प्रस, वीरगंज, १८ जेठ/
वीरगंजको औद्योगिक घराना रूँगटा समूहको ओम फ्ल्योर प्रालिले वीरगंज भन्सार एवं अर्थ मन्त्रालयलाई विपक्षी बनाइ मुद्दा हाल्ने तयारी गरेको छ । भारतबाट गहुँ आयातमा गैरकानूनी एचएस कोडबाट राजस्व असुल्ने भन्सार अधिकारीले जनाएपछि एचएस कोड र कानूनी व्यवस्थाविरूद्ध मुद्दा हाल्ने तयारी गरेको रूँगटा समूहका उद्योगी नारायण रूँगटाले बताए ।
“विगत लामो समयदेखि १००१.१९.०० नम्बरको एचएस कोडबाट गहुँ आयात हुँदै आएको थियो, जसको महलमा गहुँ आयातमा नयाँ बजेटको व्यवस्थामा ५ प्रतिशत भन्सार महसूल लिने भनिएको छ” उनले भने, “तर भन्सार अधिकारीले १००१.९९.०० नम्बरको एचएस कोड अनुसार गहुँ आयातमा ९ प्रतिशत भन्सार महसूल लिने भनिरहेका छन्, जुन आर्थिक ऐनविपरीत छ, अन्तर्राष्ट्रिय एचएस कोड भनेको गहुँ आयातको लागि १००१.१९.०० नै हो, भन्सारका कर्मचारीहरूले नयाँ एचएस कोडको नाममा बखेडा झिकिरहेका छन् ।”
जेठ १६ गते वीरगंज भन्सारबाट ओम फ्ल्योरको गहुँ बोकेका दुईवटा ट्रक पुरानै एचएस कोडमा ५ प्रतिशत भन्सार महसूलमा जाँचपास भएर भन्सार नाकाबाट निस्किंदै गर्दा भन्सार कर्मचारीले गाडी रोकेर फिर्ता गराएको र पछि प्रज्ञापनपत्रमा सहीछाप गरेको भाग च्यातिदिएको उनले बताए ।
शुक्रवार विराटनगर, कृष्णनगर र भीमनगर भन्सार नाकाबाट पुरानै दरबन्दी अनुसार ५ प्रतिशत भन्सार दरमा गहुँ आयात भएकोमा वीरगंज भन्सारले आयातकर्तालाई दुःख दिने मनसायले यस्तो गरेको उनले आरोप लगाए । भन्सार अधिकारीहरूसँग कुरा गर्दा माथिल्लो निर्देशन अनुसार गहुँ आयातमा अर्को एचएस कोड १००१.९९.०० बाट राजस्व असुल्ने निर्देशन आएकोले त्यसो गरेको बताए । वीरगंजमा गहुँ रोकिएपछि अन्य भन्सारलाई पनि ९ प्रतिशत महसूल असुल्न पनि वीरगंज भन्सारका अधिकारीहरूले फोनमा आग्रह गरेका छन् । जबकि वीरगंजका उद्योगी रूँगटाले त्यो कोड मदिरा उद्योगले आयात गर्ने गहुँका लागि भएको दाबी गरेका छन् ।
व्यवसायीका अनुसार यदि सरकारले महसूल ५ प्रतिशतबाट ९ प्रतिशत ग¥यो भने मैदा र पीठोमा प्रतिकिलो दुई रूपियाँ मूल्यवृद्धि हुनेछ । अहिले मैदा र पीठोको थोक दाम प्रतिकिलो ४२ रूपैयाँ छ । वीरगंजका अर्का एक उद्योगीका अनुसार नेपालमा हाल मैदा/पीठोका ५८ वटा उद्योग छन् भने सेलर र सानो मिल गाउँगाउँमा हजारौं छन् । भन्सार नाकामा गहुँको मूल्य रू २० निर्धारित गरिन्छ । जबकि भारतबाट रू ३३ मा गहुँ आयात भइरहेको छ । पहिले नेपालकै गहुँ ३४ रूपैयाँ प्रतिकिलो पर्दथ्यो । भारतमा एक/दुई रूपैयाँ सस्तो भएकोले २० दिनदेखि भारतबाट गहुँ आयात भइरहेको छ ।