नरेश यादव, पर्सागढी, १६ जेठ/
डिभिजन वन कार्यालय, पर्साले वन अतिक्रमित जग्गा खाली गराउन सकेको छैन। पर्सा जिल्लाको राष्ट्रिय वन क्षेत्र ११ हजार ५१७ हेक्टर रहेको र त्यसमध्ये करीब ३७१ हेक्टर जग्गा अतिक्रमणमा परेको डिभिजन वन कार्यालय, पर्साको तथ्याङ्कमा छ।
अतिक्रमण हटाउने, नर्सरी तयार गर्ने, फायरलाइनको निर्माण गर्ने, वृक्षरोपण गर्ने र तारबार लगाउने शीर्षकमा डिभिजन वन कार्यालय, पर्साले प्रत्येक वर्ष बजेट खर्चिने गरेको छ। तर यसपटक यस्तो केही कार्य भएन। आर्थिक वर्षको चैतदेखि अतिक्रमण हटाउने काम शुरू हुने र हटाइएको अतिक्रमित क्षेत्रमा वनले वृक्षरोपण गरेर तारबार लगाउने काम गर्दै आएको थियो।
पर्सा जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रमा जङ्गलसँग जोडिएका जग्गाहरू सबैभन्दा बढी अतिक्रमणको चपेटमा छन्। डिभिजन वन कार्यालयको सूची अनुसार वीरगंज महानगरको रामवन, पर्सागढी नपाको सबैया, झबराहा, बडनिहार (गाउँ–बजार) कटहरिया, सखुवाप्रसौनी गापाको रङ्गपुर, औराहा, पटेर्वासुगौली गापाको सोनवर्षा, गादीलगायतका क्षेत्र वन अतिक्रमित क्षेत्र हुन्। राष्ट्रिय वनसँग जोडिएका यी क्षेत्रमा सबैभन्दा बढी अतिक्रमण गरिएको छ।
कार्यदल गठन भएन
वन अतिक्रमण नियन्त्रण रणनीति २०६८ अनुसार वन अतिक्रमण नियन्त्रणका लागि जिल्ला कार्यदल गठन गर्नुपर्ने हो तर अहिलेसम्म पर्सा जिल्लामा यो कार्यदल गठन हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सशस्त्र प्रहरी उपरीक्षक, प्रहरी उपरीक्षक, सञ्चारकर्मी, मालपोत कर्मचारी र राजनीतिक दलका अगुवा तथा डिभिजन वन कार्यालयको डिएफओ सदस्य सचिव रहने गरी कार्यदल गठन गर्नुपर्नेमा अहिलेसम्म डिभिजन वन कार्यालय, पर्साले समिति गठन गर्न सकेको छैन।
तीव्र गतिमा वन विनाश
लकडाउनको क्रममा पर्साको वन विनाश तीव्र गतिमा भइरहेको छ। सामान्य अवस्थाभन्दा पनि अहिले लकडाउनमा तस्करहरूले जङ्गलभित्र पसेर गोलियाको तस्करी गरिरहेका छन्। वनरक्षकहरूले पनि तस्करहरूको प्रभावमा परेर वनको संरक्षण गर्न सकेका छैनन्। आम मानिसले दैनिक जलावनको लागि भनेर रूख काट्ने र त्यसैको आडमा तस्करहरूले गोलिया जङ्गलबाट तस्करी जारी छ।