प्रस, वीरगंज, १८ जेठ/
वीरगंज महानगरपालिकाका सफाइ कर्मचारीहरू आइतवार दिउँसोदेखि काममा फर्केका छन् ।
पर्सा प्रहरीले सरसफाइमा खटेका कर्मचारीहरूलाई लकडाउन अवधिभर निरन्तररूपमा दुव्र्यवहार गर्दै आएको विरोधमा गत शुक्रवार १६ गते साँझदेखि सफाइ कर्मचारीहरू आन्दोलनमा उत्रेका थिए । पछिल्लो समयमा सरसफाइका सुपरभाइजरलाई प्रहरीले कुटपीट, दुव्र्यवहार गरेको विरोधमा उनीहरूले फोहर सङ्कलन ठप्प पार्दै हडतालमा ओर्लिएका हुन् ।
महानगरका २४५ जना सरसफाइ कर्मचारी हडतालमा ओर्लिएपछि नगरको चारैतर्पm फोहरको डुङ्गुर लागेको थियो । जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले आज वीरगंज महानगरपालिकामा सफाइ कर्मचारीहरूमाथि अबदेखि प्रहरीबाट दुव्र्यवहार नहुने आश्वस्त पारेकी थिइन् । उनले प्रहरीबाट अबका दिनमा सफाइ कर्मचारीलाई कुनै पनि प्रकारको दुव्र्यवहार नहुने मौखिक आश्वासन दिएर काममा फर्कन आग्रह गरेकी थिइन् ।
प्रउ पन्तले उपस्थित सफाइ कर्मचारीहरूलाई कहींकतै रोकटोक भएको खण्डमा जिल्ला प्रहरी कार्यालयका प्रनाउ र आफ्नो मोबाइलमा सम्पर्क गर्न आग्रह गरिन् । उनले सफाइ कर्मचारीहरूलाई दुव्र्यवहार नहुने कुरामा आश्वस्त पारेपछि आइतवार दिउँसोदेखि सफाइ कर्मचारीहरू काममा फर्केको वीरगंज महानगरसँग सरसफाइमा साझेदार रहेको एनके इन्टरनेशनलका शिवजी गुप्ताले प्रतीकलाई बताए ।
सो छलफलमा नगरप्रमुख विजय सरावगीले लकडाउन शुरू भएदेखि दुई महीनाको अवधिमा पर्सा प्रहरीले वीरगंज महानगरका विभिन्न स्थानमा ६० भन्दा बढी सरसफाइका चालक, सुपरभाइजर, कर्मचारीहरूमाथि दुव्र्यवहार भएको र अन्त्यमा आजित भएर सफाइ कर्मचारीहरू हडतालमा ओर्लिनुपरेको बताए । उनले कोरोना भाइरसको सङ्क्रमणको त्रासबीच सफाइ कर्मचारीहरू ज्यान जोखिममा पारेर महानगरको सरसफाइमा लागेको र उनीहरूको मनोबल उच्च गर्नुपर्नेमा दुव्र्यवहारका घटना बढ्दा काम गर्न समस्या भएको बताएका थिए ।
आजको छलफलमा दुव्र्यवहारमा परेका सरसफाइका ६० भन्दा बढी चालक, सुपरभाइजर, कर्मचारीहरूले आआफ्नो गुनासाहरू पोखेका थिए । उनीहरूले परिचयपत्रका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा पटक–पटक दुव्र्यवहार भइरहेको गुनासो गरेका थिए ।
सफाइ कर्मचारीहरूले सबैभन्दा बढी वडा प्रहरी कार्यालय बिर्ताबाट खटेका प्रहरीहरूले दुव्र्यवहार गरेको बताए ।