राधेश्याम पटेल, वीरगंज, १७ जेठ/
गत मई २० का दिन बङ्गालको खाडीबाट आएको सामुद्रिक अम्फन आँधीले कोलकाता बन्दरगाहमा सामान्य क्षति मात्र पु–याएको छ। बन्दरगाहमा बिजुलीको पोल र भवनमा पानी पस्नुबाहेक अन्य क्षति नभएको कोलकाता बन्दरगाहका अधिकारीहरूले जनाएका छन्।
त्यसैगरी, उडिसा र पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा ठूलो मात्रामा भौतिक पूर्वाधार पनि भत्काएको भारतीय सञ्चारमाध्यमले जनाइरहेको अवस्थामा तेस्रो मुलुकबाट हुने व्यापारसँग सरोकार राख्ने कोलकाता बन्दरगाहमा खासै ठूलो क्षति नभएको कोलकाता बन्दरगाहका ट्राफिक प्रबन्धक हिमांशु शेखरले जानकारी दिए।
उनले भने, “भीषण आँधीले कोलकाताको समुद्री किनारका केही घर भवन भत्काएको छ, मानिस पनि मारेको छ, तर कोलकाता बन्दरगाहमा खाली कन्टेनर र बिजुलीको पोल मात्र ढालेको छ। दुई दिनको मिहिनेतपछि बन्दरगाहले पहिलेकै अवस्थामैं सेवा शुरू गरिसकेको छ।”
कोलकातामा नेपाली आयातकर्ताहरूको सामान रहेको बीस फिटका कन्टेनर सबै सुरक्षित रहेको उनले बताए। उनले कोरोनाले गर्दा दुई महीनादेखि आयात र ढुवानीमा २० प्रतिशतले गिरावट आएको पनि बताए। तर पछिल्लो समय भारतमा रेल, बस र ट्रक सबै सेवा शुरू भएपछि करीब ५ सय क्लियरिङ एजेन्ट (सिएचए)लाई कोलकाता बन्दरगाह भन्सारको पहलमा व्यक्तिगत र सवारीपास उपलब्ध गराएको बताए। उनले कोलकाताबाट भारतका विभिन्न राज्यका साथै नेपाल, बङ्गलादेश आउजाउ गर्ने करीब १४ सय सवारीसाधनको लागि पास उपलब्ध गराएको जानकारी गराए।
उनले नेपाल जाने सामान सडकमार्ग र रेलमार्ग दुवैबाट धमाधम पठाइरहेका छौं भने।
यता, जेएम बक्सी समूह मातहत सञ्चालन हुने कोलकाता बन्दरगाहकै अर्को बन्दरगाहमा पनि आँधीले खासै असर नपारेको हल्दिया पोर्ट सञ्चालन गर्ने कम्पनीका मार्केटिङ अफिसर तपनसेन गुप्ताले जानकारी दिए।
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह सञ्चालन गर्ने हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले वीरगंज, कोलकाता, विशाखापट्टनम र बाटोमा गरी करीब ६ हजार कन्टेनर रहेको बताए। उनले नेपालका व्यवसायीले मालसामान नउठाउँदा वीरगंजमा करीब ३ हजार ६ सय कन्टेनर थुप्रिएको बताए।
पहिलेभन्दा कन्टेनरको सङ्ख्या कम भएको छ, तर कोलकातामा १२ सय, विशाखापट्टनममा १३ सय र वीरगंजमा ३६ सय गरी करीब ६ हजार कन्टेनर रहेकोमा व्यवसायीहरूलाई आआफ्नो सामान लैजान उनले आग्रह गरे। अहिले कन्टेनर होल्ड गरेबापत शुल्क लिने भनेपछि व्यवसायीहरूले धमाधम कन्टेनर उठाएर उद्योगमा लैजान थालेको वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले बताए।