नारीप्रति वैदिक दृष्टिकोणमा नारीको व्यक्तित्व सदैव मातृत्वको रूपमा पूजनीय रहेको छ। मातृत्वको आधार प्रेम एवं वात्सल्य हो। मातृत्य यति दिव्य एवं पावन हुन्छ कि एक स्त्रीको हृदयमा पतिको लागि पनि वात्सल्यको कामना गरिएको छ। आफ्नो संस्कृतिमा नवदम्पतीको लागि आशीर्वाद वा शुभकामना भनिएको छ। ऊ सुखी रहोस्, उसको धनधान्य बढोस्, यशस्वी बन्ने कामनाको साथ यो भाव पनि हुन्छ कि परिवार बसाऊ, सन्तानलाई जन्माऊ, सौभाग्यवती होऊ र दुवै एकअर्कादेखि प्रसन्न–सन्तुष्ट रहू। ऋग्वेदमा विवाहको समय वधूको लागि आशीर्वाद दिने मन्त्र दिइएको छ। संस्कृतिलाई जीवित राख्ने काम नारीले नै गर्छिन्, किनभने उनले स्वयम्लाई संस्कृतिसँग जोडेर राख्छिन्। संस्कृतिको साथ जोडिनु नै संस्कृतिलाई जीवन्त राख्नु हो। हिन्दू चिन्तनमा नारीको एकनिष्ठ स्वभावलाई उसको संस्कृति भनिएको छ र हिन्दू नारी आफ्नो यस एकनिष्ठ छविलाई अक्षुण्ण राख्छिन्। यसैले नारी प्राणपणदेखि तत्पर रहन्छिन्। यस प्रकार नारी संस्कृतिको एउटा जीवन्त एवं जाग्रत प्रतिमूर्ति हुन्छिन्। नारीले संस्कारको रूपमा पाएको संस्कृतिप्रेम नै उनले ठूलोलाई आदर गर्नु र सानामा प्रेम बनाएर राख्ने प्रेरणा प्रदान गर्छिन्।
हिन्दू संस्कृतिमा नारी एउटा प्रखर प्रेरणा हुन्। यो विविधरूपमा मनुष्यसमक्ष आफ्नो प्रेरक छवि प्रस्तुत गर्छिन्। कहिले उनी आमा बनेर ममता र वात्सल्यको देवीको रूपमा सर्वत्र पूजनीय बन्छिन् भने कहिले उनी पत्नीको रूपमा सेवा र त्यागको प्रेरणाबाट सम्पूर्ण जगत्लाई निहाल गर्छिन्।
त्यो भगिनीको रूपमा प्रेममा अजस्र धारा बन्छिन्, जुन प्रत्येक मानव मनमा आदर र श्रद्धाको भाव उत्पन्न गर्छिन्। नारी चाहे जतिसुकै रूपमा किन विभाजित नहोस्–प्रत्येक रूपमा संवेदनशीलता नै उनको सौन्दर्य हो, कोमलता नै उनको वैभव हो र घर उनको साम्राज्य हो। यो नारीको स्वभाव हो र यही उनको नैसर्गिक सम्पदा हो। नारी प्रकृतिको एउटा अनमोल देन हुन्, जसलाई हिन्दू संस्कृतिले प्रतिष्ठित गरी विश्व रङ्गमञ्चमा एउटा अनुपम सिद्धान्त प्रस्तुत गरेको छ।
वेदले पति–पत्नीको सम्बन्धको सफलताको मानदण्ड निश्चित गरेको छ। विवाहको समय ऋषि नवदम्पतीको लागि दिइने आशीर्वादमा दिव्य शक्तिहरूसँग प्रार्थना गरिन्छ कि वर–वधूको वैवाहिक जीवन सफल होस्। वैदिक दृष्टि स्त्रीको परिणति मातृत्वमा मानिन्छ। पुत्री, बहिनी, पत्नी, मित्र आदि सम्बन्ध स्त्री हृदयमा खेल्ने भावहरूको पडाव हो। सभ्यता र संस्कृतिले उनलाई एउटा स्वतन्त्र व्यक्तित्वको रूपमा हेर्छन्। निजी जीवनमा उनी पत्नी, सखी–सहचरीको रूपमा बढी मन पराइन्छ। प्रेम, त्याग, सेवा र उत्सर्गको भाव पत्नी वा सहचरीको भूमिकामा फल्न थाल्छ।
जीवन सार्थकताको यो कसौटी पुरुषमा पनि लागू हुन्छ। जुन पाँच ऋण (देव, ऋषि, पितृ, भूत र अतिथि ऋण), त्यसलाई यज्ञको सरह दैवीप्रभावबाट चुकाउने दायित्व दिइन्छ, त्यो पुरुषको भागमा आएको सत्कर्म भन्न सकिन्छ। यो सत्कर्म पारिवारिक जीवनबाट शुरू हुन्छ, तर अध्यात्म त्यहीसम्म सीमित हुँदैन। त्यस आस्थालाई ग्रहण गरेर लिंदा जैविक, सामाजिक आधार गौण हुन्छ। अध्यात्म नै प्रमुख हुन्छ। मान्यता र व्यवहारमा आस्था बनेपछि आध्यात्मिक भाव उपेक्षित हुन सक्दैन। ऋषिले आफ्नो शुभकामना आशीर्वादमा अध्यात्म भावलाई नै वरेण्य मानेको छ।
अध्यात्मको दृष्टिबाट विवाह न त निजी जीवनलाई सुखद–सरल बनाउनको लागि आवश्यक छ र न समाजको स्थिरताको लागि। त्यो मनुष्यको अन्तर्निहित संवेदनालाई पूर्णतासम्म पु–याउनको लागि हो। रतिसुख, सन्तति, सुरक्षा स्थिर जीवन र स्वजनसम्बन्धीको निर्वाह संवेदनालाई पूर्णतासम्म पु–याउने केही पडाव हो। यसलाई यात्राको साथ निर्वाह गरिने अन्य आवश्यकता पनि भन्न सकिन्छ।
वैदिक ऋषि अनुसार यो लक्ष्यसम्म पुग्ने भ–याङ हो। यसको उपेक्षा गर्न सकिंदैन तर यसमा निर्भर पनि रहन सकिंदैन। वेदमन्त्रको नैतिक, मनोवैज्ञानिक र आदर्शवादी व्याख्या गर्नेहरूको अनुसार मन्त्रको आशय कामभावनाको शमन हो।
विवाहको उद्देश्य यौन–जीवनमा संयम–सन्तुलन राख्दै कामभावलाई परिमार्जन गर्नु र त्यसबाट मुक्त हुनु हो। रागात्मक सम्बन्धमा यदि कामको प्रधानता हुँदैन भने त्यो एकअर्काको हेरचाह, सुखसुविधाको चिन्ता गर्ने र त्यसको व्यवस्था बनाउने रूपमा नै
निर्वाह हुन्छ। शरीर असमर्थ भयो, थाक्यो, निष्क्रिय भयो भने पनि कामभाव लोप हुँदैन। शरीर असमर्थ भएपछि
त्यो झनै विकृत हुन्छ। त्यसको कारण मनको स्तरमा पर्ने दबाब नै हो। अध्यात्मविद् भन्छन् कि गृहस्थ
धर्मलाई राम्ररी पालन गरिएपछि त्यसको परिणति कामभावबाट मुक्तिको रूपमा नै हुन्छ।
तन्त्रको मान्यता हो कि कामभावलाई सदुपयोग गर्नुपर्छ, मूलाधार केन्द्रमा बसेको कुण्डलिनी शक्तिलाई उध्र्वगामी बनाउने र यौन सम्बन्धलाई शमन गर्ने, तब ऋषिको आशीर्वाद फलिभूत हुन्छ। ऋषिले वधूलाई आशीर्वाद दिएको छ कि त्यो वात्सल्यमयी आमा बनोस् र पुत्र समान उसको पति होस्। यसै आशीर्वादमा पुरुषको पनि कामभावबाट मुक्त हुने कामना छ। पत्नी यति आमा बन्छिन् भने पतिमा पनि स्त्रीप्रति मातृत्वभाव विकसित हुन्छ। नैसर्गिक दृष्टिबाट सन्तानको सम्बन्ध आमासँग हुन्छ। स्थूलदृष्टिबाट पिता एउटा अभिभावक हो तर आमाको सम्बन्धमा यो कुरा भन्न सकिंदैन। त्यो शरीर र समाजको दृष्टिले पनि सन्तानको जननी एवं अभिभावक हो। यस प्रकार वेदमा नारीलाई मातृत्वको प्रतिष्ठा दिइएको छ।