प्रस, वीरगंज, १७ जेठ/
वीरगंजको आइसिपीबाट भारतीयहरूलाई रक्सौल पठाउने क्रम जारी छ। जेठ १३ गतेदेखि अहिलेसम्म निरन्तररूपमा दैनिक हजारको सङ्ख्यामा भारतीयहरू आइसिपीबाट रक्सौल प्रवेश गरिरहेको ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी गराएका छन्।
उनले शुक्रवार मात्र २६ सयजना भारतीय आइसिपीबाट भारत प्रवेश गर्न पुगेकामा ११ सयजनालाई प्रवेश गराइएको बताए। बाँकी १५ सयजनालाई शनिवार प्रक्रिया पु–याएर पठाइएको छ। वीरगंजको आइसिपीबाट नेपालमा रहेका भारतीयहरूलाई रक्सौल प्रवेश गराइरहेको समाचार प्रकाशित भएपछि देशभरमा रहेका भारतीयहरू अहिले आइसिपीमा आउने क्रम बढेको छ। बसहरूबाट सयौंको सङ्ख्यामा भारतीयहरू आइसिपीमा पुगेका छन्, र यो क्रम अहिले जारी छ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा आफ्नो नाम सूचीकृत गरेका भारतीय नागरिकलाई आइसिपीबाट भारत पठाउने कार्य भइरहेको छ। ग्रीनसिटीका अध्यक्ष खेतानले शुक्रवारसम्म आइसिपी भएर भारत जानको लागि २१ हजार भारतीयले आवेदन भरेको बताएका छन्। अहिलेसम्म करीब चार हजार भारतीय आइसिपी भएर रक्सौल प्रवेश गरेका छन्। पछिल्लो समयमा नेपालको काठमाडौंलगायत स्थानमा इँटाभट्टामा काम गर्ने भारतीय मजदूरहरू घर फर्कने क्रम बढेको छ।
काठमाडौंमा रहेका पचासौंवटा इँटाभट्टामा कार्यरत मजदूरहरू शुक्रवार असीवटा बसमा चढेर आइसिपीमा भारत जानको लागि आइपुगेका थिए।