चिरञ्जीवी सापकोटा, ठोरी, १६ जेठ/
ठोरी गाउँपालिकाको ठुटेखोला पुल सञ्चालनमा आएपछि भारतीय पक्षले अवरोध सृजना गर्न खोजेको छ।
वीरगंज–ठोरी हुलाकी सडक अन्तर्गत पर्ने वडा नं २ र ३ जोड्ने ठुटेखोला पुल सञ्चालनमा आएपछि बुधवार ठोरीवासीले ठुटेखोला पुलको पूर्वपट्टिको कुलो बन्द गरेका थिए। बन्द गरिएको कुलो भारतीय पक्षले हिजो नेपाल प्रवेश गरेर खन्ने काम गरे। सोहीक्रममा तनाव भएको थियो। तनाव बढेपछि दुवै क्ष्Fेत्रका प्रहरी घटनास्थलमा पुगेका थिए। भारतीय पक्षले नेपालको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीको आदेश भनेर कुलो खन्ने काम शुरू गरेका थिए। सोको विरोधमा ठोरीवासीले सशक्त प्रतिकार गरे। ठोरीवासीको विरोधको कारण भारतीय पक्ष कुलो खन्न पछि हटेको थियो।
भारतीय पक्ष आफ्ना सुरक्षाकर्मीसहित नेपाली भूमिमा प्रवेश सो कार्य गर्दा ठोरीवासी पनि प्रतिकारमा उत्रेका हुन्। भारतीय पक्ष्Fले प्रमुख जिल्ला अधिकारीको आदेश भने पनि नेपाल प्रहरी र स्थानीय प्रशासनले भने सो विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। नेपाली सुरक्षाकर्मीहरूले कुलो खन्न दिने भन्ने कुनै आदेश नभएको बताएपछि ठोरीवासीले भारतीय सुरक्षाकर्मीसहितको टोलीलाई कुलो खन्न रोकेर भारततर्फ जान बाध्य गरेका थिए।
हिजोको यो घटनासँगै शुक्रवार बिहानदेखि ठोरीवासीहरू पुलछेउमा जम्मा भएर निगरानी बढाएका छन्। उनीहरूले ठोरीको समस्या सन्दर्भमा स्थानीय प्रशासन लापर्बाह भएको आरोप लगाए। सीमाको समस्या स्थानीय प्रशासनले सम्बन्धित घटनास्थलमा गएर गर्नुपर्ने उनीहरूको माग छ। लामो समयदेखि सीमा विवादमा ठोरीवासीहरू भारतीय पक्ष्Fसँग लड्दै आएका छन्। पटक–पटक विवाद हुँदा पनि दुवै देशका अधिकारीहरूले समस्याको निप्टारा गर्न सकेका छैनन्।