Posts

Showing posts from May, 2020

२०७७ जेठ १९ गते सोमवारको प्रतीक दैनिक

Image

नारायणी अस्पतालमा डायलोसिस सेवा शुरू

Image
प्रस, वीरगंज, १८ जेठ/     नारायणी अस्पतालले आइतवारदेखि मिर्गौला रोगीको लागि डायलोसिस सेवा शुरू गरेको छ ।     अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदनप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी आजदेखि अस्पतालको डायलोसिस सेवा शुरू भएको जानकारी गराएका छन् । उनले अस्पतालका अन्य सेवाहरू  भने छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन काम भइरहेको बताए । विज्ञप्तिमा वैशाख २ गतेदेखि कोभिड अस्पतालमा परिणत भएको नारायणी अस्पताल जनरल अस्पतालमा परिणत भएको नेपालकै पहिलो अस्पताल भएको जनाउँदै यहाँबाट प्रदान हुने अन्य सेवाहरू क्रमिकरूपमा सञ्चालन गर्नेतर्पm काम भइरहेको बताइएको छ ।     मेसु डा उपाध्यायले कोभिड अस्पताल घोषणा भएपछि पनि अस्पतालको आकस्मिक कक्षबाट  ज्वरो क्लिनिक र सर्पदंशका बिरामीहरूको उपचार भइरहेको बताए । उनले तत्कालै अन्य आकस्मिक सेवा सञ्चालन गर्दा बिरामीहरूलाई इन्डोर सेवा दिनुपर्ने बाध्यकारी अवस्था भएको हुनाले तत्काल आकस्मिक सेवा सञ्चालन नभए पनि यसको लागि प्रयासरत रहेको बताए । विज्ञप्तिमा अस्पतालका सबै सेवाहरू पूर्ववत्रूपमा सञ्चालन गर्न काम भइरहेको र अस्पताललाई निर्मलीकरण गर्ने काम पनि भइरहेको विज्ञप्तिमा भनि

सफाइ कर्मचारी काममा फर्किए

Image
प्रस, वीरगंज, १८ जेठ/     वीरगंज महानगरपालिकाका सफाइ कर्मचारीहरू आइतवार दिउँसोदेखि काममा फर्केका छन् ।     पर्सा प्रहरीले सरसफाइमा खटेका कर्मचारीहरूलाई लकडाउन अवधिभर निरन्तररूपमा दुव्र्यवहार गर्दै आएको विरोधमा गत शुक्रवार १६ गते साँझदेखि  सफाइ कर्मचारीहरू आन्दोलनमा उत्रेका थिए । पछिल्लो समयमा सरसफाइका सुपरभाइजरलाई प्रहरीले कुटपीट, दुव्र्यवहार गरेको विरोधमा उनीहरूले फोहर सङ्कलन ठप्प पार्दै हडतालमा ओर्लिएका हुन् ।     महानगरका २४५ जना सरसफाइ कर्मचारी हडतालमा ओर्लिएपछि नगरको चारैतर्पm फोहरको डुङ्गुर लागेको थियो । जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले आज वीरगंज महानगरपालिकामा सफाइ कर्मचारीहरूमाथि अबदेखि प्रहरीबाट दुव्र्यवहार नहुने आश्वस्त पारेकी थिइन् । उनले प्रहरीबाट अबका दिनमा सफाइ कर्मचारीलाई कुनै पनि प्रकारको दुव्र्यवहार नहुने मौखिक आश्वासन दिएर काममा फर्कन आग्रह गरेकी थिइन् ।     प्रउ पन्तले उपस्थित सफाइ कर्मचारीहरूलाई कहींकतै रोकटोक भएको खण्डमा जिल्ला प्रहरी कार्यालयका प्रनाउ र आफ्नो मोबाइलमा सम्पर्क गर्न आग्रह गरिन् । उनले सफाइ कर्मचारीहरूलाई दुव्र्यवहार नहुने

लकडाउनमा मर्निङ वाक गर्नेहरूलाई उठबस

Image
प्रस, वीरगंज, १८ जेठ/     लकडाउन उल्लङ्घन गरेको आरोपमा पर्सा प्रहरीले सर्वसाधारण, स्वास्थ्यकर्मी, बैंक कर्मचारी, सञ्चारकर्मी र सरसफाइकर्मीलाई दुःख दिन थालेको छ ।     आइतवार बिहान प्रहरीले घरअगाडि मर्निङ वाक गरिरहेका सयौंजना महिला/पुरूषलाई नियन्त्रणमा लिई १० बजेपछि छोडेको थियो । विभिन्न ठाउँबाट प्रहरीले गाडीमा राखी घण्टाघरअगाडि रहेको खाली जग्गामा चार घण्टा घाममा उभ्याएर छाडेको थियो । प्रहरीले नियन्त्रणमा लिएकामध्ये अधिकांश वृद्ध, महिला तथा विभिन्न रोगका बिरामी रहेका थिए । उनीहरूले बिहानको औषधि खानबाट वञ्चित भएको गुनासो गरेका थिए । प्रहरीले बिहानको घाममा उभ्याएर सामाजिक प्रतिष्ठासमेत हनन गरेको गुनासो उनीहरूले गरेका थिए ।     अधिकांश मधुमेहका बिरामीले बिहानको औषधि खान नपाएपछि रिङ्गटा लागेपछि औषधि खान पानी माग्दासमेत प्रहरीले पानी नदिएको गुनासो गरेका थिए । गर्भवती महिलालाई पनि बीच चौरमा प्रहरीले उभ्याउन लगाएको र बस्न समेत नदिएको पीडितहरूको भनाइ थियो ।     विगतमा प्रहरीले स्वास्थ्यकर्मी, बैंक कर्मचारी, सरसफाईकर्मी, औषधि व्यवसायीलाई कुटपीट गरेपछि उनीहरूले विरोधस्वरूप सेवा नै ठप्प पारेका थिए

पटेर्वासुगौलीका पाँचजना सङ्क्रमित पनि भारतबाट आएका

प्रस, पंचगावाँ, १८ जेठ/     पटेर्वासुगौली गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक महिलासहित ५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।     नारायणी अस्पतालको पिसिआर रिपोर्टबाट पाँचजनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए । जेठ १७ गते बेलुका उनीहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएको अधिकृत ठाकुरले बताए । पटेर्वासुगौली गापाको नेरामावि निचुटाको क्वारेन्टाइनमा भारतबाट आएका ४१ जनालाई राखिएको र उनीहरूको स्वाब नमूना सङ्कलन जेठ १५ गते गरिएकोमा पाँचजनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमण देखिएकामध्ये पटेर्वासुगौली–५ निचुटा निवासी वर्ष २२ देखि ३६ वर्षका तीनजना पुरूष भारतको हरियाणाबाट फर्केका हुन् । उनीहरू त्यहाँ ज्याला मजदूरी गर्ने र लकडाउनमा घर फर्केका थिए ।     यसैगरी, अर्का एकजना पुरूष २२ वर्षका वडा नं ४ का हुन् र उनी भारतको गोरखपुरबाट आएका थिए भने एकजना पटेर्वासुगौली–२ बेलवा निवासी २५ वर्षीया महिला दिल्लीबाट फर्केकी हुन् । पाँचैजना भारतमा रोजगारका लागि गएका र लकडाउनमा फर्केर आएपछि उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमित पाँचैजनालाई जेठ १७ गते बेलुका नारायणी अस्थायी कोभिड

खाजा र खानाको जिम्मा निजी क्षेत्रलाई

प्रस, वीरगंज, १८ जेठ/     वीरगंज महानगरपालिकाले आइतवारदेखि त्रिजुद्ध माविको क्वारेन्टाइन र सिद्धार्थ माविको सेमिआइसोलेशन तथा नारायणी अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेशनमा रहेका बिरामीहरूलाई खाजा र खानाको व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई सुम्पेको छ ।     वीरगंज महानगरपालिकाले हिमाल भान्साघरलाई खाजा र खानाको व्यवस्थापनको जिम्मा दिएको छ। महानगर स्रोतका अनुसार प्रतिछाक शाकाहारी रू १७५, मांसाहारी रू २८५ र खाजा रू ११० मा हिमाल भान्साघरलाई खाजा र खानाको जिम्मा दिएको हो ।     हिमाल भान्साघरका सञ्चालक जगन्नाथप्रसाद कलवारले सङ्क्रमितबाहेकलाई बिहान–बेलुका शाकाहारी खाजा र खाना तथा सङ्क्रमितहरूलाई माग अनुसार एक समय मांसाहारी भोजनको व्यवस्था गर्न जिम्मा पाएको बताए ।      यसअघि सिद्धार्थ माविको सेमिआइसोलेशन र नारायणी अस्थायी कोभिड अस्पताल गण्डकको आइसोलेशनमा रहेका सङ्क्रमितहरूलाई सानो पाइलाले निश्शुल्क भोजनको व्यवस्थापन गर्दै आएको थियो । वीरगंज महानगरपालिकाले निश्शुल्क भोजन व्यवस्थापन गरेबापत सानो पाइलालाई धन्यवाद ज्ञापन गरेको छ ।     वीरगंज महानगरका नगरप्रमुख विजय सरावगीले सानो पाइलालाई धन्यवाद

कोतवाल गापाका स्थानीयहरूको आरोप

प्रस, सिम्रौनगढ, १८ जेठ/     बाराको आदर्श कोतवाल गाउँपालिकामा आइतवार स्थानीयले पत्रकार सम्मेलन गरी गापा अध्यक्षले अपारदर्शी ढङ्गबाट नियम कानून मिचेर काम गर्दै आएको आरोप लगाएका छन् ।     स्थानीय शोभा मण्डल, यमुना गुप्ता, सत्यनारायण यादव, राधोप्रसाद यादव, दिनेशप्रसाद, रामेश्वर यादव र शिवनाथ महतोले आयोजना गरेको पत्रकार सम्मेलनमा आदर्श कोतवाला गापाका अध्यक्ष मुस्तुफा अन्सारीले नियम कानून मिचेर काम गर्दै आएको आरोप लगाए । उनीहरूले गापाले गर्ने सबैखाले कामहरू अपारदर्शी भएको र सो सम्बन्धमा सूचना माग गर्दा नदिएको आरोप लगाए ।  उनीहरूले गाउँपालिकाले गाउँपरिषद् नगरेर गैरकानूनी तरीकाले काम गर्दै आएको आरोप लगाएका थिए ।     यस सम्बन्धमा गापा अध्यक्ष मुस्तुफा अन्सारीसँग बुझ्दा उनले आरोप झूटो भएको दाबी गरे । अध्यक्ष अन्सारीले नियमपूर्वक सूचना माग नगरिएको र त्यस्तो माग गर्नेलाई गापाले सूचना उपलब्ध गराउने बताए । उनले सबै काम नियमपूर्वक गरिएको दाबी गरेका छन् । उनले जसपाका नेता सरोज यादवको प्रमुख आतिथ्यमा सार्वजनिकरूपमा गाउँपरिषद् गरिएको बताए । गापाले कुनै पनि काम नियम कानूनभन्दा बाहिर गएर नगरेको अध्यक्ष्ँ

क्वारेन्टाइनलाई स्वास्थ्य सामग्री

प्रस, वीरगंज, १८ जेठ/     प्रदेश सांसद सिंहासन साह कलवारले आफ्नो क्षेत्र अन्तर्गत रहेका तीनवटा क्वारेन्टाइनमा बस्ने १४९ जनालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।     शनिवार कालिकामाई गाउँपालिकाको हरिहरपुर, धोबिनी गाउँपालिकाको लङ्गडी, छिपहरमाई गापाको भिस्वा, बुढगाइँ, बर्वा विद्यालयको क्वारेन्टाइनमा पुगी १४९ जनालाई फलफूल, सेनिटाइजर, झुल, साबुनलगायतका सामग्री वितरण गरेका थिए । निजी लगानीमा कलवारले क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई स्वास्थ्य सामग्रीसहित प्रत्येक क्वारेन्टाइनमा एक थान पिपिई सेट, थर्मन गन र मास्क वितरण गरेका थिए ।     कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, निर्माण व्यवसायी सङ्घका उपाध्यक्ष दिवाकर पटेल, समाजसेवी मदन चौहानलगायतको सहभागिता थियो ।

गुटखासहित ट्रक पक्राउ

प्रस, रौतहट, १८ जेठ/     जिल्लाको सदरमुकाम गौरमा नेपाल प्रहरीको क्राइम टोलीले गुटखासहित ट्रक पक्राउ गरेको छ । लकडाउन अवधिमा सरकारले मदिरा तथा गुटखा खरीद–बिक्रीमा प्रतिबन्ध लगाए पनि नेपालमा बन्ने गुटखा बजारमा धेरै देखिएको छ ।     गुटखाका डिलरहरूले लकडाउनको फाइदा उठाउँदै ५ रूपैयाँमा बिक्री हुने गुटखा अहिले १० रूपैयाँमा बिक्री वितरण गरिरहेका छन् । बुटवलबाट लु.२ख ३३४३ नंको मिनी कन्टेनर ट्रकमा ५० बोरा चामल, २ सय बोरा लुगाधुने पाउडरको साथमा १ सय बोरा पानकिङ्ग गुटखा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा गौर नपा–१ मा प्रहरीले पक्राउ गरेको हो ।     बिहानैदेखि सो मिनीट्रक एउटा खाल्डोमा फसेपछि गुटखाधनी अरूण सरावगीका कर्मचारीले अनलोड गर्न नमानेपछि प्रहरीलाई शङ्का लागी चेकजाँच गर्दा गुटखाका बोराहरू पक्राउ गरिएको हो ।  प्रहरीले ट्रकलाई नियन्त्रणमा लिई आवश्यक छानबीनका लागि जिल्ला प्रहरी कार्यालयमा लगेको छ ।

अझैसम्म पनि सम्पन्न भएन रतनपुरी सडक

Image
प्रस, निजगढ, १८ जेठ/     बाराको निजगढ–रतनपुरी–अमलेखगंज सडक अझैसम्म पनि निर्माण सम्पन्न भएको छैन ।     २०७६ पुस मसान्तभित्र काम सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय हेटौंडाबाट २०७४ असार ३० गते पप्पु– रञ्जन जेभी काठमाडौंले ठेक्का सकार सम्झौता गरेको हो ।     वन क्षेत्र हँुदै गएको सो सडकको ठाउँठाउँमा दायाँ/बायाँ एक्साभेटरले गहिरो खाल्डो बनाइ माटो निकालेर सडकमा भरेपछि स्थानीय सामुदायिक वन समूहको तारबार भत्किएको, बोटबिरूवा मासेको पशुपति सामुदायिक वन उपभोक्ता समूह र जनमुखी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले बताएका छन् ।     हामीले क्षति भएको तारबार पुनः लगाइदिन, वन क्षेत्र र घरआँगनमा पारिएका खाडलहरू पुर्न आग्रह गर्दै आइरहे पनि ठेकेदारले बेवास्ता गरिरहेको ती दुवै वन समूहका अध्यक्षहरू धनबहादुर खुलाल र जगजीवन कुमरले बताए ।     शुरूमा नै सडक बनाउने नाउँमा वन क्षेत्र र चुरेको संवेदनशील क्षेत्रमा रहेको खोलाबाट अवैधरूपमा ग्रेभल उत्खनन गर्दै सडकमा हालेपछि सो ठेकेदार कम्पनी विवादमा पर्दै आएको हो ।     निर्माण गरिएको सडक ठाउँठाउँमा जताततै धस्न थालेको छ । ठाउँठाउँमा वर्षामा सडक भत्किएर त्यही ख

स्पेशल प्याकेज छैन, महत्वकाङ्क्षी मात्र छ –मन्त्री सोनल

Image
प्रस, वीरगंज, १८ जेठ/     सङ्घीय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि ल्याएको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटबारे प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मिश्रित प्रतिक्रिया दिएका छन् । उनले सरकारको बजेट महŒवाकाङ्क्षी मात्र भएको तर व्यवहारमा कार्यान्वयन गर्न निकै समस्या हुने टिप्पणी गरेका छन् ।     “महŒवाकाङ्क्षी जस्तो देखिने तर पूरा गर्न र गराउने सन्दर्भमा बजेट झन्झटिलो र अपूरो छ,” उनले भने, “अहिलेको विपद्को समयमा विदेशबाट आएका नेपाली युवाका लागि स्वदेशमैं रोजगारका योजना आउँछ होला सोचिएको थियो तर रोजगार दिने सरकारले भनेको छ, तर कसरी दिने त्यसबारे बजेट मौन छ ।”     उनले राज्यले कोरोना महामारीसँग जुध्न प्रदेश २ सरकारलाई पनि स्पेशल प्याकेजको आह्वान गरे तापनि केन्द्र सरकारले प्रदेश २ सरकार र यहाँको जानताको भावनासँग खेलवाड गरेको पनि उनको आरोप छ ।     मानव सूचकाङ्कको आधारमा नेपालको ७ प्रदेशमध्ये प्रदेश २ र कर्णाली प्रदेश सबैभन्दा पछि परेको हँुदा यहाँका लाखौं जनताको लागि केन्द्र सरकारले छुट्टै स्पेशल प्याकेज दिन बजेटमा कुनै व्य

तलब नपाएपछि गापाको कार्यालयमा तालाबन्दी

प्रस, वीरगंज, १८ जेठ/     विन्दवासिनी गाउँपालिकामा कार्यरत करार कर्मचारी, कार्यालय सहयोगी तथा सामाजिक परिचालकले ९ महीनादेखि तलबको माग गर्दै आइतवार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।     आव २०७६/७७ मा नै उनीहरूलाई करार सेवा अन्तर्गत काममा खटाइएको थियो । गत वर्षको तलबभत्ता पाए पनि चालू आवको तलबभत्ता नपाएको बताउँदै कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गरेका वडा कार्यालय झौवागुठीका कार्यालय सहयोगी वीरेन्द्र साह तेलीले जानकारी गराए । चालू आवमा म्याद थप भएपनि कार्यालय सहयोगी तथा सामाजिक परिचालकहरूले तलब नपाएको गुनासो गरे । लकडाउनको क्रममा अहिले धेरै समस्यामा परेको तेलीको भनाइ थियो । पटक–पटक निमित्त कार्यालय प्रमुख, वडाध्यक्ष, गापा अध्यक्ष तथा लेखा शाखामा तलब मागको लागि जानकारी गराउँदा पनि हालसम्म तलब निकासा नगरेको भन्दै तालाबन्दी गरेको जानकारी गराएका छन् । बिदाको दिनबाहेक २०७६ साउन १ गतेदेखि नियमितरूपमा हाजिरी गरी काम गर्दै आएको उनले बताए । वडाध्यक्षले हाजिरी प्रमाणित गरी पठाए तापनि आजभोलि भन्दै अहिलेसम्म तलब भुक्तानी नगरेको आरोप उनले लगाएका छन् । महामारीको बेला घरपरिवार चलाउन, बिरा

गहुँ आयातमा एचएस कोडको झन्झट

प्रस, वीरगंज, १८ जेठ/     वीरगंजको औद्योगिक घराना रूँगटा समूहको ओम फ्ल्योर प्रालिले वीरगंज भन्सार एवं अर्थ मन्त्रालयलाई विपक्षी बनाइ मुद्दा हाल्ने तयारी गरेको छ । भारतबाट गहुँ आयातमा गैरकानूनी एचएस कोडबाट राजस्व असुल्ने भन्सार अधिकारीले जनाएपछि एचएस कोड र कानूनी व्यवस्थाविरूद्ध मुद्दा हाल्ने तयारी गरेको रूँगटा समूहका उद्योगी नारायण रूँगटाले बताए ।     “विगत लामो समयदेखि १००१.१९.०० नम्बरको एचएस कोडबाट गहुँ आयात हुँदै आएको थियो, जसको महलमा गहुँ आयातमा नयाँ बजेटको व्यवस्थामा ५ प्रतिशत भन्सार महसूल लिने भनिएको छ” उनले भने, “तर भन्सार अधिकारीले १००१.९९.०० नम्बरको एचएस कोड अनुसार गहुँ आयातमा ९ प्रतिशत भन्सार महसूल लिने भनिरहेका छन्, जुन आर्थिक ऐनविपरीत छ, अन्तर्राष्ट्रिय एचएस कोड भनेको गहुँ आयातको लागि १००१.१९.०० नै हो, भन्सारका कर्मचारीहरूले नयाँ एचएस कोडको नाममा बखेडा झिकिरहेका छन् ।”     जेठ १६ गते वीरगंज भन्सारबाट ओम फ्ल्योरको गहुँ बोकेका दुईवटा ट्रक पुरानै एचएस कोडमा ५ प्रतिशत भन्सार महसूलमा जाँचपास भएर भन्सार नाकाबाट निस्किंदै गर्दा भन्सार कर्मचारीले गाडी रोकेर फिर्ता गराएको र पछि प्रज

सरकार तथा स्थानीय प्रशासनसँग नेता रिजालको आग्रह

प्रस, वीरगंज, १८ जेठ/     नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले ठोरीको ठुटेखोला सिमानामा भारतीय सुरक्षाकर्मीको सहयोगमा भारतीय नागरिकले नेपाली भूमिमा गरेको हस्तक्षेप र पानी उपभोग गर्ने अनधिकृत प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।                विज्ञप्ति प्रकाशित गरी उनले सो क्षेत्रमा दशकौंदेखि भारतीय नागरिकले नेपाली भूमिलाई विवादित बनाइ विद्युत् लाइन विस्तार, पुल निर्माण जस्ता विकास कार्यमा अवरोध सिर्जना गर्दै सीमा अतिक्रमण गर्न गरेको प्रयासलाई ठोरीवासीले असफल बनाएकोमा आफू गौरवान्वित भएको बताएका छन् ।     ठोरी क्ष्ँेत्रमा नेपाल–भारत सिमाना छुट्याइ सीमास्तम्भसमेत स्थापना भइसकेको अवस्थामा नेपाली भूमिमा आई ठोरीवासीको विकासको आधार खानेपानी, बिजुली, ठुटेखोला पुल र यातायातमा असर पुग्ने गरी भारतीय सुरक्षाकर्मीहरूले आफ्ना नागरिकलाई उक्साइ नेपाली भूमिमा कुलो खन्ने कार्य गराएकोमा नेता रिजालले आपत्ति प्रकट गरेका छन् । नेपाल सरकार तथा स्थानीय प्रशासन नेपाली भूमिको सुरक्षामा उदासीन रहेको अवस्थामा शालीनतापूर्वक मातृभूमिको सुरक्षाका लागि आवाज उठाउँदा नेपाल सरकार तथा स्थानीय प्रश

वीरगंजका अर्थशास्त्री र उद्योगी भन्छन्– सङ्कटको घडीमा पनि कर लिन मात्र बजेट ल्याइएको हो

Image
राधेश्याम पटेल, वीरगंज, १८ जेठ/     सरकारले आगामी वर्ष २०७७/०७८ को लागि ल्याएको १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेटबारे वीरगंजका अर्थविद्, उद्योगी, व्यवसायी एवं सर्वसाधारणले मिश्रित प्रतिक्रिया दिएका छन्। कुल बजेटको ९ खर्ब ४८ अर्ब ९४ करोड चालू खर्चतर्फ राखिएको छ भने करीब ३ खर्ब पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। अर्थमन्त्री डा युवराज खतिवडाले राजस्व सङ्कलनबाट कुल बजेटको ६० प्रतिशतभन्दा बढी रकम मात्र जोहो हुने अनुमान गरेका छन्। उनले ८ खर्ब ८९ खर्ब ६४ करोड असुल्ने दाबी गर्दै बजेटमा वैदेशिक सहायता, ऋण एवं आन्तरिक ऋणबाट करीब ५ खर्ब पूरा गर्ने जनाएका छन्। यस सन्दर्भमा वीरगंजका अर्थविद् एवं उद्योगीहरूले यस्तो प्रतिक्रिया दिएका छन्– सरकारले कर उठाउन मात्र बजेट ल्याएको छ –डा. दीपक शाक्य, शिक्षाविद्     बजेट परम्परागत नै छ। कोभिडले लथालिङ्ग भएको हरेक क्षेत्रलाई माथि उकास्ने बजेट आउने जनताको आशा थियो। अहिले शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कृषिलगायत क्षेत्रमा सरकारले राहत प्याकेज दिन्छ भन्ने जनताको सोच थियो तर सबै गलत साबित भयो। अब सबैलाई लाग्न थाल्यो दुई तिहाइको सरकारले जनतासँग कर मात्र लिन हरेक

सिकाइ र मूल्य निर्माणमा समूह–कार्यको भूमिका

Image
अनन्तकुमार लाल दास     प्रतिस्पर्धा र व्यक्तिगत सफलता आज जीवनको एकमात्र लक्ष्य बन्दै गएको छ। पहिला हुने मानिसको प्रशंसा जो कोहीले गरेको पाइन्छ। त्यस्ता व्यक्ति नै बधाई र शुभकामनाका पात्र पनि बन्छन्। यस्ता व्यक्तित्वको समाचारले अखबारका पाना भरिएको पाइन्छ। हिजोआज व्यक्तिगत उपलब्धिलाई जीवनको अन्तिम साध्यको रूपमा प्रस्तुत गर्ने चलन बढ्दै गएको छ। यही कारण होला केटाकेटी, तिनका शिक्षक र अभिभावकसमेत अगाडि देखा पर्न कुनै पनि हदसम्म जान तयार रहन्छन्। उनीहरूलाई नक्कलजस्तो अनैतिक क्रियाकलाप गर्न पनि परहेज गर्दैनन्। नक्कल गर्न, कसैको खुट्टा तान्न वा कसैको टाउकोमा चढ्न उनीहरूलाई लाजको अनुभूति हुँदैन। उनीहरू सधैं आफूलाई सर्वश्रेष्ठ साबित गर्ने नशाले मात्तिएका हुन्छन्। अभिभावकहरूले पनि यसलाई आफ्नो प्रतिष्ठाको प्रश्न ठान्छन्। सबैभन्दा अगाडि रहने केटाकेटीहरूमा पनि अन्यको तुलनामा ‘खास’ हुने घमण्ड हुन्छ। उनीहरू पछि परेका केटाकेटीलाई कमजोर ठान्छन् र उनीहरूबाट टाढा बस्न रुचाउँछन्।     के पनि देखिएको छ भने कक्षामा प्रथम र द्वितीय हुने केटा वा केटीले अन्य कसैलाई सिकाउनु नपरोस् सोचेर आफ्नो वरिपरि एउटा पर्खाल न

लम्बिंदो छ लकडाउन

    सरकारले पूर्वनिर्धारित लकडाउन (जेठ २०)को समय  नबित्दै लकडाउनको अवधि लम्ब्याएर जेठ मसान्तसम्म पु–याएको छ। यस वर्षको जेठ आफैं लामो छ, अर्थात् ३२ दिनको। लकडाउनको समयावधि लम्ब्याउनु सरकारको रहर पक्कै होइन, तर लकडाउनमा बुद्धि पनि लकडाउन गरिदिनु भने आपत्तिजनक हो। यद्यपि सरकारले कोरोना भाइरसको प्रकोप नदेखिएको क्षेत्रमा लकडाउनमा कडाइ नगर्ने घोषणा गरेको छ, तर सरकारी एजेन्सीहरूका लागि त लकडाउन भनेको लकडाउन हो– ‘पूर्ण बन्दाबन्दी’। सबैथोक बन्द। त्यसैले सरकारी एजेन्सीहरूले आफ्नो बुद्धि पनि बन्द राखेका छन्। सरकारको मूल नारा सफल बनाउनुपर्छ, तपसीलका कुरामा किन मगज खियाउने ? वीरगंज अहिले फेरि फोहर बनेको छ। किनकि अस्ति सफाइ कर्मचारीहरू काम सकेर घर फर्कन लागेको बेला सुरक्षाकर्मीहरूले उनीहरूसँग दुव्र्यवहार गरे। सफाइ कर्मचारीहरूसँग लकडाउनको अवधिमा बेलाबखत दुव्र्यवहार भइरहेको छ, जसले नगरको सरसफाइ प्रभावित हुने गरेको छ।     सरकारले आगामी बजेटमा पनि यस्तै प्रवृत्ति देखाएको छ। बजेट जुन सोचले ल्याएको देखिन्छ, त्यसमा औंलो ठड्याउने अवसर छैन, तर त्यसको क्रियान्वयन भने अपत्यारिलो देखिएको छ। भर्चुअल शिक्षाकै कुर

२०७७ जेठ १८ गते आइतवारको प्रतीक दैनिक

Image

प्रहरी दुव्र्यवहारविरुद्ध महानगरका सफाइकर्मी हडतालमा

Image
प्रस, वीरगंज, १७ जेठ/     वीरगंज महानगरपालिकाका सरसफाइ कर्मचारीहरू हडतालमा ओर्लिएका छन्। जिल्ला प्रहरी कार्यालय, पर्साविरुद्ध सरसफाइ कर्मचारीहरू आन्दोलनमा ओर्लिएका हुन्।     लकडाउनको समयमा सरसफाइ कर्मचारीमाथि प्रहरीले एकपछि अर्को दुव्र्यवहारका घटना दोहो–याउँदै आएपछि सरसफाइ कर्मचारीहरू हडतालमा ओर्लिएका हुन्।     शुक्रवार सरसफाइका एकजना सुपरभाइजरलाई लोहारपट्टि चोकमा प्रहरीले दुव्र्यवहार गरेको थियो। लोहारपट्टि रोडबाट मेनरोड क्रस गरेर महानगरपालिकातर्फ जाने क्रममा मोटरसाइकलमा सवार ती सुपरभाइजरसँग दुव्र्यवहार गरिएको नगरप्रमुख विजयकुमार सरावगीले बताए।     यसैगरी, बुधवारका दिन पनि बृजमोहन कुशवाहा भन्ने सुपरभाइजरलाई वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासअगाडि मोटरसाइकलमा सवार भएर घर जाने क्रममा प्रहरीले दुव्र्यवहार गरेको थियो। फोहर सङ्कलन गर्ने ट्याक्टरचालक कुशवाहा मोटरसाइकलमा घर जाने क्रममा दुव्र्यवहार भएको थियो। उनको खुट्टामा चोट लागेर फ्याक्चर भएको बताइएको छ।     यसअघि पनि पर्सा प्रहरीले सरसफाइ कर्मचारीहरूमाथि दुव्र्यवहार गर्दै आएका घटना थुप्रै रहेको नगरप्रमुख सरावगीले बताए। उनले सफाइ कर्मचार

सखुवाप्रसौनीमा दुईजना सङ्क्रमित, दुवै सङ्क्रमित भारतबाट आएका

प्रस, पंचगावाँ, १७ जेठ/     सखुवाप्रसौनी गाउँपालिकामा दुईजना कोरोना सङ्क्रमित फेला परेका छन्।     गापाका स्वास्थ्य संयोजक राजेश रौनियारले दीपनारायण आदर्श माविको क्वारेन्टाइनमा रहेका दुईजनामा कोरोना सङ्क्रमण भएको पुष्टि गरे।     उनले शनिवार बिहान नारायणी अस्पतालले सो कुराको पुष्टि गरेको जानकारी गराएका छन्। क्वारेन्टाइनमा रहेका ६० वर्षीय महिला र १८ वर्षीय युवक सङ्क्रमित भएका हुन्। उनीहरूको जेठ १४ गते स्वाब नमूना सङ्कलन गरिएको थियो।     १२ जनाको स्वाब सङ्कलन गरिएकोमा अन्यको रिर्पाेट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए।     क्वारेन्टाइनमा रहेका दुवैजना भारतबाट आएका हुन। वैदेशिक रोजगारको क्रममा महिला भारतको मुम्बईबाट आएकी थिइन्। उनी मुम्बईबाट घर फर्केर एक दिन घरमा परिवारसँग बसेर क्वारेन्टाइनमा पुगेकी थिइन् भने अर्का युवक भारतको उत्तरप्रदेशबाट फर्केर सीधैं क्वारेन्टाइनमा बसेको थाहा हुन आएको छ। सङ्क्रमण पुष्टि भएसँगै दुवैजनालाई नारायणी कोभिड अस्थायी अस्पताल गण्डक पठाइएको छ। सङ्क्रमित महिला एक दिन घरमा बसेको कारण परिवारका पाँचजना सदस्यलाई क्वारेन्टाइनमा राख्ने र उ

भारतीयहरूलाई आइसिपीबाट रक्सौल पठाउने क्रम जारी

Image
प्रस, वीरगंज, १७ जेठ/     वीरगंजको आइसिपीबाट भारतीयहरूलाई रक्सौल पठाउने क्रम जारी छ। जेठ १३ गतेदेखि अहिलेसम्म निरन्तररूपमा दैनिक हजारको सङ्ख्यामा भारतीयहरू आइसिपीबाट रक्सौल प्रवेश गरिरहेको ग्रीनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले जानकारी गराएका छन्।     उनले शुक्रवार मात्र २६ सयजना भारतीय आइसिपीबाट भारत प्रवेश गर्न पुगेकामा ११ सयजनालाई प्रवेश गराइएको बताए। बाँकी १५ सयजनालाई शनिवार प्रक्रिया पु–याएर पठाइएको छ। वीरगंजको आइसिपीबाट नेपालमा रहेका भारतीयहरूलाई रक्सौल प्रवेश गराइरहेको समाचार प्रकाशित भएपछि देशभरमा रहेका भारतीयहरू अहिले आइसिपीमा आउने क्रम बढेको छ। बसहरूबाट सयौंको सङ्ख्यामा भारतीयहरू आइसिपीमा पुगेका छन्, र यो क्रम अहिले जारी छ।     वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासमा आफ्नो नाम सूचीकृत गरेका भारतीय नागरिकलाई आइसिपीबाट भारत पठाउने कार्य भइरहेको छ। ग्रीनसिटीका अध्यक्ष खेतानले शुक्रवारसम्म आइसिपी भएर भारत जानको लागि २१ हजार भारतीयले आवेदन भरेको बताएका छन्। अहिलेसम्म करीब चार हजार भारतीय आइसिपी भएर रक्सौल प्रवेश गरेका छन्। पछिल्लो समयमा नेपालको काठमाडौंलगायत स्थ

प्रदूषण बढेको भन्दै कालिकाको काममा अवरोध

Image
प्रस, वीरगंज, १७ जेठ/     एडिबीको सहयोगमा वीरगंजमा सञ्चालित क्षेत्रीय विकास कार्यक्रम अन्तर्गत विकास निर्माण कार्य ठेक्का लिएको कालिका कन्स्ट्रक्शनले सञ्चालन गरेको कालोपत्रे गर्ने प्लान्टबाट निस्किने धूवाँले वातावरण दूषित पारेको भन्दै अहिले विरोध शुरू भएको छ।     वीरगंज महानगर–१५ लक्ष्मणवास्थित नृसिंह माविको करीब ३ बिघा जग्गामा डेढ वर्षदेखि सञ्चालित कालिका कन्स्ट्रक्शनको प्लान्टबाट निस्किने धूवाँले वातावरण प्रदूषित गरेको भन्दै सो वडाका अध्यक्ष र छिमेकी वडाध्यक्षसमेतले विरोध शुरू गरेका छन्।     लकडाउनको समयमा सबै मानिस घरमा बस्ने गरेको र प्लान्टबाट निस्किने धूवाँको मुस्लोले घरमा बस्नै नसक्ने अवस्था रहेको स्थानीयहरूले गुनासो गरेपछि आफूहरूले ठेकेदारको ध्यानाकर्षण गराएको वडाध्यक्षद्वय गजेन्द्र पटेल र भरतप्रसाद कुर्मीले बताए। उनीहरूले शुरूदेखि नै धूवाँको प्रदूषण नियन्त्रण गर्न ठेकेदारलाई ध्यानाकर्षण गराउँदै आएकोमा बेवास्ता गरेको आरोप लगाएका छन्।     वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले भने विकासको काममा जिम्मेवार व्यक्तिहरूबाट व्यवधान खडा गर्नुको साटो समस्याको उचित समाधानतर्फ पहल हुनुप

प्रदेश २ अनियन्त्रित, भारतबाट आउनेहरू भटाभट सङ्क्रमण पुष्टि

राधेश्याम पटेल, वीरगंज, १७ जेठ/     प्रदेश २ मा कोरोना महामारी अनियन्त्रित बन्दै गएको छ।     दैनिकरूपमा सयौं सङ्क्रमित थपिंदै जाँदा र भारतबाट नेपाल फर्किने क्रम जारी रहँदा प्रदेश २ का आठ जिल्लामा सङ्क्रमितको उपचार, ट्रेसिङ र पिसिआर परीक्षणमा पनि समस्या उत्पन्न हुँदै गएको छ। प्रदेश २ का आठ जिल्लामा १६ हजार शøया क्षमताको क्वारेन्टाइन क्षमता रहेकोमा अहिलेसम्म १३ हजारभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राखिएको छ। यी सबैजना विगत १० दिनभित्र भारतका विभिन्न राज्यबाट नेपाल प्रवेश गरेका हुन्। रौतहटमा मात्र ४२ सयभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका छन्। त्यसैगरी, प्रदेश २ का आठ जिल्लामा करीब पौने ५ सय मानिस सङ्क्रमित पुष्टि भइसकेको छ। प्रदेश २ मातहत सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजयकुमार झाले भने, “हिजो अपराह्न ४ बजेसम्म सयजना सङ्क्रमित थिए भने आज अपराह्न ४ बजेसम्म ९० जना सङ्क्रमित थपिएका छन्। अब प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या ४९० पुगेको छ।”     प्रदेश २ का आठ जिल्लामध्ये रौतहट उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्। स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले भने

क्वारेन्टाइन छाडेर स्वास्थ्यकर्मी आन्दोलनमा

प्रस, गरुडा, १७ जेठ/     क्वारेन्टाइनमा जोखिममा काम गरीरहेका स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएको भन्दै रौतहटको ईशनाथ नगरपालिकाका सबै स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेका छन्।     शुक्रवार ईशनाथ नगरपालिका–७ जोकहास्थित मदर्सामा भेटिएका दुई सङ्क्रमितलाई आइसोलेशनमा लैजाने क्रममा स्थानीयले अवरोध गरेका थिए। सङ्क्रमित दुईजनालाई उपचारको लागि बाहिर लैजानुभन्दा आफ्नै टोलमा राखेर उपचार गर्नुपर्ने माग राख्दै सङ्क्रमितका पक्षले ढुङ्गा प्रहार गर्दै स्वास्थ्यकर्मीमाथि पनि आक्रमण र दुव्र्यवहार गरेको थियो। सोको विरुद्ध नगरपालिकामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा काम नगर्ने अडान लिएका छन्।     क्वारेन्टाइन र स्वास्थ्यचौकीमा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा, फाटा, गरासी र खुर्सानीको धूलोसहित आक्रमण भएकोले आक्रमण गर्नेलाई पक्राउ गरी कारबाहीको लागि नगरपालिकाका स्वास्थ्यकर्मीहरूले माग गरेका छन्।     नपामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीले स्वास्थ्य संस्था तथा क्वारेन्टाइनमा ड्युटी नगरी नगरपालिका कार्यालयमा धर्ना दिने निर्णय गरेको स्वास्थ्य संयोजक इशराजुल खानले जानकारी गराएका छन्।

रौतहटमा प्रदेश र केन्द्रले दिएन भिटिएम

राधेश्याम पटेल, वीरगंज, १७ जेठ/     केन्द्र र प्रदेश सरकारले रौतहटमा कोरोना सङ्क्रमण पुष्टिको लागि पिसिआर परीक्षण गर्न भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) उपलब्ध गराउन सकेको छैन। देशका सबै जिल्लाभन्दा बढी सङ्क्रमित रौतहटमैं देखिएको छ। रौतहटमा १८१ जना सङ्क्रमित पुष्टि भएको छ। तर केन्द्र र प्रदेश सरकारका स्वास्थ्य मन्त्रालयले रौतहटका स्वास्थ्यकर्मीहरूको मागलाई बेवास्ता गर्दै आएको रौतहटका स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन्।     हिजोदेखि प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा भिटिएम माग्न फोन गरिरहेको छु, कसैले फोन उठाइरहेको छैन, शनिवार बिहान पनि मैले १० हजार भिटिएम चाहियो भनी फोन गरें,” स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले भने, “तर प्रदेश सरकारसँग पनि भिटिएम नरहेकाले हाललाई उपलब्ध गराउन सकिंदैन भनी जवाफ आएको छ।” यस्तो अवस्थामा कसरी काम गर्ने भनी उनले दुःखेसो पोखे। भिटिएमकै अभावले गर्दा आइतवारदेखि स्वाब नमूना सङ्कलन कार्य ठप्प हुने उनले बताए।     जिल्लाका ८२ वटा क्वारेन्टाइनमा करीब ८ हजारजना भारतबाट आएकाहरू बसेका छन्। एक साता बित्न लाग्दा पनि जम्मा दुई महीनाको अवधिमा २ हजार

आत्महत्या

प्रस, पंचगावाँ, १७ जेठ/     जीराभवानी गाउँपालिकामा एकजनाले पासो लगाएर आत्महत्या गरेका छन्।     जीराभवानी गापा–२ का ५५ वर्षीय  नन्द गौरो थारूले घरमा गम्छाले पासो लगाएर आत्महत्या गरेको इप्रका पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले बताए। उनले प्रारम्भिक अनुसन्धानमा थारूले घरायसी तनावको कारण आत्महत्या गरेको बुझिएको बताएका छन्। उनले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए।

कोलकाता बन्दरगाहमा नेपालको सामान सुरक्षित

राधेश्याम पटेल, वीरगंज, १७ जेठ/     गत मई २० का दिन बङ्गालको खाडीबाट आएको सामुद्रिक अम्फन आँधीले कोलकाता बन्दरगाहमा सामान्य क्षति मात्र पु–याएको छ। बन्दरगाहमा बिजुलीको पोल र भवनमा पानी पस्नुबाहेक अन्य क्षति नभएको कोलकाता बन्दरगाहका अधिकारीहरूले जनाएका छन्।     त्यसैगरी, उडिसा र पश्चिम बङ्गालका विभिन्न क्षेत्रमा ठूलो मात्रामा भौतिक पूर्वाधार पनि भत्काएको भारतीय सञ्चारमाध्यमले जनाइरहेको अवस्थामा तेस्रो मुलुकबाट हुने व्यापारसँग सरोकार राख्ने कोलकाता बन्दरगाहमा खासै ठूलो क्षति नभएको कोलकाता बन्दरगाहका ट्राफिक प्रबन्धक हिमांशु शेखरले जानकारी दिए।     उनले भने, “भीषण आँधीले कोलकाताको समुद्री किनारका केही घर भवन भत्काएको छ, मानिस पनि मारेको छ, तर कोलकाता बन्दरगाहमा खाली कन्टेनर र बिजुलीको पोल मात्र ढालेको छ। दुई दिनको मिहिनेतपछि बन्दरगाहले  पहिलेकै अवस्थामैं सेवा शुरू गरिसकेको छ।”     कोलकातामा नेपाली आयातकर्ताहरूको सामान रहेको बीस फिटका कन्टेनर सबै सुरक्षित रहेको उनले बताए। उनले कोरोनाले गर्दा दुई महीनादेखि आयात र ढुवानीमा २० प्रतिशतले गिरावट आएको पनि बताए। तर पछिल्लो समय भारतमा रेल, बस र ट्

दुईजना थानाध्यक्ष निलम्बित

राजेश केशरीवाल, रक्सौल, १७ जेठ/     रक्सौलका एसपी नवीनचन्द्र झाले दुईजना थानाध्यक्षलाई निलम्बन गरेका छन्। उनीहरूले प्रहरी विभागको अनुशासन तथा जिम्मेवारीविपरित लापरवाहीपूर्वक काम गरेकाले निलम्बन गरिएको जनाइएको छ।     निलम्बनमा महुआवा र नकरदेईका थानाध्यक्ष परेका छन्। त्यसैगरी, हरपुर थानाध्यक्षलाई मुख्यालयमा हाजिर गराइएको छ। प्राप्त जानकारी अनुसार नकरदेई प्रहरीले सवारीसाधनलाई दण्ड जरिवाना गर्दा काटेको रसीदमा केरमेट गरी रकम भ्रष्टाचार गरेको थियो। सवारीधनीका अनुसार १५ सय रुपैयाँ तिरेको रसीद केरमेट गरी अफिस कपीमा १ हजार रुपैयाँ बनाइएको थियो।

रौतहटमा १८१ जना सङ्क्रमित

प्रस, रौतहट, १७ जेठ/     जिल्ला प्रशासन कार्यालय, रौतहटले हालसम्म १८१ जना कोरोना सङ्क्रमित जिल्लामा देखिएको जनाएको छ।     आज कोरोना भाइरससम्बन्धी दैनिक प्रतिवेदन सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालय, रौतहटले २९४ जनाको स्वाब सङ्कलन भएकोमा १ हजार ३३ जनाको रिपोर्ट आउन बाँकी रहेको र १८१ जनामा सङ्क्रमण देखिनुका साथै ८८० जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ।     १८१ जनामा ७ जना महिला, १७२ जना पुरुष र ३ जना उपचारपछि निको भएर फर्केको जनाइएको छ।     यसैगरी, रौतहटको आइसोलेशनमा बारा जिल्लाका एकजना सङ्क्रमित रहेको प्रतिवेदनमा उल्लेख छ। योसमेत रौतहटमा सङ्क्रमित सङ्ख्या १८२ रहेको प्रतिवेदनमा उल्लेख छ।     यसैगरी, जिल्लाभरिमा ७ हजार २ सय ३२ शøयाको क्वारेन्टाइन निर्माण भएको र त्यसमा हाल २९३ जना महिला तथा ६ हजार ५४८ जना पुरुष गरी ६ हजार ८४१ जना रहेको बताइएको छ। क्वारेन्टाइनमा रहेकामध्ये ११ सय ५ जना घर फिर्ता भइसकेको जिप्रका, रौतहटले जानकारी गराएको छ।

रौतहटका एक सङ्क्रमितको अवस्था गम्भीर

राधेश्याम पटेल, वीरगंज, १७ जेठ/     रौतहटमा एकजना सङ्क्रमितको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ। एम्बुलेन्सबाट हिजो राति ९ बजे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।     राजपुर–९ बैरियाका ४० वर्षे पुरुषलाई राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन वार्डबाट थप उपचारको लागि काठमाडौं पठाइएको स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख महेश साहले जानकारी गराए।     एक साताअघि भारतबाट गाउँ आएका उनलाई क्वारेन्टाइनमा राखिएकोमा कोरोना पुष्टि भएपछि राजपुर प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशन वार्डमा राखिएको थियो।     सङ्क्रमित मधुमेह रोगी हुन्। साँझ अचानक उनको हातखुट्टा झमझमाउन थाल्यो, श्वासप्रश्वासमा पनि समस्या देखिएको र बेचैनी बढेपछि शुरूमा वीरगंज लगिने योजना थियो, तर वीरगंजका चिकित्सकहरूले काठमाडौं लग्न सुझाएपछि काठमाडौं पठाइएको हो, उनले भने।

मोर्फिनसहित चालक पक्राउ

प्रस, रक्सौल, १७ जेठ/     सीमा सुरक्षा बल (एसएसबी)को ७१ नं. बटालियनले ८ सय ग्राम मोर्फिनसहित एकजनालाई पक्राउ गरेको छ।     एसएसबीले जनाए अनुसार मार्शल जीपमा लुकाएर मोर्फिनको तस्करी गर्दा चालकसहित ८ सय ग्राम मोर्फिन बरामद भएको हो। मुजफ्फरपुर नरसन्डा गाउँका २४ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो। उनले चलाएको मार्शल जीपमा मोर्फिनको चारवटा प्याकेट बरामद रहेको थियो। जीपभित्र गोप्य ठाउँ बनाएर मोर्फिन राखिएको एसएसबीले जनाएको छ।     बरामद मोर्फिन र चालक तथा जीपलाई पिपराकोठी थानामा बुझाइएको एसएसबीले जानकारी गराएको छ।

चट्याङ लागेर एकजनाको मृत्यु

प्रस, पंचगावाँ, १७ जेठ/     शनिवार बिहान चट्याङ लागेर पर्सागढी नगरपालिकामा एकजनाको ज्यान गएको छ भने ठोरीमा दुईवटा भैंसी मरेको समाचार छ।     आज बिहान साढे सात बजे हावाहुरीसँगै पानी परेपछि पर्सागढी नपा–२ बहुअर्वाटोलका ४२ वर्षीय रामबाबू महतो नुनिया घरनजीकको आप बगैंचामा आप बटुल्न गएका थिए। त्यसै बखत चट्याङ लागेर उनको घटनास्थलमैं मृत्यु भएको थियो। उनीसँगै रहेका अर्का नाम खुल्न नसकेको एकजना सामान्य घाइते भएका र नजीकको प्राथमिक स्वास्थ्य चौकीमा उपचारपछि घर फर्केको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले बताए।     यसैगरी, ठोरी गापा–३ बुद्धनगरमा गोठभित्र रहेका दुईवटा भैंसी चट्याङ लागेर मरेको समाचार छ। स्थानीय गोपाल श्रेष्ठको गोठमा रहेका तीनवटा भैंसी र एउटा राँगामध्ये दुईवटा भैंसी चट्याङ लागेर मरेको वडाध्यक्ष सूर्यबहादुर लामाले बताए। उनले भैंसी मरेकोमा वडा कार्यालयबाट सक्दो सहयोग गर्ने आश्वासन दिए।

नारीको महानता

    नारीप्रति वैदिक दृष्टिकोणमा नारीको व्यक्तित्व सदैव मातृत्वको रूपमा पूजनीय रहेको छ। मातृत्वको आधार प्रेम एवं वात्सल्य हो। मातृत्य यति दिव्य एवं पावन हुन्छ कि एक स्त्रीको हृदयमा पतिको लागि पनि वात्सल्यको कामना गरिएको छ। आफ्नो संस्कृतिमा नवदम्पतीको लागि आशीर्वाद वा शुभकामना भनिएको छ। ऊ सुखी रहोस्, उसको धनधान्य बढोस्, यशस्वी बन्ने कामनाको साथ यो भाव पनि हुन्छ कि परिवार बसाऊ, सन्तानलाई जन्माऊ, सौभाग्यवती होऊ र दुवै एकअर्कादेखि प्रसन्न–सन्तुष्ट रहू। ऋग्वेदमा विवाहको समय वधूको लागि आशीर्वाद दिने मन्त्र दिइएको छ। संस्कृतिलाई जीवित राख्ने काम नारीले नै गर्छिन्, किनभने उनले स्वयम्लाई संस्कृतिसँग जोडेर राख्छिन्। संस्कृतिको साथ जोडिनु नै संस्कृतिलाई जीवन्त राख्नु हो। हिन्दू चिन्तनमा नारीको एकनिष्ठ स्वभावलाई उसको संस्कृति भनिएको छ र हिन्दू नारी आफ्नो यस एकनिष्ठ छविलाई अक्षुण्ण राख्छिन्। यसैले नारी प्राणपणदेखि तत्पर रहन्छिन्। यस प्रकार नारी संस्कृतिको एउटा जीवन्त एवं जाग्रत प्रतिमूर्ति हुन्छिन्। नारीले संस्कारको रूपमा पाएको संस्कृतिप्रेम नै उनले ठूलोलाई आदर गर्नु र सानामा प्रेम बनाएर राख्ने प्रे

वीरगंज किन सधैं उपेक्षामा ?

Image
ओमप्रकाश खनाल     वीरगंज, राज्यको योजनाबद्ध प्रवद्र्धनका कारण मुख्य औद्योगिक र व्यावसायिक क्षेत्रको रूपमा स्थापित भएको होइन। आर्थिक विकासको कुरा गर्दा वीरगंजको सम्भाव्यताको कुरा सबैभन्दा अगाडि आउँछ। तर वीरगंजको दैनिकीले त्यसको साँचो प्रतिफल चाख्न पाएको छैन। आशैआशमा अल्झिएको वीरगंजले औसत निराशा नै हात पारेको छ। सङ्घ सरकारले आगामी वर्ष २०७७/७८ का लागि ल्याएको बजेटमा पनि यही विडम्बना पुनरावृत्ति भएको छ।     उपभोगका हिसाबले काठमाडौं उपत्यका अग्रभागमा रहे पनि उत्पादन र आपूर्तिमा वीरगंजको भूमिका अतुलनीय छ। समुद्री बन्दरगाहसितको सबैभन्दा निकटको दूरी मात्र नभएर आयात–निर्यात कारोबारको मुख्य नाका, नेपालमैं एकमात्र रेलवे सेवा विस्तार भएको सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी, अन्य पूर्वाधारहरूले पनि राष्ट्रिय अर्थतन्त्रमा वीरगंजको महत्वलाई स्थापित गरेको छ। वीरगंज देशकै मध्यभागमा रहनुले यहाँबाट ढुवानी सहज छ। तर यी पूर्वाधारको दोहनबाट स्थानीय जनजीवनले उपलब्धिभन्दा सकस नै बढी पाएको अनुभव वीरगंजका बासिन्दासँग छ।     कहिले आन्दोलनको सकस त कहिले केन्द्रीय सत्ताको उपेक्षाको पीडा। समृद्धिका आधारहरू वीरगंजको

लकडाउन: उपाय कि मनोवैज्ञानिक त्रास ?

Image
वैद्यनाथ ठाकुर     मेरो पुरानो आत्मीय मित्र सुकदेव उपाध्यायले अस्ति बिहान प्रातः भ्रमणमा रहेकै अवस्थामा काठमाडौंबाट मैसेन्जरमा भिडियो चैट गर्नुभयो। कुराकानीबाट थाहा भयो– दुईजना नेपाली चिकित्सकले एउटा लेख कोरोना सम्बन्धमा लेख्नुभएको रहेछ, त्यो सा–है नै चर्चित भएको छ– एकचोटि अध्ययन गर्न उहाँले मलाई सल्लाह दिनुभयो। मैले पनि त्यो लेख पढें। वास्तवमा त्यहाँ उठाइएका कुराहरू र प्रस्तुत गरिएका तथ्याङ्कहरू विचार गर्नैपर्ने खालका रहेछन्।     मानवजातिको ७० हजार वर्षको इतिहासमा कोरोना (कोभिड–१९)को बहानामा यति लामो समयसम्म लकडाउनको नाममा पहिलोपटक संसारलाई आफ्नै घरभित्र थुनिएको छ। यसभन्दा अगाडि २० करोड मान्छे मार्ने ब्ल्याक डेथ, १० करोड मान्छे मार्ने स्पेनिश फ्लू, ५ करोड मान्छे मार्ने प्लेग अफ जस्टियन, ५ करोड मान्छे मार्ने बिफरजस्ता महामारीमा पनि मानवजातिले यति धेरै आतङ्कित हुनुपरेको थिएन। मानिसहरू आफैंले शुरू गरेको पहिलो विश्वयुद्धमा ४ करोड र दोस्रो विश्वयुद्धमा ८ करोड मानिस मर्दासमेत मृत्युको यति ठूलो डरले मानिसलाई गाँजेको थिएन। जबकि कोरोनाबाट सङ्क्रमित हुनेहरूमध्ये केवल ०.१ प्रतिशत मानिस मात्रै मर

२०७७ जेठ १७ गते शनिवारको प्रतीक दैनिक

Image

ठुटेखोला विवाद चर्किंदै

Image
चिरञ्जीवी सापकोटा, ठोरी, १६ जेठ/     ठोरी गाउँपालिकाको ठुटेखोला पुल सञ्चालनमा आएपछि भारतीय पक्षले अवरोध सृजना गर्न खोजेको छ।     वीरगंज–ठोरी हुलाकी सडक अन्तर्गत पर्ने वडा नं २ र ३ जोड्ने ठुटेखोला पुल सञ्चालनमा आएपछि बुधवार ठोरीवासीले ठुटेखोला पुलको पूर्वपट्टिको कुलो बन्द गरेका थिए। बन्द गरिएको कुलो भारतीय पक्षले हिजो नेपाल प्रवेश गरेर खन्ने काम गरे। सोहीक्रममा तनाव भएको थियो। तनाव बढेपछि दुवै क्ष्Fेत्रका प्रहरी घटनास्थलमा पुगेका थिए। भारतीय पक्षले नेपालको पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारीको आदेश भनेर कुलो खन्ने काम शुरू गरेका थिए। सोको विरोधमा ठोरीवासीले सशक्त प्रतिकार गरे। ठोरीवासीको विरोधको कारण भारतीय पक्ष कुलो खन्न पछि हटेको थियो।     भारतीय पक्ष आफ्ना सुरक्षाकर्मीसहित नेपाली भूमिमा प्रवेश सो कार्य गर्दा ठोरीवासी पनि प्रतिकारमा उत्रेका हुन्। भारतीय पक्ष्Fले प्रमुख जिल्ला अधिकारीको आदेश भने पनि नेपाल प्रहरी र स्थानीय प्रशासनले भने सो विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। नेपाली सुरक्षाकर्मीहरूले कुलो खन्न दिने भन्ने कुनै आदेश नभएको बताएपछि ठोरीवासीले भारतीय सुरक्षाकर्मीसहितको ट

नारायणी अस्पतालमा जनशक्तिको कमी, एकैपटक सबै सेवा सुचारु गर्न सकिन्न –मेसु

Image
प्रस, वीरगंज, १६ जेठ/     नारायणी अस्पतालका मेसु डा मदनप्रसाद उपाध्यायले तत्कालै नारायणी अस्पताललाई जनरल अस्पतालको रूपमा सबै सेवा सुचारु गर्न जनशक्तिको अभाव हुने बताएका छन्।     मेसु डा उपाध्यायले विज्ञप्ति प्रकाशित गरेर सबै सेवा सुचारु गर्न अस्पताल अग्रसर रहे पनि जनशक्तिको अभाव भएकोले क्रमिकरूपमा सेवाहरू सुचारु गर्ने बताएका छन्। नारायणी कोभिड अस्पतालमा रहेका कोरोना सङ्क्रमितहरू जेठ १२ गतेसम्म ७० जना डिस्चार्ज भएसँगै नारायणी अस्पताललाई जनरल अस्पतालमा परिणत गर्ने कार्य शुरू भएको थियो। पहिलो चरणमा सङ्क्रमितहरू बसेको आइसोलेशन वार्डलाई विसङ्क्रमित गरिएको थियो। आज शुक्रवारदेखि डायलोसिस सेवा शुरू गर्ने बताइएको छ।     मेसु डा उपाध्यायले बहिरङ्ग सेवा सञ्चालन गरिने बताएका छन्। उनले तत्काल २५ जना बिरामी हेर्ने गरी बहिरङ्ग सेवा सुचारु गर्ने बताए। उनले नारायणी अस्पतालका एक तिहाइ जनशक्ति क्वारेन्टाइन र अस्थायी कोभिड अस्पतालमा कार्यरत रहेका हुँदा सबै सेवा पूर्ववत्रूपमा सञ्चालन गर्न समस्या हुने बताए।     यसैगरी, पिसिआर प्रयोगशाला सञ्चालनमा रहेको र त्यसको लागि ल्याबको जनशक्ति परिचालित भएको हुनाले जनरल

पोखरियामा ४, सेढवामा १ जना सङ्क्रमित फेला

Image
प्रस, पोखरिया, १६ जेठ/     पोखरियाको क्वारेन्टाइनमा रहेका चारजनामा कोरोना सङ्क्रमण फेला परेको छ।     जिल्ला उच्चाङ्गल रामदेव कलवार आधारभूत प्राविधिक विद्यालय पोखरियाको क्वारेन्टाइनमा रहेका चारजनामा बिहीवार साँझ कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले चारजना सङ्क्रमित भएको पुष्टि गरेको हो। नारायणी अस्पतालको पिसिआर रिपोर्टबाट उनीहरू सङ्क्रमित देखिएपछि पुष्टिको लागि टेकु पठाइएको थियो। त्यहाँबाट पनि सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमित  चारजनामध्ये तीनजना भारतको हरियाणा राज्यमा काम गर्दथे। लकडाउनको समयमा उनीहरू त्यहाँबाट पोखरिया घर फर्केका हुन्। उनीहरू पोखरिया नपा–६ का बासिन्दा हुन्।     यसैगरी, चौथो सङ्क्रमित भारत, मुम्बईबाट लकडाउनमा पोखरिया घर आएका हुन्। उनी वडा नं ९ का बासिन्दा हुन्। उनी मुम्बईमा परिवारका सदस्यलाई उपचार गराउन गएका र घर फर्केपछि क्वारेन्टाइनमा परिवारसँगै बसेका थिए। उनीहरूसँगै उपचारमा गएका पत्नी र छोरीको रिपोर्ट भने नेगेटिभ आएको छ। प्रस, सेढवा/     जीराभवानी गाउँपालिकामा पनि एकजना कोरोना सङ्क्रमण फेला परेका छन्। जीराभवानी गापा–३ बितो महतो जनता मावि, ज

रौतहटमा थप ५६ जना कोरोना सङ्क्रमित

प्रस, रौतहट, १६ जेठ/     रौतहटमा शुक्रवार थप ५६ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारी अनुसार राजपुर नगरपालिकामा ३३, ईशनाथ नपामा १५, मौलापुर नपामा ६ र बौधीमाई नपामा १ जना गरी ५६ जनामा कोरोना सङ्क्रमण रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जनाएका छन्। भारतबाट आई उनीहरू क्वारेन्टाइनमा बसोबास गदै आएका छन्।     रौतहटमा पाँच दिनदेखि लगातार कोरोना भाइरसका सङ्क्रमितहरू फेला पर्दै आएका छन्। सोमवार २६, मङ्गलवार २२, बुधवार ३५, बिहीवार २० र आज शुक्रवार ५६ जना कोरोनाका सङ्क्रमित फेला परेका हुन्।

पूर्वी चम्पारणमा १२ सङ्क्रमित

प्रस, रक्सौल, १६ जेठ/     मोतीहारी पूर्वी चम्पारणमा १२ जना कोरोना सङ्क्रमित फेला परेका छन्। २४ जनाको स्वाब नमूना सङ्कलन गरिएकोमा परीक्ष्Fण रिपोर्टमा १२ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य विभागले पुष्टि गरेको छ।     अरेराजमा ६, तेतरियामा १, पहाडपुरमा ४, पिपराकोठीमा १ गरी १२ जना सङ्क्रमित रहेको विभागले पुष्टि गरेको छ। पूर्वी चम्पारण जिल्लाको नोडल पदाधिकारी डा रञ्जीत रायले १२ जना सङ्क्रमित फेला परेको र उनीहरूको कन्ट्याक्ट टे«सिङ गरिने जानकारी गराएका छन्। आज फेला परेका १२ जना सङ्क्रमितपछि पूर्वी चम्पारणमा सङ्क्रमितको सङ्ख्या ९६  पुगेको छ।

अतिक्रमण हटाउन डिभिजन वन कार्यालय असफल

Image
नरेश यादव, पर्सागढी, १६ जेठ/     डिभिजन वन कार्यालय, पर्साले वन अतिक्रमित जग्गा खाली गराउन सकेको छैन। पर्सा जिल्लाको राष्ट्रिय वन क्षेत्र ११ हजार ५१७ हेक्टर रहेको र त्यसमध्ये करीब ३७१ हेक्टर जग्गा अतिक्रमणमा परेको डिभिजन वन कार्यालय, पर्साको तथ्याङ्कमा छ।     अतिक्रमण हटाउने, नर्सरी तयार गर्ने, फायरलाइनको निर्माण गर्ने, वृक्षरोपण गर्ने र तारबार लगाउने शीर्षकमा डिभिजन वन कार्यालय, पर्साले प्रत्येक वर्ष बजेट खर्चिने गरेको छ। तर यसपटक यस्तो केही कार्य भएन। आर्थिक वर्षको चैतदेखि अतिक्रमण हटाउने काम शुरू हुने र हटाइएको अतिक्रमित क्षेत्रमा वनले वृक्षरोपण गरेर तारबार लगाउने काम गर्दै आएको थियो।     पर्सा जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रमा जङ्गलसँग जोडिएका जग्गाहरू सबैभन्दा बढी अतिक्रमणको चपेटमा छन्। डिभिजन वन कार्यालयको सूची अनुसार वीरगंज महानगरको रामवन, पर्सागढी नपाको सबैया, झबराहा, बडनिहार (गाउँ–बजार) कटहरिया, सखुवाप्रसौनी गापाको रङ्गपुर, औराहा, पटेर्वासुगौली गापाको सोनवर्षा, गादीलगायतका क्षेत्र वन अतिक्रमित क्षेत्र हुन्। राष्ट्रिय वनसँग जोडिएका यी क्षेत्रमा सबैभन्दा बढी अतिक्रमण गरिएको

बेरोजगारी भएर आएकाबाट रोजगार गुम्दै

प्रस, सेढवा, १६ जेठ/     लकडाउन अवधि बढेसँगै भारतका विभिन्न स्थानमा रोजगारका लागि गएका स्थानीय युवकहरू अहिले गाउँमा आएपछि ज्याला–मजदूरी गर्नेहरूलाई समस्या भएको छ।     खासगरी खेतबारीको काममा संलग्न दैनिक ज्याला मजदूरी गर्नेहरूलाई भारतबाट आएका युवाहरूको कारण समस्या झेल्नुपरेको छ। धानको बीउ छर्ने बेला, खेतबारीमा सिंचाइ, मल र कुलोको सरसफाइ तथा आली निर्माणमा दैनिक ज्यालादारीमा खट्ने मजदूरहरूको रोजगार गुमेको छ।     भारतका विभिन्न स्थानमा काम गर्न गएका युवाहरू लकडाउनको कारण घर फर्केसँगै उनीहरूले खेतबारीलगायतका काममा सघाउन थालेका हुन्।     युवाहरू वैदेशिक रोजगारमा बाहिरिएसँगै गाउँमा खेतबारीको काममा समेत समस्या भएको थियो। घरपरिवारका सदस्यहरूबाट मात्र खेतबारीको काम सम्भव नभएपछि ज्याला मजदूरीमा मानिसहरू राख्ने गरिन्थ्यो। अहिले युवाहरू घरमा आएका कारण उनीहरू नै यी सब काममा खट्दै आएका छन्। यसअलावा भारतबाट आएका युवाहरूले गाउँटोलमा व्यवसाय शुरू गरेका छन्।     लकडाउनमा घरमा बसेर मात्र खान सक्ने अवस्था नभएपछि उनीहरूले भारतमा गर्ने कामलाई गाउँमैं शुरू गरेका हुन्। जीराभवानी गापा–२ का बिरजु चौधरीले कुखुरा

आइसोलेशनमा लैजान लाग्दा स्थानीय र प्रहरीबीच झडप

Image
प्रस, रौतहट, १६ जेठ/     कोरोना भाइरस सङ्क्रमितहरूलाई आइसोलेशनमा लैजान लाग्दा स्थानीय र प्रहरीबीच झडप भएको छ।  प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयहरूले सङ्क्रमितहरूलाई आइसोलेशनमा लैजान रोक्न खोजेपछि रौतहटको ईशनाथ नगरपालिकामा झडप भएको हो। झडपसँगै तनाव बढेपछि सोलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको थियो।     ईशनाथ नगरपालिका–७ को जोकाहामा अनवारुल इस्लामिक मदर्साको क्वारेन्टाइनमा रहेका दुई व्यक्तिलाई आइसोलेशनमा लैजाने क्रममा विवाद भएपछि शुक्रवार बिहान तनाव भएको हो। दुईजना सङ्क्रमितलाई अर्को स्थानमा रहेको आइसोलेशनमा लैजान आएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीं राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ।     आक्रोशित स्थानीयले प्रहरीको गाडी तोडफोडसमेत गरेका थिए। प्रहरी र स्वास्थ्यकर्मीमाथि स्थानीय जाइलागेपछि जिप्रका, रौतहटबाट थप प्रहरी घटनास्थल पठाइएको थियो। सो क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन झन्डै एक दर्जन हवाई फायर गरेको थियो।

५५ जनाको स्वाब नमूना सङ्कलन

Image
प्रस, बिरुवागुठी, १६ जेठ/     पर्सागढी नगरपालिकाको हरपुर क्वारेन्टाइनमा रहेका ५५ जनाको स्वाब नमूना सङ्कलन गरिएको छ।     नपाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्रप्रसाद पञ्जियारले क्वारेन्टाइनको व्यवस्थापनमा सक्रिय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी गरी २२ जना तथा क्वारेन्टाइनमा रहेका २३ जना गरी ५५ जनाको स्वाब नमूना सङ्कलन गरिएको र परीक्षणको लागि नारायणी अस्पताल पठाइएको बताए।     यसैबीच, हिजो १२ जना भारतबाट आएका स्थानीयलाई हरपुर र बागेश्वरी तित्रौनाको क्वारेन्टाइनमा राखिएको छ। उनीहरूको स्वाब सङ्कलन गरिने प्रमुख पञ्जियारले बताए। भारतका विभिन्न स्थानमा रोजगारका लागि गएका पर्सागढीका मानिसहरू लकडाउन लम्बिएसँगै घर फर्किने क्रम बढेको छ। खुला सीमाको कारण उनीहरू लुकीछिपी नेपाल प्रवेश गरिरहेको पाइएको छ।

तीनवटा बसमा बङ्गालीहरू वीरगंज आइपुगे

Image
प्रस, वीरगंज, १६ जेठ/     काठमाडौंबाट तीनवटा बसमा भारतको कोलकाता निवासी बङ्गालीहरू वीरगंज प्रवेश गरेका छन्।     शुक्रवार बिहान उनीहरू  रजतजयन्ती चोकमा ओेर्लेका थिए। १२० जनाको सङ्ख्यामा रहेका उनीहरूले भारत, बङ्गाल राज्यको राजधानी कोलकाता निवासी भएको बताए। काठमाडौंमा विभिन्न पेशा गरी बसेको र लकडाउन अवधिमा भारत फर्किन लागेको उनीहरूले बताएका छन्। वीरगंज नाकाबाट भारतीयहरूलाई रक्सौल पठाउने कार्य भइरहेको सूचना पाएसँगै उनीहरूले वीरगंज आएको बताएका छन्। रजतजयन्ती चोकमा उत्रेका १२० जना भारतीयलाई सशस्त्र प्रहरीले भन्सार नाका भएर जान रोक लगाएको थियो। सशस्त्रले उनीहरूलाई मालपोत रोडबाट आइसिपी जान बाटो देखाइदिएको थियो। उनीहरूले प्रतिव्यक्ति रु १ हजार भाडामा बसले वीरगंज ल्याएको बताए।