राधेश्याम पटेल, वीरगंज, १७ जेठ/
प्रदेश २ मा कोरोना महामारी अनियन्त्रित बन्दै गएको छ।
दैनिकरूपमा सयौं सङ्क्रमित थपिंदै जाँदा र भारतबाट नेपाल फर्किने क्रम जारी रहँदा प्रदेश २ का आठ जिल्लामा सङ्क्रमितको उपचार, ट्रेसिङ र पिसिआर परीक्षणमा पनि समस्या उत्पन्न हुँदै गएको छ। प्रदेश २ का आठ जिल्लामा १६ हजार शøया क्षमताको क्वारेन्टाइन क्षमता रहेकोमा अहिलेसम्म १३ हजारभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राखिएको छ। यी सबैजना विगत १० दिनभित्र भारतका विभिन्न राज्यबाट नेपाल प्रवेश गरेका हुन्। रौतहटमा मात्र ४२ सयभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन्। त्यसैगरी, प्रदेश २ का आठ जिल्लामा करीब पौने ५ सय मानिस सङ्क्रमित पुष्टि भइसकेको छ। प्रदेश २ मातहत सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजयकुमार झाले भने, “हिजो अपराह्न ४ बजेसम्म सयजना सङ्क्रमित थिए भने आज अपराह्न ४ बजेसम्म ९० जना सङ्क्रमित थपिएका छन्। अब प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या ४९० पुगेको छ।”
प्रदेश २ का आठ जिल्लामध्ये रौतहट उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले भने, “दिन प्रतिदिन भारतबाट आउनेहरूको सङ्ख्या बढिरहेको छ, भिटिएमको अभावमा क्वारेन्टाइनमा रहेका नागरिकको पूर्णरूपमा पिसिआर परीक्षण गर्न सकेको छैन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको त परैको कुरा हो।”
त्यसैगरी, उनले रौतहटमा रहेका क्वारेन्टाइनलाई नै सेमिआइसोलेशन वार्डको रूपमा परिणत गरी सङ्क्रमितहरूको उपचारमा जुटेको बताए। रौतहटका जति पनि विद्यालय र कलेजहरू छन्, त्यसैलाई सेमिआइसोलेशन बनाएर सङ्क्रमित व्यवस्थापन गर्न स्थानीय सुरक्षा समिति र जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा छलफल भइरहेको छ।