प्रस, पंचगावाँ, १८ जेठ/
पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक महिलासहित ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
नारायणी अस्पतालको पिसिआर रिपोर्टबाट पाँचजनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए । जेठ १७ गते बेलुका उनीहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएको अधिकृत ठाकुरले बताए । पटेर्वासुगौली गापाको नेरामावि निचुटाको क्वारेन्टाइनमा भारतबाट आएका ४१ जनालाई राखिएको र उनीहरूको स्वाब नमूना सङ्कलन जेठ १५ गते गरिएकोमा पाँचजनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएकामध्ये पटेर्वासुगौली–५ निचुटा निवासी वर्ष २२ देखि ३६ वर्षका तीनजना पुरूष भारतको हरियाणाबाट फर्केका हुन् । उनीहरू त्यहाँ ज्याला मजदूरी गर्ने र लकडाउनमा घर फर्केका थिए ।
यसैगरी, अर्का एकजना पुरूष २२ वर्षका वडा नं ४ का हुन् र उनी भारतको गोरखपुरबाट आएका थिए भने एकजना पटेर्वासुगौली–२ बेलवा निवासी २५ वर्षीया महिला दिल्लीबाट फर्केकी हुन् । पाँचैजना भारतमा रोजगारका लागि गएका र लकडाउनमा फर्केर आएपछि उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमित पाँचैजनालाई जेठ १७ गते बेलुका नारायणी अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेशनमा भर्ना गरिएको छ ।