प्रस, वीरगंज, १८ जेठ/
लकडाउन उल्लङ्घन गरेको आरोपमा पर्सा प्रहरीले सर्वसाधारण, स्वास्थ्यकर्मी, बैंक कर्मचारी, सञ्चारकर्मी र सरसफाइकर्मीलाई दुःख दिन थालेको छ ।
आइतवार बिहान प्रहरीले घरअगाडि मर्निङ वाक गरिरहेका सयौंजना महिला/पुरूषलाई नियन्त्रणमा लिई १० बजेपछि छोडेको थियो । विभिन्न ठाउँबाट प्रहरीले गाडीमा राखी घण्टाघरअगाडि रहेको खाली जग्गामा चार घण्टा घाममा उभ्याएर छाडेको थियो । प्रहरीले नियन्त्रणमा लिएकामध्ये अधिकांश वृद्ध, महिला तथा विभिन्न रोगका बिरामी रहेका थिए । उनीहरूले बिहानको औषधि खानबाट वञ्चित भएको गुनासो गरेका थिए । प्रहरीले बिहानको घाममा उभ्याएर सामाजिक प्रतिष्ठासमेत हनन गरेको गुनासो उनीहरूले गरेका थिए ।
अधिकांश मधुमेहका बिरामीले बिहानको औषधि खान नपाएपछि रिङ्गटा लागेपछि औषधि खान पानी माग्दासमेत प्रहरीले पानी नदिएको गुनासो गरेका थिए । गर्भवती महिलालाई पनि बीच चौरमा प्रहरीले उभ्याउन लगाएको र बस्न समेत नदिएको पीडितहरूको भनाइ थियो ।
विगतमा प्रहरीले स्वास्थ्यकर्मी, बैंक कर्मचारी, सरसफाईकर्मी, औषधि व्यवसायीलाई कुटपीट गरेपछि उनीहरूले विरोधस्वरूप सेवा नै ठप्प पारेका थिए । प्रहरीले विनासूचना बाटोमा घुमेको र लकडाउन उल्लङ्घन गरेको आरोपमा पक्राउ गरेको जनायो । प्रहरी उपरीक्षक गङ्गा पन्तले लकडाउन उल्लङ्घन गर्नेलाई कानूनी दायरामा ल्याउने बताइन् । घुमफिर गर्न पूर्णरूपमा प्रतिबन्ध लगाएको अवस्थामा आफूखुशी घुमफिर गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिई सम्झाइबुझाइ छाडेको प्रउ पन्तले बताइन् ।