प्रस, वीरगंज, १८ जेठ/
वीरगंज महानगरपालिकाले आइतवारदेखि त्रिजुद्ध माविको क्वारेन्टाइन र सिद्धार्थ माविको सेमिआइसोलेशन तथा नारायणी अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेशनमा रहेका बिरामीहरूलाई खाजा र खानाको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई सुम्पेको छ ।
वीरगंज महानगरपालिकाले हिमाल भान्साघरलाई खाजा र खानाको व्यवस्थापनको जिम्मा दिएको छ। महानगर स्रोतका अनुसार प्रतिछाक शाकाहारी रू १७५, मांसाहारी रू २८५ र खाजा रू ११० मा हिमाल भान्साघरलाई खाजा र खानाको जिम्मा दिएको हो ।
हिमाल भान्साघरका सञ्चालक जगन्नाथप्रसाद कलवारले सङ्क्रमितबाहेकलाई बिहान–बेलुका शाकाहारी खाजा र खाना तथा सङ्क्रमितहरूलाई माग अनुसार एक समय मांसाहारी भोजनको व्यवस्था गर्न जिम्मा पाएको बताए ।
यसअघि सिद्धार्थ माविको सेमिआइसोलेशन र नारायणी अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेशनमा रहेका सङ्क्रमितहरूलाई सानो पाइलाले निश्शुल्क भोजनको व्यवस्थापन गर्दै आएको थियो । वीरगंज महानगरपालिकाले निश्शुल्क भोजन व्यवस्थापन गरेबापत सानो पाइलालाई धन्यवाद ज्ञापन गरेको छ ।
वीरगंज महानगरका नगरप्रमुख विजय सरावगीले सानो पाइलालाई धन्यवाद ज्ञापन गर्दै आइतवारदेखि यी ठाउँहरूमा रहेका मानिसहरूलाई महानगरपालिकाले खाजा र खानाको व्यवस्थापन निजी क्षेत्रमार्पmत् गरेको जानकारी गराएका छन् ।