प्रस, पोखरिया, १६ जेठ/
पोखरियाको क्वारेन्टाइनमा रहेका चारजनामा कोरोना सङ्क्रमण फेला परेको छ।
जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालय पोखरियाको क्वारेन्टाइनमा रहेका चारजनामा बिहीवार साँझ कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले चारजना सङ्क्रमित भएको पुष्टि गरेको हो। नारायणी अस्पतालको पिसिआर रिपोर्टबाट उनीहरू सङ्क्रमित देखिएपछि पुष्टिको लागि टेकु पठाइएको थियो। त्यहाँबाट पनि सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमित चारजनामध्ये तीनजना भारतको हरियाणा राज्यमा काम गर्दथे। लकडाउनको समयमा उनीहरू त्यहाँबाट पोखरिया घर फर्केका हुन्। उनीहरू पोखरिया नपा–६ का बासिन्दा हुन्।
यसैगरी, चौथो सङ्क्रमित भारत, मुम्बईबाट लकडाउनमा पोखरिया घर आएका हुन्। उनी वडा नं ९ का बासिन्दा हुन्। उनी मुम्बईमा परिवारका सदस्यलाई उपचार गराउन गएका र घर फर्केपछि क्वारेन्टाइनमा परिवारसँगै बसेका थिए। उनीहरूसँगै उपचारमा गएका पत्नी र छोरीको रिपोर्ट भने नेगेटिभ आएको छ।
प्रस, सेढवा/
जीराभवानी गाउँपालिकामा पनि एकजना कोरोना सङ्क्रमण फेला परेका छन्। जीराभवानी गापा–३ बितो महतो जनता मावि, जीतपुर नैकाटोलाको क्वारेन्टाइनमा बसेका १७ जनामध्ये एकजनामा कोरोना सङ्क्रमण फेला परेको हो। बाँकी १६ जनाको रिपोर्ट नेगेटिभ आएको गापा स्वास्थ्य संयोजक सिफकुल अन्सारीले बताए। सङ्क्रमित बिरामीलाई नारायणी अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेशनमा भर्नाको लागि पठाइएको छ।
यसैगरी, वडा नं २ मावि सेढवाको क्वारेन्टाइनमा रहेका तीनजना स्वास्थ्यकर्मीसहित ९२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। पिसिआर रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा रहेका सबैलाई घर पठाइएको छ।