमित्त कार्यालय प्रमुख, वडाध्यक्ष, गापा अध्यक्ष तथा लेखा शाखामा तलब मागको लागि जानकारी गराउँदा पनि हालसम्म तलब निकासा नगरेको भन्दै तालाबन्दी गरेको जानकारी गराएका छन् । बिदाको दिनबाहेक २०७६ साउन १ गतेदेखि नियमितरूपमा हाजिरी गरी काम गर्दै आएको उनले बताए । वडाध्यक्षले हाजिरी प्रमाणित गरी पठाए तापनि आजभोलि भन्दै अहिलेसम्म तलब भुक्तानी नगरेको आरोप उनले लगाएका छन् । महामारीको बेला घरपरिवार चलाउन, बिरामीको उपचार गर्न समस्या भएको भन्दै आफूहरूले गापाको कार्यालयमा तालाबन्दी गरेको जानकारी गराए ।
विरोध गर्ने कर्मचारीहरूमा रमेन्द्रनाथ तिवारी, रामकुमार कुशवाहा, गीता कुमारीलगायत रहेका छन् । तलब नपाएसम्म ताला नखोल्ने उनीहरूको भनाइ थियो ।